Posted by: Gautam B. December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए राता मकै हैन के भ'को हो!? म भर्खरी ब्या' आँट्न जाँदैछु, केटाहरु ऐल्यै रत्यौली खेल्न थालिसके। फेरि तो रत्यौली त आइमाइ पाटीले खेल्ने होला नि! गोताएँको ब्या'मा पनि मै लूठो बन्छु भन्थिन् माइल्याँ! यो गोताएँको ब्या'मा पनि अलि अलि शतुर लागे केटा हो! कल्ले कल्ले याम्कीका बालाई केटो रउसी असाध्यै खान्छ, गाँजा पनि तान्छ भनेर कान फुकेछ! त्यसपछि त बूढा तेस्ता कुजातलाई दिन्न म छोरी भनेर बम्किन थालेछन्। उता याम्कीलाई पनि कल्ले फुन गरेर तो गोताएँको त नेपालटारकी कल्पेसँग लप परेको थियो भनेर सुना'छ। अझ याम्कीको गाम्मा त गोताएँले कल्पेलाई पहिला भुँडीनै बोकाको हो, शहराँ लगेर फलेर आ'को हो भन्ने समेत हल्ला चलिसकेछ। हे प्रभु, बल्ल बल्ल ब्या' हुन आँट्या गोताएँलाई यो के आईलागो भनेर दुइ चार दिन त ओठ तालु सुके नि! अब त्यो काली कल्पे (कल्पना)संग अलि अलि लप पर्न पर्न आँट्या त हो के रे, त्यो पनि आठ कक्षा पढ्दा। नौ कक्षा पढ्दा त तेसको ब्या' भइसक्या थ्यो पशु अड्डाको मुखियासंग। तेसपछि देख्या छेन मैले तेल्लाई। नमे र दादाले भउतेको चाल निको छैन, पाए यामकलालाई मै उडाऊँछु भनेर बस्या छ भन्थे। कि भउतेलेनै हो यस्तो नचाहिदो हल्ला मच्चाको? तर सँगै सुन्तला चोरेर हुर्क्या साथीले तेस्तो पाप चिताए होलान् भनेर बिश्वास लागे मार्दिनु! उता बेंसीथाने पनि मसंग तेति खुशी छैनन् रे भन्ने सुनेको छु। उनले खोजेकी केटी मैले नाईँ भनेँ भनेर "ठूलो भ'को गोताएँ!, हेरौँला म पनि ----!" भनेर भन्दै हिन्छन् रे। तिनले पो हो जस्तो छ यो नचाहिने कुरा फिँजाको। भिटै (VETO) लगाउनु परो नि केटा हो फेरि कुरो मिलाउन। जिम्मालनी माइल्याँले याम्कीका बालाई धेरै सम्झाइन्। केहि परे जिम्मा मेरै भो भनेर भनेपछि बल्ल बल्ल माने। उता याम्कीलाई मनाउन पनि कम्ता गाह्रो परेन। जमुनी भाउजुले पनि सम्झा'सी बल्ल बल्ल मानी। कुरो मिल्या बेलाँ आँटिहालौँ, भोलि ब्यान सम्म कुर्दा फेरि कुन शतुरले के हल्ला चलाउने हो भनेर आजै आँट्न जान लाग्या। चौताराँ भ'का सप्पैलाई लेर जाने। फुटाचैँ आज भरेनै देखाम्ला है!
Read Full Discussion Thread for this article