Posted by: shree5 December 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
हैन हिजाऽजै त बारीमा फेरि के छर्नी बेला भओ र ? झन बाख्रा चराम्न जाम्ला माथि थाप्ले पाटा मा भनेको त नेपे दाजीले चस्याए झैं अरेचन है । खास जोत्नी मुन्छेले त चईनी दुईटा गोरुको बीचमा टाउका मुन्तिर बाट मेलो हेर्च केरे नि र अनि गोरुका अघिल्ला खुट्टा कता कता लानी हो , तेतै तेतै हलोको अनौ घुमाम्च केरे नि डाईबर साहेपले मटर चलाए झै । नेपे दाजीले त आफ्ना खुट्टाँ पो हेरेका छन है, तेसरी त आफू पो कता-कता जानी भनेर थाहा पाईन्च त, गोरु त फेरि चईनी गोरुकै सुरमा हिडेका होलान केरे नि । जोत्न नजान्नी चईनी जोतेर खान नसक्नी मुन्छे भनेर त तेसै थाहा भई हालो केरे नि । बरु कोदालो समाएर छेउ-कुना खने हुन्च केरे नि । हुन त फुटो खिचाम्नलाई गरेको होला नि तेस्ता सट‍-पायँट लगाएर ।
Read Full Discussion Thread for this article