Posted by: Gautam B. November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
जेठो जिम्माल लाहुरे आ'को त हाम्लाई त थाहा नै भएन गाँठे! बिर्खे जिम्मालले " सुन् त गोताएँ, आज भरे मान्छे बड्लान जस्तो छ, दुइटो भाले र एउटो कालिच मात्तैले पुग्ला जस्तो छैन। त्याँ थुमको घने (घनश्याम)को घरा'ट एउटा घच्चीको भाले आर्को लेरा त। तो ठिसेलाई पुनि लेर जा, भाले छोप्न चम्बू (champion) छ।" भने। "को बढ्लान जस्तो छ बूढा?" भनेर सोधेको "भरे था' पाइहाल्लास नी! " भने। 'सउसपेन्स' (Suspense) राख्छन् बूढा कहिलेकाहीँ! म र ठिसे थुमको घनेका आँगनमा पुगेर भालेको मोलतोल गर्यौँ। पैसा पनि तिरियो। अनि "खै त भाले?" भन्दा "बारीतिर चरिरा' च , आफैं छोपेर लैजाउ" पो भन्छ ए बज्जे। भाले पनि कति जब्बर! एक घण्टा ठ्याम्मै लागो छोप्नलाई। समात्न समात्न आँटो, भुर्र उड्छ।समात्न समात्न आँटो, भुर्र उड्छ। अति भएपछि ठिसेले एक डाइभ देर च्याप्पै समातो। दंग परें म त! डाँडाको पराइमरी इस्कुलाँ पढ्दा गोलकीपर बस्थ्यो। अझै बिर्सेको रैनच। भाले लेर जिम्मालकाँ के पुगिया थ्यो, टाटे पाङ्रे लुगा ला'को लाउरेका गफमा सब मख्ख! "कति गफ मात्तै गर्चौ केटा हो, अब जम्न पनि परो ।" भनेर बिर्खे जिम्मालले करासी मात्तै केटाहरु भाले भुत्ल्याउन थाले। जमियो! खुब जमियो!! सोमरसदेखि शिबबूटी सब भ्याइयो। खोया बिर्के देखि अउरेजी रउसी, गोलो बोतलदेखि चारपाटे बोतल सब रित्याइयो। लाउरका कथा पनि सुनियो। "म एउटा गीत गाम् है।" भनेर दादा जुरुक्क उठे। आजभोलि के भ'च यीनलाई जतिखेर पनि गीतै मात्तै गाम्छन्। "तिम्रो मया लाग्दच साइली, सम्झन्चु छिन छिन तिमीले मया नगरेपनि म गर्चु दिन दिन--------- आज र मैले भात है खायु तिउन त गाबाको के मया गर्थ्यौ तिमीले साइली म दुखी जाबाको------ तिम्रो मया------" दादाको गीत चल्दैथ्यो, लाउरे जेठा त भित्तातिर फर्केर घुंक्क घुंक्क रुन पो थाले गाँठे। "के भ' लाउरे बा ?" भनेर सोधेको "क्या सेन्टी (sentimental) गायो अच्छा लेकिन यो दादाले! मेरो इस्टोरी सुन केटा हो " भनेर आफ्नो लप इस्टोरी सुनाम्न थाले। भर्तीमा जानु अघिसम्मन् टारीघरे मूखियाकी साइली छोरीसं इलु इलु रच यी बूढाको। छुट्टीमा आम्ला अनि तिम्लाई ब्या' गरे लैजाम्ला भनेका रचन्। यीनि हिन्नासाथ साइलीका बाले छोरीको ब्या' अन्तै गर्दैछन्। त्यै तोडमा यतिका बर्ष नफर्केका रचन्,। साइली भन्ने शब्द सुन्यो कि सेण्टी हुँदा रचन बूढा। "ती साइली त अब बूढी भइसकि होलिन्। छोराछोरी पनि होलान्। अर्कै तरुनी खोजेर ब्या गर्नुपर्च अब।" भनेर मैले भनेको, "नो म्यान!-------" भनेर के के भन्न थाल्या थे अउरेजीमा। ठिसेलाई सोधेको, " साइली आऊँछे भने अझै रेडी छु, गोठै हान्न पुनि रेडी छु ।" भनेका रे! त्यसपछि लाउरे उभेर बीओरको बोतललाई माइक जस्तो बना'र गीत गाम्न थाले। बीचबीचको "आई लप यू----" बाहेक आफूले त अरु बुझ्या भे' मार्दिनु! ठिसे र सिरे पनि नाच्न थालिहाले। नाच पुनि गजबकै देखाए केटाहुर्ले। दूध नदिने गाईले लात्ती पड्काएजस्तो बुरुक बुरुक!
Read Full Discussion Thread for this article