Posted by: shree5 November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
जमुनिले त्याँसी नजिकै गएर हेरिछ केरे । पहिला त चिनिन्छ के, भक्खर (भर्खर) को ठीटो जस्तो तन्नेरी केटो जस्तो को होला यो बाटाँ हिड्नी मुन्छे भन्ठानिछ केरे । त्याँसी येसो बिचार अरेर हेरेको त जिम्माल जेठा लाउरे भनेर ठ्याक्कै चिनिछ केरे नि । मैले त बेकाराँ गाली खाएँ नि त्याँसी । "हेर जिम्माल जेठा पिन्सिउँ पाकेर आम्दा पुनि कति तन्नेरि देखिएका हुन, तिमी त जहिले नि तो गाँजा खान्छौ, मर्न लागेका बुढा जस्तै देखिन्छौ आजै, पुठो सुठो सुकिसको तिम्रो त आजै " भनेर मलाई गर्न सम्मन गाली अरि । मैले नि के भन्नु, अनि " अब जिम्माल जेठा भनेका चईनी मेल्टरी मुन्छे, जन्मौटे (जन्मिदा खेरि देखिकै) जो तेस्तै खाईलाग्दा केरे नि, नत्र त जस्ता पाए तेस्तालाई चईनी मेल्टरीमा लिन्छ त ? हेर न, बिर्खे जिम्माल माईला पुनि त गाका हुन केरे नि मेल्टरीमा छेक्किन त, तिनलाई धोती देखाईदेयो केरे छाति सानो भओ भनेर " भनेँ। अनि भनि जमुनि पुनि चुप लागि । के हुँदो रैच कुन्नि यो आईमाईको मन पुनि, जहिले पुनि लोग्ने चईनी तन्नेरि देखिन पर्नी अरे बाई । फेरि चित्रे (world map) पुनि कता'ट आएछन केरे नि यहीँ जो । पुन्टे दाजीले भनेको तो तिनकै गेडीखोला धोबिनिको घर मास्थिर कटहरको रुख मुन्तिर घर भाकी थिईन नि ठूली फुपै । अब हुन नहुन त के हो, पुन्टे दाजीले भनेको हो तिनै कटहर मुनि की फुपैकी जेठी छोरी दिलकुमारी लाई त चित्रेले पोईला लगो अरे भन्थे गाममा । मैले भनि अझ "हैन होला पुन्टे दाजी, चित्रेले त कता हो उतै उँधो लाहुर तिर तिर्थ-वर्त जानी मुन्छे हुरलाई चईनी चार धाम घुमाम्नी कम्पनीमा पारमेन्टी काम (permanent job) पाका छन अरे, दसैलाई आका थे, अहिले तेतै काममा गाका होलान, पछि फेरि फर्केर आम्छन " भनेर भने। पुन्टे दाजीले भनि " हैन, कहाँ नहुनी हो, चईनी दसैका पुर्नियाका भोलिपल्टै जो गाममा दिलकुमारी पुनि छैन, चित्रे पुनि छैन, नपत्याए डाँडाघरे नमे (nepalean) लाई सोध न । अब दिल कुमारीकी बहिनी भिम कुमारीलाई त नमेले लईन मार्च केरे नि, कुन दिन नमेले पुनि भिम कुमारीलाई पोईला लान्च " भनेर भन्थे । हुन त पुन्टे दाजीको कुरो पत्याईहाल्न हुन्न, रउसी नखाका बेलाँ तीनले हरिस्चन्द्र ले झै सत्य कुरा मत्रै जो अर्चन, केही पुनि ढाँट्दैनन् केरे, रउसी खाका बेलाँ भनि पुन्टे दाजीले भनेको केही पुनि ढुक्कै सित पत्याम्न चईनी डराम्नै पर्च केरे । Keep rolling...
Read Full Discussion Thread for this article