Posted by: shree5 November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ओहो, के बिधी मुन्छे जम्मा भाका हुन गाँठे आज त । सन्जोग पुनि कस्तो परेको हो ? चईनी कता'ट आज त जेठा जिम्माल लाहुरे पुनि लाहुरबाट आएछन केरे । कतिको छुट्टीमा आए कुन्नि, न पिन्सिउँ (पेन्सन) पकाएरै आका हुन, तेसो हुन भनि र अब चईनी गाममै बस्नी हुन भनि त यिनलाई गामको चुनाबमा अदक्षे बनाम्न पर्च । अब मलायका लाहुरे भाका केरे, पैसा पुनि धेरै जो कमाए भन्चन । अरुका त घर मत्रै हो केरे, चईनी तिनै लाहुरेको पैसाले त होला नि तीन वोटै भाई जिम्मालका त घर-गोठ सप्पै कटेरा सटेरा चईनी टीनले छाएका पुनि उहिले हो केरे । अझ चईनी बटौली मुन्तिर उँधो डाईबर टोलमा एउटा दुई तले सिलमट्टी लाको घर पुनि (cemented) किनेका छन अरे । मैले त देखेको छैन केरे अझै जो । जमुनिले धुसेनीको खरबारीमा घाँस काट्दै थिई अरे, तेति खेर चौतारिमा मुन्छे भेला भाको देखेको अरे । हरियो रायेपाटे कपडा खोल हालेको चार वोटा अटैँची (attache) भरियालाई बोकाएर आका थे अरे । हाताँ चईनी साईको फाईब (seiko-5) घडी लाका अरे, चईनी एउटा टेपरिकेट (tape recorder) लाई मखमलको खोल हालेर गीत घन्काम्दै हिँडेका अरे । "उड्नी चरी खसाल्छम हाम्ले त यो देखेर छक पर्छन गाम्ले त पानको पात मया तिमलाई सम्झिन्छु दिनको रात मर्स्याउँदी सलल..."
Read Full Discussion Thread for this article