Posted by: nepalean November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        

जे भे नि यो चौतारीया मुन्छेहरु नया नया आर झन रमाइलो भइ राखेच । ति लाउरे दाइ आर त रौनक नै फेरीयो गाठे । आब सधै खोइले बिर्को खादा खादा त्यो त पधेराको पानी जस्तो लागि सकेको थियो, अब लाउरे दाइले ब्यार ( बियर) खूबाउने रे । गामका मुन्छे ठाममा पुगेनि काम नै लाउदो रैच । तर साइलिको घर पो चौतारीट नजिकै थियो, कसरि ल्याउनि हो त नि यात्रा मुन्छे लाइ ब्यार भनेको त लाउरे जङिए बा , ' चाइन्जो लेकिन देशा बढे बढे काम त आइटिङ ( आइडिया) लार अरियो त्यो ब्यार ल्याउन कौन बढे काम भो र ' । कसले सक्ने अब लाउरे दाइलाइ ? त्यासि त्यो स्वार स्यानो लाइ समातेर कानमा के हो खुसुक्क बोले । उता चित्रे ( वर्लड म्याप) ले चित्रो हो कि कालिज के जाति पकाउदै थियो, हामि त लाउरेदाइको लाउरे गफ सुन्दै काजो (फील्टर) हालेको भिल्स ( विल्स) चुरोट तान्दै दङ नि । २-३ घण्टा पछि त स्वार स्यानो डोकां गाउरी (गाग्री) बोकेर आउच केरे चौतारिया । उता सिरे करायो, 'कता जाड खार आइस स्याना, गाउरी लेरे पधेरा पो जानु पर्च कता चौतारिया आको '। स्यानु लुरु लुरु लाउरे दाइ तिर लाग्यो । म त छक्क परे बा के आइटम अर्न लाका हुन यि लाउरे दाइले ? कुरो बुझ्दा त पखरा ट स्यानालाइ गाउरिया ब्यार बोकेर ल्याउन लाका रचन, अब धेरै बतल बोकेर ल्याउदा फुट्ने भन्ने डर अनि त गाउरी मा ल्याउन लाचन। माने बा लाउरे दाइको बुद्दिलाइ। त्यासि त त्यो क्यासेट बाट 'सरर पानी घट्टमा ----'भन्ने नया दोरि गित लाइ हाले नि । दादा ,भउते ,गोतामे र बेशिथाने नाच्न थालि हाले नि, बिर्खे र लाले ( लौ त लौ) त थपडि बजार उदुम नि । म पनि के कम, भोटेसाल नाच दिइहाले नि !

Read Full Discussion Thread for this article