Posted by: world_map November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
हैन, यो सिरे नि कति हसाउन सक्या होला, के के भन्छ भन्छ। फेरी चौतारीमा छिर्न पा' हैन, दिलकुमारी सिलकुमारीको दोष लाग्न थालिहालो। हैन, यो पून्टे दाइ पनि अचेल अलि बढी नै पिएर गफ दिएर हिंड्न थाले कि क्याहो? उडाइ चैं हाल्या हैन, तर दिलकुमारी हो की के हो उनको नाम, ती केटीले चैं पैले आँखा सन्काको हो है मलाई। अनि म मात्र के कम त, मैले पनि झिम्काइदिएँ नि। तेस पछि त भेट पनि भा'छैन, याँ आफ्नो वेपारको हिसाबकिताब मिलाउने कामबाट फुर्सत् पा'हैन। तैपनि यस्सो झ्यालबाट चैं ट्याम् ट्याम्मा च्याउने गर्छु है, कहीं यतैबाट हिंड्दैछिन् कि भनेर। अब फुर्सद पाको बेलाँ धोबिनीको घर मास्तिर कटहरको बोट मुन्तिर घुम्न जानु पर्ला। धन्नेवाद है सिरे, यो अमूल्यो सूचनाको लागि। साँच्चि, पून्टे दाइसँग कहिले रउसि खान पाइन्छ हँ अब?
Read Full Discussion Thread for this article