Posted by: Gautam B. November 21, 2005
Login in to Rate this Post:
0
?
ए राता मकै! हैन के भ'को यो! जता गएपनि मेरै ब्याकै कुरो मात्तै! बेँसीथानेले समेत केटीको कुरो ल्यायो गाँठे! मंसिराँ त मूसाले पनि सातौटी ल्याम्छ भन्थे। हामीजस्ताका दिन पुनि आम्दा रचन्! तर होइन ए दम्तरी हो, यो पाला ब्या अर्नी अरु कोई निक्लेनन् भन्या? लेककी फूलमायादेखि पखराकी यामकलासम्मको कुरो मैसंग चल्या छ गाँठे!
जल्ले जे भनेनी मैले चैँ पखराकी यामकलातिर आँखा गाडिसके। कुरो अर्कै पर्या रच। जमुनीकी सैनी यामकला र जिम्माल्नीले भन्या फौउसिंगे नानी त एउटै पो रचन! जिम्माल्नी र जमुनी भउजुको सल्लाह रच केरे अस्तिदेखुन्कै, गोताएँको किलो दाम्लो नगरी भएन भन्नी । मोरीले शहर पसेसी नाम फेरीच, अहिले त सुनीता कि रमिता के जाती रे। नाम जे राखेपनि कविता लेख्ने त भइहालें केरे मैले!
अघि भर्खर जमुनी भाउजुले बोलार " ल गोताएँ, पर्सी यामकला नआउने भइ। जिम्माल्नी आमैले कुरा गरीचन्, आउन लाज मानी रे। अब पखरै गएर हेर्नु तेल्लाई।" भनेर एउटा फुटो दिइन केरे। फियाताल (फेवाताल) को डुंगामा बसेर खिचाकी रच! कति राम्री देख्खेकी नी मोरी! कस्तो मया लागेको मोरीको! लप पर्या भन्या यै हो कि क्या हो? कन्ने कम्पसमा पढ्चे रे। जिम्मालकाँ रातभरि जमेर भोलि ब्या'न त्यहीँ'ट पखरा लाउनुपरो। कन्ने कम्पस बगरबाट अलिक मास्तिर हैन नमे? नमेलाई थाहा छ यस्ता कुरा, पहिला पहिला नमे दिनमा दश घण्टाजति कन्ने कम्पसको अगाडि क्यारेम खेलेर बस्थ्यो।