Posted by: Gautam B. November 28, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
आइतवार ब्यानै उठेर, चिल्लो भएर ओरालो लागियो हेर केटा हो। आफ्नो त कारबारी (लमी) जिम्माल माइल्याँ, तीनलाई नढोगी के हिन्नु भनेर जिम्मालको घरतिर गएँ पहिला। जेठाजु लाहुरेले ल्याइदिया हङकङे सारी र चिटिक्क परेको चश्मा लगाइर माइल्याँ त आमा पाटीको मिटिङ गर्दै रचिन्। "एकछिन है" भनेर माइल्याँ म भएतिर आइन। मैले ढोगिसकेपछि "ल गोताएँ ढुक्क भएर जा, मैले कुरा राम्रोसँग गर्देको छु। पैला तो याऊँकलालाई भेटेर मात्तै घरमा जानु नि। आजभोलिका केटीहरुलाई आफूले भन्याजस्तो चाहिने रच।" भनिन् "कहाँ भेड्ने यामकलालाई माइल्याँ, कन्ने काम्पसाँ हो?" "के को काम्पस जान्थी तो? आइ ए पढ्न थालेको पाँच वर्ख भो, पास भ'की होइन। काम्पस नगिचको अपिसाँ काम गर्छे रे। ल ला यी, याऊँकलाका बाउले लेखेर देको।" माइल्याँले पोल्टा'ट झिकेर मेरी याम्की काम गर्ने ठाऊँको ठेगाना दिइन। "जय शम्भो ! ए गोताएँ एक सर्को तान्छस्?" जिम्माल बूढा चिलिम बोकेर मतिर आए। "आफैँ खानु नि नौथरी, सोझो गोताएँलाई किन बिगार्चौ ए बूढा?" भन्दै बूढीले कूचो ले'र लखेटेपछि बूढा भागे। त्यसपछि म हिने त्याँ'ट। 'भनेपछि याम्कीको आइ ए पाचौँ वर्ष पुगेछ। राम्रो भो, मेरो पनि आइ ए सातौँ वर्ष पुग्दैछ। ब्या गरेसी दुबैले पढ्न छोड्नु पर्ला। दुइ जनाले गरेर आइ ए बाह्र वर्ष पढिहालियो, जत्ति भने पनि पुग्छ। पढ्दैमा के लछार्छ र? हात्ती पढेर ठुलो भ'को हो र?!' यस्तै यस्तै मनमा गम्दै बस टेसन पुगें। नमे त पहिल्यै बसमा बसिसकेको र'च। अस्ति त फुर्सद छैन भन्दैथ्यो! कन्ने काम्पसका केटी हेर्न जाने भनेपछि नमे किन जान्नथ्यो ? आखिर यो पनि त रुख्खेको बोको हो नि! "फुर्सद छैन भन्या हैन त?" "निकालियो नि फुर्सद गोताएँ। म पनि माघचैँ कटाउन्न बुझिस्।" *************************************************** महेन्द्रपुलमा दादा भेटिए। मुर्रा राँओलाई दाना लिन आ'का रचन्। राँओ दुब्लायो रे, राँओको डाइट नबढाइ भएन रे। "एकछिन पछि म पुनि आऊँला तेता।" भनेर दादा दाना लोड गर्न थाले। भर्खर नौ बजेको थियो,याम्कीको आपिस पनि दश बजेमात्तै खुल्ने, म र नमेचैँ गएर कन्ने काम्पस अगाडिको चा पसलमा अड्डा जमायौँ। आफू अब तन मन धन सप्पै याम्कीको भइसक्या मान्छे त कन्ने काम्पसका ठिटी हेर्न थालियो भने नमेले के छोड्दो हो!? घरी उठेर हेरेको छ, घरी बसेर हेरेको छ! घरी सुसेलेको छ, घरी गीत गा'को छ! तर के गर्नु, चिलले चल्ला छोपेजस्तो कन्ने काम्पसका ठिटीलाई भटभटेले छोप्दो र'च। नजिकै उभेकीसंग यस्सो बोल्न खोजो, भटभटे आएर पछाडि हालेर लाँदो र'च; हामी हेर्या हेर्यै। एउटा भटभटे त चाइने कुरो र'च यार! दुइ जनाले कन्ने काम्पसका केटी हेर्ने रन्कोमा बीस कप चा खाइएछ, एक घण्टामै गाँठे!
Read Full Discussion Thread for this article