nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148301 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-18-05 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे माइला जिम्माल्नि नभा बेला यो कुखुरो काटेर खानु पर्यो , काइदाको रैच यो भाले त ।
 
Posted on 11-18-05 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जाडा गज्जब हुनि भो, अलि अलि झोल पनि बनाउनु पर्च है ?

 
Posted on 11-18-05 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक कुरो अरयो नेपालियन ले.....
हन भाले त झक्किको रेच नि...चाइने झोल त अलि पिरो पिरो बनाउनु पर्च.....बरु दोबाटे काइँलिका गर अर्को झोल पनि ल्याउनु पर्च कि कसो...तो (त्यो) झोल र यो भाले भएसि..ज्यान दुख्य नि ठिक अनि जिम्माल्?नि नभा पिर पनि हुन्नथ्यो.... बरु कती पैसो भन्छ हँ यो भालेको? पैसापो काँटी (कहा बाट) तिर्ने हो...जिम्माल्नीले निबेक ल्याएसि दिम्ला बरु ।

साँच्चि भाले कस्को हो? गाम मा पोथि भिडाउने भाले त हैन नि? फेरि हाम्ले खायुम
भने गाम का कुखुरा ले फुल पार्न छोड्लान नि.... गाँठि कुरो बुझ्नु परो..
 
Posted on 11-18-05 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:P:P:P:P

A daaju ho, mailey jadau takraaye hai, chautaari ko mukhiya chai ko ho. Kyarnu, aba aastinai dekhi aamchu bhaneko, kaam ley fursadaai naai, bhanya. K hudai thiyo kunni chautari maa, ma ta dhari samma po bepatta bhaako jasto laagna thaalo malai.

Sabai chai fursaadaa basera sundai garula, ahiley laai chai yetai bata nai phero samatey hai. :D :D :D:D :D

Haajir bajai haliyo kyara aba ekchin ghumera aauchu ma, Yeso churos ko kas laaunu paro.


harkeDai
 
Posted on 11-18-05 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के
आउन पाछैन कता तिर फर्के ?
 
Posted on 11-18-05 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG hair-keyyyyy (J/K), whoever you aree, I'm soo sorry for a late birthday wish:O
!**~~/\/\Happy Birthdayy scorpion/\/\~~**! :D

 
Posted on 11-18-05 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कुरा फुर्छ यो सिरेलाई पनि! खोलो बगेजस्तो सलल लेख्छ गाँठे!
 
Posted on 11-18-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina kun chai jhol ko kura garchan yi thita haru. Tyo ganauney jhol bhaye chai ma pani khaaney hai. :D

tyo kukhuraaaa jhol ta teti mitho hunna hau. Kasto kasto laagcha malai, tyo khoya birkey chaina, lyaao na timaaro lau ta birkhey tyo khoya birkey lyaa ta, chautaaraa basera jamnu paro. aaja ta jaado pani cha.


ani biraali maiya( kitty cat) :P timi laai dherai dherai dhanyabaad hai. :D

lau na keta ho tyo nepali maa ma pani lekhnu paro. tyo k jaati maa gaako hudai bhayena. Lau ne malai kosailey tyo nepali maa lekhney bhaado pathai dyaao, ma ta dikkai bhai sakey bhanya .

harkeDai
 
Posted on 11-18-05 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हर्के पनि यई रैछ त...शहराँ गा भन्ते सपैले...भेडियो मा देखाउने जस्तो हिरो पो
भएर आएच गाँठे। फेरि शहराँ भाका ठिटि हरु पनि सपै चिन्दो रेच...एउटी बिराली त
जन्मदिनको के जाति कारड दिन भनेर चौतारिआ छुनुमुनु गर्दै थी....अब त्यतिबेला
चौतारिआ म बुढो मात्तै ....
हन यो हर्के कति बर्ख को भो...ठिटी आम्न थालेचन भेट्न...नेपालियन को गोठाँ
बाँध्या जुरे गोरु र यो हर्के एउटै बर्ख को जस्तो लाउच मलाई....

 
Posted on 11-18-05 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी जिम्माल बूढा त कति पात्तेका गाँठे! सत्तरी टेक्ने बेलाँ पनि केटी देखेपछि -याल काट्छन। अब हर्केका "फ्यान" त बूढाका नातीनीहरु भन्दा पनि साना छन् तैपनि यी पात्तेका बूढाचैँ जिस्काम्छन्।
नेपानेकाँ दवाइ गरेर बूढा घर गए। तर बूढी पनि छैन, बूढालाई सुन्ने लागेच। बूढा त फर्केर फेरि चौतारामै। चौतारां छोटो छोटो पयँठ (Pant) ला'की भर्खरकी तरुनी देखेछन् केरे बूढाले। अनि त केटीको सेता पिडौँलामा छुम्लाझैँ गरेर चोर अम्लाले देखार "ए नानी यो तिम्ले ला'को पयँठको भाइ हो कि कट्टुको दाइ नि?" भनेर सोधेछन्। केटी तर्सेर बुरुक्क उफ्रेकी थी, धन्न चौतारा'ट तल गुल्टिन।
केटीले रिङरेजीमा के गाली गरी कुन्नि बूढाले मरिगए बुझेनन्। अझ "के बिरालीका जीं (झैँ) म्याऊँ---म्याऊँ गरीचौ! बस न आऊ नजिकै, बात मारम्!" भनेछन् । केटीले ढाडे बिरालका जस्ता आँखा तरेको देख्दा बूढा अलि अलि त डरा'छन्, जिम्माल्नीले दिनदिनै गाली गरेर सातो लगेकी जो छन्।
त्यत्तिकैमा " ओ हर्के-----" भनेर बिराली नानी गाऊँतिर दौडिन्। बूढाले यस्सो तन्केर हेरेका तलबाट हर्के आऊँदै रच। हर्के त गज्जब भ'च गाँठे! पयँठ पनि बोरा जस्तो ह्वार्लाङ ह्वार्लाङ, फेरि तेसमा पनि चार पाँच ठाऊँमा प्वाल परेको। कपाल पनि बज्जेले रातै पारेछ। तेसै शहरका केटीले पछ्याका होइन रचन् बजियालाई। केई गर्छ के रे यो हर्केले!
 
Posted on 11-18-05 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउतेलाई आजभोलि के भा हो कुन्नि नाकमुख देखाऊँदैनन् गाँठे। उता निरेलाई चैँ बाले मधेश पठाचन्। पोहर बूढाले एक बिघा खेत हानेर आका रचन् मधेशमा। यो पाला निरेचैँ अधियाको धान उठाएर ल्याउन या-मानको (ठूलो) टडक (ट्रक) लेर मधेश लागेछ। यो फोटु निरेको मधेशको त्यै खेतको हो।

 
Posted on 11-18-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिटाहुर हो चाईन्जो केरे आबो मैले जिम्मालका बा तोप बाजे उ बेलामा अड्डाका डिट्ठा थिए भनेर सबैलाई भँनेथे । म आज तिमेरलाई जिम्मालले जिम्माल्नी कसोरी भेटे भन्ने कथा सुनाउचु।
कुरोचै राजा महेन्द्रले हाम्रा नेतालाई झ्यालखाना हाल्नु भन्दा १२ बर्ख अगाडीको हो।
आबो गम्बाट जिम्माल तोप बाजेलाई अड्डामा भेट्न जाँदा हाणी खोलाको ५ घण्टाको उकालो चढ्नु पर्थियो। उकालो सकिएपछि जिम्माल्निका बा मसिने माईलाको चिया दोकान सबैको थकाई मेटाउने थलो थ्यो क्या। मसिने माईलाकी कान्छी छोरी जिम्माल्नी खास नाँउचै चनमती हो। चनमती जमानामा धेरै रूपमति धप् धप् राम्री थिन्। सबै बटुवाले आँखा गाड्थे। चाईन्जो केरे एक ताका जबो जिम्माल्का जुँगाका रेखी बस्न थालेको थिए, मसिने माईलाको चिया दोकानमा जिम्माल्को चनमतीसँग आँखा जुध्यो। कुखुरे बैसमा जिम्माल्पनि खाईलाग्दा थिए। जिम्माल्ले एकोरो ट्वाल्ल आफुलाई हेरेको देखेर चनमती लाजले मुजेत्रोले मुख छोपेर बारीतिर भागिन्। यो कुरोको मसिने माईलालाई अत्तो पत्तो थेन। यसरीनै जिम्माल्र चमनतीको पिरेम भयो।
आबो जिम्माल् सानैदेखि कोई सित डराउदैनथे। तोप बाजेलाई जिम्माल्ले चनमतीसँग बे गनें कूरो राखे। गाँठे भुत्रो मान्थे तोप बाजे। बाउ छोराको घमासान माँभारत भयो। आखिरमा जिम्माल्कै जित भो। यसोरीनै हउ गाम्ले हो जिम्माल् र जिम्माल्नीको बे भाको।

 
Posted on 11-19-05 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर कस्तो तरिकाले बिर्खेले पट्टाका रचन, तिनै बिर्खे सं तालिम लिन जानु पर्यो तरुनि पट्टाउने तरिका लिन ।
 
Posted on 11-19-05 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अर्च यो बोस्तनगरे काईलो.....कुखुरे बैँसमा मात्तै खाईलाग्दो होर म...
हेरि अइले पनि गोडा तिन बिस चानचुन को उमेराँ ज्वारिकोट लार चाईनेजो यो जुँगा
मा ताउ लाम्दै हिन्दा वोल्लो गाम पल्लो के कुरो अर्नु सात गाम को मै हुँ भन्ने तरुनी
पनि भुतुक्क हुन्चन्?। उइल्या कुरो किन अर्न परो अस्ति भखर चाइनेजो त्यो खुइलेको छोरो जेठो तर्के को जन्त जादा दुइटि तरुनिले त अइलेइ हिनुम्ला झैँ गरे..क्यार्नु जिम्माल्नि को माया
लागो र मात्त,गाला चिमोटेर मोरी हो तिमरु त मेरो नातिनी जस्?ता म बुढो सङ्ग
क्यार्न जिस्कन्छौ भनेर त्याँट हिनेको...
 
Posted on 11-19-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यि बेशीथाने नेपाली डरार हाम्रा बिर्खे माइला लाइ जे पाए तेइ भनेका । बिर्खेको ज्यान मन सबै तन्नेरि छ , त्यो इन्डियाकि के जाति राय त भुतुक्कै हुन्छे बिर्खेको ज्यान देखेसि सात गामका केटीको त के कुरा गराइ भो र ? तर माइलीको सारै माया अर्चन के, किन सौता हाल्थे र यो उमेरमा है ? माइलीले कमता माया अर्दिनन ?
 
Posted on 11-19-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म जवान म तरुनो भनेर हुन्न केरे; बिर्खे। तो, सेतो कापाले बताहाल्छनि खसिस्कया ऊमेर। यसो, तो ओखति लाऊनु परो। शहरामा पाईन्छरे, ठिटिहरु चै, कापालामा रातो घस्छन् रे; माईला दाईले चै चइन्जो तो कालो धस्नु परो।
अनि, केरे ईम्पोर् टेन्ट कुरो -
बिर्खे मुलाई नि लोकल कुखूरोको मासु चईन्छ है केरे। चऊतारामा कुनि क्यारे अलि भिड रै छ, गाठ्ठे।
हाम्रा गाम मा, म नै हो सबै भन्दा नुन चख्नुनुमा सिपालु; तेसैले भन्या। नुन चर्को भो भने त, रिसाऊछन्केरे गाम्लेहरु। पिरो चै अलि कम है, फेरि बिहान चर्पि जादा अलि गारो हुन्छ।

 
Posted on 11-19-05 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेंसिथाने पुनि मुन्छे चईनी जाद्रै बाठा के,

भउतेको मिलाँ गाको अरे ठिसे । तो पनि किन भनी गैह्रा पारि उकालोमा जिम्माल माईलाकी की भदई
खैसराले पुनि सोलि बोकेर मिलतिरै लागेको देखेछ के । ठिसेले चईनी भित्र भित्रै खैसरा लाई मन पराम्चन के।
राम्री पुनि बिपत्तै राम्री छ केरे खैसरा त । खाली बोलीवचन भनी अलि ठाडो र उत्ताउलो छ के, नहोस पुनि
किन, चईनी अब जिम्माल खलककी चेली परी, जसलाई जे भने पुनि त भओ नि, कसैले हप्काउनी हैन
केरे तेस्लाई ।

हत र पत चईनी मिलाँ पुगेको त बेंसिथानेले चईनी खैसरा लाई पुरै लट्ठ पर्नी गरी गफ हाँकि राको रैच ।
खैसरा र बेँसिथानेको त पहिले देखिकै कन्टसन (contact + connection) रैच केरे त्यँहा भेट्नी ।

बेंसिथाने ले खैसरा लाई चईनी "बुझेउ खैसरा, जिम्माल माईलाऽयले (माईला बाले) त माईली आवैँ (माईली
आमा) लाई देखेसि फकाम्नी बेलाँ हेऽरि यस्तो अरेर गालाँ चिमोठ्थे अरे क्या " भन्दै उसको गालाँ चिमोट्दो
रैच । खैसराले पुनि त्याँसी उसलाई पिटे झै गरेर लखेट्दी रैच केरे, बेसिथाने भनि भागे जस्तो गर्दा रैचन र
मिलको घर बाहिर चईनी कुनामा लुक्दा रैचन । त्याँसी खैसरा पुनि लखेटे जस्तो गर्दी रैच, अनि बेँसिथानेले
फेरि झुक्काएर च्याप्प समाएर तर्साएँ झै अर्दा रैचन केरे । तेसरी समाम्दा त दुईटैको ज्यान पुनि सिरिङ्ग सिरिङ्ग
भाको हुँदो हो नि, मेरा र जमुनिका पालाँ त तेस्तो सिरिङ्ग सिरिङ्ग हुन्थ्यो केरे ।

ठिसे को त त्यो देखेसि रनाहा छुटेछ र उसको पालो खैसरालाई "देख्लिस ओथारे राँडी, तेही अर्नी हो तेत्री बुढी
भएर, पर्खी तँलाई बिर्खे जिम्माल सेनाबा लाई नभन्देर " भनेर थर्काम्दा रैचन ।

मिल-मालिक भउते भनि रमिता मानेर चईनी रमाईलो मानेर हेर्दा रैचन । "हेर्नुस जवईँ, यो केटा र केटीको
मन-मिलती पुनि अचम्मैको हँदो रैच केरे " भनेर भन्दै थिए भउतेले मलाई ।

keep rolling...
 
Posted on 11-20-05 6:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साऽनु,
कसले दियो कोइलीलाई लाइटर?
बाटो छ भिरालो!
साऽनु,
कसको आँगन कुरेर बसौली?
तेइ लाग्छ पिरलो!
 
Posted on 11-20-05 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
गीत त जाद्रै मीठो गाउनु भओ।
तर "कोईलीलाई लाईटर" भनेको मैले बुझिन केरे। कोईलीलाई नि क्यार्न मार्ची (म्याचेस--सलाई), ढेब्री, पानस, चईनी लाईटर जस्ता कुरा दिन परेको हो र ?

Keep rolling...


 
Posted on 11-20-05 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैको नाम जमुनी हन्छ त नि?
जिमाल्नी माइली आँवैको ऊ बेलाको नाम हो "कोइली"।
जिम्मावल बाले कसैले नबुझ्नी भाषामा "कोइली" भनेर बोलाम्थे।
कोइलीका जस्तो सुरिलो, समधूर स्वर भे र त बुढा होमिएका नि, नत्र तेसै कहाँ होमिन्थे र।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters