nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148276 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-29-05 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आइते पनि आएचन्। नेपालिआँ टाइपअर्ने भएचन् गाँठे!

****याम्कीका बाले भने। "अब हजुरजस्तो जाँड,रउसी,सिखरेट, बीडी, पान, सुपारी समेत नखाने केटो पाम्नु हाम्रो लागि त भाग्गेको कुरो पो हो।" याम्कीका बाले यसो भन्दाचैँ दादा र नमे मुसुमुसु हाँस्दै थे।
_______________________________________________________________________

बाहिर मात्रै हो मुसु मुसु, भित्र भीत्रै त हासो ले पेटनै दुखको थियो ।*****

हि..हि...हिहि... हसाम्चन केटाहरु.. :):D
 
Posted on 11-29-05 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरैबेर घोरिएसी आइतेले देब्रे हात चिउँडोमा राखेर दाहिने हातले गोटी सार्नै लाग्या हुँदो हो, पशुपति दाइ (हुन त बुढा छन् केरे तर पशुपति दाइ भन्ने चलन के।)
ट्वाक्क टुपुल्किए चौतारियाँ।
"जदौ जिम्माल बा!"
"जदौ! कता हानिइस् त नि बिहान बिहानै? "
"घरै छ घरै छ।" पशुपतिले कान सुनेनन्। "राजुले घर त्यही हजुरको सुरुवाल सिलाऽर बेको छ।" बुढाले प्रस्ट पारे।


नताने नि ताने झैँ गर
वेली र चमेली,
ताने पछि लैजाने बल गर,
साइँ फूल चल्यो वासना !

घर राम्रो मकैको सुलीले
वेली र चमेली,
बुइनी राम्रो नाकैको फूलिले
साइँ फूल चल्यो वासना !


अघि अघि लाहुरे दाइ रातो रुमाल लिँदै पछि पछि दमैको राजु उनकै क्यासेट बोकेर आइपुग्छन् बा तर्पाएँ तर्पाएँ हुँदै।
"घर सुरुवाल सिलाऽर बसेको राजु ऊ देखेनौ?" चित्रे बिनासित्तैमा बोल्यो।
"म त पारि दाउरा हान्न हिनेको चित्रे बाबु।" पशूपतिले अहिले पनि ट्वाक्क सुन्दिएनन् लौ जा।
"यता चाल तेरो बाघ।" आइतेले अघि एउटा गोटी गुमाएको रिस चित्रेमाथि पोख्दै थियो।

 
Posted on 11-30-05 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोलि बिहानै उठेर बेँशीको खले गर्होमा दाइ हाल्न जानु थियो, तेइ भनेर म निदाउने प्रयास गर्दै थिएँ। मलाई फेरि जुन दिन छिटो निदाउनु छ भन्यो त्यही दिन निद्रै पर्दैन भन्या, यो मेरो असजिलो बानि धेरै पुरानु हो के। जबर्जस्ती निदाउने प्रयस ग-या त म सपनामा पुग्या हो कि बिपना नै हो ... ... ...
"ए बाँधम् बाँधम् आकाशै बाधम्
ए बोल्नीका मुखै बाँधम्
ए सुन्नीको कानै बाँधम
ए हेर्नीका आँखै बाँधम्
... ... ..."

अलिअलि निद्रामा थिएँ। "भेडी लगाउनी जोगी आएछ आज त!" भन्ने सोचैँ। योगीलाई मग्सिरमास त्यो पनि के रित्तो हात पठाम्नु भुनेर, यसो तल झरेँ।
बास माग्यो जोगीले। "अतिथी देवोभव!" भनेर हजुरबाले म जन्मिनु अगाडि एउटा टालोमा हो कि बेँसिबाट धान ओसार्नी बोरामै हो कुन्नि कता हो लेखेर राखेका रेछन् तेइ याद आयो र नाइ भन्न सकिन। हजुरबा परलोक यात्रा भाको त म जन्मिनु भन्दा ७ वर्ष अगाडि नै हो ८४ वर्षको कलिलो उमेरमा मरेका रे बुढा त। हामी अलि धेरै बाँचिएला नि आधुनिक जमानामा हैन? इन्टरनेट पनि छ केरे।अनि योगीलाई वास दिएँ।
जहानले मलाई तानी बाहुलामा समातेर ।
"माओबादी होला।" सचेत गराई जहानले।
राती गफ गर्दै गइयो। मलाई सकां लाग्यो, हुन पुनि सि आइ डी रे छ। यताको, उताको हैन यतैको। "के हो बुढा सि आइ डी भुनेको?" जहानले खुसुक्क सोधी, लाटी छे के।
आउरेजी बुझ्दिन, "गुप्तचर के!" मैले भने, कान सुन्दिन, "कन्सुत्ले के अर्काको घरको कान्लामुनि सुतेर घर सल्ला सुन्ने कन्सुत्ले" भनेसी बल्ल ट्वाक्क बुझी।

राजाको पक्ष्मा जनजागरण गराउने उध्देश्यले भेडी लाऽको रे छ।

"ए बाँधम् बाँधम् आकाशै बाधम् (सगरमाथा रेडियोको बि बि सि प्रासारण आकाशमै बाँधम्।)
ए बोल्नीका मुखै बाँधम् (सार्वजनिक स्थलमा हुने आमसाभामा हस्तक्षेप)
ए सुन्नीको कानै बाँधम् (सरखारी रिडियोले ढाँटो कि भुनेर एफ् म र बि बि सितिर जानीलाई छेकबार।)
ए हेर्नीका आँखै बाँधम् (मानवअधिकारबादी टोलीहरु सेनापिडितहरु भेट्न जिल्लामा जाँदा रोकावट)
... ... ..."

भुन्या रे छ।

मैले यो गाँढि कुरो जिम्माललाई चौतारियाँ खुसुक्क खोल्दाखेरि आइतेले चित्रेको एउटा बाघलाई घेरा हालेको थियो जसरी अहिलेलाई ८ दलले राजतन्त्रलाई घेरा हालेका छन्।
 
Posted on 11-30-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Time Pass Kabita..... Busy bhaye nasune ni hunchha.....

आशा.. उनी आउने रे !
निराशा.. उनी नआउने रे !!
आशा र निराशा को दोधार मा
के नै सोधाइ भोर ।
तेहि पनि.......
साच्?चै साथी हरु उनी आउने कि नआउने ????










 
Posted on 11-30-05 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>...जसरी अहिलेलाई ८ दलले राजतन्त्रलाई घेरा हालेका छन्।

दादा, जसलाई ८ औं दल भन्ठान्नु भा हो, वास्तवमा त्यो ९ औं हो है ।

८ औं दल ९ औं भन्दा कम खतरनाक छैन, निश्स्त्र भए पनि । आफु त्यहि ८ औं दलको स्वघोषित सदस्य भा कारण यो खसखस ।

Citizen's Movement for Democracy & Peace ... जिन्दावाद !
 
Posted on 11-30-05 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश्स्त्र read as नि:शस्त्र
 
Posted on 12-01-05 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनाँ याम्कीसंग जिस्किराथें, भेडी लाउने आ'को पत्तै भएन आफूलाई!
 
Posted on 12-01-05 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aja ali serious git gaauna man lagyo.........ghar ko ati yaad aayo..

"Aama timro dudha ko bharale.......paaina bato ashu ko dharale............................"
 
Posted on 12-01-05 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये गज्जापले रमाईलो भई राको र'च केरे ।

मेरा त मदौरु भएर येस्तै सानो तिनो औरिसन (सर्जरी) अर्न परेको थ्यो के, बल्ल बिसेक हुन ला्छु । चईनी ट्वाक्क निको भासि आम्ला फेरि बात मार्न ।

तो दादाको खले गराँ दाई गरि सकेसि त्याँहा गोरु जुधाम्न पर्च । तो गह्रो त जाद्रै जो सम्म छ केरे, गोरु जुध्दा पनि टन्नै जग्गा पुग्छ त्याँहा ।

भउतेको टिल्के बहर पुनि भउतेको मिलको ढुटो खाएर होला नि पाथी जत्रो जुरो हालेर बसेको छ, उता बिर्खे जिम्मालको गुरे बाच्छो पोहोर परार साल देखिकै माल हो केरे । मेरो थाले (थाल-जस्ता सिङ्ग भाको) पुनि यो साल जोत्न सिकाम्दा र दाउँदा खेरि कमजोर भाको छ, तैपनि के थाहा, मेरो थाले बाछ्छो पो जिताहार हुन्च कि ?


Keep rolling...
 
Posted on 12-01-05 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन दादाको दाइँ अचै भ्याइया चैन र भन्या? कैले सक्ने हो? गोरु जुधाम्न त साच्चै
हतार लागो मुलाइ पनि सिरेले अरेको कुरो सुनेर।
 
Posted on 12-01-05 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सिरेले हाम्रा गोरु छैन भनेर नामै लिदैन बा ! कस्तो हेपेको हेर न ? मन मनै त आफ्नै थाले बाच्छो ले जित्छ भन्ने छ के तर देखाउनलाइ मात्र

जोत्न सिकाम्दा र दाउँदा खेरि कमजोर भाको छ

भनेर गफदेको नि, हाम्लाइ थाहा छैन र ? त्यो थालेको दाइ ( तेसको माउको अघिल्लो बाच्छो ) त गाउमै जिताहार थियो के रे, तेइ भर कुरो लुकार सिरेले आफ्नो थाले जुधाउन खोजेको ।
गोरु नभए नि भैसीमा चै हाम्रै ठुटे भैसी जितार हो केरे गाउको । तेसको त जातै जितार के, तेइ भर त पोर साल रोटेपानि टरि फुकार हुदा ठुटेको पाडि ले लिलाधरको मुर्रा संग सिङ्ग हालेको । तेस्तो बकेर्नो पाडि संग पनि हार्यो त्यो मुर्रा । हुन त कात्तिकां राम्रो खान नपार घुर्रा भको थियो, तेसै भर हो कि?
 
Posted on 12-02-05 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिँसीको दाँइ सकेर उकालो लाग्दो थिएँ, नेपे दाजी पनि चौतारियाँ पसिन पुछ्तै हुनुहुँदोरेछ। अनि, टारिका खरबारीमाथिका सुर्काँ तोरी छर्नु पर्छ कि भोलितिर भुनेर भन्दै हुनुन्थ्यो। मैले फेरि आँ अरेसी अलकांर बुज्छु के।
"उसो भे भोलि म आम् त जोत्न?" भनेर सोधैँ। "ढुगां छन् दादा बरिमा तिम्ले फेरि हलो भाँच्छौ कि! सिपालु मुन्छे चाहिन्छ।" भन्नु भो। मलाई तेसो भनेसी जोतेरै देखाम्न मन लाओ।
अनि घर गएसी जहानलाई "गोरुलाई टन्न पराल हाल्दे त!" भनेर अह्राई ओरी मजाऽले घुरेर सुतेँ पटाहाको खाटमा जुनेली रातमा कस्तो निद्रा लाग्यो नि केटा हो।
बिहान उठेर जुवा भिरेर लुख्रु लुख्रु पुगेँ सुर्काँ। बाटाँ के बिर्सेँ के बिर्सेँ भुनेर खसखस लाग्यो। खल्तिमा छाम्छु सुर्ति पनि छ। हलो पनि छ जुवा पनि छ काँधमा गोरु २टै छन् अगाडि। फेरि गनेँ, २टै छन्।
सुर्काँ पुहेसी सुर्तिे मुखाँ हालेर, धुर्सेली काटेर गोरुलाई दिम् कि भनेको खुर्पेटो मर्लक्कै बिर्सेछु्। अघि त खसखस लाग्या कारण त तो पो रच बल्ल बुझैँ।
अनि भअन धुर्सेली हाल्न पाइएन गोरुलाई भुनेर मैले जोत्न थाल्दै थिएँ। नेपे दाजी पनि पछि पछि उसोफालाई लिएर अघि अघि आइते(Amazing)लाई लाएर टुपुल्किनु भो।

ल तपैँहुरले ढुगां हटाम्नुस् म मजाऽले जोत्छु भुनेर म जोत्न लागेँ। मलाई फेरि जम्मै मिलेर काम अर्नी भनेसी जाँगर चल्छ के, मेरो पुरानु गुन भन्नी कि बैगुन भन्नी अब।


हो हो माले हो हो!
हो हो तारे हो हो,
हरियो डाँडामाथि हलो जोत्ने साथी
होऽरा हो हो !

आज मैळे हलो जोतेँ, चोइला फर्काई फर्काई
यामकलालाई गोताएँले ल्यायो, जुल्पि लर्काई लर्काई
होऽरा !

हो हो माले हो हो!
हो हो तारे हो हो,
हरियो डाँडामाथि हलो जोत्ने साथी
हरियो डाँडामाथि हलो जोत्ने साथी
... ... ...!

कति हिउँद कति बर्खा बितै यसै गरी।
... ... ...!


मिठु भाउजुळे पदिनाको अचार र अनि इतिति फापरको ढिँडो ल्याइदिनु भो, एक सासमै सिध्याएँ, कति मीठो रे छ नि। काभ्रा भन्ज्यागंतिर हो केरे भाउुजुको माइ अनि उतैट ल्याम्नु भको के फापर त, हाम्रा गाममा त कोदो मा्त्रै हुन्छ के।

 
Posted on 12-02-05 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रररी जोत है दादा फेरी गोरुलाइ फालि लाउला, तेस्ता ढुंगा छन् ।
 
Posted on 12-02-05 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले गोरुलाइ धुर्सेलि र गाडे औसेलुको केटाकेटी पान त खुवाउन लागेका होइनन् ?
 
Posted on 12-02-05 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! आफु उता जांच आर २, ४ दिन चौपारिआं के आउन पाथिन, केटारुको त कुरै आर्को भअको गांठे। अब मुसिरां बेला खेत सेत सबै फुकार भकोकेरे तैभअर केटारु गोरु जुदाउनि कुरा गर्दाउन। हन केटाओ, हाम्रोनि ठुटे गोरु हरामि भअच यार, बर्खाभोरि खोरियाड ल्याको बन्सो घांस खाअर भकरां नै होक्कां होक्कां गर्च। तेति मत्रै होरअ अज मैले असारां पल्लारेको भैसि ब्याउदा, जम्मै अमारो ख्वाचु तेल्लाइ। लौ जे भानि मजा आउनि भअ।
बोरु केटाओ, येसो गरमन! म मजाको भकुन्डो ल्याउचु, अब खेत सप्पै फुकार भअच केरे, येसो टुमे हल्लु खेलम्ला। बिर्खेले खरि ढुंगाको ढ्याक ल्याउ राज्जे खेलम्ला। दादा ले नुन खुर्सानि पिनेर ल्याउनपरो, पर्दानको (पर्धानको) ठुलो गरां काउरो फुल्योछरे मजाले गफअर्दै खानपर्च। भौते गुरुलाइ भनेर बेल्का येतै कै अर्नि सुर मिलाम्न परो बोरु। नमे, नेपे, आइते, सिरे सप्पैलाइ भन्नपरो। चुलो सुलो दउसै बनाम्ला, बेल्कातिर केइ अरम्लानि गांठे। जाडो जाडो भअच, माथि थाने दाइकां कोदाको बनाचनअरे ल्यामला। तल ठुलाबाकां लोकल कुखुरा छन, अस्ति मसंअ बेच्निहो केट भन्थे, दिदाहुन्कि! अइलेत घरां केहोलान, मै जान पर्ला बेल्कितिर। धेरै भओ येसो तुच्च तुच्च नपारेको।
 
Posted on 12-02-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज के लेखुम के लेखुम भयो....गएको गर्मी मा नेपाल जाँदा एउटा गित साह्रै
चलेको थियो र मलाइ पनि साह्रै मन परेको थियो । त्यही गित लेख्दै छु।

केटि -कस्तो रैछ हङकंग को धन पनि,हङकंग को धन पनि
ढुङ्गै रैछ मायाको मन् पनि
हङकंग आइडीले
हङकंग आइडीले अब त बिर्सेछ मलाइ सोल्टिले

केटा- रुन्छ मन मुखैले हाँसेनि, रुन्छ मन मुखैले हाँसेनि
तिम्रै झल्को हङकंगमा बसेनि
हङकंग आइडीले
हङकंग आइडीले अझै नि बिर्सेको छैन सोल्टिले

केटि - दुख पर्दा संग संगै रुनथ्योऊनी,संगै रुनथ्योऊनी
तिमिलाइ छाडि कहि जान्न भन्थयोऊनि
हङकंग आइडीले
हङकंग आइडीले अब त बिर्सेछ मलाइ सोल्टिले

केटा - बाउ आमा को राख्या हो मन,राख्या हो मन,
टाढा भा नि तिम्रै हो यो ज्यान
हङकंग आइडीले
हङकंग आइडीले अझै नि बिर्सेको छैन सोल्टिले

 
Posted on 12-02-05 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि दादा पूर्व गएको बेलामा एउटी पूर्बेलि ठिटि संग गाएको गित पनि .... :)

dada- माझी दाइले जालै हान्यो माछि पर्यो जालैमा
घिन्तांङ मादल कहाँ बज्यो झ्याउरे तालैमा
हे आउ है माया लाउँ है सुटुक्कै
काफल गेडि कुटुक्कै भैयो भुतुक्कै

purbeli keti- सिरमा लाउनु सिरको फूल
पाउजु लाउनु पावैमा
घिन्ताङ घिन्ताङ मादल बाज्यो गैरि गावैँ मा
ए हुन्न माया लाउन सुटुक्कै
काफल गेडि कुटुक्कै नहोऊ भुतुक्कै

dada- हिउँखोला को चिसो पानि
अँजुलीमा भरेर
झ्याउरे तालमा गाइदेउ हित गैरी झरेर
हे आउ है माया लाउँ है सुटुक्कै
काफल गेडि कुटुक्कै भैयो भुतुक्कै

purbeli keti-मुलबाटो को बुढो सिमल
बतासै ले भाँचियो
गित गाउने रहर थियो स्वरै भाँसियो
ए हुन्न माया लाउन सुटुक्कै
काफल गेडि कुटुक्कै नहोऊ भुतुक्कै

dada- कोरि बाटि शिरै माथि
सुनाखरी सिउरेर
कम्मर मर्काइ चुल्ठो लर्काइ, नाच्देउ निहुरेर
हे आउ है माया लाउँ है सुटुक्कै
काफल गेडि कुटुक्कै भैयो भुतुक्कै

 
Posted on 12-03-05 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सी ब्या' आँट्ने भइयो भनेर पुरेत बालाई खबर गरेर घरतिर लाग्दै थें, कता कता'ट "याऊँकला", "गोतामे" भनेर गुनगुन गरेको आवाज कानमा पर्यो। मै झुक्केको हो कि साँच्चै कोहि छ यता भनेर चौतारा'ट तल्तिर हेरेको नेपे काजीको बारी जोत्दै र'चन्। नेपे काजी र उसे ढुंगा पन्छाउँदै थे, दादाचैं गीत गाम्दै जोत्दै थे। आइतेचैँ डिलमा बसेर लेकसाइडका कुईरीहरुको बारेमा गफ लाम्दै थ्यो।
" ल हेर गोताएँ पुनि आइपुग्यो। चाँडै काल आम्दैन यस्को!" भनेर भन्छन् नेपे काजी हाँस्दै।
"काँ ऐल्यै काल आम्ने कुरा गर्या दाजी? भर्खर त याम्कीलाई झ्याईँ पार्दैछु। बरु पर्सि ब्या' आँट्न जानुपर्छ है सबै।"
"गोताएँ पुनि बाँधियो अब!" दादाले खोलापारि हेर्दै भने। "केटाहरु फेरि जम्ने भन्छन् गोताएँ, अस्ति जिम्मालकाँ जमेजस्तो। अगि भर्खरी लौताले (lau ta lau)पनि तेस्तै कुरो गर्दै थ्यो। के विचार छ?"
"खै दादा, ब्या'को तयारीमा लाग्नु पर्छ होला......."
"यो गोताएँलाई अब रउसी सउसी खान दिनुहुन्न, दूध फालफूल ख्वाएर बल्ल्यो (बलियो) बनाम्नु पर्च। हा ..हा ...हा...।" नेपे काजीसँगै सब हाँस्यौँ।
"हो दाजी, बल्ल्यो हुन ब्या'न ब्या'न एउसरसाइज (exercise) पुनि गर्दैचु।"
" इन्ट्रेष्टिङ, आइ मीन भेरी इन्ट्रेष्टिङ।" आइतेचैँ अउरेजीमा हाँस्दै थ्यो।
***********************************************************





















 
Posted on 12-03-05 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल केटाओ गोतांये गुरुको झयांइ अलि रमाइलो अरेर सक्न पर्च। बोरु, त्यो अम्मट को बसुन्धरा पार्कांआ जमाम्न पर्ला बेल्कितिर। आफुलाइ जम्नि र तुच्च तुच्च पार्नि भनेसि आर्कै मजा आम्च केरे। आचल त तो पार्काआ को छेउमा (तालको किनारामा) बालुवा हालेर बिच होकि होकि जस्तै बनाछन्अरे। रमाइलै हुनि भओ।
 
Posted on 12-03-05 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जतापाच्छे क्याम्रो बोकेर हिन्या छन् भन्नी हुन् कि ? जे भनेनी एउटा फोटु टाँस्दिम टाँस्दिम लाग्यो र...


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters