Posted by: Dada_Giri December 2, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
बिँसीको दाँइ सकेर उकालो लाग्दो थिएँ, नेपे दाजी पनि चौतारियाँ पसिन पुछ्तै हुनुहुँदोरेछ। अनि, टारिका खरबारीमाथिका सुर्काँ तोरी छर्नु पर्छ कि भोलितिर भुनेर भन्दै हुनुन्थ्यो। मैले फेरि आँ अरेसी अलकांर बुज्छु के। "उसो भे भोलि म आम् त जोत्न?" भनेर सोधैँ। "ढुगां छन् दादा बरिमा तिम्ले फेरि हलो भाँच्छौ कि! सिपालु मुन्छे चाहिन्छ।" भन्नु भो। मलाई तेसो भनेसी जोतेरै देखाम्न मन लाओ। अनि घर गएसी जहानलाई "गोरुलाई टन्न पराल हाल्दे त!" भनेर अह्राई ओरी मजाऽले घुरेर सुतेँ पटाहाको खाटमा जुनेली रातमा कस्तो निद्रा लाग्यो नि केटा हो। बिहान उठेर जुवा भिरेर लुख्रु लुख्रु पुगेँ सुर्काँ। बाटाँ के बिर्सेँ के बिर्सेँ भुनेर खसखस लाग्यो। खल्तिमा छाम्छु सुर्ति पनि छ। हलो पनि छ जुवा पनि छ काँधमा गोरु २टै छन् अगाडि। फेरि गनेँ, २टै छन्। सुर्काँ पुहेसी सुर्तिे मुखाँ हालेर, धुर्सेली काटेर गोरुलाई दिम् कि भनेको खुर्पेटो मर्लक्कै बिर्सेछु्। अघि त खसखस लाग्या कारण त तो पो रच बल्ल बुझैँ। अनि भअन धुर्सेली हाल्न पाइएन गोरुलाई भुनेर मैले जोत्न थाल्दै थिएँ। नेपे दाजी पनि पछि पछि उसोफालाई लिएर अघि अघि आइते(Amazing)लाई लाएर टुपुल्किनु भो। ल तपैँहुरले ढुगां हटाम्नुस् म मजाऽले जोत्छु भुनेर म जोत्न लागेँ। मलाई फेरि जम्मै मिलेर काम अर्नी भनेसी जाँगर चल्छ के, मेरो पुरानु गुन भन्नी कि बैगुन भन्नी अब। हो हो माले हो हो! हो हो तारे हो हो, हरियो डाँडामाथि हलो जोत्ने साथी होऽरा हो हो ! आज मैळे हलो जोतेँ, चोइला फर्काई फर्काई यामकलालाई गोताएँले ल्यायो, जुल्पि लर्काई लर्काई होऽरा ! हो हो माले हो हो! हो हो तारे हो हो, हरियो डाँडामाथि हलो जोत्ने साथी हरियो डाँडामाथि हलो जोत्ने साथी ... ... ...! कति हिउँद कति बर्खा बितै यसै गरी। ... ... ...! मिठु भाउजुळे पदिनाको अचार र अनि इतिति फापरको ढिँडो ल्याइदिनु भो, एक सासमै सिध्याएँ, कति मीठो रे छ नि। काभ्रा भन्ज्यागंतिर हो केरे भाउुजुको माइ अनि उतैट ल्याम्नु भको के फापर त, हाम्रा गाममा त कोदो मा्त्रै हुन्छ के।
Read Full Discussion Thread for this article