Posted by: Dada_Giri November 30, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        

भोलि बिहानै उठेर बेँशीको खले गर्होमा दाइ हाल्न जानु थियो, तेइ भनेर म निदाउने प्रयास गर्दै थिएँ। मलाई फेरि जुन दिन छिटो निदाउनु छ भन्यो त्यही दिन निद्रै पर्दैन भन्या, यो मेरो असजिलो बानि धेरै पुरानु हो के। जबर्जस्ती निदाउने प्रयस ग-या त म सपनामा पुग्या हो कि बिपना नै हो ... ... ... "ए बाँधम् बाँधम् आकाशै बाधम् ए बोल्नीका मुखै बाँधम् ए सुन्नीको कानै बाँधम ए हेर्नीका आँखै बाँधम् ... ... ..." अलिअलि निद्रामा थिएँ। "भेडी लगाउनी जोगी आएछ आज त!" भन्ने सोचैँ। योगीलाई मग्सिरमास त्यो पनि के रित्तो हात पठाम्नु भुनेर, यसो तल झरेँ। बास माग्यो जोगीले। "अतिथी देवोभव!" भनेर हजुरबाले म जन्मिनु अगाडि एउटा टालोमा हो कि बेँसिबाट धान ओसार्नी बोरामै हो कुन्नि कता हो लेखेर राखेका रेछन् तेइ याद आयो र नाइ भन्न सकिन। हजुरबा परलोक यात्रा भाको त म जन्मिनु भन्दा ७ वर्ष अगाडि नै हो ८४ वर्षको कलिलो उमेरमा मरेका रे बुढा त। हामी अलि धेरै बाँचिएला नि आधुनिक जमानामा हैन? इन्टरनेट पनि छ केरे।अनि योगीलाई वास दिएँ। जहानले मलाई तानी बाहुलामा समातेर । "माओबादी होला।" सचेत गराई जहानले। राती गफ गर्दै गइयो। मलाई सकां लाग्यो, हुन पुनि सि आइ डी रे छ। यताको, उताको हैन यतैको। "के हो बुढा सि आइ डी भुनेको?" जहानले खुसुक्क सोधी, लाटी छे के। आउरेजी बुझ्दिन, "गुप्तचर के!" मैले भने, कान सुन्दिन, "कन्सुत्ले के अर्काको घरको कान्लामुनि सुतेर घर सल्ला सुन्ने कन्सुत्ले" भनेसी बल्ल ट्वाक्क बुझी। राजाको पक्ष्मा जनजागरण गराउने उध्देश्यले भेडी लाऽको रे छ। "ए बाँधम् बाँधम् आकाशै बाधम् (सगरमाथा रेडियोको बि बि सि प्रासारण आकाशमै बाँधम्।) ए बोल्नीका मुखै बाँधम् (सार्वजनिक स्थलमा हुने आमसाभामा हस्तक्षेप) ए सुन्नीको कानै बाँधम् (सरखारी रिडियोले ढाँटो कि भुनेर एफ् म र बि बि सितिर जानीलाई छेकबार।) ए हेर्नीका आँखै बाँधम् (मानवअधिकारबादी टोलीहरु सेनापिडितहरु भेट्न जिल्लामा जाँदा रोकावट) ... ... ..." भुन्या रे छ। मैले यो गाँढि कुरो जिम्माललाई चौतारियाँ खुसुक्क खोल्दाखेरि आइतेले चित्रेको एउटा बाघलाई घेरा हालेको थियो जसरी अहिलेलाई ८ दलले राजतन्त्रलाई घेरा हालेका छन्।
Read Full Discussion Thread for this article