Posted by: Dada_Giri November 29, 2005
Login in to Rate this Post:
0
?
धेरैबेर घोरिएसी आइतेले देब्रे हात चिउँडोमा राखेर दाहिने हातले गोटी सार्नै लाग्या हुँदो हो, पशुपति दाइ (हुन त बुढा छन् केरे तर पशुपति दाइ भन्ने चलन के।)
ट्वाक्क टुपुल्किए चौतारियाँ।
"जदौ जिम्माल बा!"
"जदौ! कता हानिइस् त नि बिहान बिहानै? "
"घरै छ घरै छ।" पशुपतिले कान सुनेनन्। "राजुले घर त्यही हजुरको सुरुवाल सिलाऽर बेको छ।" बुढाले प्रस्ट पारे।
नताने नि ताने झैँ गर
वेली र चमेली,
ताने पछि लैजाने बल गर,
साइँ फूल चल्यो वासना !
घर राम्रो मकैको सुलीले
वेली र चमेली,
बुइनी राम्रो नाकैको फूलिले
साइँ फूल चल्यो वासना !
अघि अघि लाहुरे दाइ रातो रुमाल लिँदै पछि पछि दमैको राजु उनकै क्यासेट बोकेर आइपुग्छन् बा तर्पाएँ तर्पाएँ हुँदै।
"घर सुरुवाल सिलाऽर बसेको राजु ऊ देखेनौ?" चित्रे बिनासित्तैमा बोल्यो।
"म त पारि दाउरा हान्न हिनेको चित्रे बाबु।" पशूपतिले अहिले पनि ट्वाक्क सुन्दिएनन् लौ जा।
"यता चाल तेरो बाघ।" आइतेले अघि एउटा गोटी गुमाएको रिस चित्रेमाथि पोख्दै थियो।