Posted by: Birkhe_Maila December 2, 2005
Login in to Rate this Post:
0
?
अनि दादा पूर्व गएको बेलामा एउटी पूर्बेलि ठिटि संग गाएको गित पनि .... :)
dada- माझी दाइले जालै हान्यो माछि पर्यो जालैमा
घिन्तांङ मादल कहाँ बज्यो झ्याउरे तालैमा
हे आउ है माया लाउँ है सुटुक्कै
काफल गेडि कुटुक्कै भैयो भुतुक्कै
purbeli keti- सिरमा लाउनु सिरको फूल
पाउजु लाउनु पावैमा
घिन्ताङ घिन्ताङ मादल बाज्यो गैरि गावैँ मा
ए हुन्न माया लाउन सुटुक्कै
काफल गेडि कुटुक्कै नहोऊ भुतुक्कै
dada- हिउँखोला को चिसो पानि
अँजुलीमा भरेर
झ्याउरे तालमा गाइदेउ हित गैरी झरेर
हे आउ है माया लाउँ है सुटुक्कै
काफल गेडि कुटुक्कै भैयो भुतुक्कै
purbeli keti-मुलबाटो को बुढो सिमल
बतासै ले भाँचियो
गित गाउने रहर थियो स्वरै भाँसियो
ए हुन्न माया लाउन सुटुक्कै
काफल गेडि कुटुक्कै नहोऊ भुतुक्कै
dada- कोरि बाटि शिरै माथि
सुनाखरी सिउरेर
कम्मर मर्काइ चुल्ठो लर्काइ, नाच्देउ निहुरेर
हे आउ है माया लाउँ है सुटुक्कै
काफल गेडि कुटुक्कै भैयो भुतुक्कै