nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148326 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-16-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे बूढालाई कुरेर बसिरहेको थियो चौताराँ। एक बजेसम्म बूढा बिम्झेका हैनन्,गोताए पनि देखिएको हैन।
मंसिरको बेला भएपनि पारीलो चौतारोमा घाम चरक्क चर्केको थियो। गर्मीले बूढाको नशा उतार्न थालेछ कि के हो बूढा चल्मलाउन थाले। "यी बूढा बिम्झेसी मलाई मार्छन्" भन्ने सोचेर सिरे कुलेलम ठोक्यो। सिरे भागेको देखेर लुते जोडले भुक्न थाल्यो, बूढा बिम्झेको खुशी पनि हुँदो हो लुते विचरालाई।
"हन म कसरी यो चौताराँ? बिहान यैँ बिम्झेर गाऊँतिर पस्याथेँ जस्तो लाग्छ। सपना पो हो कि के हो? " बूढा बिम्झेर एक्लै बर्बराए। खोलामा मान्छेको बगाल थियो। क्यार्न तेति धेरै मुन्छे जम्मा भा'होलान् त्याँ?
"ल मार्यो। आज त ठूलो एकादशी (हरिबोधिनी एकादशी) पो हो। फूल तार्न ला' होलान् खोलाँ।" बूढा झल्याँस्स भे। "जिम्माल्नीले मार्छे आज मलाई। खोज्न थाली होला, अरु दिन त तिमी बूढालाई धर्म पापको मतलब छैन जे पनि गर्छौ भनेर गाली गर्थी, आज झन क्या अर्नी हो?"
बूढा हतारिए घरतिर।
घरको ढोकामा ताल्चा देखेर बूढा छक्क परे।
"हन हाम्रा घरका मुन्छे कता लागेचन्?" तल्लोघरे सुब्बिनीका तिर फर्केर बूढा कराए।
"दिदी त हिजो दिऊँसो पखरा (पोखरा) जानुभो।"
"क्यार्न हिनेकी हो त्यो पखरातिर?" बूढा रन्के।
"भदो लिन आ'को थ्यो। दिदीकी भाउजुले हिजो लाखबत्ती बाल्ने, आज फूल तार्ने रे। ढोकाको साँचो यि लिनुस्।" सुब्बिनीले साँचो दिइन्। "हिजो बेल्का केटाकेटीलाई हेर्न पठा' थेँ धेरै चोटि। जिम्माल बा घरमा हुनुहुन्न भने।"
खुइय सुस्केरा काटेर ढोका खोले।
'उसो भए म घरबाट निस्केको हिजो ब्या'नै रच।' बूढालाई याद भयो। 'यो शिवजीको बूटी (गाँजा) ले पनि गर्नु गर्छ।' बूढी आज घरमा नभा'कोमा बूढा एकमन त खुशीनै थिए। थाहा पाउन्न त्यल्ले अब, जातीनै भो।
**********************************************************
 
Posted on 11-16-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता भउतेचैँ भैँसी लिएर दादाकाँ पुगे।
"दादाकाँ मुर्रा राँओ गज्जबको छ रे भन्थ्यो निरेले। भैँसीलाई राँओ लाउनुपरो दादा।"
"खोई भउते, राँओ दुब्लाइसको। आजकाल गाम् मा अरु राँगै छैनन् कि के हो?" दादाले पीर गरे। "तिम्लाई नाईँ भन्नु पनि भएन आफ्नै दम्तरी!"
दादा र भउते मिलेर राँओलाई भैंसीको नगिच लगे। एकछिन त राँओले सूँ सूँ गरेर भैसी सूँघेको थ्यो, पछि त "बोर" मानेर टाउको अन्तैतिर घुमायो।
"यो राँओ मात्तेको हो बुझ्यौ भउते। रोजी र छाडी पाम्छ भुँइसी यल्ले अचेल।"

तर भउतेको भैँसी पनि के कम! नखरा पारेर एकताल ह्वा-------ईँ गरेर "आई लप यू" के भन्देकी थी, दादाको राँओ पग्लिहालो! एकछिनमा काम तमाम!

"बाली भ ल अब। अहिले मंसिर भनेसी कहिले ब्याउला अब? आघौँ भदौतिर हैन त दादा?"
"अँ तेसै होला।"
"दादाको यो राँओ गुज्रातीनै हो कि क्या हो? प्योओर (Pure) मुर्रा जस्तो छ।"
"गुज्राती त गुज्रातीनै हो भउते, पूरै प्योओर नभा'र जापानी करस (cross) हो रे, भेट्नरी डाउडरले भन्या।"

"ल दादा, अहिले म लाग्छु। आज बेल्का यस्सो त्याँ पतलीकाँ बसेर रउसी खाम्। दादासं' सल्लाह पनि छ। सके मंसिर नसके माघमाचै ब्या' नगरी हुन्न।"
"ल ल म झरम्ला सात बजेतिर।"



 
Posted on 11-16-05 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सन्तुष्ट" भैँसी डोराएर घरतिर लाग्दै भउते।

 
Posted on 11-16-05 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो कत गएछ?

 
Posted on 11-17-05 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले दारि जुवा फालेर च्याट्ट परेचन त ?
 
Posted on 11-17-05 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बेते हो भउते तिम्रो भैसि, त्यो खोल्तिमा चै के नि, खुर्सानिको बिरुवा? यो हिउद लाउने बेलामा केको खुर्सानि रोप्नि हो नि फेरि--कि जिरे खुर्सानि हो?
 
Posted on 11-17-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे नि लै लै!
हे रिन्कि बुं्को,
राँगोलाऽचुकिंबुङको
चुलेसीले
ताप्लेजुगंमा
ताकेरअरुण तमोर
तरऔँलाफुल लाउँला केशरी हो
खाउँला बेसरी!तरऔँलाफुल लाउँला केशरी हो
खाउँला बेसरी!

 
Posted on 11-17-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा..साह्रै राम्रो पूर्बेली गित सुनाऊनुभयो.....
गौतम गुरु continue गरौ है ... अब त मलाई पनि चाइनेजो यो चौतारी नौलो लाग्न छाड्यो..
लु आम्दै गरुम...
 
Posted on 11-17-05 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँले भने झैं मैले त जिम्माल बिर्खे माईलालाई कुरेर तेही चौतारीमै बसें केरे । जब बुढा बिम्झे, त्याँसी भनि मलाई त डर लागो,
अनि जे भओ भओ बुढा बिम्झीहाले, अब आफ्नो घर गईहाल्छन केरे भन्ठानेर म त टाप भागें। आर्को कुरो चईनी भाको के थियो भनि
त्यही चौतारीका ढुङ्गामा बुढा आड लागेर सुत्दा खेरि मैले पनि खासै देखिन केरे, बुढाको चईनी देब्रे खुट्टाँ त जुकाले टोक्न भ्याईसकेछ ।
मैले देख्दा खेरि त चईनी बुढाको देब्रे खुट्टाको गोलिगाँठो मास्तिर त जुकाले टोकेर रगतै, अनि दुईटा जुकाले टोकेका रैचन एकै ठाममा ।
मैले देख्नी बेला सम्म त दुईटै जुका जिम्मालको रगत चुसेर, तेसैले ढाडिएर चईनी बडे मानको बुढी उम्ला (बुढी औंला) जत्रा भईसकेका ।
मेरा पालो जुकालाई त फालिदिएको थिएँ केरे तेति खेर नै । जिम्मालको खुट्टा भनी सुन्निईराखेको थियो, बुढाले चईनी धन्न मेसो पाएनन् ।

तेस पछि गोताएँले भने झैं बुढा त आफ्नो घर पुगेछन केरे । त्याँसी एकै छिनमा त बुढालाई फेरि घुमाए घुमाए झै लागेछ । गाँजाको असरले
अझै छ्याक्कै छोडिसकेको रईन्च केरे । जाद्रै जो तिर्खा लाग्नी, अनि कैले कैले उडे उडे झै लाग्नी भए पछि त बुढा आत्तिएछन केरे । हुन
पुनि किन तेस्तो नहोस त, एक दिन गाँजाले ढलेको मुन्छेले फेरि जुरुक्क उठेर गाँजा तानेसि फेरि पुनि मरे तुल्य भएर चईनी ५-६ घन्टा
जो चौतारिमा मुढो पल्टे झै पल्टिन परे पछि ज्यान त कमजोर हुनी भईहालो केरे नि तेसै पनि ।

अब गाममा यसो जडीबुटी गर्नी, चईनी बैद्यको काम अर्नी त गैराघरे नेपाने जो हुन केरे । जिम्माल को घरबाट त उनको घर पनि नजिकै,
फेरि कसरी हो कुन्नि नेपाने र जिम्मालले एक-आर्कालाई चईनी सम्धी सम्धी भन्नी गर्थे । जिम्माल बिर्खेको पालो अब जिम्माल्नी पुनि
घराँ छैन, तेसो भाऽसि नेपाने सम्धी कहाँ गएर ओउतो (ओखति?--ओख्तो) खान परो भनेर नेपानेकाँ गएछन्। म भने अब जे भओ भओ,
गएर जिम्मालनीलाई सप्पै कुरा बताउन परो र बरु माफ माग्न परो भनेर जिम्माल को घराँ गाको त बुढा त छैनन केरे । अनि तल्लो घरे
सुब्बिनीलाई सोधेको त खोई "यहाँबाटै तर्पाएँ तर्पाएँ लागेका थे, नेपानेकहाँ गए कि" भनिन । बाँकी कुरो पुनि सुब्बिनीले बताईन ।
 
Posted on 11-17-05 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाने पहिले चईनी मलायको लाउरेमा भर्ती भाका हैचन केरे, त्याँसी पल्टनाँ जो के जाति हो कम्फुटार (कम्प्यूटर) चलाम्नी गर्दा गर्दै धेरै
कम्फुटार एकै ठाममा जोड्नी, के के भाँडा सर्जाम बनाम्नी अरेछन केरे, त्याँसी त सानोतिनो दबाईमूलो अर्नी, सुई लाम्नी, घाउमा मलम
पट्टी बाँध्नी के के जाति भाँचिएका मर्केका हातगोडामा पुनि काप्रो पिलास्टर बाँध्नी काम पुनि सिकेछन केरे । पिन्सिउँ (पेन्सन) पाकेर
निस्कीनी बेलाँ त के जाति हो कम्पाउन्डर भन्नी भाका रैचन केरे । गाममा भनी अब डाउँडर भन्दा ईत्ति सानो पाउँडर (कम्पाउन्डर-पाउन्डर)
नेपाने भन्चन सबैले । फेरि मुन्छे पुनि साह्रै मिजासी केरे । आर्को कुरो फेरि नेपानेले बिउ-बिजनको बेपार पुनि अर्चन केरे । चईनी रायोको
साग, मेथी होस कि घिउ केरा होस कि बाङ्गे सिमी होस कि चईनी बोक्सी खुर्सानी होओस कि घोडताप्रे झार होस कि जे भनो तेही बिउ,
बिजन चईनी जडीबुटी सप्पै पाईन्च नेपानेका घराँ गएसि ।

जिम्माल बुढा नेपाने कहाँ गएर "हेर्नुस सम्धी, मलाई त के भओ, के भओ, चईनी बेला बेलाँ घुमाम्च, टाउको रनाहा छुटेर दुखे झै हुन्छ,
मुख सुकेर थुक पुनि छैन मुखाँ, मलाई झट्टै जो दबाई दिन परो सम्धी " भनेछन । सप्पै कुरा बताम्न पुनि भएन केरे, सिरे सित गाँजा
खाको भनेर नेपाने सम्धीलाई भने जिम्मालको फेरि ठूलो बेईज्जत हुने केरे । अस्तिन नेपानेले सिखरेट टक्र्याम्दा समेत "मैले यस्तो अम्मल
केही पुनि खान्न" भनेर खोकेका थिए केरे । आजै फेरि गाँजाको त कुरो अर्नै भएन केरे ।

नेपाने ले येसो हेरेचन, जिम्मालका त आँखा पुनि रातै छ, बुढाको चईनी अनाहार (अनुहार) नै खस्केको । त्याँसी नाडी छामेछन, नाडी त
ठिकै जो रैचन केरे । अनि आँगनमा एउटा गुन्द्री बिच्छ्यार सुत्न पठाएछन । तेति खेर त जिम्मालको देब्रे खुट्टाँ त रातै रगत र सुन्निएको
घाउ पुनि देखेछन केरे नेपानेका आँखाले । कसरी तेसो भओ भनेर सोधेको जिम्माललाई केही पत्तो चईनी मेसो भाँति छैन केरे । गाँजा
खाको कुरो त खुस्काम्नै भएन केरे ।

नेपाने, "बेला बेलाँ चईनी होस जानी अनि फेरि झल्याँस्स होस आम्नी पुनि हुन्च ?"
जिम्माल, "हो सम्धी, ठ्याक्कै तेस्तै हुन्च ।"
नेपाने, "हेर्नुस सम्धी, अब बेसरी तिर्खा लाग्नी अनि होस जानी फेरि झल्याँस्स होस आम्नी, अनि तपैका खुट्टाको रगतपिच्छे घाउ भनेसि
तपैलाई थाहा भएन तर तपैलाई चईनी लाङकिराले टोकेको लच्छिन (सर्पले टोकेको लक्षण) हो । हर्रेउ कि तेस्तै कुन सर्पले ठुङ्ग्यो तपैलाई ।
खासै डराम्न पर्दैन,
तपैको खुट्टा निलो भईसकेको छैन, भनेसि बिख (विष) फैलिईसकेको छैन केरे, फेरि यहाँ हाम्रो पहाडका लाङकिराको तेति साह्रै बिख पुनि हुँदैन
केरे, मैले सप्पै बिष झार्चु । धार्जे (धैर्य) भएर सुत्नुस, मुन्टो माथि पारेर । अलिकिति चिरफार गर्न पर्च, मैले चक्कु र सियो पानीमा उमाल्दै
अर्चु, तेति खेर सम्म खरानी पानीमा खुट्टा डुबाउन परो । "

 
Posted on 11-17-05 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेति भनेर नेपानेले त हतारमा चईनी एउटा डेक्चीमा खरानी पानी घोलेर जिम्मालको देब्रे खुट्टाको घाउ डुब्ने गरी राखेछन । अनि
नेपाने, "अब मैले चईनी चिरफार गर्दा चईनी फेरि तपैलाई दुख्छ, नदुख्नी बनाम्नी सुई पुनि सकिएछ । मकहाँ अलिकति गाँजा छ, थोरै खायो
भनी दुखेको थाहा पाईन्न, अब सिखरेटमा खान पाए सजिलो हुन्थ्यो, अब तपै त चईनी सिखरेट पुनि नखानी केरे, तर तेत्तिकै चपाएर खाए पुनि
हुन्च, लाग्नलाई अलिक बेर लाग्छ, तेति हो । "

यो सुनेपछि त जिम्माल बुढा त ढलेछन, बेहोसै जो भएछन केरे । गाँजाको नाम सुन्नी बित्तिकै त बुढा त ठहरै । अनि बुढा डङरङ्ग ढलेपछि त
नेपाने पुनि आत्तिएछन, कतै सर्पको बिख खतरा पो थियो कि, कतै सर्प चईनी नेपानेले सोचेभन्दा बिखालु पो थियो कि, अब के गर्नी हो भनेर
नेपाने पुनि खुप्पै डराएछन केरे । त्याँसी जिम्माललाई तुलसीको मठमा पुर्याएछन र अब गाममा कराएर चईनी चिच्याएर गुहार माग्न परो,
जिम्दै (जिउँदै) भएछन भनी बुढालाई येसो सलाईन गुल्कुस (ग्लुकोज सलाईन) चढाएर अस्पताल पुनि लानी बन्दोबस्त अर्न परो भनेर लागेछन ।
तेत्तिकैमा त जिम्माल बुढाले बेहोसीकै सुरमा चईनी "गाँजा, सिरे, गाँजा, सिरे " भनेर बर्बराम्न थालेचन केरे, उता नेपाने भनी "सम्धी, बरु राम राम
भन्नुस न, हरि हरि भन्नुस" भन्दा रैचन ।

ठ्याक्कै सन्जोग पुनि कस्तो, म ठक्रक्क पुगे तेहाँ । अनि त नेपानेले एकै सासमा सर्पले टोकेको, जिम्माल मुर्च्छा परेको, सप्पै भने । मैले नेपानेलाई
खास चईनी जे जे भाको हो तेही तेही साँचो कुरो बताईदिएँ । नेपाने त बल्ल खुशी भए। त्याँसी फेरि जिम्माल बुढालाई एक गिलास कागति पानी खान
दिए । अनि मलाई के के जाति फाल-फूल, चईनी कन्दमूल के के जाति सिस्नो भनेको के हो, बेल पत्र भनेको कस्तो हुन्च, भोगटे कस्तो हुन्च, लप्सी
कहाँ फल्च के के हो के के सुनाए । एकै छिनमा जिम्माल पुनि उठे केरे, त्याँसी नेपाने ले सुनाम्दै छन, म र जिम्माल रमाईलो मानेर सुन्दै छम यी
रुख बिरुवा, बालीनाली चईनी कन्दमूल फालफूल हुरको बारेमा । अझ कताबाट हो आज नेपानेले सिप्लीघान टिपेर ल्याएका छन अरे, आज साँझ उनकै
घराँ भातभान्सा अरम, तेही सिप्लीघानको तिहुन खाम पुनि भन्दैछन । हेरम ।


 
Posted on 11-17-05 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree5, how are the dinosaur bones and wats up with Jamuni and yaself, just disappeared :O
 
Posted on 11-17-05 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरे दादा त उता पूर्बतिर बसेर बेस्सरी खादै रचन र पो चौतारीया नआका ।
म पनि गैराघरे निपानेका जान पर्औ, त्यो सिप्लिकानको तिउन सारै मन पर्च क्या । बरु नपुगे हाम्रो काउरा बुटमुनि कान्ला पनि छ सिप्लिकान, त्य पनि टिपेर ल्यामल्ला नि ।
 
Posted on 11-17-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले पूर्ब को गित गाउनुभो, मलाई सुदुर पश्चिम को देऊडा गाउन मन लाग्यो चौतारीमा
देउडा
भाका ? कोइली बास्यो को हो को हो ( कुमार बस्नेत)
श्रोत - गाउँ घर मा गाइने रेडियो मा नबजेको , हंसपूरे सुबेधीको एऊटा पुस्तक बाट
गितको भौगोलिक क्षेत्र - सुदुर पश्चिमान्चल

माल्या गाइको झाल्या बाछ्छो दूध नपाई बुँडियो
पोहोर साल लाको माया येइ साल हुडियो

अरुको पालो पलाइगयो खर्सु को ढिलायो
कुइरो जस्तो जोबन आयो हिउँ जस्?तो बिलायो

जेठाजु भैँसिका गोठ जेठानी छुइ छिन कि
कोइ सुखि छन्? कोइ दुखि छन्? भगवान दुइ छन्? कि

एकले थुकि सुकि सुकि सय ले थुकि नदी नदी
छुट्दैन कि क्याहो भाऊजु माया र पिरती

 
Posted on 11-17-05 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउडाको कुर अर्दा मलाइ पुरनो दउड डि?-मोर्चा ले गाको याद आयो।
------------------------------------------------------------------------
तिम्ले सुन्या कुरा हो यो मैले सुन्या कुरा हो यो
गाउ घर तिम्रो मेरो हल्ला चल्या कुरा हो यो
झ्याम्म झ्याम्म

 
Posted on 11-17-05 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Linux bata ta yo Nameko Chautaro jammai yasto dekhindo re chha:


................? ..................................
....................................................
................................continued ........
.....................................................
Kittycat.....hi Sire................................
..................(...)................................
.......................................................
.......................................?...............
................................................(...)..
.......................................................
 
Posted on 11-17-05 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजिल्ला स्यालको आगो ( Mozilla Fire Fox) मा चै यस्तो देखियो चौतारो ।

 
Posted on 11-18-05 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चईनी खाँटी बिरालो (बिराली-?) ( Kittycat) भन्नी अस्तिनै अस्तिनै चौतारीमा आम्नी फत्तेनानी जस्ती
छन् नि? हो कि हैन त ङ्याउकी-? जो भाऽ नि स्वागत छ है ।

दादालाई फेरि के रमिता अर्न परेको होला नि तो लिनक्साँ ? शुरुमै "हिँदी लोकाले" भन्नी दैलाबाट भित्र छिर्नी
हो भनी चइनी काम अर्दो रैच केरे ।नत्र त मेरा पुनि तेसाँ त केही उपाय लाका थेनन अस्तिन देखुन ।

हो कि दादाले केही केही लेख्नु भाको तर मैले भेउ नपाको हो कि? IE मा पुनि अगुल्टे मुजिल्लाँ पुनि मैले त केही देखिन केरे ।

नमे, तो अगुल्टे मुजिल्लाँ त मेरो पुनि तेस्तै हुन्च, के भा को हो कुन्नि ।

------------------------------------------------------------------------

जिम्माल माईलाले जाद्रै राम्रो गीत सुनाम्नु भओ , कस्तो मनै छुनी के । मैले त कागताँ छापेरै राखेँ यार । खोई यस्ता सर्जकको भनि नामै सुनिन्न , भिरिङ्गी लेख्नी हुरले मदन पुरस्कार पड्काम्चन् ।

माल्या गाइको झाल्या बाछ्छो दूध नपाई बुँडियो
पोहोर साल लाको माया येइ साल हुडियो

अरुको पालो पलाइगयो खर्सु को ढिलायो
कुइरो जस्तो जोबन आयो हिउँ जस्तो बिलायो

जेठाजु भैँसिका गोठ जेठानी छुइ छिन कि
कोइ सुखि छन, कोइ दुखि छन् भगवान दुइ छन् कि

एकले थुकि सुकि सुकि सय ले थुकि नदी नदी
छुट्दैन कि क्याहो भाऊजु माया र पिरती


Keep rolling...
 
Posted on 11-18-05 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर यो शिरे .... त्यस्तो बिधी भा रेच मुलाइ अहिले सम्म कुरो लुकाएको
...आज छिटो चौतारिआ आइएच ..क्यारौ क्यारौ भो...उति बेला जहान तरुनि हुदा
गाको गित गाम्नु परो...

स्याङजाली भाकामा---

फूलको बासना
मन मा पिर भएनि मायालु
मुसुक्क हासन ...

रोदीमा हेरि येइ गित गार जिम्माल्नि लाई ल्याएको...:)
 
Posted on 11-18-05 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे कस्तो जान्नि तनि, ङ्याउकि र फत्ते निनि कता कता मिले जस्तो लाग्यो है? बाघ कराउनि, बाख्रो हराउनि , कसो?
आजकाल पुस्पपुरि, फत्ते नानि, जमुनि, सन्जु , रुइनु कोइ पनि देखिन्न , कता गचन भनेको त पखाराको फाटां खेतालो गचन । जिम्मुल माइलि ले त भन्दै थिइन, कुडरां कार्कि ले अलि धेरै दिन्च अरे क्या निबेक ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters