Posted by: shree5 November 17, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
तेति भनेर नेपानेले त हतारमा चईनी एउटा डेक्चीमा खरानी पानी घोलेर जिम्मालको देब्रे खुट्टाको घाउ डुब्ने गरी राखेछन । अनि नेपाने, "अब मैले चईनी चिरफार गर्दा चईनी फेरि तपैलाई दुख्छ, नदुख्नी बनाम्नी सुई पुनि सकिएछ । मकहाँ अलिकति गाँजा छ, थोरै खायो भनी दुखेको थाहा पाईन्न, अब सिखरेटमा खान पाए सजिलो हुन्थ्यो, अब तपै त चईनी सिखरेट पुनि नखानी केरे, तर तेत्तिकै चपाएर खाए पुनि हुन्च, लाग्नलाई अलिक बेर लाग्छ, तेति हो । " यो सुनेपछि त जिम्माल बुढा त ढलेछन, बेहोसै जो भएछन केरे । गाँजाको नाम सुन्नी बित्तिकै त बुढा त ठहरै । अनि बुढा डङरङ्ग ढलेपछि त नेपाने पुनि आत्तिएछन, कतै सर्पको बिख खतरा पो थियो कि, कतै सर्प चईनी नेपानेले सोचेभन्दा बिखालु पो थियो कि, अब के गर्नी हो भनेर नेपाने पुनि खुप्पै डराएछन केरे । त्याँसी जिम्माललाई तुलसीको मठमा पुर्याएछन र अब गाममा कराएर चईनी चिच्याएर गुहार माग्न परो, जिम्दै (जिउँदै) भएछन भनी बुढालाई येसो सलाईन गुल्कुस (ग्लुकोज सलाईन) चढाएर अस्पताल पुनि लानी बन्दोबस्त अर्न परो भनेर लागेछन । तेत्तिकैमा त जिम्माल बुढाले बेहोसीकै सुरमा चईनी "गाँजा, सिरे, गाँजा, सिरे " भनेर बर्बराम्न थालेचन केरे, उता नेपाने भनी "सम्धी, बरु राम राम भन्नुस न, हरि हरि भन्नुस" भन्दा रैचन । ठ्याक्कै सन्जोग पुनि कस्तो, म ठक्रक्क पुगे तेहाँ । अनि त नेपानेले एकै सासमा सर्पले टोकेको, जिम्माल मुर्च्छा परेको, सप्पै भने । मैले नेपानेलाई खास चईनी जे जे भाको हो तेही तेही साँचो कुरो बताईदिएँ । नेपाने त बल्ल खुशी भए। त्याँसी फेरि जिम्माल बुढालाई एक गिलास कागति पानी खान दिए । अनि मलाई के के जाति फाल-फूल, चईनी कन्दमूल के के जाति सिस्नो भनेको के हो, बेल पत्र भनेको कस्तो हुन्च, भोगटे कस्तो हुन्च, लप्सी कहाँ फल्च के के हो के के सुनाए । एकै छिनमा जिम्माल पुनि उठे केरे, त्याँसी नेपाने ले सुनाम्दै छन, म र जिम्माल रमाईलो मानेर सुन्दै छम यी रुख बिरुवा, बालीनाली चईनी कन्दमूल फालफूल हुरको बारेमा । अझ कताबाट हो आज नेपानेले सिप्लीघान टिपेर ल्याएका छन अरे, आज साँझ उनकै घराँ भातभान्सा अरम, तेही सिप्लीघानको तिहुन खाम पुनि भन्दैछन । हेरम ।
Read Full Discussion Thread for this article