Posted by: shree5 November 17, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
गोताएँले भने झैं मैले त जिम्माल बिर्खे माईलालाई कुरेर तेही चौतारीमै बसें केरे । जब बुढा बिम्झे, त्याँसी भनि मलाई त डर लागो, अनि जे भओ भओ बुढा बिम्झीहाले, अब आफ्नो घर गईहाल्छन केरे भन्ठानेर म त टाप भागें। आर्को कुरो चईनी भाको के थियो भनि त्यही चौतारीका ढुङ्गामा बुढा आड लागेर सुत्दा खेरि मैले पनि खासै देखिन केरे, बुढाको चईनी देब्रे खुट्टाँ त जुकाले टोक्न भ्याईसकेछ । मैले देख्दा खेरि त चईनी बुढाको देब्रे खुट्टाको गोलिगाँठो मास्तिर त जुकाले टोकेर रगतै, अनि दुईटा जुकाले टोकेका रैचन एकै ठाममा । मैले देख्नी बेला सम्म त दुईटै जुका जिम्मालको रगत चुसेर, तेसैले ढाडिएर चईनी बडे मानको बुढी उम्ला (बुढी औंला) जत्रा भईसकेका । मेरा पालो जुकालाई त फालिदिएको थिएँ केरे तेति खेर नै । जिम्मालको खुट्टा भनी सुन्निईराखेको थियो, बुढाले चईनी धन्न मेसो पाएनन् । तेस पछि गोताएँले भने झैं बुढा त आफ्नो घर पुगेछन केरे । त्याँसी एकै छिनमा त बुढालाई फेरि घुमाए घुमाए झै लागेछ । गाँजाको असरले अझै छ्याक्कै छोडिसकेको रईन्च केरे । जाद्रै जो तिर्खा लाग्नी, अनि कैले कैले उडे उडे झै लाग्नी भए पछि त बुढा आत्तिएछन केरे । हुन पुनि किन तेस्तो नहोस त, एक दिन गाँजाले ढलेको मुन्छेले फेरि जुरुक्क उठेर गाँजा तानेसि फेरि पुनि मरे तुल्य भएर चईनी ५-६ घन्टा जो चौतारिमा मुढो पल्टे झै पल्टिन परे पछि ज्यान त कमजोर हुनी भईहालो केरे नि तेसै पनि । अब गाममा यसो जडीबुटी गर्नी, चईनी बैद्यको काम अर्नी त गैराघरे नेपाने जो हुन केरे । जिम्माल को घरबाट त उनको घर पनि नजिकै, फेरि कसरी हो कुन्नि नेपाने र जिम्मालले एक-आर्कालाई चईनी सम्धी सम्धी भन्नी गर्थे । जिम्माल बिर्खेको पालो अब जिम्माल्नी पुनि घराँ छैन, तेसो भाऽसि नेपाने सम्धी कहाँ गएर ओउतो (ओखति?--ओख्तो) खान परो भनेर नेपानेकाँ गएछन्। म भने अब जे भओ भओ, गएर जिम्मालनीलाई सप्पै कुरा बताउन परो र बरु माफ माग्न परो भनेर जिम्माल को घराँ गाको त बुढा त छैनन केरे । अनि तल्लो घरे सुब्बिनीलाई सोधेको त खोई "यहाँबाटै तर्पाएँ तर्पाएँ लागेका थे, नेपानेकहाँ गए कि" भनिन । बाँकी कुरो पुनि सुब्बिनीले बताईन ।
Read Full Discussion Thread for this article