Posted by: shree5 November 17, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
नेपाने पहिले चईनी मलायको लाउरेमा भर्ती भाका हैचन केरे, त्याँसी पल्टनाँ जो के जाति हो कम्फुटार (कम्प्यूटर) चलाम्नी गर्दा गर्दै धेरै कम्फुटार एकै ठाममा जोड्नी, के के भाँडा सर्जाम बनाम्नी अरेछन केरे, त्याँसी त सानोतिनो दबाईमूलो अर्नी, सुई लाम्नी, घाउमा मलम पट्टी बाँध्नी के के जाति भाँचिएका मर्केका हातगोडामा पुनि काप्रो पिलास्टर बाँध्नी काम पुनि सिकेछन केरे । पिन्सिउँ (पेन्सन) पाकेर निस्कीनी बेलाँ त के जाति हो कम्पाउन्डर भन्नी भाका रैचन केरे । गाममा भनी अब डाउँडर भन्दा ईत्ति सानो पाउँडर (कम्पाउन्डर-पाउन्डर) नेपाने भन्चन सबैले । फेरि मुन्छे पुनि साह्रै मिजासी केरे । आर्को कुरो फेरि नेपानेले बिउ-बिजनको बेपार पुनि अर्चन केरे । चईनी रायोको साग, मेथी होस कि घिउ केरा होस कि बाङ्गे सिमी होस कि चईनी बोक्सी खुर्सानी होओस कि घोडताप्रे झार होस कि जे भनो तेही बिउ, बिजन चईनी जडीबुटी सप्पै पाईन्च नेपानेका घराँ गएसि । जिम्माल बुढा नेपाने कहाँ गएर "हेर्नुस सम्धी, मलाई त के भओ, के भओ, चईनी बेला बेलाँ घुमाम्च, टाउको रनाहा छुटेर दुखे झै हुन्छ, मुख सुकेर थुक पुनि छैन मुखाँ, मलाई झट्टै जो दबाई दिन परो सम्धी " भनेछन । सप्पै कुरा बताम्न पुनि भएन केरे, सिरे सित गाँजा खाको भनेर नेपाने सम्धीलाई भने जिम्मालको फेरि ठूलो बेईज्जत हुने केरे । अस्तिन नेपानेले सिखरेट टक्र्याम्दा समेत "मैले यस्तो अम्मल केही पुनि खान्न" भनेर खोकेका थिए केरे । आजै फेरि गाँजाको त कुरो अर्नै भएन केरे । नेपाने ले येसो हेरेचन, जिम्मालका त आँखा पुनि रातै छ, बुढाको चईनी अनाहार (अनुहार) नै खस्केको । त्याँसी नाडी छामेछन, नाडी त ठिकै जो रैचन केरे । अनि आँगनमा एउटा गुन्द्री बिच्छ्यार सुत्न पठाएछन । तेति खेर त जिम्मालको देब्रे खुट्टाँ त रातै रगत र सुन्निएको घाउ पुनि देखेछन केरे नेपानेका आँखाले । कसरी तेसो भओ भनेर सोधेको जिम्माललाई केही पत्तो चईनी मेसो भाँति छैन केरे । गाँजा खाको कुरो त खुस्काम्नै भएन केरे । नेपाने, "बेला बेलाँ चईनी होस जानी अनि फेरि झल्याँस्स होस आम्नी पुनि हुन्च ?" जिम्माल, "हो सम्धी, ठ्याक्कै तेस्तै हुन्च ।" नेपाने, "हेर्नुस सम्धी, अब बेसरी तिर्खा लाग्नी अनि होस जानी फेरि झल्याँस्स होस आम्नी, अनि तपैका खुट्टाको रगतपिच्छे घाउ भनेसि तपैलाई थाहा भएन तर तपैलाई चईनी लाङकिराले टोकेको लच्छिन (सर्पले टोकेको लक्षण) हो । हर्रेउ कि तेस्तै कुन सर्पले ठुङ्ग्यो तपैलाई । खासै डराम्न पर्दैन, तपैको खुट्टा निलो भईसकेको छैन, भनेसि बिख (विष) फैलिईसकेको छैन केरे, फेरि यहाँ हाम्रो पहाडका लाङकिराको तेति साह्रै बिख पुनि हुँदैन केरे, मैले सप्पै बिष झार्चु । धार्जे (धैर्य) भएर सुत्नुस, मुन्टो माथि पारेर । अलिकिति चिरफार गर्न पर्च, मैले चक्कु र सियो पानीमा उमाल्दै अर्चु, तेति खेर सम्म खरानी पानीमा खुट्टा डुबाउन परो । "
Read Full Discussion Thread for this article