Posted by: Gautam B. November 16, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
उता भउतेचैँ भैँसी लिएर दादाकाँ पुगे। "दादाकाँ मुर्रा राँओ गज्जबको छ रे भन्थ्यो निरेले। भैँसीलाई राँओ लाउनुपरो दादा।" "खोई भउते, राँओ दुब्लाइसको। आजकाल गाम् मा अरु राँगै छैनन् कि के हो?" दादाले पीर गरे। "तिम्लाई नाईँ भन्नु पनि भएन आफ्नै दम्तरी!" दादा र भउते मिलेर राँओलाई भैंसीको नगिच लगे। एकछिन त राँओले सूँ सूँ गरेर भैसी सूँघेको थ्यो, पछि त "बोर" मानेर टाउको अन्तैतिर घुमायो। "यो राँओ मात्तेको हो बुझ्यौ भउते। रोजी र छाडी पाम्छ भुँइसी यल्ले अचेल।" तर भउतेको भैँसी पनि के कम! नखरा पारेर एकताल ह्वा-------ईँ गरेर "आई लप यू" के भन्देकी थी, दादाको राँओ पग्लिहालो! एकछिनमा काम तमाम! "बाली भ ल अब। अहिले मंसिर भनेसी कहिले ब्याउला अब? आघौँ भदौतिर हैन त दादा?" "अँ तेसै होला।" "दादाको यो राँओ गुज्रातीनै हो कि क्या हो? प्योओर (Pure) मुर्रा जस्तो छ।" "गुज्राती त गुज्रातीनै हो भउते, पूरै प्योओर नभा'र जापानी करस (cross) हो रे, भेट्नरी डाउडरले भन्या।" "ल दादा, अहिले म लाग्छु। आज बेल्का यस्सो त्याँ पतलीकाँ बसेर रउसी खाम्। दादासं' सल्लाह पनि छ। सके मंसिर नसके माघमाचै ब्या' नगरी हुन्न।" "ल ल म झरम्ला सात बजेतिर।"
Read Full Discussion Thread for this article