Posted by: Gautam B. November 29, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
चा खाँदै थेँ म , नमे फुत्त निक्लेको थ्यो, एकछिनपछि हुण्डा भटभटे लेर आयो। मचैं त्यसपछि याम्कीलाई लेर लागेँ केरे महेन्द्रपुलतिर। नमेचैं बगरतिर कता काम छ रे भनेर गयो। "कहाँ जाने याम्की, लेकसाइट ?" भनेको "किन जानु नि लेकसाइट?" भनी। "त्यसो भए ओपन हाउस जाम् न त" भनेको "किन बेकारमा पैसा खर्च गर्नु नि? त्यैँ देउरालीमा चिया खाए हुन्न?" भनी। आखिर मेरो पैसा भन्नु पनि याम्कीकै त हो नि। तेल्लाई पनि मेरो मया लाउन थालिसकेच, नत्र पैसा जोगाम् भनेर किन भन्थी?! चिप्लेढुंगाको देउरालीमा बसेर चा खाजा खाइयो, बात मारियो। बात के के मारियो भनेरचैँ नसोधम् है केटा हो! जे होस् यो मंसिराँ गोताएँले झ्याईँ पार्ने भो! जुरेली टेशनरीमा याम्कीलाई छोड्न आऊँदा नमे तैँ थ्यो। दादा पनि आइसकेछन्। "जय नेपाल" गोताएँ भनेर दादाले भनेपछि मैले पनि "जय नेपाल" भनेको याम्कीले त आँखा यत्रा यत्रा पारेर घुर्न पो थाली। "तपैँ काउँरेस हो कि क्या हो? काउँरेसका छाउरालाई त म त देख्न नि सक्दिन!" तो त अखिलकी नेतिनी पो रचे। स्ववियुको सदस्यमा समेत उठेकी र'चे पहिला। "हेर याम्की, काउँरेस भनेनी कउँनिस भनेनी मान्छे मान्छेनै हो केरे। काउँरेस र कउँनिस नमिल्नाले यत्रो दुख पा'का छन् मान्चेले। मिल्नुपर्च। बरु यो मिल्ने कुराचैँ हाम्रै ब्या'ट शुरु गरम! ------" भनेर भनेसी बल्ल मानी। आखिर यो गोताएँ पुनि एकताका भासनै हान्ने चारतारे हो नि! त्याँ माथि दादा र नमेले पनि "यो काउँरेस भए'नी राम्रो काउँरेस हो, डराम्न पर्दैन।" भनेसी त याम्की फेरि दङग परिहाली। तेसपछि याम्कीका बा आमा संग कुरो गरेर ब्या आँट्ने दिन टुंगो लाउन दिऊँसो याम्कीका घरमै जाने कुरो भो। याम्की पनि दिऊँसो चाँडै फर्किन्छु भन्दै थी। ************************************************************ याम्कीका घराँ खासै धेरै बेर बसिएन। "माइजुले भनेसी हामीले के खोजीनिती गर्नु परो र?" याम्कीका बाले भने। "अब हजुरजस्तो जाँड,रउसी,सिखरेट, बीडी, पान, सुपारी समेत नखाने केटो पाम्नु हाम्रो लागि त भाग्गेको कुरो पो हो।" याम्कीका बाले यसो भन्दाचैँ दादा र नमे मुसुमुसु हाँस्दै थे। ब्या' आँट्नेचैँ आम्दो आईतवार, ब्याचैँ मंसिर ३०को लास्ट लगनाँ गर्ने कुरो भा'छ।
Read Full Discussion Thread for this article