Posted by: nepalean November 28, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
कुरा खास त यता तिर धान थन्क्याउने (thanksgiving) ट्याम भच के । अब उता तिर पो खेत बारि थियो, यो मुसिरां धान थन्काउने, कोदो काट्ने, फुर्सत नै नहुने, अब ह्या केइ न केइ , बारि न बोट बढा बढा ओठ भने जस्ते के थन्काउनु नि । अनि त म पनि तेइ रन्का घुम्न गाको नि,यता त गोतामेलाइ यमकलाले निदां पनि छोडेकि रैनच । हेर्न त मलाइनि मुन थियो, कस्ति रचन तिनि भनेर । अब ८ बजे छोरेपाटनां भेट्ने कुरो थियो, त्यो मुला गोतामे आको होइने, बजियेलाइ केटि हेर्न जान पनि दुलइ सिगारे जस्तो अर्नु पर्ने होला अनि त के को टाइम मा आउनु ? म नि चढे नगार बसमा । मोरो गोतामे के को नआउनु नि, खलासि ले जाम जाम गुरुजि के भनेको थियो, ठ्याक्कै बसको ढोकामा आइपुग्यो के रे ? अनि हामि हुइकियेम नगार बसको लास्ट सिठमा कन्ये क्यामपस तिर । बस त मइन्द्र पुलट तेर्सा पट्टि तिर लाग्यो के रे । गोतामे त 'तिमि जा सुकै जाउ नमे म त कन्ये क्यामपस तिर लाउचु पो भन्च ' । होइन गोतामे बस तेतै जान्च भनेर हात समातेर राखे नि, गोतामे त दादाको रागो झै बसैमा बुरुक बुरुक पो अर्च बा ! त्याट बस तेर्सा पट्टि हुदै बिन्धेबासिनि मन्दिर तिर लागे पछि त गोतामे मलाइ कुटुमला पो जस्तो अर्च यार । ' यो मु* नमे साथि भनेको, केटि हेर्न कन्ये क्यामपस तिर जानि भनेको मन्दिर तिर पो लान्च । मलाइ मन्दिर तिर लर त चै मेरि यामु लाइ उडाउने बिचार छ क्या हो ? ' गोतामे सारै झोक्कियो । अब गोतामेलाइ धान्नु त कता हो कता, उल्टै कुट्ला पो जस्तो अर्च । बस बिन्धेबासिनि मन्दिर तलको चोक बाट नदिपुर तिर तेर्सिए पछि बल्ल गोतामे चुप लाग्यो । खल्तिबाट टाइटानिके लेखेको ठुलो रातो रुमालले ले लामो सास फेर्धे पसिना पुछ्यो । नदिपुर चोकमा गसि बस रोक्कियो, गोतामे त बस के रोक्किन पाको थियो, हाम फालिहाल्यो ढोका बाट । बल्ल हासेर बोल्यो, 'यि यो ठेकाना मा काम अर्चे अरे यामु ले, ल नमे कता हो त्यो ?' ठेकाना जुरेलि स्टेस्नरि लेखेको रैच , त्यो ठ्याक्कै कन्ये क्यामपसको अगाडि पर्च के , अनि तेतै लागेम । भर्खर ९ बजेको यामकला चै १० बजे आउनि केरे , अनि त नजिकैको चा पसलां खान लागेम चा । उता त कन्ने क्यामपसा भटभटेले तरुनालाइ चीलले उठाए जस्तै च्याप पार्दै लादो रैच केरे । गोतामे गुनगुनाउन थाल्यो, कतै मेरि यामुलाइ पनि तेस्तै भटभटेले उठारपो लानि हो कि, मैले चाल पाइ हाले । गोतामेलाइ अर्को एक कप चा मगार लागे चिप्ले ढुंगा तिर । त्याट मेरा बाउनदाइलाइ भनेर भटभटे मागेर आए गोतामे का । मैले भटे भेट चलाको देखेसि त गोतामे दंग नि, कता मलाइ नै मुइ खाम्ला जस्तो पो अर्च गाठे । अब आइ ए सात बर्ष लार पढ्दा खेरि गोतामेले भटभटे पनि सिकेको मलाइ थाहा थियो, तेसो भर जसरि भे नि यामकलालाइ गोतामेको बनाउनु पर्यो भनेर मलाइ एक्दम टउसन थियो के, तेसैले भटभटे ल्याको नि । ठ्याक्कै १० बजे यामकला आइपुगि अपिसा । ओहो, बिछ्टै राम्रि रैचे यामकला त , फिलिमकि हिरिनि जस्तै ।गोतामे त पछाडि पो हट्च बा ? त्याट मैले गोतामे लाइ यामकला तिर गचेटेसि बल्ल बोल्यो, के के काने खुसि अर्यो, भटभटे देखायो त्याट यामुले एकछिन है भनेर अपिस तिर छिरि, गोतामे त पछि पछि पो लाउचे बा । म बाहिरै उभिए । त्याट २ जनै बाइर निस्किए । गोतामे त भटभटे चलाउन लाग्यो । यामकला त खुरुक्क घोडा चढेको बेहुलाको पछि बसे जस्तै गोतामेलाइ च्याप्प समातेर पछाडि पो बस्चे बा ! २ जनै लागे नि मइन्द्रपुल तिर, म त हेरेको हेरै भए नि ?
Read Full Discussion Thread for this article