Posted by: Birkhe_Maila November 28, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
फलैचाँ बसेर चिलिम फुक्दै, आफू ठिटो छँदा माथि कटरबोटे साईँलीको तिघ्रो चिमोट्या सम्झिरा थेँ , कानाँ कता कता गोताएँ को गन् गन् सुन्या जस्तो लाओ।यसो हेर्?या त गोताएँ 'पाए आजै याउँकलीलाइ भित्राउँला' झैँ गरेर चिटिक्ख परेर आ रेछ। सरट, पाइँट अनि गोलठर (गोल्डस्टार) जुत्ता लार कपालाँ शहराँ पाइनि एक सिसि के जाति तेल सप्पै खन्याएर मलएको लाउरे जस्तो भएर माइली सङ के के हो कुरो अरीरा रेच। याउँकली को ठेउना लिन आम्छ भन्दै थि माइलि त हिजो राति.....त्यै कुरो अर्?या होला अब। अब कक्कड खाने साथि नि हुने अनि यसो दुइ चारवोटा गफ पनि चुट्न पाइने भनेर मुइले गोताएँलाइ बोलाएँ - "जय शम्भो ! ए गोताएँ एक सर्को तान्छस्?" गोताएँ अलि ससर्केको जस्तो अरो। म पनि फलैँचा बाट उठेँ । अगाडि यसो हिड्या मात्तै के थेँ माइलि च्याँठ्ठिएर कराइ - आफैँ खानु नि नौथरी, सोझो गोताएँलाई किन बिगार्चौ ए बूढा?" तिहाराँ फरिया नकिन्देको रिस, माइलि त हाताँ कुच्चो लेर आम्चे बाबा!!! लु भएन.... भनेर त्याँटी हिने तल्तिर। चिलिम को झोकाँ हान्निएर झरेको म त खुरु खुरु तल आँधिको तिराँ पो पुग्न लाइचु........
Read Full Discussion Thread for this article