Posted by: Birkhe_Maila November 28, 2005
Login in to Rate this Post:
0
?
.......
"ओ जिम्माल बा, कता हो ब्यानब्यानै?
कता सुन्या सुन्या स्वर जस्तो लागो। यसो दाइनेतिर चौताराँ हेर्या त चित्रे र आइते बाऊचाल (बाघचाल) खेल्दै रेचन्।
"कता हुनु चित्रे .....त्याँ लाटे दमैका दौरा सिलाउन दियेको थेँ , लिन जान्चु भन्या चिलिम को सुराँ यता झरिएच"
बुढिले लखेट्या कुरो चाइ अरिन मैले, फेरि चित्रेले त " माइलियाँ ले लखेट्दा जिम्माल बा यो यो बाटो दगुरेको" भनेर नउशा बनाम्ला भनाम्ला भन्ने डर ।
"लु यता आम जिम्माल बा, एक दुइ सर्को हामि पनि तानुम्"
चित्रे ले बोलाएसि बल्ल थकाइ लाग्या था भो। अनि म पनि चौतारिआँ बसेँ। आइते घोरिइरारेच बाऊचालाँ। म बसेपचि पुलुक्क हेर्यो, केइ बोलेन। मनमनै "हन यो आइतेलाइ के भएच आज" भन्दै चिलिम चित्रेलाइ दिएँ।
"माइल्बा मेरो त मन दुखाउनुभो तपाईले"
आइतेले बल्ल बोल्यो....... मलाइ अचम्म लागो
"के कुरा अर्च यो आइते! मैले के अरेँ त्यस्तो तँ बजियाको मन दुख्ने ?" ( ठिटाहररुको माया लाग्दा बजिया भन्न मन लाउच मुलाइ)
"त्यो नमे र गोताएँ लाइ केटी खोज्दिँदै छिन् रे माइलियाँले , हाम्रो वास्तै छैन। माइल्बा ले भन्दे त हुनथ्यो नि"।
आइतेको मुटु घाइते भा कुरो बल्ल बुझे मैले।
"लौन माइल्बा मुलाइ पनि एउटी खोजिदिम्"
चित्रेले पनि मुख फोर्यो। यि ठिटा हरुलाइ केइ त अर्नु परो भन्ने लागो "
"क्यार्न पिर मान्छौ गाँठे, एक से एक खोजिदिम्ला नि...आजै चाइनेजो माइलिलाइ कुरो अर्चु "।
मेरो कुराले ठिटाहरु को मुख हँसिलो भो।
त्याँसि चिलिम तान्दै गइयो पालै पालो , कुन बेला ढलेचु था नै भएन।
"माइला....ओ जिम्माल माइला.....माइला हो "
कसैले घचघच्याइरा जस्तो लागो। आँखा खोल्या त अँध्यारो हुनलाग्या रेच, अनि दादा ले पो मुलाइ उठाउन खोज्या रेचन। राँगोको दाना लिइवोरी दादा आइसकेचन् ।
"के ताल हो माइला येस्तो, यसो उस्तै बेला बखताँ पो चिलिम तान्या राम्रो त, दिन भरि ढल्ने अरेर पनि तान्ने हो त?"
टाउको फनफनी घुमिरा थ्यो। जसो तसो उठेर लुगा टक्टक्याएँ।
" जाम अब घाम डुबिसको...जिम्माल्नि ले पिर अर्चिन फेरि"
दादाको कुरो सुनेर मनै खल्लो भो।
"यो चिलिम त अब ज्यान जाला छुन्न" मैले मन मनै भाकल गरेँ!
दादाले ठम्याइहाले। औधि माया अर्चन दादाले मुलाइ मुख हेरेर थापाम्चन मेरो मनाँ के च भनेर।
"लु केइ भा चैन....गित गाम्दै उकालो लागुम अब"
दादाको कुरा सुन्ने बित्तिकै चित्रे अघि लागो अनि त्यसको पचि पचि आइते। दादाले मलाइ डोर्याए।
दादाको गित सुन्दै चारजना उकालो लागियो-
तमरो मातर नाइहो बैनै
तमरो मातर नइहो बैनै, तमरो मातर नइहो
तमरो मातर नइहो बैनै, तमरो मातर नइहो
पिपल परेउँ
पिपल परेउँ हामी, नारी पिपल परेउँ
पिपल परेउँ हामी, नारी पिपल परेउँ
मेरो ल डोटी घर
मेरो ल डोटी घर, बैनै मेरो ल डोटी घर
मेरो ल डोटी घर, बैनै मेरो ल डोटी घर
तिमी प-या वर
तिमी प-या वर, दाजै तिमी प-या वर
तिमी प-या वर, दाजै तिमी प-या वर