[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 49075 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 06-29-05 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44288
बेलाको बोली
भ्रष्ट, भक्त र श्री लुतेहरू

खगेन्द्र संग्राैला

- राजनीतिमा प्रत्येक भ्रष्टका आप\mनै भक्त छन् । भक्त दुईथरी छन् । स्वैच्छिक भक्त र ज्यालादारी भक्त । स्वैच्छिक भक्त आप\mनो भ्रष्ट स्वामीलाई परम् पूज्य इष्टदेव ठान्छ, र बिना ज्याला प्रभुको सेवामा समर्पित हुन्छ । ख्यामित्का तिघ्रामा छाँद नहालीकन ऊ अस्तित्वबोध गर्न सक्दैन । उसका नजरमा ख्वामित्ले गरेको भ्रष्टाचार क्षम्य हुन्छ, दुराचार दिव्य हुन्छ । ज्यालादारी भक्त भने स्वार्थको तुलोमा ज्याला जोखेर भक्ति अर्पण गर्छ । थाहा छ, यो भक्तिमार्गमा कतिपय लम्पटमति प्राडाहरूसमेत पनि प्रवृत्त छन् । कुन्साङ काका यतिखेर राजनीतिका भ्रष्ट र भक्तका चर्तिकलाहरू देखेर आजित छन् ।
राजनीतिको भीमकाय भ्रष्ट दलभित्रको निरंकुश जिम्दारझैँ प्रतीत हुन्छ । ऊ दललाई आप\mनो एकछत्र मौजा र कार्यकर्ताहरूलाई आप\mना करिया ठान्छ । आप\mना नजरमा यो भ्रष्ट राजाझैँ नियम र कानुनभन्दा माथि छ, आलोचनाभन्दा माथि छ । यसो सुन्नु, अचम्म लाग्छ । जब कतैबाट भ्रष्टको छिसिक्क आलोचना हुन्छ, ऊ उन्मत्त घोडाझैँ हिनहिनाउन थालिहाल्छ । ऊ अन्धभक्तहरू बटुल्छ । तिनलाई आशीर्वाद र ज्याला वितरण गर्छ । ऊ आप\mनो नाउँमा भक्तिभजनहरू लेखाउँछ । र भ्रष्टाचारको फल मग्नसँग भोग गर्दै ऊ शानले जुँगा मुसार्छ ।

राजनीतिको भ्रष्ट चतुर छ । जब कसैले उसलाई कुरीकुरी गर्छ, आप\mनो बचाउ गर्न ऊ कुटिल तर्कको तारतम्य मिलाउँछ । भन्छ, यो मेरो दललाई बद्नाम गर्ने दाउ हो । मानौँ, प्रत्येक भ्रष्ट आफू एक्लै दल हो । मानौँ, प्रत्येक भ्रष्ट आफैँ दलको पर्याय हो । यो भ्रष्ट आफूतिर ताकिएको तीरलाई तर्काउन अनेक रणनीति रच्छ । भन्छ, मलाई मात्र किन ? ऊ पनि त छ । यसरी काङ्ग्रेसको भ्रष्ट एमालेतिर हेर्छ, एमालेको भ्रष्ट काङ्ग्रेतिर फर्किन्छ । यो भ्रष्ट छिमेकी भ्रष्टका निधारको दाग देखाएर आफू आहालमाथि ओभानो देखिन जिद्दी गर्छ । अनि ख्वामित्को आज्ञा वा ज्यालाको इसारामा निजको भक्त प्रतिवादको मोर्चामा कटिबद्ध हुन्छ । अगाध स्वामीभक्ति प्रदर्शन गर्दै ऊ रुन्छ, हे राम ! मेरा इष्टदेवको चरित्रहत्या भयो । भक्तको यो रोइलो सुनेर काकालाई हाँसो उठ्छ । जोसँग जे छँदैछैन, त्यसको हत्या हुँदैन । तर भ्रमित भक्त भन्छ, भयो । यो भक्तलाई आप\mनै दृष्टिदोषबाट प्राप्त दुःखको कष्टकर उपहार हो । उपहार झरल छ ।

उसो त भ्रष्टका भक्तको भ्रष्ट तर्क अर्को पनि छ । ऊ भन्छ, दरबारले कुम्ल्याएको अथाह करोडसामु जनताका छोराले खाएको जाबो एक-दुई लाख के हो ? भक्तको यो तर्कसँग कुन्साङ काकाको लाख असहमति छ । कारण पितापुर्खाले अनुभवबाट रचेको उखान भन्छ, आज सियो चोर्नेले भोलि फाली चोर्छ, भोलि फाली चोर्नेले पर्सि घरै फोर्छ । काकाको रायमा दलको ख्याउटे भ्रष्ट उत्तम र दरबारको भुँडे भ्रष्ट अधम कदापि हुँदैन । दरबारको होस् कि घरबारको होस्, भ्रष्ट भनेको भ्रष्टै हो ।

क्रमश:
 
Posted on 06-29-05 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतिखेर लोकतान्त्रिक आन्दोलनको शुष्क धमनीमा जीवन्त विचारको ताप र उत्ताल आवेगको राप भर्न पहिले दलभित्रको फोहोर-मैला सोहोर्ने तर्क उठेको छ । यो तर्कको तात्पर्य दलभित्रका भ्रष्ट जिम्दारहरूलाई छिमल-छिमल गरी बिदाइ गरौँ भन्ने हो । तर कतिपय बुद्धिजीवीहरू कुरो रड्काउँदै छन् । ती भन्छन्, सावधान ! अहिले दल र नेतातिर तीर नताकौँ । ताकियो भने मकरतन्त्रलाई लाभ हुन्छ र लोकतन्त्रलाई मर्का पर्छ । काकाको विचारमा यो पाङ्दुरे तर्क हो । व्यवहारबाट देखियो । यो तर्क दलभित्रका भ्रष्ट जिम्दारहरूका लागि गज्जपको रक्षाकवच भएको छ । दलको सत्तामा टाँसिइरहने दाउले ती भन्दैछन्, हेर ! बुद्धिमान र दूरदर्शी बुद्धिजीवी त ती पो हुन् ।

दलहरूभित्र असल मनसाय भएका, इमानदार र समर्पित पात्रहरू नभएका होइनन् । तर यिनको ताल हेर्दा काकालाई टिठ पनि लाग्छ, झोँक पनि चल्छ । यी लुतेहरूका मस्तिष्क अक्टोपसरूपी भ्रष्ट जिम्दारहरूका सहस्र सुँडहरूद्वारा अँठ्याइएका छन् । त्यसैले यिनीहरू छातीमा मुड्की ठोकेर भ्रष्ट जिम्दारहरूसँग जुध्न आँट गर्दैनन् । सुनिन्छ, एमालेको केन्द्र छिटै बैठक बस्दैछ । बैठकले नेतृत्वमा भ्रष्ट जिम्दारहरूको वर्चस्वलाई निरन्तरता दिने कुरा पक्कापक्की भएको छ । दलका लुतेहरू मुखै नबिसाईकन दलभित्र जनवादी सुधार गर्ने गफ गर्छन् । काकाको विचारमा यो दलरूपी संरचनालाई ओभरहल गर्ने कुरा हो । यो गोविन्दराज जोशी र ईश्वर पोखरेलजस्ता ज्यास्ती खिया लागेका पत्रु पुर्जाहरूलाई फेर्ने र अलि कम खिया लागेका पुर्जाहरूलाई घोटेर र तेल घसेर कामकाजी बनाउने कुरा हो । यी पत्रु पुर्जाहरू जबसम्म फेरिँदैनन्, दलीय संरचनाको रथ डेगै चल्दैन । दलको रथै नचली केको गति ? केको अग्रगति ? नागरिकहरू सोध्छन्, संसद् पुनःस्थापना भनेको सिंहदरबारभित्र यिनै गोविन्द र ईश्वरहरूको दाम, माम र अयस-आरामको पुनःस्थापना

हो ? राजनीतिका यी खोटा टकहरूको पुनःस्थापनाका लागि टाउको थापेर कोही किन सडकमा जाओस् ?

सुनिन्छ, एमालेभित्र अहिले भ्रष्ट-भ्रष्ट एक होऔँको नाटक प्रारम्भ भएको छ । असोजतन्त्रका एमाले मन्त्रीहरूले दलमा प-पाँच हात लामा लिखत बुझाएका छन् । लिखत अजीव छन् । ती लिखतमा लेखिएको छ, म निष्पाप, बेदाग, कञ्चन र फटिक छु । पापी, दागी, मैलो र धमिलो महासचिव माधवकुमार नेपाल हुन् । जे बिग्य्रो, त्यो सबै उनैको कर्तुत हो । म अबोध बालक सर्वथा निर्दोष छु । लाग्छ, एक हुल भोका कमिला अधमरो फट्याङ्ग्रोमाथि झम्टा मारिरहेका छन् । यो अधमरो ज्यान असोजतन्त्रका अनन्य अनुयायी माधवजीको हो । तर झम्टाइको यो नाटक क्षणभङ्गुर हो । यो नाटक 'काले-काले मिलेर खाउ?m भाले' मा पुगेर टुङ्गनिेछ ।

क्रमश:
 
Posted on 06-29-05 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमालेमा अब के होला ? हुने जे हो त्यसको हाम्रा काकालाई रमरम पूर्वाभाष छ । सर्पको खुट्टो सर्पैले देख्छ । भ्रष्टको अन्तरकथा भ्रष्टैलाई थाहा हुन्छ । अब एमालेमा भ्रष्ट शिरोमणिहरू आ-आप\mना पदमा कायम रहने मनसुवाले गोप्य सम्झौता गर्लान् । तिनले भन्लान्, हिजो जे भो त्यसलाई बिर्सिदिऊँ । हिजो जो जहाँ थियौँ, त्यहीँ अकण्टक रहिरहौँ । यो नाटकमा फोहोरमैला सोहोर्छौँ भन्ने लुते एमालेहरूको भूमिका के होला ? काकाको विचारमा मठ्ठु-सुदाम केही हुनेवाला छैन । ती मरेको मुख लाएर एमालेको पेटीमा अकर्मण्य मुद्रामा तालुमा हात राखेर बस्लान् । र नेतृत्वमा पुनः उनै भ्रष्ट जिम्दारहरू सदर भएका देखेर ती पिलपिल रोलान् । यी रुञ्चेहरूलाई काकाको एउटा सानो सल्लाह छ । दलको नेतृत्वमा उनै भ्रष्ट जिम्दारहरूको हालीमुहाली कायम रहन दिने हो भने दलको नाम नेदपा -खा) राखे कति राम्रो हुँदो हो ! विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा नेदपा -खा) माने नेपाल दक्षिणपन्थी पार्टी -खाओवादी) हो । जस्ता पात्र उस्तै नाम !

क्रान्तिकारी वचनवाणको छलकारी आवरणभित्र आप\mनो भ्रष्ट अतीतलाई छिपाउन खोज्नु औसरवादीहरूको सनातन धर्म हो । यो धर्मको पालनामा सबैभन्दा अगाडि माधवकुमार नेपाल छन् । सम्झना छ, यी माधव हिजो असोजतन्त्रका घनघोर मतियार थिए । लाग्छ, यिनको यो क्रान्ति-गर्जन एक भयातुर पात्रको असङ्गत बर्बराहट हो । यो दलको चुचुरोबाट सत्ताच्यूत भइएला कि भन्ने भयको अभिव्यक्ति हो । तर लुतेहरूको शुष्क मति र सुस्त गतिका कारण यी जिम्दार साहेब सत्ताच्यूत नहुने भए । अयोग्यता नै माधवबाबुको पहिलो र अन्तिम योग्यता हो । यिनको महासचिब्याइँ हेरेर बुझियो । यीसँग जे थियो त्यसको हदैसम्म प्रदर्शन गरिसके । प्रदर्शन गर्नलाई अब त यीसँग अयोग्यता पनि बाँकी रहेन । तैपनि महासचिवको गद्दीमा यिनैको ढलिमली कायम हुने रे । जिम्दारतुल्य भ्रष्ट शिरोमणिहरूलाई दलको शिरमा राखिछाड्नु अनि लोकतन्त्र, अझ गणतन्त्रका गफ गर्नु एमालेका लुतेहरूको निरर्थक धन्दा हो । यो धन्दा छाडेर बरु निजी सुतीखेतीमा लागे तिनको कल्याण हुँदो हो । जनवाद जपेर सामन्तवादलाई बित्थामा किन बोकिहिँड्नु ?

थाहा छ, यो पढेर एमालेका असल मनसाय भएका सकल लुतेहरू कुन्साङ काकासँग रिसले चुर हुनेछन् । आहान भन्छ, रिस खा आफू बुद्धि खा अर्को । बुद्धि र हुती भए श्री लुतेहरू काकाका यी अनुमानहरूलाई मिथ्या साबित गरिदिऊन् । काका किञ्चित पनि बेखुस हुने छैनन् ।
 
Posted on 07-05-05 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44915
ँरचनात्मक? शासनको मौलिक रचना
खगेन्द्र संग्राैला

- त्यो अनिष्ट समाचार जेमराजका पल्टनहरू पछि लगाएर एकाबिहानै कुन्साङ काकाका दैलामा आइपुग्यो । समाचारले भन्यो, सुरक्षाकर्मीको गोलीले महिलाको ज्यान गयो । महिलाको बसोबास थलो टाघनडुब्बा, जिल्ला झापा । मारिने महिलाको नाम रमा अधिकारी, उमेर ३८ वर्ष । समाचार पढेर काका झस्के । मारिने निहत्था नागरिकहरूको अन्तहीन लाममा त्यो रमा कतै काकाकी आप\mनै बहिनी त परिन ? बेचैनीको आतुर मुद्रामा काकाले यताउता साधेखोज सुरु गरे । र थाहा पाए, त्यो रमा खसोखास काकाकी बहिनी रहिछ । झलमल्ल घाम लागिरहेको थियो । तर काकाको समस्त ब्रह्माण्ड घना अन्धकारमुनि छोपियो । चेतन-ग्रन्थीहरू लाटा भए । संवेदनाका तारमा असह्य पीडादायी कम्पन उठ्यो । हतप्रभ र अवाक् काकाका आँखा आँसुले टम्म भरिए । के यो हुन सम्भव छ ? दुःखजिलो गरी लालाबालालाई पाल्ने काशीको गंगाजस्ती शान्त त्यो रमा नागरिकको भौतिक र नैतिक अस्मिताको सुरक्षा गर्ने जिम्मा लिएको राज्यद्वारा यसरी मारिन सम्भव छ ? प्रत्युत्तरमा मौन आकाशले मूक भाषामा भन्यो, काका ! मकरतन्त्रमा जे पनि सम्भव छ ।
काकाका मनका आँखामा पुराना बिर्सिसकेका सम्झनाहरूका लहरहरू एकाएक जागृत भए । 'हा, हा, नानी लै' को भाकामा लोली गाउँदै कलिली रमालाई कोक्रामा हल्लाएको, कोक्राबाट झिकेर पाखुरीमा जतनले झुलाएको, झिना हात समातेर टुकुटुकु हिँडाएको, आमाले चौबन्दी चोलीका तुना फुकाएर दूध चुसाएको टुलुटुलु हेरेको, भुटेका मकै चपाएर मुखैले मुखमा हालिदिएको, स-साना कथा-कुथुङ्ग्रीहरू सुनाएर कहिले आनन्दित, कहिले चकित तुल्याएकोे आदि इत्यादि कति-कति दृश्यहरू काकाको स्मृतिको पर्दामा तरंगित भए । यी दृश्यहरूको हाराहारी केही अनुहारहरूका खोटा छविहरू उपस्थित भए । ती राजाका मन्त्रीहरू थिए । तुलसी गिरी र कीर्तिनिधि विष्ट, रमेशनाथ पाण्डे र टंक ढकाल, मधुकर शमशेर राणा र आरके मैनाली आदि । काकाले देखे, यी सबै अनुहारमा रगतका छिटा लागेका छन् । त्यो काकाकी हत्या गरिएकी बहिनी रमाको आलो रगत थियो ।

क्लेशकारक ऐठनले गाँजेको अर्द्ध-विक्षिप्त मुद्रामा काकाले आप\mनो पुरानो डायरीमा आँसुको मसीले लेखे, 'यो महाराज ज्ञानेन्द्रको 'रचनात्मक' शासनकालमा भएको अविस्मरणीय रचना हो । अकिञ्चन रमा अधिकारीको मृत्युको रचना !'

आप\mनी प्यारी बहिनी रमाको भन्नै नसकिने र सुन्नै नसकिने हत्याको यो आपराधिक कथा भन्न कुन्साङ काका श्रापित छन् । कलमधारी काकाले गर्नसक्ने योबाहेक आखिर के नै पो छ र ? विद्रूप कथा यस्तो छ । कसैले सरकारी पल्टनलाई सुराकी दिएछ, रमाको घरमा माओवादीको जग्जगी छ । सूचना भन्छ, सुनेर सौ-सवा सौ पल्टन ग्वाग्र्वार्ती गाउँ पुग्यो । रमाको घरलाई केन्द्रमा पारेर गाउँ घेरियो । र बिहानीपख केही सादा पोसाकधारी बन्दुके रमाको घर-आँगनमा पुगे । अघिल्लो साँझ पाँच-सातजना माओवादी आएका रहेछन् । आए, बन्दुक देखाए, भात खाए र तिनले आप\mनो बाटो तताए । उता तातो भात खाएर ती बन्दुकेहरू हिँडे, तिनलाई भात ख्वाएको आरोपमा यता सरकारी बन्दुकेहरूले रमालाई ताता गोली खुवाए । खुल्लमखुला आएर भात खाँदा ती संवेदनाहीन, करुणाहीन र जनप्रेमहीन पात्रहरूलाई आफूलाई भात खुवाउने नागरिकमाथि के विपत्ति आइलाग्न सक्छ भन्ने चिन्ता लेसमात्र पनि भएन । तिनका लागि नागरिकको ज्यानभन्दा भात-भान्सा ठूलो कुरा भयो । राज्यका बन्दुकेहरूलाई निहत्था नागरिकले करकापमा परी भात खुवाएको कटु यथार्थबारे गम खानु जरुरी भएन । ती आए । आतंकले गाँजेर रमालाई बलात् बाहिर निकाले । र बलेसीँमुनि आँगनमा, आप\mना जीवनसङ्गी देवीप्रसाद अधिकारी र तीन नाबालक छोराछोरीका आँखै अगाडि ड्याङ गोली दागेर भुतुक्कै पारे ।

यो कल्पनालोकको एकादेशको कथा होइन । यो जंगली कानुनको रजगज राज भएको यसै आपराधिक राज्यमा रचिएको वीभत्स कथा हो । सभ्यता र मर्यादाको थोरैमात्र पनि चेत र दायित्वबोध हुने राज्यले कुनै पनि बहानामा निहत्था मानवको हत्या कदापि गर्दैन । निहत्था मानव डाँकाको सरदार होस्, राज्यका दृष्टिमा आतंककारी होस् वा कुख्यात राष्ट्रिय अपराधी- त्यो किमार्थ मारिँदैन । उसलाई समातिन्छ । उसलाई न्यायको कठघरामा उभ्याइन्छ । पारदर्शी कानुनी विधि र प्रक्रियाद्वारा उसलाई यथोचित रूपले दण्डित गरिन्छ । तर असभ्य र मर्यादाहीन मकरतन्त्रले कुन्साङ काकाकी निहत्था, निरीह र अकिञ्चन बहिनीलाई समातेर आप\mनै आँगनमा मार्?यो । विवेकहीन आवेशको क्षणमा रमालाई जब मारियो, जेमदूतहरूलाई आप\mनो अपराध लुकाउने निहुँ चाहियो । तिनले बन्दुक सोझ्याएर रमाका जीवनसंगीलाई एउटा किर्ते लिखतमा जबर्जस्ती सहीछाप गराउन खोजे । तर उनले गरेनन् । अनि तिनले उनलाई निर्घात पिटे । तिनले मझेरीमा खाडल खनेर रमाको शव गाड्ने नृशंश उद्योग सुरु गरे । जब आँगनमा आक्रोशित छिमेकीहरूको कुँडुलो लाग्यो, राज्यको छत्रछायाँका जेमदूतहरू अताल्लिए । अनि रमाकहाँ एउटा बन्दुक फेला पर्?यो भन्ने काइते कागतमा तिनले गाउँलेहरूको सही गराउने यत्न गरे । तर त्यो आपराधिक चाल पनि सफल भएन । आखिरमा तिनले नजिकै कतै लगेर रमाको शवमा अधकल्चो आगलागी गरे, र अनुपम पराक्रम गरेको दिग्विजयी मुद्रामा बुट ठोक्दै ती बाटो लागे । एकथरी भात खाएर गए, अर्का थरी ज्यानै खाएर गए । यो विवेकशून्य बन्दुकहरूको दोहोरीबाट रचिएको एउटा राक्षसी कथा हो । यो कुन्साङ काकाकी निर्दोष बहिनीको आप\mनै कथा हो ।
क्रमश:
 
Posted on 07-05-05 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमा जब मारिँदै थिई त्यो बेलासम्म कृष्ण पहाडी एकतन्त्रको खोरमै थिए । न्यायपरायण शब्दका माध्यमले नागरिकहरूको हक र अस्मिताको पक्षमा अग्निवषर्ा गर्ने यी जोधाहालाई यस्ता अपराधहरूको पोल खोल्न नपाओस् भनेर एकलासमा थुनिएको थियो । विषादको मुद्रामा काका गम खान्छन्, पहाडी बाहिर भएका भए सके तिनका अथक र अविरल मानवीय गर्जनहरूले बहिनी रमाहरूको ज्यान बचाउन सक्दा हुन् कि ! रमा जब गोलीले ढल्दै थिई त्यो घडीसम्म नरहरि आचार्य खोरमै थिए । शोकमग्न मुद्रामा काका कल्पना गर्छन्, अटल सत्यनिष्ठा, अदम्य साहस र अर्थपूर्ण शब्दहरूका सहाराले आतंककारी राज्यलाई उदार र लोकोपकारी राज्यमा फेर्न घनघोर बौद्धिक विमर्श गर्ने आचार्य बाहिर भएका भए सके तिनका सशक्त शब्दहरूको तेजले बहिनी रमाहरूको एकबारको जुनी अकालमै नसकिँदो हो कि ! थाहा छैन तर काकाको मर्माहत चित्तमा भने थकथकीको उदास भावना व्याप्त छ ।

निहत्था रमाको अशक्त ज्यानमाथि जब सशस्त्र धावा बोलिँदै थियो, त्यो बेला हरिहर भवनबासी राष्ट्रिय मानवअधिकार आयोग के गर्दै थियो ? काकालाई सम्झना छ, त्यो बेला यो झुण्ड निरंकुशतन्त्रको वैधताका पक्षमा भक्तिभजन गाउनमा लिप्त थियो र स्वतन्त्र सञ्चारमाध्यमहरूलाई संकुचित वृत्तमा कैद गर्ने कुरूप सपना कोरल्दै थियो । त्यो बेला सूचना र विचार तथा हस्तक्षेप र खबर्दारीका माध्यमले रमाहरूको लोकतान्त्रिक हक र मानवीय गरिमाका पक्षमा बहस-पैरवी गर्ने कान्तिपुर प्रतिष्ठानमाथि प्रतिगमनको कुनै अँध्यारो दूलोबाट धम्की जारी हुँदैथियो । यी सबै कुटिल चाल र चेष्टाहरू शान्तिको सुतीखेतीको नाउँमा निहत्था रमाहरूलाई मार्दै जाने र मारेको सूचना थलैमा गुपचुप पारेर दण्डहीनताको हकभोग गर्ने महादूरभिसन्धिहरू थिए ।

बहिनी रमा सुकुम्बासी थिई । तराईको त्यत्रो फराकिलो फाँटमा उसका साना पैतालाले ढाकिनेजति जमिन पनि उसको थिएन । ऊ अर्काको जमिन खोस्रेर खान्थी र आप\mना चिचिला चल्लाहरूलाई दुःखम्-सुखम् खुवाउँथी । स्वर सुमधुर थियो । ऊ भाका हालेर र भावुकतामा डुबेर भजन-कीर्तन गाउँथी । पोलियो थोपोजस्ता लोकहितकारी अभियानहरूमा ऊ उमंगले हात बढाउँथी । उसले कसैको केही बिगारेकी थिइन । तर अराजक मकरतन्त्रले आप\mनो कुरूप चरित्र प्रदर्शन गर्दैै गोली दागेर उसको प्राण हरण गर्?यो ।

सके भोलि स्वदेशमा र विदेशमा अनेकौँ वृत्त र कोणहरूबाट रमाको हत्याको भत्र्सना होला । अनि असुरक्षाको पर्यायतुल्य बनेको सुरक्षा निकायले सिरानीमुनिबाट वक्तव्यका पुराना कार्बनकपीहरू झिक्ला र आप\mनो नाक जोगाउने मनसुवाले लोकलाई सुनाउला- रमाको मृत्यु दोहोरो मुठभेडमा भएको हो । अथवा भन्ला- सकेटबम हानेर भाग्न खोज्दा आत्मरक्षाका लागि उसको बध गरिएको हो । अथवा आफूमाथि निन्दा र भत्र्सनाको भारी आँधी खनियो भने फनक्कै भाका फेरेर उसले भन्ला- ज्यादती गर्ने कर्तामाथि कोर्टमार्सल ठेलियो र निजलाई छ महिने थुनामा चलान गरियो । सर्वत्र र सदैव देखिएको र भोगिएको अनुभव भन्छ, यो यावत अपारदर्शी नाटक केवल लोकका आँखा छल्ने क्रिडामात्र हो । अराजकता र दण्डहीनता मकरतन्त्रको संहिता र संस्कार दुवै हो ।

कामिरहेका शुष्क औँलाले यी हरफहरू लेखिरहँदा कुन्साङ काकाका कल्पनाका आँखामा हत्यास्थलको एउटा शब्दातीत तस्बिर नाचिरहेछ । गोलीले छियाछिया भएको रमाको चेष्टाहीन देह उसको आप\mनै आँगनमा उसको आप\mनै रगतमा डुबेको छ । हारगुहारका लागि उठेको उसका अतिशय आतंकित जीवनसंगीको चित्कारले आकाश आतंकित भएर हल्लिरहेको छ । र भित्र टुहुरा-टुहुरी बनाइएका दस, बाह्र र पन्ध्र वर्षका स-साना तीन मानव डरले सातो उडेर कुनै कुनामा मूच्छिर्त भएका छन् । रमा ! यो जीवनमा दानवीय शासनद्वारा सिर्जित यो दारुण दृश्यको कल्पना गर्नुपर्ला भन्ने तिम्रो दाइलाई कहिल्यै लागेको थिएन ।

आप\mना शब्दहरूको शक्तिले तिम्रो निम्छरो जीवनको रक्षा गर्न नसकेकोमा रमा, तिम्रो दाइ यो कुन्साङ काकालाई आप\mना शब्दहरूको असमर्थताप्रति भारी खेद छ । कुनै दिन इतिहासको अर्को कालखण्डमा, तिमी र तिमीजस्ताको हत्या गर्न आदेश जारी गर्ने माथिकाहरूलाई इतिहासले घिसारेर अन्तर्राष्ट्रिय फौजदारी न्यायालय, हेगमा पुर्?याउने नै छ । अहिलेलाई रमा नानी ! तिम्रो यो अशक्त दाजुलाई क्षमा गर ।
 
Posted on 07-11-05 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/Nepal/afailaishodera.php

अजम्मरी सपनाको एउटा कथा-खगेन्द्र संग्रौला

लाग्छ, नेपाल कुण्डैकुण्डको भूमि हो । जलकुण्ड होइन, नर्ककुण्ड । चेतनाका द्वारहरू खोल्दै समय जतिजति बित्दो छ, यो कुरूप यथार्थ मेरा आँखामा उतिउति प्रखर रूपले उजागर भइरहेछ । सभ्यता नै लज्जित हुनेगरी सामन्ती शासनतन्त्रका पुरेतरूपी पुर्जाद्वारा 'अछूत' को बात लगाएर पशुभन्दा तल्लो दर्जामा गिराइएको दलित समाज एउटा नर्ककुण्ड हो । नारीपीडक मनु-संहिताद्वारा पुरुषकी चरणकी दासी मानिएकोे नारी समाज अर्को नर्ककुण्ड । बेच्नलाई केही नपाएर कथित उच्च समाजका सुकुलगुन्डाहरूलाई शरीर बेची प्राण धान्ने बादी समाज अर्को नर्ककुण्ड । अनागरिक र पहिचानविहीन मधेसी समाज अर्को नर्ककुण्ड । सत्ताद्वारा आप\mनो सांस्कृतिक पहिचानमाथि विषाक्त खुकुरी बजारिएको जनजाति समाज अर्को नर्ककुण्ड । स्वार्थी शासकहरूद्वारा परचक्रीका सन्तानलाई झैँ अपहेलना गरिएको बृहत् कणर्ाली समाज अर्को नर्ककुण्ड । कथित मुक्तिको नाममा घर न घाट बनाइएको कमैया समाज अर्को नर्ककुण्ड । अनाथ मगन्ते र खाते समाज अर्को नर्ककुण्ड । एकल महिला उर्फ विधवा समाज अर्को नर्ककुण्ड । एवम्रीतले नेपाल दुःखैदुःखको जालोमा जेलिएको नर्ककुण्डमाला हो ।

यी मानवनिर्मित नर्ककुण्डहरू हुन् । थाहा छ, को हुन् यो नर्ककुण्डका स्रष्टा र रक्षकहरू ? खुला पुस्तकझैँ जगतसामु उत्तर सर्वाङ्ग नाङ्गै छ । सामन्ती राणाशासन, शाही शासन र पुरोहित शासन नै यी नर्ककुण्डका स्रष्टात्रय हुन् । स्रष्टा पनि यिनै, रक्षक पनि यिनै ।

राजनीतिक शास्त्रास्त्रको झडपकारी डबलीमा हाल एकथरी अनौठा जीवात्हरू देख्छु । यी आफूलाई आप\mनै मुखले प्राज्ञ, पण्डित, कवि, राष्ट्रवादी आदि भन्न रुचाउँछन् । अहिले यी जीवात् शासकीय सामन्ती भोजनालयमा हाजिर भएका छन् । यिनको मति अजीव छ । बहुदलीयता यिनलाई फिटिक्कै मन पर्दैन । यी त्यसलाई 'बौलाहा बहुदल' को संज्ञा दिएर उग्र तिरष्कार गर्छन् । विधिको शासनप्रति यिनको प्रचण्ड विरोध छ । त्यसलाई 'बेथितिको शासन' भनेर यी मुख बिगार्छन् । अभिव्यक्तिको मुक्त संसार यिनका आँखामा आतङ्क भएर उपस्थित हुन्छ । यिनलाई अतिशय मनपर्ने कुरा तीनवटा छन् । अनिर्वाचित हुकुमी शासन । बन्द, मूक र जडवत् समाज । औँसीकालीन मसानघाटतुल्य मुर्दाशान्ति । त्यसका लागि यिनीहरू अहोरात्र यत्नशील छन् । तर, उल्लुले रातभरि तपस गरेर सूर्य उदाउन छाडेको कथा नरलोकलाई आजसम्म थाहा छैन । यी हदअभागीहरूको दुःख यसैमा छ ।

माथि सत्तामा आप\mनो मनचिन्ते शासन छ । अटल भक्तिबाट प्राप्त बक्सिसको स्वाद अनुपम छ । तैपनि निरङ्कुशपथका बौद्धिक डोलेहरू खिन्न र उद्विग्न छन् । कारण बुझिन्छ । अहिले सहस्र नर्ककुण्डका उपेक्षित नागरिकहरूका बन्द बक् फुटेका छन् । यो बक् फुटाइ निकट अतीतको खुला बहुदलीय परिवेशको कमाल हो । यो विशाल आकारको गतिमान र मुखर सञ्चारको चमत्कार हो । यो बागी आवाजहरूको जीवनदायी प्रकाशले जन्माएको प्रत्युत्तररूपी गुन्जन हो । गुन्जन भव्य छ । तर, निर्दलमार्गका बौद्धिक पुरेतहरूका चित्तमा भने यस गुन्जनले जन्माएको पीडा अकथनीय छ ।

क्रमश:
 
Posted on 07-11-05 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गत महिनाका केही घटनाहरू सम्झन्छु । म्याग्दीको बेनीमा रैथाने दलितगणले सहभोजनको चाँजो मिलायो । दलितले चम्का गाडेर दाल-भात पकाए । तिनले भोजन गर्न उदार मनोभाव हुने बाहुन-विष्टहरूलाई निम्त्याए । अरू त अरू, सीडीओ र पीडीओहरूसमेत पनि राजीखुसीले वा लाजगाल भात खान लाइनमा थपक्क बसे । सहभोजनको दृश्यबाट चुनौतीको एउटा गुन्जन आकासतिर उठ्यो, रुढीका पुत्लाहरू हो, सुन ! छुवाछूतको तिम्रो पत्रु प्रथाको नाश होस् ! अर्को आयोजन राजधानीको नक्सालमा भयो । 'विधवा' शब्दमा अपमानबोध गर्ने र एकल नारी भनिन रुचाउने जागृत महिलाहरूको लर्को त्यहाँ जुट्यो । जुटाउने नायिका लीली थापा थिइन्, एकल महिला मञ्चकी अध्यक्ष । एकल महिलाहरूका आक्रोशपूर्ण गुनासा र अर्थपूर्ण गर्जन मैले ध्यानले सुनँे । कथनको सन्देश टड्कारो थियो, 'विधवा' भनेर हामीलाई हेप्नेहरू आइन्दा होसियार !

त्यसपछि म सप्तरीको कञ्चनपुर पुगेँ । सन्दर्भ त्यहाँ पनि सहभोजनकै थियो । सक्रियता श्यामकुमार सढाय, सबुरलाल राय र अरू दलितहरूको, हात र साथ प्रबुद्ध र उदार नागरिक समाजको । बर्खामासको तराईको प्राकृतिक वातावरण उष्ण थियो । तर, मानवोचित गरिमाको खोजीमा आँधीमय पाइला चाल्दै अघि बढिरहेका मधेसी दलितहरूका वचन र भाषणमा दोब्बर उष्णता थियो । शोषण र उत्पीडनजीवीहरू विरुद्ध ती यसरी गर्जिए । मानौँ तिनका ओठबाट वचन होइन, अग्निवषर्ा भइरहेछ । त्यो चेतनाको अग्नि हो । त्यो जागरणको अग्नि हो । त्यो कालान्तरमा सामन्ती रुढी र अन्धविश्वासको रोगलाई जलाएर भष्म-खरानी बनाउने अग्नि हो । त्यो लोकतन्त्रको खुला र उदार परिवेशमा जन्मेर छिटछिटो फैलिन खोजिरहेको अथक अग्नि हो । सामन्ती एकतन्त्रका पुर्जाहरू जेसुकै कामना गरून्, त्यो अग्नि अजेय छ ।

बहुदलीय परिवेशले बहुलवादी चेतनालाई ससाना डबलीहरू खोलिदिएको छ । स्थिर नर्ककुण्डहरूमा चेतनाका ढुङ्गा बजि्रँदा उमङ्गमय तरङ्गहरू जागृत भएका छन् । यी नर्ककुण्डहरू अहिले पृथक्-पृथक् छन् । टाढाटाढा छन् । एक्लाएक्लै छन् । तर, जब मुक्तिकामी चेतनाका लहरहरू तरङ्गित हुँदै विस्तारित हुन्छन्, ती एकआपसमा अवश्यै भेट हुनेछन् । यी तरङ्गहरूको मिलनसँगै सामन्ती शासकहरूका काइते लिखतहरूमा बाहेक भावनात्मक रूपले कहिल्यै एकीकरण नभएको नेपाली समाजमा साँचो एकीकरणको थालनी हुनेछ । त्यो समानता र न्यायको जगमाथि आपसी सम्मान र सह-अस्तित्वको सांस्कृतिक सूत्रमा उनिने एकीकरण हुनेछ । जब त्यो हुन्छ, त्यसको एकीकृत शक्तिले सामन्तवादका सबै जर्जर किल्लाहरूलाई भित्रैदेखि हुँडलेर हल्लाइदिनेछ । अनि कारुणिक दृश्य प्रदर्शन गर्दै ती सब गल्र्यामगुर्लुम ढल्नेछन् । र, रमितलाग्दो उथलपुथलको त्यस प्रक्रियामा अहिले भन्ने गरिएको सबै नेपालीलाई अंशभाग लाग्ने समावेशी लोकतन्त्रले आकार ग्रहण गर्दै जानेछ । के यो मेरो मनचिन्ते वा मिथ्या सपना मात्र हो ? नानावली नर्ककुण्डहरूबाट उठिरहेका चेतनाका विप्लवी तरङ्गहरू भन्छन्, यो चाँडो वा ढिलो साकार नभइ नछाड्ने एक अजम्मरी सपना हो ।
 
Posted on 07-11-05 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi ok,
thanks for posting khagendra sangraula's essays. 'rachanatmak sasan ko maulik rachana' is really poignant. like he says, marine nihattha nagrik haru ko anthin lam ma, who knows tomorrow there might be our own dear and near ones whether they be killed by the maoists or the army.

BTW, how do u post these essays in nepali? do u type the entire essay or is there any shortcut method like copy and paste, which i have tried but haven't been able to get in nepali fonts.
 
Posted on 07-11-05 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raute Jee,

You might have heard or experienced with Nepali Unicode System. If not, please visit:

www.mpp.org.np (Romanized and Traditional... my experience---Romanized is better!)

and, also visit this thread,

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=17982

When we install this system, we can use Nepali as English, and since Kantipur publication uses the same system, I just copy and paste (I do not type all these, my dear!!). However, if you want to copy and paste from other Nepali fonts like kantipur, priti, nepal, himal, etc etc, you have to follow some rules (which I do not know !), however, I follow an indirect way to solve this problem---first copy and paste as a picture file and then upload it.

Let me know if you have any problems using Unicode Nepali Rommanized.
----
OK
 
Posted on 07-19-05 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46208

निशानाबाज, डुंगा र मरिचमान
खगेन्द्र संग्रौला

- 'शाही कदमको सर्वत्र प्रशंसा भइरहेको छ । जो हुकुम जो निगाह, सरकार !' यो भक्तिवाणी टंक ढकालको हो । यी ढकाल 'रचनात्मक' राजाका प्रवक्ता र सञ्चार मन्त्री दुवै हुन् । शाही फिलिम महोत्सवको मैजारोको दिन थियो । फिल्मी जगतका शाही शासनका भक्त-भक्तिनीलाई बक्सिस प्रदान गर्न सभाकक्षमा राजाको सवारी भएको थियो । मौका छोपेर मन्त्री ढकाल भक्तिमार्गको ढिस्कोमाथि उभिए । अनि उनले मौसुफका चरणमा यसरी एक राउन्ड चाकरी चढाए, जो हुकुम जो निगाह, सरकार !
लक्षण हेर्दा कुन्साङ काकालाई लाग्छ, राजदरबारको सेरोफेरोमा जनपक्षका सञ्चारमाध्यमहरूको सूचना र आवाज फिटिक्कै पुग्दैन । पुग्न निषेध गरिएको छ । त्यहाँ शाही सञ्चारमाध्यमहरूको सूचना र आवाजमात्र पुग्छ । त्यो सूचना र आवाजका निर्माता यिनै ढकालहरू हुन् । लाग्छ, राजा यिनै एक आयामिक भक्तिवाणी सुन्छन्, पत्याउँछन् र प्रसन्न हुन्छन् । ढकालले मौसुफमा बिन्ती चढाए हुनन्, 'मसमेतको मन्त्रिमण्डलको सर्वत्र प्रशंसा भइरहेको छ । जो हुकुम जो निगाह, सरकार !'

राजालाई स्वभावतः टंकवचनमा विश्वास लाग्यो होला । र नै मन्त्रीहरू थपथाप गर्न अर्को एउटा ओडार खनियो । त्यो अँध्यारो पञ्चायती ओडार थियो । ओडारबाट खियाले खाएका केही पात्रहरू झिकिए । र भनियो, यी थपुवा मन्त्रीहरू हुन् । काकाले नियालेर हेरे, जम्मै अनुहार उस्तै छन् । तुलसी गिरीजस्तै, टंक ढकालजस्तै, सत्चितशमशेर राणाजस्तै, आरके मैनालीजस्तै । इतिहासका यी पत्रु पात्रहरूको उपस्थितिले समस्त परिवेश दङदङी गन्हायो । काकालाई दिगमिग लाग्यो । वाकवाकी आउला कि, आउला कि भयो । अनि मुन्टो निहुर्?याएर बमन गर्न काका विवश भए । सके त्यो घडीमा राजाका परम् पत्यारिला टंक ढकाल राजाछेउ जाहेरी गर्दैथिए होलान्, 'सरकार, थपुवा मन्त्रीहरूको सर्वत्र प्रशंसा भइरहेको छ । जो हुकुम जो निगाह, सरकार !'

पत्रु पात्रहरूको यो पत्रु कथा रोमाञ्चक छ । थपिएका शाही मन्त्रीहरू एकसेएक निशानाबाज हुन् । यिनको अचुक निशानाका प्रमाणहरू निशाना-पीडितहरूका घायल मनका झोलीमा टनाटन भरिएका छन् । जगत गौचनको निशाना पत्रकार हो । यिनको निशानामा परेर पत्रकार पदम ठकुराठीको आँखै गयो । निशाना दागे, पक्राउ परे, हत्यारो सावित भए र निशानावीर गौचन महोदयले आधा दशकसम्म कारागारको हावा खाए । आखिर दुर्लभ योग्यताको कुरा न हो । अहिले यिनले निशानाबाजीको पराक्रमको पुरस्कार पाएका छन् । सके नवीन काम-कर्तव्य पनि पत्रकारलाई नै निशाना बनाउनु होला ।
क्रमश:
 
Posted on 07-19-05 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरञ्जन थापा कम जन्ड निशानाबाज होइनन् । छ्यालीस सालमा निरंकुशतन्त्रविरोधी विद्रोहको आगो सर्वत्र दन्कियो । जनपिराहा सामन्तशाहीलाई आगो निभाउन धौ-धौ पर्?यो । वंशमार्गी शासनतन्त्रका निधारमा चिटचिट पसिना आए । ओठ-तालु सुके । होस् गुम भएर भाग्नुपर्ने खतरा पैदा भयो । तिनताक यी निरञ्जन थापा गृहमन्त्री थिए । यिनको पालो आफैं हेलिकोप्टरमा सवार भए । अनि गगनविहार गर्दै यिनले गगनबाटै जनताका स्वतन्त्रताप्रेमी छोराछोरीहरूलाई गोलीको निशाना बनाए । तानाशाहीको विश्व-इतिहासमा यो एक अद्भूत कीर्तिमान हो । र नै थापा अहिले पुनः शाही मन्त्री बनाइएका छन् । काका लख काट्छन्, सके यिनको काम-कर्तव्य आकाशमा सवार भई लोकतान्त्रिक आन्दोलनको उत्ताल आवेगको आगो निभाउन माथिबाटै निशाना दाग्नु होला । पञ्चायतमा आर्जन गरेको अकुत अनुभव छँदैछ ।

उसो त दरबारका निकट नातेदार निक्षशमशेर राणा पनि कम कुशल निशानाबाज होइनन् । भोगिजान्ने युवाहरू भन्छन्, लोकतान्त्रिक आन्दोलन दबाउने एकजना साहसी फिल्डमार्सल यी पनि हुन् । यिनले दमनकर्ममा कहिले आप\mना गण खटाए, कहिले आफैं पाउकष्ट गरे । यिनी असोज १८ अघि नै सडकमा ओर्लिएका थिए । बाह्र-पन्ध्रजना ज्यालादारीहरूको झुन्ड पछि लगाएर लुखुर-लुखुर हिँड्दै यिनी कुर्लिन्थे, 'राजा आऊ, देश बचाऊ !' श्री निक्ष नागरिक हक र लोकतान्त्रिक मूल्य-प्रणालीका घनघोर शत्रु हुन् । यिनलाई मनपर्ने शासन आप\mना पितापुर्खा श्री ३ महाराजहरूकै जस्तो हो । र नै यिनले अहिले आस्था र यत्नको बक्सिस पाएका छन् । मन्त्री नहुँदै त यिनी सडक-सडक निशाना दाग्दै त्यसरी दगुर्थे भने अख्तियारवाला भइसपेछि अब यिनले झनै कमाल गर्लान् ।

बद्रीप्रसाद मण्डल अलि भिन्न काँटका निशानाबाज हुन् । यिनी रूपसी युवतीहरूमाथि निशाना दाग्छन् । पञ्चायती मन्त्री छँदा वीर अस्पतालमा यिनले गजपले निशाना दागेथे । यो भग-निशाना हो । निशानाबाजहरूमध्ये अतिशय भगमार्गी यी मण्डल नारी जगतका लागि भयकारी सिकारी हुन् । निशानाबाजहरूको झुन्डमा विविधता होस् भन्ने हेतुले होला मण्डललाई पुनः शाही मन्त्रीको पगरी गुथाइएको छ । यो पगरी सहरका रूपसीहरूका लागि खतराको ठूलो घण्टी हो ।

उसो त दोस्रो काँटका निशानाबाज पनि पहिलो काँटका भन्दा केही कम छैनन् । यी मातृद्रोही निशानाबाज हुन् । जुन आमाको दूध चुसेका थिए त्यही वक्षमा निशाना दागेर यी शाही मन्त्री भए । नवमन्त्री प्रकाश कोइराला नम्बर एक मातृद्रोही हुन् । बाबुको छोरो र छोरीको बाबु हुनु नै यिनको कुल योग्यता हो । शाही मन्त्री बन्न रहर लाग्यो र यिनले बाबु बीपीको नाम र आमा नेपाली कांग्रेसको छविमाथि निशाना दागे । र दगाइवापत यिनले शाही मन्त्री पद बक्सिस थापे । विनोद शाह, सलिममियाँ अन्सारी, छक्कबहादुर लामा, गोल्छे सार्की आदि प्रकाश कोइरालाकै बफादार पथगामीहरू हुन् । सबका सब मातृघातीहरू ! चल्तीको राजनीतिक भाषामा यी भगौडा भनिन्छन् । लाभको लोभले दलबाट भागेर शाही तबेलामा तृण ज्युनार गर्ने दिशातिर यी लागे ।
क्रमश:
 
Posted on 07-19-05 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामाजिक-नैतिक दृष्टिले थपुवा मन्त्रीहरूको यो झुन्ड हत्याचारी, भ्रष्टाचारी, बलात्कारी, चाकरीकारी, औसरवादी, विश्वासघाती आदि निशानाबाजहरूको विभत्स सङ्ग्रह हो । तर मौसुफछेउ टंक ढकालहरूको जाहेरीको बेहोरा भने अवश्यै अर्कै होला । तिनले घुँडासम्म दोबि्रएर बिन्ती चढाउलान्, 'सरकार, नवमन्त्रीमार्फत सिङ्गो देश शाही कदमको समर्थनमा घरप्पै उभिन आयो । जो हुकुम जो निगाह, सरकार !'

अनि तिनले जाहेरीको चरम् चाकरीमय व्याख्या यसरी गर्लान्, सरकार, प्रकाश कोइरालामार्फत सिंगै कांग्रेस दरबारतिर उल्टियो । आरके र अन्सारीमार्फत सिंगै माले-एमाले ओइरियो । विनोद शाहमार्फत नेमकिपा भित्रियो । मण्डलमार्फत सिंगो मधेशीगण, यांकिला शेर्पामार्फत् सकल महिलागण, गोल्छे सार्कीमार्फत् जम्मै दलितगण, निरञ्जन थापामार्फत् यावत् पञ्चगण, सिनेट श्रेष्ठमार्फत् रहलपहल मण्डलेगण, जगत गौचनमार्फत समस्त निशाचरगण, निक्षशमशेर राणामार्फत शेष भारदारगण...। शाही शासनमा मुलुकै समेटियो, जो हुकुम जो निगाह, सरकार !

स्तुतिमात्र सुन्न रुचाउने मौसुफलाई यो नोकरवाणी अति नै मनपर्ला । तर क्रूर यथार्थ भने अर्कै छ । सरकारमा जो थपिए तीसँग तिनका लोभी नजर, तिनका अगस्ती पेट, तिनको अवसरवाद, तिनका कलंकित निधार, तिनका बद्नाम नाक र तिनका खोटा नामसिवाय केही थपिएको छैन । यी थपुवाहरूका पछाडि मानिस त के मृत मुसाहरू पनि छैनन् । यी फगत एक्ला हुन्, शाही भोजनपथका एक्ला पथिक । यी थपुवाहरूमार्फत् शाही शासनमा केही थपिएको भए त्यो थप अलोकपि्रयता हो । र आप\mना भक्तगणमार्फत प्राप्त हुन आएको यो अतिरिक्त अलोकपि्रयता राजाको एकलौटी सम्पत्ति हो ।

काका कल्पना गर्छन्, शाही शासनमा थपिन यस मुलुकमा अब कोही बाँकी छन् ? गजब छ बा, अझै बाँकी छन् । देशभक्त संघका प्रकाश गुरुङ बाँकी छन् । मुस्कान सेनाका मुस्कान पौडेल बाँकी छन् । र मस्सलमार्गी कालु मनाङे डल्लै बाँकी छन् । अनि अन्तिम बाँकी मरिचमान हुन् । उनै मरिचमान जो राजा वीरेन्द्रको शासनका अन्तिम डुंगाचालक थिए । सामन्ती डुंगा डुबाए र यिनले नेपाली जनतालाई शाही निरंकुशताको भारबाट छुटकारा दिलाए । मरिचको स्वरूपमा कतै दुलामा लुकिबसेका मरिचमानको फूर्ति अहिले ह्वात्तै बढेको छ । बाफ रे, महाराजको निरंकुश डुंगा डुबाइदिन यिनलाई कत्रो हतार !
 
Posted on 07-19-05 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kunsang Kaka is a great writer.

Most often he looks/sounds like a republican. A Throat cut enemy of feudalism.

But sometimes, he sounds very arrogant, self righteous.... these are the qualities of petty bourgeois sharlatans.

if he improves on this aspect, and accepts criticism, becomes more patient, he could be really a good writer.
 
Posted on 08-04-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामराम, यस्तो राम्रो झण्डै छुटेछ।
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=47617

देशैभरि गगन थापाहरू - खगेन्द्र संग्रौला

- शाही शासनले नागरिकलाई रोज्न तीनवटा विकल्प दिएको छ । कि दरबार पस, कि वन पस, कि खोरमा बस । एक्काइसौँ शताब्दीमा शाही शासनका करिया बन्न राजी नहुनेहरूले दरबार पस्न अस्वीकार गरेका छन् । उसो त नागरिकहरूको विवेक र आवाजको तागतमाथि पत्यार गर्नेहरू बन्दुक बोकेर वन पस्न पनि मन्जुर छैनन् । बाँकी रह्यो, शाही शासनको अँध्यारो खोर । जो सामन्ती दासतालाई नकार्छन्, विश्वभरि नै राज्यको खोर त तिनको निवासै हो । त्यही खोर हो जहाँ स्वतन्त्रता र मुक्तिका सपनाहरू कोरलिन्छन्, र जहाँ अन्यायी शासनका दिनहरू गनिन्छन् । बागी युवाहरू औँला गनिरहेछन् । गन्नेहरूमा ठाकुर गैरे र प्रदीप पौडेल छन्, सरोज थापा र पुष्पकुमार शाही छन्, नारायण भारती र बीपी रेग्मी छन् । अदम्य र अजेय औँला भाँच्दै लोकतन्त्रप्रेमी विश्वभरि नै ठूलो समाचारको ठूलो शीर्षक बनेर गगन थापा पनि गनिरहेकै छन् ।
सूचना र ज्ञान नागरिकको शक्तिका अजस्र मुहान हुन् । तिनमा प्रकाश हुन्छ, तिनमा तेज हुन्छ, तिनमा स्पन्दन हुन्छ, तिनमा गति हुन्छ र तिनमा बागी चेतनाको बीज हुन्छ । त्यो बीजबाट गगन थापा जन्मिन्छ । शाही शासनलाई थाहा छ । र नै ऊ नागरिकहरूलाई सूचना र ज्ञानबाट विमुख तुल्याई तिनलाई शासनको प्रकाशविहीन, निस्तेज, निस्पन्द र दासवत् गोटी बनाउन आतुर छ । सूचना र ज्ञान सञ्चार गर्ने मुद्रणमाध्यम त मकरतन्त्रको उन्मादपूर्ण आक्रमणको तारो भएको थियो नै, दूरसञ्चार र एफएमहरू पनि अछूतो रहेनन् ।

दूरसञ्चारभित्रको निकट कथा अतीव पीडामय छ । जब मकरतन्त्रले आप\mनो अगस्ती मुख बायो, यसले दूरसञ्चारको २ अरब रकम क्वाप्पै खायो । कुन्साङ काका जब सडक पेटीमा उभिन्छन्, दूरसञ्चारका कर्मचारीहरूको रुवाबासी सुनिनसक्नु हुन्छ । ती भन्छन्, दुःख गरेर हामीले कमायौँ, शाही सरकारले हाम्रो २ अरब कमाइ खोसेर गोला-बारुद किन्न र मुलुकमा विनाश र मृत्युको आवादी बढाउनलाई लग्यो । मकरमार्गी मनपरीको अन्तिम कथा यो होइन । मोबाइल फोनको कथा झनै भयावह छ । शाही सरकारले मोबाइल फोनमाथि कप्\mर्यु जारी गर्?यो र राष्ट्रलाई करौडौँ घाटाको कोसेली टक्रयायो । न मोबाइलमा लागेको नागरिकको रकम फिर्ता गरियो, न त नागरिकसँग माफी नै मागियो । मानौँ सरकार भनेको अतीतकालीन असनको साँढे हो जसले जे गरे पनि हुन्छ । कुरा सुन्दैमा अचम्म लाग्छ । विशाल उदारता देखाउँदै शाही सरकाले अहिले पि्र-पेड मोबाइलमा आगमन कललाई निःशुल्क गरेको छ । पि्र-पेड मारिएको छ, र मृत पि्र-पेडको आगमन कल शुल्कमुक्त छ । यो मरेको मानिसलाई अक्सिजन दिए जस्तै हो । शाही सरकार दिएको दियै छ ।

उसो त हुकुमी शासनको पराक्रमको कथा अर्को पनि छ । सीडीएमए नामक असल जातका १० लाख टेलिफोन बाँड्ने तयारी टाकटुक्कै पूरा भएको थियो । 'रचनात्मक' शासनले बन्दुक देखाएर बाँड्न दिएन । यसको रहस्य गहिरो छ । दरबारका एकजना निकट नातेदार रहेछन्, राजबहादुर सिंह । फोनको नयाँ ठेक्कापट्टा तिनले पाए । समय, श्रम, सीप र प्रविधि खन्याएर गरिसकेको त्यत्रो तयारीलाई डुबाएर अब 'मेरो मोबाइल' को नाउँमा दूरसञ्चारमा मिस्टर सिंहको मालामाल ब्यापार सुरु हुँदैछ । आँखिर चलनचल्तीको भाषामा राजा भूपति हुँदै हुन् । मौकामा राजाका नातागोताका जनहरू दूरसञ्चारपति किन नहोऊन् ?
क्रमश:
 
Posted on 08-04-05 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दूरसञ्चारका कर्मचारीहरू जान्न खोज्छन्, यो अराजकता, यो मनपरी, यो बेथिति फैलाउने हात कसको हो ? उत्तर दिने निकाय कहीँ छैन । सञ्चार सचिव भन्छन्, हाम्ले लिखित आदेश दिया छैन, बन्द गर्ने हात कसको हो म के जानूँ ? उता सैनिक प्रवक्ता भन्छन्, हामी अन्तर्गतको निकाय यो होइन, हात कसको हो म कसरी भनूँ ? हात माथि छ । हात कसको हो यकिनसाथ भन्न मकरतन्त्रले छूट दिँदैन ।

आयो कुरो अब एफएमको । सूचना र ज्ञानको शक्ति सम्झ्यो कि चालू तानाशाहीको हंस हल्लिन्छ । र नै यसले एफएमले प्रसारण गर्ने समाचारमाथि कप\mर्यु जारी गरेको छ । थाहा छ, एफएम गरिब जनताको हितैषी साथी हो । एफएम सुन्न न साक्षर हुनुपर्छ, न त काँधमा ढ्याके टेलिभिजन सेट बोकेरै हिँड्नुपर्छ । दुई-ढाई सयको पुन्टे चाइना रेडियो किन्यो, खासाका रुपैयाँ गोटाका ब्याट्री हाल्यो, हात हल्लाएर सुन्दै हिँड्यो । त्यसले जगतैभरिका सूचना सोहोरेर आफूछेउ ल्याउँछ । त्यसले खबर भाँती पारेर भनिसुनाउँछ । त्यसले नागरिकलाई टाठो बनाउँछ, स्वबोध गराउँछ र उसमा हकदाबीको चेतनालाई उकास्छ । जब नागरिक शिर ठाडो पारेर आप\mनो हक दाबी गर्न उभिन्छ, मुलुकैलाई आप\mना पैतालाको धूलो देख्न चाहने तानशाहीलाई त्यो सह्य हुँदैन । देखियो । समाचारतिर लौहअस्त्र सोझ्याएर एफएमलाई निस्प्राण तुल्याइएको त्यसै होइन ।

संगठन पनि शक्ति हो । संगठन एक संरचनामा आवाजहरूको संकलन हो । छरिएका आवाजहरू जब एकमुष्ट हुन्छन्, त्यसमा ठूलो बल हुन्छ । नागरिकको सबलतामा तानाशाहीको दुर्बलता लुकेको हुन्छ । त्यसैले नागरिकका आवाजलाई छिन्नभिन्न पारेर तिनको दुर्बलतामाथि हुकुम चलाउन मकरतन्त्र कन्दनी कसेर लागिपरेको छ । त्यसैले त यसले निजामती कर्मचारी संगठनमाथि निषेधाज्ञा जारी गरेको हो । दल, विद्यार्थी, वकिल, पत्रकार, लेखक, चिकित्सक, रंगकर्मी, चित्रकार र संगीतकर्मीलाई त शाही सरकारले माथिका तीन विकल्प दिएकै थियो । अब कर्मचारीलाई पनि दियो । कि दरबार, कि वन, कि खोर, चौथो विकल्प छैन ।

शासनले चैनले सास फेर्ने ठाउँ नदिएपछि नागरिकले ज्यान छाड्दो रहेछ । काकाले भोटाहिटीको मुखमा देखे । एक साताअघि त्यहाँ नागरिक समाजको रमितलाग्दो गोलो लाग्यो । प्रश्न थियो, कथित निषेधित क्षेत्र रत्नपार्क कसको हो ? एकलौटी राजाको हो कि सकल नागरिकको साझा हो ? उत्तर खोज्न विवेक र साहसको ध्वजा बोकेर नागरिकहरू लाम लागे । सडकमा सित्तिमिति नदेखिने विविध बान्कीका अनुहारहरू देखेर काकाश्री विस्मित भए । थाहा भयो, शाही शासनले ती सबैको सास फेर्ने डबली खोसिदिए छ । देवेन्द्रराज पाण्डे र पीताम्बर शर्मा, मीना आचार्य र कृष्णप्रसाद भण्डारी, वैरागी काइँला र दुर्गा घिमिरे, आदि र इत्यादिहरू । अरू त अरू, सास फेर्ने ठाउँ नपाएर प्रोगभर्मेट मार्काको प्रोपब्लिकका केदार खड्कासमेत पनि खुत्रुक्क सडकमा झरेछन् । अब कुनै दिन जब्बर पञ्च दीर्घराज प्रसाईँ पनि टुप्पी हल्लाउँदै सडकमा ओर्लिन बेरे छैन । यसको अर्थ हो, राजाका जन अब औँलामा गन्न सकिने भए । मौसुफसँग बाँकी हतियार अब केवल दुईवटा छन्, लाठा र राइफल । तर अचम्म छ, जनसमर्थन, प्रतिष्ठा र लोकपि्रयता जतिजति घट्दो छ, शाही हठ भने उतिउति बढ्दो छ । र उक्त हठले अहिले आएर गगन थापालाई पक्राउ गरेको छ ।
क्रमश:
 
Posted on 08-04-05 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गगन भन्छन्, शासन गर्नेले म अत्याचार गर्छु, तिमी मौन बस भन्न पाइँदैन । शासन गर्नेले कुशासनको आलोचना सुन्न तयार हुनुपर्छ । तयार नहुने हिटलर हुन्छ । गगनले सडकमा शाही कुशासनको आलोचना गरे । नयाँ आलोचना त्यो होइन । असोज १८ उप्रान्त मुलुकभरिमा एक गगन हैन, लाख गगनले त्यसो गरेका छन् । ठिकै हो, ढुंगा हानेपछि तलाउमा स्वभावतः तरङ्गहरू उठ्छन् । ढुंगा हान्नेले तरंगलाई 'तँ किन उठिस्' भनेर पक्राउ गर्न मिल्छ ? तर गगन पक्रिए । तानाशाहीमा तर्कले काम गर्दैन, सनकले गर्छ, हठले गर्छ, उन्मादले गर्छ । र नै गगन पक्रिए !

गगनले सडकमा जे भने त्यो हुकुमी शासनपीडित चानचुन एक करोड वयष्क नेपालीहरूको मर्मको अभिव्यञ्जना हो । लोकतन्त्रको उपासना गर्दै गगन ठूलो स्वरमा बोले, अरू सबै त्यसरी बोलिहालेका छैनन् । फरक यत्ति हो । गगनसँगै प्रतीकात्मक रूपले एक करोड वयष्क नेपाली पक्राउ परेका छन् । र गगन एक करोड वयष्क नेपालीका धड्कनमा क्षण-प्रतिक्षण उपस्थित छन् । कुन्साङ काका निवेदन गर्छन्, शाही सरकार यी एक करोड नेपालीलाई पक्राउ गरोस्, यिनमाथि राजद्रोहको अभियोग लगाओस्, सिंगो नेपाललाई कारागार घोषणा गरोस् र यसरी अठाह्रौँ शताब्दीको एउटा आदिम नाटक मञ्चन गरोस् । नाटक हेरेर सभ्य विश्वले भन्ला-राजाको शासनमा नेपालमा आज रमिता छ !
 
Posted on 08-10-05 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नागरिक नेता, गुलाफ र वनमारा


खगेन्द्र संग्राैला

- कुन्साङ काका आफूलाई 'अहेव' भन्न रुचाउँछन् । राजनीति र संस्कृतिपट्टकिा 'अहेव' । 'अहेव' माने उही चल्तीको असिस्टेन्ट हेल्थ बर्कर नै हो । हाम्रो राजनीति र संस्कृतिमा थरीथरीका रोगी छन् । यी रोगीको अमर्यादित अभिनय र विनाशकारी ताण्डव देख्दा काकालाई रिंगाटा त लाग्छ नै, झोँक पनि चलेर आउँछ । अनि उत्रो ज्ञान र सीप नभए पनि काकाश्री यिनको रोग किटान गर्न र चिरफार गर्न दृष्टि र कलमका हतियार बोकेर घरिघरि जमर्को गर्छन् । सामन्ती मिजासका प्रायजसो यी रोगी आडम्बरी छन् । यी हाँडीघोप्टे शैलीमा आफू स्वस्थ भएको जिद्दी गर्छन् र धारे हात लगाएर कुन्साङ काकालाई हप्तैपिच्छे सराप्छन् । एकबारको जुनीमा अकिञ्चन काकालाई कसैसँग केही माग्नु छैन । त्यसैले कुनै ऐरे-जैरे-नत्थुखैरे रिसाएर काकालाई घाटा पर्ने केही छैन । आशा यतिमात्रै हो, यी रोगीबाट सताइएका लोकका गरिखाने ससाना मानिस काकासँग धेरथोर खुसी नै होलान् ।
आज काकालाई नागरिक समाजका कतिपय अनौठा रोगीबारे कुरा गर्न मन छ । रोगी ताल-तालका छन् । लोकतन्त्रको पक्षमा उर्लँदो नागरिक आन्दोलनका नाका-नाकामा बेला- बेला अनेक मुद्रामा ती दृष्टिगोचर हुन्छन् । काकाका आँखामा परेका रोगी चरित्रको विविधताका दृष्टिले झन्डै आधा दर्जन छन् । लाग्छ, यी भिन्नभिन्न बान्की र कलेवरमा निरंकुश राजतन्त्रकै छद्म संस्करण हुन् ।

पत्रकार जगत् नामक नागरिक समाज लोकतन्त्रको ध्वजावाहक जाग्रत र कर्मशील एक वीर हो । नागरिक हक र अभिव्यक्ति स्वतन्त्रताको पुकारा गर्दै घरिघरि आवेगमय जुलुसमा हर्कुलसका पाइला चालेर यो निषेधित सडकमा निस्कन्छ । एउटासम्म भए पनि बूढो त चाहिन्छ नै भनेर होला, काकालाई सधैँ तारको बाटो गरी निम्ता आउँछ । र मानको अपमान नगर्नु भन्ने लोकोक्तिको मान गर्दै निम्ता मान्न काका लुखुर-लुखुर जान्छन् । तर पटकैपिच्छे काकालाई यो नागरिक समाजका केही पात्रले मिचेर ज्यानै पो जाला कि भन्ने भय हुन्छ । एक दिन काका ब्यानरदेखि आठ-दस फिट पछाडि आप\mनै सुरमा थिए । दुईतिरबाट तानेर झ्याइँकुटी खेलाउँदै उनलाई ब्यानर समात्न अगाडि पुर्?याइयो । ब्यानर छोएका मात्र के थिए, अजीवका केही थान नागरिक नेता सारालाई ठेल्दै, पेल्दै र आँधीमय गतिमा हुत्तिँदै आइपुगे । तिनले ब्यानरमा ठाउँ कब्जा गर्दै काकालाई पेलेर भुइँमा पछारे । आतेसको भावमा धूलो टकटक्याउँदै उठेर हेर्दा काकाले देखे, गाँठ्ठे ! ती दुई नागरिक नेता त कानसम्म मुख च्यातेर भिडियो क्यामेरासामु ङच्िच हाँसिरहेका पो छन् । काका भन्छन्, यी ङच्िच पत्रकार जगत्का बहर गोरु हुन् । भर्खर-भर्खर बैँस चढेको बहर गोरु जसरी ठाउँ न ठहर कोरली गाईलाई बथान्दै कुद्छ, पत्रकार जगत्का क्यामेरामुखी यी नागरिक नेताको मति पनि त्यस्तै हो । जुलुसमा नजाऊँ, आप\mनो आस्थाको धर्मै डग्ने । जाऊँ, अत्मप्रदर्शनका अति भोका यी मैमत्त बहरबाट काकालाई भीमकाय खतरा छ । यो खतरा नागरिक समाजभित्रको बहरमुखी रोग हो ।
क्रमश:
 
Posted on 08-10-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नागरिक समाजको नेता नम्बर दुई पनि छाँटको छ । कुरा गर्छ योग्यता र सीपको यथोचित कदर हुने वितरणमुखी लोकतन्त्रका, तर आप\mना लागि भाग भन्यो कि यो जीव भुतुक्कै हुन्छ । पाएसम्म सभाको सभापति भाग, त्यो नपाए वक्ता भाग, त्यो पनि नपाए उद्घोषक भाग । अझ त्यो पनि नपाए... । जसरी होस्, आफू मञ्चमा हुनैपर्छ, माइकबाट आप\mनो दिव्य वाणी घन्किनै पर्छ, टेलिभिजनमा आप\mनो छायाछवि देखिनै पर्छ । यो नागरिक समाजभित्रको घोर आत्मकेन्दि्रत राजसी रोग हो ।

आयो अब नेता नम्बर तीन । यो नेता जुलुसको थालनी हुने थलोमा अघिनै पुगिसक्छ । ब्यानर स्पर्श गर्ने फूर्तिलो प्रथम पुरुष उही हुन्छ । ऊ ब्यानर कठोर गँगटे शैलीमा अँठ्याउँछ । जुलुसमार्ग भरिनै ऊ क्यामेरालाई आप\mनो अनुहार बडो उदारतासाथ प्रदान गरिरहन्छ । जब भाषण गर्ने बेला आउँछ, यो नेताका चेलाचपेटाहरू तलबाट कराउँछन्, श्री उत्तम पुरुष ज्ञानमणिले बोल्नैपर्छ, बोल्नैपर्छ ! थाहा छ, सबै कुरा सोची विचारीकन ट्याकटुक्क प्रायोजित हुन्छ । क्यामेरा आप\mनै, तलबाट सबैलाई उछिनेर भाषणको फर्माइसी गर्ने लड्काहरू आप\mनै । सुनिजान्ने लोक भन्छ, यस टाइपको नागरिक नेता क्यामेराको रिल लगेर दाताछेउ पेस गर्छ । र भन्छ, सर, यो जुलुसको हर्ता, कर्ता, प्रेरक, प्रवर्तक र चालक मै हुँ । लोकतान्त्रिक आन्दोलनमा मेरो लोकपि्रयताको महिमा अपरम्पार छ । यसो भन्छ र ऊ हेमानको थैलो थाप्छ । यो एनजीओ डबलीको डलरमुखी नेता हो । र यो नागरिक समाजभित्रको अर्को संक्रामक रोग हो ।उसो त नेता नम्बर चार पनि कम अजीव छैन । कुरो वानेश्वरको हालैको नागरिक भेलाको हो । एउटा पेसेवर नागरिक समाजको निर्वाचित नेताले गर्धन फुँलाउँदै भेला बहिष्कार गरेछ । विचार र वाक्-सौन्दर्यमा मनग्गे ल्याकत नदेखिएर होला, भाषण गर्ने कोटाभाग निजलाई परेनछ । आफूलाई विशाल प्राज्ञिक समाजको सर्वज्ञ प्राज्ञ ठान्ने सिंहासनप्रेमी यो नेताले बटारिएर घुर्की लगाएछ, म आउँदिन र मेरो प्राज्ञिक परिवार पनि आउँदैन । नभन्दै सभामा निजहजुरको सवारी भएन । आप\mनो बौद्धिक सामथ्र्य, विवेक र विनयशीलताले नचिनिने, केवल पदले चिनिने महारथीहरूको मनोवृत्ति जगतैभरि यस्तै हो । यो नागरिक समाजभित्रको हीनग्रन्थीग्रस्त क्यान्सर रोग हो ।

नागरिक समाजको पाँचौँ रोगी नेताको नाम हो पटर-पटर नेता । ऊ जब भाषण गर्न उठ्छ, उसले धरती छाडिहाल्छ । रजौटे मनोदशामा ऊ कल्पना गर्छ, म अजिंगर माथि छु, ती भुसुना तल छन् । उत्तम धातुले बनेको म उच्च मानव हुँ, अधम धातुले बनेका तलकाहरू तुच्छ मानव हुन् । मेरो वाणी-प्रवाह सुस्वादु महको दिव्य फोहरा हो, फोहरामा अँजुली थापेर महपान गर्नेहरू मसँग मखलेल छन् । बस्, यस्तो सोच्छ र ऊ पटर-पटर गरिरहन्छ । वाक्क-दिक्क भई सकल श्रोताहरू पिठ फर्काएर छेउकुने संवाद अर्थात् साइड टकमा लीन हुन्छन् । तर आकाश र बतासलाई सुनाउँदै हाम्रो पटर-पटर भने भाषण गरिनै रहन्छ, गरिनै रहन्छ । श्रोताको अपेक्षा, रुचि र मर्यादाको रत्तिभर पर्बाह नगर्ने यो नागरिक नेता दम्भी सामन्ती ख्वामित् हो । र यो पनि नागरिक समाजको लर्तरो रजौटे रोग होइन ।

क्रमश:
 
Posted on 08-10-05 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरित्र हेरी नागरिक समाजको अन्तिम नेतालाई मौसमी नेता भन्नु मुनासिब होला भन्ने काकाको सानो विचार छ । सम्झना छ, कुनै बेला, सत्ताको ताडनाको प्रत्यक्ष खतरा नहुँदाताक नागरिक नेताहरू भदौ मासका छिछिमिरा झैँ सहरभरि स्याउँस्याउँती प्रकट भएका थिए । शान्तिको सुतीखेती तिनको पि्रय धन्दा थियो । तिनको नित्य चुरिफुरी र आपसी होडबाजी देख्दा लाग्थ्यो, सके शान्तिको पक्षमा यिनले कुनै दिन शहादत नै पो प्राप्त गर्लान् कि ! घरानियाँका यो लाममा किसिम- किसिमका नाम थिए । लाममा नागरिक नवनेता सुन्दरमणि दीक्षित र हिमालय शमशेर राणा थिए । लाममा कृष्णजंग रायमाझी र सुदीप पाठक थिए । लाममा कमाउमुखी निजी विद्यालय प्याप्सन र एन प्याप्सनका नेताका बगालै थिए । उसो त लाममा साप नेपालका भयंकर नागरिक नेता रोहित नेपाली पनि थिए । राजाको हुकुमी शासनसँगै यिनका सजिला दिए सकिए । अनि यी विशाल-विशाल नागरिक नेता आप\mनै मनको एकलासे कुनामा कतै लुसुक्क भूमिगत भए । देखिजान्ने दुनियाँले गम खायो, फुर्सदको आनन्ददायी बसिबियाँलो, सजिलो काम र उच्च नामनै यिनको अप्रकट अभीष्ट रहेछ । न प्रतिबद्धतामा गम्भीरता, न बाचामा अडान, न प्रयत्नमा निरन्तरता, न एकतन्त्र-पीडित सहनागरिकको आपत्- विपत्प्रति हार्दिक समभाव, छाँटले यी नागरिक नेता इतिहासको क्षणिक प्रहसनका खलनायकमात्र रहेछन् । सहजकालमा यी आए, असहजकालमा यी गए ।

यहाँनेर कुन्साङ काकालाई ब्वाइलर कुखुराको याद आयो । ब्वाइलरको बगाल कहिलेकाहीँ आकाश सहस्र चिरा पर्ने गरी अति कर्कश आवाजमा कराउँछ । अनि एकाएक शान्त हुन्छ, अनि खुब खान्छ, अनि खुब निदाउँछ । विचरा अल्पायु ब्वाइलरको अस्तित्व अतिशय लुलो हुन्छ । चट्याङका त के कुरा असिनाकै आवाजले पनि हृदयाघात भई ब्वाइलरको जीवन शेष हुनसक्छ । यसो गमेर ल्याउँदा नागरिक समाजका यी सम्भ्रान्त नेताहरू ब्वाइलर टाइपका रहेछन् । कहिले थामिनसक्नु क्षणिक चरिफुरी, कहिले लामो न लामो मौन समाधि । काका भन्छन्, यो यिनको वर्ग चरित्र हो । यिनको मौसमी मौनतामा निरंकुश शासनप्रतिको यिनको मौन समर्थनको गुन्जन मधुरै भए पनि सुन्न सकिन्छ । लोकतन्त्रको सच्चा साथी सहज कालमा हैन, संकटकालमा चिनिन्छ । चिनियो । यो नागरिक समाजभित्रको सफेदपोसी कुलीन रोग हो ।

लोकतन्त्रको झन्डा गाड्ने नागरिक आन्दोलन शक्ति र गौरवका साथ उठिरहेछ । तर समस्या छ, आन्दोलनभित्रका नानावली रजौटे रोगको उचित उपचार गर्ने कसरी हो ? कुन्साङ काकाको रायमा यी रोगका रोगीका नाम लोतन्त्रको भित्तोमा परैबाट देखिने गरी लेखिनुपर्छ । रोगीले पढून्, आफूलाई चिनून्, भित्तामा आप\mनो अशोभनीय रूप देखेर पछुतो मानून् र आफूलाई आडम्बरी रजौटाबाट सादा नागरिकमा फेर्न यत्न गरून् । सके यी फेरिऊन्, नसके आन्दोलनबाट स्वेच्छाले यी पन्छिऊन् । जहाँ गुलाफको वरिवरि वनमारा झार हुन्छ, त्यसले गुलाफलाई गाँजेर कालान्तरमा मारिछाड्छ । अतः नागरिक आन्दोलनका सक्कली नेताहरूले बेलैदेखि होस पुर्?याउनु राम्रो हुनेछ । नत्र अतीतमा झैँ गुलाफ फुलाउने तिनको रहर वनमारा झारले ढाकिएर निस्सारतामा समाप्त हुने खतरा छ ।
 
Posted on 08-21-05 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/Nepal/afailaishodera.php

शाही शासनमा ठगी सिरियल -खगेन्द्र संग्रौला
अनुभवको कुरूप ऐनामा पढ्दा मलाई शाही शासन सबै कुरामा उल्टो प्रतीत हुन्छ । दिशा यसको उल्टो छ, गति उल्टो र उल्टै मति । प्रचलित तर्कप्रणालीको उल्टो, मानवसभ्यताद्वारा स्थापित मर्यादायुक्त मूल्यप्रणालीको उल्टो । मुखले नरम बोलीमा प्रजातन्त्र भनियो, कामले कठोर निरङ्कुशतन्त्रको नग्न अभ्यास थालियो । मुखले सुशासनका कुरा कथुरियो, व्यवहारले कुशासनको मौलो गाडियो । भ्रष्टाचारी सदाचारी ठहरियो, व्यभिचारी आदर्श पुरुष मानियो । गर्ने नागरिक शासन नै हो भनियो, अघोषित सैनिक शासनको खाँडो जाग्यो । शाही शासनमा अपराधी कञ्चन भयो, व्यभिचारी सज्जनमा गनियो । खिया-पुरुष तरोताजा पुरुषमा पर्?यो, इतिहासको पत्रु पात्रले जीवन्त र गतिमान पात्रको सम्मान पायो । जता हेर्छु, जे पनि उल्टो छ ।

उल्टाहरूको यो उल्टो शासनमा हालै एउटा ठगी सिरियलको मञ्चन भयो । संयोग अनौठो छ । राजा ज्ञानेन्द्रको सवारी सुनसरीमा भएको थियो । त्यहाँ जाग्रत नेपालीहरूले नचिनेका, नचुनेका र नपत्याएका राजाका एक दर्जनजति कार्यकर्ताहरू भेला गरिए । अनि, राजाले तिनलाई ठिङ्गे लगाएर एक 'राउन्ड' अर्ती दिए । सुन्दा अर्ती औधी राम्रो थियो । तिमीहरू जनताका मर्का बुझ, तिमीहरू जनताको सेवा गर, आदि । ठीक त्यहीबेला यता राजधानीमा शाही शासनकै छत्रछायाँमा ठगी सिरियलको धुमधामका साथ मञ्चन हुँदैथियो ।

प्रसङ्ग नेपाल टेलिकमको हो । शाही सत्ताद्वारा लामो समयसम्म प्राण हरिएको पि्र-पेड मोबाइल उग्र विरोध र अखण्ड निन्दापछि खोलिने भयो । तर, त्यसमा एउटा नादिरशाही सर्त थोपरिएर आयो । भनियो, फारमवालाको चिनारी एक सरकारी हाकिमद्वारा सदर गरिनुपर्छ । यो ठगी सिरियलभित्रको कुटिल कार्यनीति थियो । थाहा छ, भुक्तभोगी नागरिकका नजरमा हाम्रा भ्रष्ट सरकारी अड्डाहरू धक र दकसका मुहान हुन् । नागरिकलाई झुलाउनु, गलाउनु, लतार्नु र ठग्नु त तिनको सनातन संस्कृति नै हो । जब सरकारी सर्त सुन्यो, त्यो सुनेर सरोकारवाला नागरिक गलित भयो । कुन सरकारी हाकिमबाट आप\mनो चिनारी सदर गराउनु ? निज भीआईपीकहाँ त्यतिमाथि कुन माध्यमले पुग्नु ? आप\mनै पहुँच वा सोर्स-फोर्स हुने केही थोरै भाग्यमानीहरू त पुग्लान् नै । जुन अभागीको त्यो छैन, उसले के गर्नु ? ससाना र निमुखा नागरिकहरूसामु यसरी अनेकन विकराल प्रश्नहरूले मुख बाए ।
क्रमशः
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters