Posted by: Ok July 19, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46208 निशानाबाज, डुंगा र मरिचमान खगेन्द्र संग्रौला - 'शाही कदमको सर्वत्र प्रशंसा भइरहेको छ । जो हुकुम जो निगाह, सरकार !' यो भक्तिवाणी टंक ढकालको हो । यी ढकाल 'रचनात्मक' राजाका प्रवक्ता र सञ्चार मन्त्री दुवै हुन् । शाही फिलिम महोत्सवको मैजारोको दिन थियो । फिल्मी जगतका शाही शासनका भक्त-भक्तिनीलाई बक्सिस प्रदान गर्न सभाकक्षमा राजाको सवारी भएको थियो । मौका छोपेर मन्त्री ढकाल भक्तिमार्गको ढिस्कोमाथि उभिए । अनि उनले मौसुफका चरणमा यसरी एक राउन्ड चाकरी चढाए, जो हुकुम जो निगाह, सरकार ! लक्षण हेर्दा कुन्साङ काकालाई लाग्छ, राजदरबारको सेरोफेरोमा जनपक्षका सञ्चारमाध्यमहरूको सूचना र आवाज फिटिक्कै पुग्दैन । पुग्न निषेध गरिएको छ । त्यहाँ शाही सञ्चारमाध्यमहरूको सूचना र आवाजमात्र पुग्छ । त्यो सूचना र आवाजका निर्माता यिनै ढकालहरू हुन् । लाग्छ, राजा यिनै एक आयामिक भक्तिवाणी सुन्छन्, पत्याउँछन् र प्रसन्न हुन्छन् । ढकालले मौसुफमा बिन्ती चढाए हुनन्, 'मसमेतको मन्त्रिमण्डलको सर्वत्र प्रशंसा भइरहेको छ । जो हुकुम जो निगाह, सरकार !' राजालाई स्वभावतः टंकवचनमा विश्वास लाग्यो होला । र नै मन्त्रीहरू थपथाप गर्न अर्को एउटा ओडार खनियो । त्यो अँध्यारो पञ्चायती ओडार थियो । ओडारबाट खियाले खाएका केही पात्रहरू झिकिए । र भनियो, यी थपुवा मन्त्रीहरू हुन् । काकाले नियालेर हेरे, जम्मै अनुहार उस्तै छन् । तुलसी गिरीजस्तै, टंक ढकालजस्तै, सत्चितशमशेर राणाजस्तै, आरके मैनालीजस्तै । इतिहासका यी पत्रु पात्रहरूको उपस्थितिले समस्त परिवेश दङदङी गन्हायो । काकालाई दिगमिग लाग्यो । वाकवाकी आउला कि, आउला कि भयो । अनि मुन्टो निहुर्?याएर बमन गर्न काका विवश भए । सके त्यो घडीमा राजाका परम् पत्यारिला टंक ढकाल राजाछेउ जाहेरी गर्दैथिए होलान्, 'सरकार, थपुवा मन्त्रीहरूको सर्वत्र प्रशंसा भइरहेको छ । जो हुकुम जो निगाह, सरकार !' पत्रु पात्रहरूको यो पत्रु कथा रोमाञ्चक छ । थपिएका शाही मन्त्रीहरू एकसेएक निशानाबाज हुन् । यिनको अचुक निशानाका प्रमाणहरू निशाना-पीडितहरूका घायल मनका झोलीमा टनाटन भरिएका छन् । जगत गौचनको निशाना पत्रकार हो । यिनको निशानामा परेर पत्रकार पदम ठकुराठीको आँखै गयो । निशाना दागे, पक्राउ परे, हत्यारो सावित भए र निशानावीर गौचन महोदयले आधा दशकसम्म कारागारको हावा खाए । आखिर दुर्लभ योग्यताको कुरा न हो । अहिले यिनले निशानाबाजीको पराक्रमको पुरस्कार पाएका छन् । सके नवीन काम-कर्तव्य पनि पत्रकारलाई नै निशाना बनाउनु होला । क्रमश:
Read Full Discussion Thread for this article