Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 49071 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 05-04-05 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PLEASE READ

I do enjoy writing publicly -- taking risks with ideas, commenting on Nepal-related situations/events, challenging -- if foolishly some popel's and sharing my thoughts with others


AS

I do enjoy writing publicly -- taking risks with ideas, commenting on Nepal-related situations/events, challenging -- if foolishly -- some people's cherished beliefs and assumptions, and sharing my thoughts with others
 
Posted on 05-04-05 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey, What about taking some time and answering my queries about Gould and his failed theory? If u don't then i'll have to come to the conclusion that u are a big show off.

IF Kusangkaka is BAD if we believe ashu then what about Kundababa, his boss, what is he? A GOOD BOY?


 
Posted on 05-04-05 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Before criticizing KAKA, lets not forget that he possesses a great history of being a visionary and forward-thinking social reformer. Just to enumerate a few- he has fought against the छुवाछुत system. He has dared to share his table with "untouchables" at every occasion possible, he has dared to speak against any tyrannies and he has never shown any perturbation in his beliefs. So when anybody criticizes him, especially by focussing only at a few extremes of his, i normally check the accuser's own credibility which gives me a good cause to laugh. In KAKA's own words, "चिलाउनेको रुखमा सुपारी नै फले पनि" , Khagendra Sangaraula does not need any introduction and he IS WHAT HE HAS BEEN. Everyone from Makartantra to Likhe damai knows him well in his own merit.
 
Posted on 05-04-05 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PDQNo.1,

I made a reference to Gould as an ANALOGY,
and NOT as the meat of my argument.

Let's not get tripped by by side-issues on this thread about Sangraula.

Just to keep thoughts straight: I indicated that I am more persuaded by Gould's critics (who have background in biochemistry and genetics), though I have enjoyed reading many of Gould's books.

I have therefore used their "whatever Gould's scientific faults were, at least he
was against the creationists too" sort of reasoning to explain my own attitude toward Sangraula in the line of "whatever faults Sangraula displayed in the past, at least he's saying all the right things in these times".

You are welcome to interpret the use of this analogy in any way that makes YOU
happy.

And it's perfectly OK (pun intended!) to disagree with my characterisation of Sangraula as someone whose "OVERALL strengths far outweigh his weaknesses, and that it's good to applaud him for his strengths while making a note fo his PUBLIC failings (some of which I have listed here) that sit oddly with his democratic credentials"

After all, hey, what good is any discussion if it doesn't get some thinking-juices flowing?

oohi
ashu
 
Posted on 05-05-05 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pade_queen_no .1

kata harako?!:o(
hehe anyway welcome back hai:o)u ko name dekhera me very happy.
degrade thread garyo bhanera rishaune hoina hai koi pani:@ yaha saathi bhetnu ayeko :D

me out.
 
Posted on 05-05-05 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thread degrade


 
Posted on 05-05-05 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Eh, ani sathi bhet bhayo ta? :P
 
Posted on 05-05-05 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sangraula's raving and ranting against the present regime might not be able to make any long-lasting impact on the readers mind though,as Ashu has pointed out. Mithas kam cha, gaali galaut jyada cha, Sangraula ko lekhai ma, sugga ko ratai pani cha. Makartantra ra Kusangkaka sabda use gardai matra bhaena ni.

Ruina, Thanks for welcoming me back, girl. I was always here, the only thing that u guys didn't see me.

Houston, Poila gaeko keta le 2 month mai chodi diyo. What to do? I am plannng to come to Houston now

Ashu,
I don't think that Gould's theory has been proved wrong. of course, it has lots of crtitiques. i suggest u to read Douglas J. Futuyama's evol. bio book.
 
Posted on 05-05-05 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाडे रानी नम्बर १,

गुरुका शब्दहरुमा - सुकोमल बक्छ्यहरु छैनन, नितम्बहरु छैनन, कन्चटमा मुस्कान खेलाउदो त्यो सुकुमार अनुहार छैन । मार्क्सबादि सौन्दर्य शास्त्रका पथिक परे गुरु - होस पानि कहा् ? पारिजातको छायामा किचिएका गुरुको शब्दहरुमा पारिजात छैन, अर्थात नारि सुलभ लालित्य छैन ।

सत्तारि बर्से जर्खट्टे बुढाहरुको नौटङ्किमा मिठो हुने कुरै के छ र मिठास आअोस?


सुकुमारिका डिम्पलजस्ता अन्तरमुखि नितम्बहरु, पहेलो गुलुपमा टलकिदो अर्ध चन्द्राकार क्रितिम गिजाहरु, समयले खाएर मुजा परेका गालाका छालाहरु, कुनै गरिबको कहिल्यै नखोलियेको थौलि झौ कलेटि होठहरु,,,,सत्तारि बर्से जर्खट्टे बुढाहरु

मिठो छ ?

 
Posted on 05-05-05 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ekdum Mettho cha, saccharine jasto.
 
Posted on 05-10-05 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालापानी, दादागिरी र कृति
खगेन्द्र संग्रौला
- भन्न थालेको कसले र कहिलेदेखि हो थाहा छैन, नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्दै आइएको छ । सुन्दा यो तरुल एकदमै निम्छरो लाग्छ । कोमल प्रकृतिको र कठोर ढुङ्गाको चेपमा निर्ममतासाथ चेपिएको । अहिले यो कमजोर तरुलको एउटा चोइटो उक्काएर दुई ढुङ्गाले भागबण्डा गरेका छन् । यी दुई विशाल ढुङ्गा चीन र भारत हुन् । हरण गरिएको तरुलको यो चोइटो हो हाम्रो नेपालको कालापानी ।
थाहा छ, कालापानी खसोखास नेपालको हो । यो भौगोलिक र ऐतिहासिक प्रमाणले सिद्ध गरेको अकाट्य तथ्य हो । नेपाललाई हेपेर कालापानी निल्न आइलाग्ने दिल्लीले होइन भनेर जिद्दी गर्नु अचम्म होइन । तर बेइजिङले कमसेकम हिजोसम्म धर्म छाडेको थिएन । चीनले जारी गरेको मानचित्रमा कालापानी नेपालतिरै छ । कुन्साङ काकालाई सम्झना छ, जब कालापानी हाम्रो हो भन्दै नेपालमा राष्ट्रिय आवाजको रन्को उठ्यो तब दिल्लीले सरासर ढाँट कुरा गर्?यो । अनि नेपालका लागि चिनियाँ राजदूत जङ सुयाङ 'ए रात्तै' भन्दै कम्मर कसेर अघि सरे । उनले प्वाक्क भने, 'लिपुलेक भन्ज्याङलाई चीन, नेपाल र भारतको त्रिदेशीय सीमाविन्दु मानिएको थियो । त्यसअनुसार कालापानी नेपालतर्फ पर्छ ।' यो छपन्न साल भदौ १७ गतेको कुरा हो । तिनताक बेइजिङ उदार र मानवीय थियो । अहिले ऊ ढुङ्गो भएको छ । र नै ऊबेला बोलेको बोली बिर्सेर उसले अहिले हाम्रो कालापानी हरिने कार्यलाई दादागिरी शैलीमा सदर गरिदिएको छ । यसरी बेइजिङ र दिल्लीका शासकहरू 'ढुङ्गा-ढुङ्गा एक होऔँ' भएका छन् । काका भन्छन्, मिलिजुली आ-आप\mना आर्थिक स्वार्थ पूरा गर्न हाक्काहाक्की अर्काको माटो लुट्नु दुष्टताको तुच्छतम उदाहरण हो । यो दुष्टताको यथोचित निन्दा गर्न हाम्रा दुःखी काकालाई शब्दकै दुःख छ ।

इतिहास भन्छ, कालापानीको कालो कथाको पहिलो संस्करण राजा महेन्द्रको कृति हो । एकतन्त्रीय पञ्चायतको जन्मसँगै यो कृतिको रचना भयो । दमनकारी पञ्चायतलाई दिल्लीको समर्थन, दिल्लीलाई कालापानीको दान, गोप्य लेनदेन यसरी भएथ्यो । जनचेतनाको आँधीमा परेर पञ्चायत जब ढल्यो, खुला परिवेशमा गोप्य लेनदेनको पोल खुल्यो । अहिले हाम्रोमा मकरतन्त्र छ । पञ्चायतमा झैँ अहिले चेतना र विवेक, सूचना र आवाज दबिएका छन् । यो साँगुरो, निराशलाग्दो वातावरणमा बेइजिङले नेपालको कालापानी दिल्लीलाई मारिमेटी बुझाइदिएको छ । काका सविनय सोधनी गर्छन्, उठ्दा, बस्दा, खाँदा, हिँड्दा, लघुशङ्का गर्दा र दीर्घशङ्का गर्दासमेत पनि राष्ट्रवादको रट लगाउन नछाड्ने मकरतन्त्र यतिखेर कहाँ के हेरेर बसेको छ ? के कालापानीमाथिको बज्र प्रहारमा मकरतन्त्रको पनि गोप्य मतियारी छ ? दिल्लीलाई कालापानी, मकरतन्त्रलाई दिल्लीको आसिरवाद, के मकरतन्त्रको मौनताको अर्थ नागरिकले यसरी बुझे हुन्छ ?

छिमेकीका नजरमा चीनको अनुहार पहिले अलि सुन्दर थियो । कसैमाथि वा केहीमाथि अतिक्रमण नगर्ने, त्यसो गर्नेका च्यापुमा चाबुक नदिइ नछाड्ने । यो थियो उसको अटल नीति । तर अब ऊ आर्थिक स्वार्थका मुखेन्जी सानो र कमजोर छिमेकीको भू-राजनीतिक संवेदनशीलतालाई समेत क्रूरतासाथ कुल्चिन थाल्यो । कालापानीको कुरूप किस्सामा नग्न भेषमा त्यो देखियो । हिजो बेइजिङका नजरमा सिक्किममाथि दिल्लीको अतिक्रमण उपनिवेशवादी धावा थियो । आज उसका नजरमा उही अपहरित सिक्किम भारतको अभिन्न अङ्ग भएको छ । यो ढुङ्गा-ढुङ्गाबीच लेनदेनको मामिला हो । सिक्किम भारतको, तिब्बत चीनको, समान लेनदेन जिन्दावाद !

मत्स्य न्यायको रीतमा ठूला माछाले साना माछालाई खान्छ । त्यसैले मानिसको सभ्य संसारमा मत्स्य न्याय निन्दित छ । तर विशाल ढुङ्गारूपी चीन र भारतले एक्काइसौँ शताब्दीमा मत्स्य न्यायको ध्वजा उठाएका छन् । यी दुई ठूलाले मिलेर सानो नेपालको कालापानी क्वाप्पै खाइदिएका छन् ।

नेपालका लागि कालापानी स्वतन्त्र अस्तित्वको प्रश्न हो । त्यो हाम्रो भूगोलको अंश हो, हाम्रो प्रकृति हो र हाम्रो प्राकृतिक सम्पदाको मुहान हो । उसो त त्यो हाम्रो पहिचानको अभिन्न अङ्ग पनि हो । र हाम्रालागि यो ठूलो कुरा हो । पैंतीस वर्ग किलोमिटर माटो भनेको ठट्टा होइन । त्यति माटोमा घटीमा एक लाख मानिसको बस्ती अटाउँछ । तर त्यो माटो अब छैन । प्रायः दादागिरी शैलीमा प्रस्तुत हुने दिल्लीको व्यवहार हेरेर नेपालमा उसलाई 'ठुल्दाइ' भन्ने चलन छ । तर चीनलाई नेपालले कहिल्यै 'ठुल्दाइ' भन्नुपरेको थिएन । अब भने भन्न विवश भइयो । दिल्लीको मिचाहा संस्कृतिको सिको गर्दै बेइजिङ हठात् ठुल्दाइको भेषमा प्रस्तुत भयो । ठुल्दाइ-ठुल्दाइ एक भए । र यिनले आप\mनो बिर्ता सम्झेर नेपालको कालापानीको अस्मिता हाक्काहाक्की हरण गरे । छिमेकी सम्बन्धको मानवीय संस्कृतिमा यस्तो हुँदैन । ब्वाँसो संस्कृतिको कुरा अर्कै हो ।

कालापानी दिल्लीका क्रूर बुटमुनि किचिएको थियो । हाम्रो अर्थबल, जनबल, सैन्यबल वा कुटनीतिकबलको सहाराले त्यसलाई मुक्त गर्ने सम्भावना शून्यप्रायः थियो । तैपनि एक अर्थमा त्यसमा नेपालको अलिकता बल बाँकी थियो । 'खबरदार, हाम्रो कालापानी खालास्' भन्ने नाराले दिल्लीलाई घरिघरि झस्काउँथ्यो । ऊ नेपालको अर्को कालापानीमा हात हाल्न हच्किन्थ्यो । तर अब हाम्रो त्यो बल पनि गुम्यो । उखान भन्छ, 'सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ ।' कुरो गम्भीर छ !

अनुदार शासनको आसनमा अहिले अतिशय अलोकपि्रय अनुहारहरूको बिगबिगी छ । जनसमर्थनका दृष्टिले यिनको न टेक्ने धरती छ, न समाउने हाँगो छ, न त आड लाग्ने फेद नै छ । यी फकिरहरूको केही

छैन । शासनबाट जब यी खस्छन्, फेरि यो जुनीमा यिनीहरू शासनमा उक्लिन पाउने कुरा त्यत्तिकै हो । त्यसैले शासनको आधारविहीन आसन जब हल्लिन थाल्छ, आसनमा किर्नोझैँ टाँसिइरहन यिनले जे पनि दाउमा राख्ने खतरा छ । काका गम्छन्, खतरा भयावह छ, त्यो एकदम ज्वलन्त छ । रक्तरञ्जित कालापानी मौन सुस्केराको भाकामा भनिरहेछ, इतिहासको यो कुरूप घडीमा सिङ्गो राष्ट्रको अस्तित्व र अस्मितामाथि खतराको बादल मडारिन थालेको छ । कुर्सी नरहे देश जतासुकै जा ! यो पेटीमा टिपेर सत्तामा उकालिने पात्रहरूको मन्त्र हो । थाहा छ, यस्ताहरूमा सामाजिक-नैतिक दायित्व लेसमात्र पनि

हुँदैन । यस्ताले गर्नसक्ने काम कालापानीका कुरूप कथा रच्नुमात्र हो । पहिलेका यस्ताले यसै गरे, अहिलेका यस्ताले त्यसै गर्नेछन् । र नै काका लोकलाई खबरदारी गर्छन्, मकरतन्त्रदेखि होसियार !

मुलुकमा अहिले राजाको एकछत्र शासन

छ । मकरतन्त्रमा जे राम्रो हुन्छ त्यसको जसजति डल्लै राजाका भागमा पर्छ । र जे नराम्रो हुन्छ त्यसको अपजस पनि डल्लै राजाकै भागमा जान्छ । श्री टी. गिरी र टी. ढकाल, कीर्तिबाबु र आर. के मैनाली त केवल अरौटे हुन् । यिनले भनेको गर्छन्, दिएको खान्छन् । जब राजसी शासनको अपजसभाग हात थाप्ने बेला आउँछ त्यो बेला यिनीहरू तर्किँदै भाग्नेछन् । भाग्दाभाग्दै यिनले भन्नेछन्, शासनमा निर्णय मेरो थिएन, आदेश मेरो थिएन, आकाङ्क्षा मेरो थिएन । दिमाग बन्धकमा थियो, त्यसैले मैले कहिल्यै केही सोचिनँ । अतः म न जस माग्छु, न त म अपजस नै काँध थाप्छु । म जस-अपजस सबै नै महाराजका पाउमा अर्पण गर्छु । म धर्म फराक हुन्छु । यो जगतका ताबेदारको सनातन चरित्र हो । यसको अर्थ हो, कालापानीको कथाको अन्तिम संस्करण महाराजको एकलौटी कृति ठहरिने भो । कुन्साङ काकाको विचारमा यो उति सुन्दर कृति अवश्यै होइन ।
 
Posted on 05-10-05 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी का नाममा पनि लेख्न थालेछन् त काकाले। अब कैले देखि आत्मराम र सञ्जु पनि मुछिने हुन्।

:)

-सरु
 
Posted on 05-10-05 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha Ha ha ..ho yaar.aghi kantipur ma padhda kheri nai maile samjhya thiye............Dadagiri ko barema lekhna thalechhan hai kakale bhanera ni...hou gathe!
 
Posted on 05-11-05 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaka le ramro lekhe. bharat le tibet china ko ho bhanyo, nepal ko sahi sarkar le dalai lama ko office banda garayo, china le sikkim ta india kai ho bhanyo, AND hamro sahi sarkar ka prime minister le pani , jakarta ma man mohan sing lai bhetera, china hudai farkera arko kura milyae: "kala pani india lai, nepal ko sashan satta gyanendra lai". yeti lato hisab ta bujhna paryo ni hami sabai le.
"KHABARDAR TERO SASHAN TIKAUNA LAI HAMRO MATRIBHUMI KO TRADE NAGAR"
 
Posted on 05-15-05 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित पोखरेलका नाउामा

मेरो मनमा चोटैचोटको लाम छ । यी नागरिकहरूको हत्याबाट बनेका चोट हुन् । हत्या निहत्था माओवादीको होस् वा निहत्था सैनिकको, निहत्था सुराकीको होस् वा निहत्था जासुसको, त्यो सधैँ नै एउटा मर्मान्त चोट भएर आउँछ । अनि त्यो झीरझैँ मनको कोमल पत्रमा झ्वाम्मै गाडिन्छ । चोटको यस शृङ्खलामा भर्खरै अर्को नयाँ चोट थपियो । यो पण्डित नारायणप्रसाद पोखरेलको हत्याले बनाएको चोट हो । अपराह्नको एउटा पीतपत्रमा समाचार पढेँ । पत्यार लागेन । अथवा भनुँ, यी पण्डितप्रतिको अनुरागले मलाई पत्याउन दिएन । तर, क्रूर यथार्थसामु मेरो आशा जलेर त्यसै खरानी भयो ।

हत्याको खबर सदर भयो र म हतप्रभ भएँ । सञ्चारमाध्यमहरूमा बगेको संवेदनाको बाढीले बहकिएर म हतप्रभ भएको होइन । यी पण्डितसँग मेरो नाता थियो । त्यस नातामा आपसी अनुरागको अंश थियो । जब पण्डित मारिए, मलाई आपनै जीवनको एक अंशको हत्या हुँदाको पीडाको अनुभूति भयो ।

सम्झन्छु, डेढ वर्षअघि मलाई एक दिन यी पण्डितको फोन आएथ्यो । त्यो अनपेक्षित थियो । फोनमा तिनले भने, "मलाई कुन्साङ काकाको दर्शन गर्न मन छ । काकाबाट यति कृपा होला ?" यिनको यस आग्रहमा चापलुसीको पुट होला कि आदरभाव ? वा यिनको सनातन शैली नै पो यस्तै होला कि ? मनमा तर्कनाहरू खेले । जेहोस्, पण्डित पोखरेल पनि मेरा पाठक रहेछन् । म खुसी भएँ ।

तर, मलाई भेट्न मन लागेन । पण्डितजीबारे सुनेका कुराहरू उनिएर मेरो मानसमा उनको व्यक्तित्वको विरोधाभाषी विम्ब बनेको थियो । एउटा समाजसेवी, अर्को आडम्बरी । उनका आलोचकहरू भन्थे, "समाजसुधारको आवरणभित्र उनी आडम्बरको खेल खेल्छन् । सम्मोहनकारी वाचन, गायन र अभिनयको माध्यमले भक्त-भक्तिनीहरूलाई पगालेर उनी रकम धुत्छन् र राशलीला गर्छन् । दानको नाउँमा उल्क्याएर उनले कतिलाई त नाङ्गै बनाएका पनि छन् ।" मैले टाढाबाट सुनेका कुरा यिनै थिए । तर, व्यक्तित्वको अर्को पाटोमा भने उनी मलाई चमत्कारी लाग्थे ।

पहिलो फोन संवादमा व्यस्त छु भन्ने निहुँ बनाएर म पन्छिएँ । भेट्नलाई साझा कुरा के नै पो होला र भन्ने मलाई लाग्यो । तर, उनी रहेछन् अथक साधक । महिनैपिच्छे उनको फोन आई नै रह्यो । फोनमा उनी उही कुरो भन्थे, म उही कुरो भनेर तर्किन्थेँ ।

सुन्दरीजलमा बीपी कारागारलाई बीपी सङ्ग्रहालय घोषित गर्ने भेला थियो । त्यहाँ यी पण्डितसँग मेरो भेट भयो । उनले भाषण गर्दै भने, "सङ्ग्रहालयको शिर उठाउन म आपनो वाचनकला अर्पण गर्ने मौका पाऊँ ।" उनको त्यो छोटो भाषणले ममा गहिरो छाप पार्?यो । बान्की परेको कान्तिमय प्रसन्न अनुहार, शब्द छनोटमा विलक्षण चातुर्य, शब्दको लहरभित्र मनोविनोदी झङ्कार र माधुर्ययुक्त स्वर । ती सबै तत्त्वको योगले उनको भाषणमा सम्मोहनको पाइन् भरिएको मैले पाएँ । उनको कलेवरमा मैले एउटा सानो रजनीश देखेँ । अनि त्यस क्षणले हामी दुईलाई नजिक ल्याइदियो ।
क्रमशः

 
Posted on 05-15-05 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनी मारिनुअघि हाम्रो दुईचोटि भेट भयो । भेट छोटा थिए तर ती अर्थपूर्ण थिए । भेटमा उनको अभियानबारे उनलाई मैले केही प्रश्न सोधेको थिएँ । पण्डितजीे, कसैले यो अभियान पैसामा प्रतिष्ठा किनबेच गर्ने चौतारी हो भन्ने फत्तुर लगायो भने आपनो बचाउ गर्न तपाईं के भन्नुहुन्छ ? अनि यसबाट रचना हुने संस्कृतिको प्रकृति कस्तो हुन्छ ? पैसा हुनेको जयजय, पैसा नहुनेको पराजय- यस अभियानले कतै यस्तो सन्देश सम्प्रेषण गर्?यो भने !

पण्डित कुशल वाचक मात्र हैन, विनम्र श्रोता पनि रहेछन् । मेरा कुरा उनले ध्यानले सुने । समस्याको यस पाटोमा उनी मसँग सहमत पनि भए । तर, दानको रकमले गर्ने सामाजिक कल्याणका मुखेन्जी यो कुरा गौण हो भन्ने तर्क उनले राखे । अनि भने, "सामाजिक जागरणको प्रक्रियामा जागृत हुने चेतना आफैँ यस्ता विकृतिविरुद्ध जुध्दै जाला ।"

कुनैबेला सँगै पोखरा जाने, सुन्दर फेवातालको किनारामा कतै एकान्तमा बसेर आरामले विचार आदान-प्रदान गर्ने र सामाजिक सहकार्य गर्ने साझा बुँदाको खोजी गर्ने उनको प्रस्ताव थियो । उनी भन्थे, "दाइ, मेरा धार्मिक अनुष्ठानका ढोकाहरू सदैव खुला छन् । स्वागत छ, निसङ्कोच आएर आपना विचार राखिदिनुभए हुन्छ ।" तर, उनको हत्यासँगै हाम्रो त्यस परिकल्पनाको पनि हत्या भयो ।

पण्डित पोखरेल सामाजिक जागरणद्वारा भौतिक विकास गर्ने सपना देख्थे । धार्मिक अनुष्ठान उनको माध्यम थियो । उनको अध्यात्म उदार, सहिष्णु र परोपकारी थियो । त्यसमा बहुलताको सङ्गम थियो । उनी दलितलाई धार्मिक सभाको नायक बनाउँथे । उनी दलितका हातको प्रसाद खान्थे र अरूहरूलाई खुवाउँथे । उनी भन्थे, "मानव जगत्मा जात केवल दुईवटा छन्, नारी र पुरुष । बाँकी जातहरू मिथ्या हुन् ।" कथित विशुद्ध हिन्दुत्वको नाममा कठोर कट्टरता प्रदर्शन गर्ने पाखण्डी कर्मकाण्डीहरूका अगाडि उनको यो उदारता लर्तरो साहस होइन । उनले साहस देखाएर गए ।

पोखरेलको लोकपि्रयताबाट कर्मकाण्डीहरू जलेका हुनन् । तिनैले पो उनको ज्यान लिए कि भनी आशङ्का गर्नेहरू पनि छन् । उता म माओवादी हुँ भन्ने कुनै दलित मोर्चाले 'मारेको मैले हो' भनेछ । यो मोर्चा सक्कली हो कि नक्कली हो थाहा छैन । पोखरेल जातीय भेदभावका कट्टर बैरी थिए । तर, उनको वध गर्नेले उनलाई भेदभाव गरेको फत्तुर लगाएको छ भन्ने सुन्छु । अचम्म छ, जे उनको सक्कली सबलता थियो, त्यसैलाई उनको दुर्बलता मानिएछ । उसो त उनलाई अब जे आरोप लगाए पनि भयो । आरोपको प्रतिवाद गर्न अब उनी जीवित छैनन् ।

पोखरेल जति लोकपि्रय थिए, उनको हत्या गर्ने हात त्यसको दुगुना अलोकपि्रय हुनेछ । शोकको यस अपि्रय क्षणमा मेरा पण्डित मित्रलाई मेरो सानो श्रद्धाञ्जली !

http://www.kantipuronline.com/Nepal/afailaisodhera.php


 
Posted on 05-31-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नागरिक दृष्टिमा माकुनेको स्थान


खगेन्द्र संग्राैला

- भनेरमात्र हुँदैन, ती हेर्नका हुन्छन् । आदर्श र आचरणले दलहरू उत्तम, मध्यम वा अधम हुन्छन् । समयको धड्कन र नागरिकका सपना बुझेर चल्ने दूरदर्शी र त्यागी दल उत्तम हो । लातको प्रतीक्षा गर्दै लातकै आघातले चेत पाएरमात्र चल्ने दल मध्यम हो । छाँटले हाम्रा दलहरू मध्यम काँटका रहेछन् । जब लातको आघातले रन्थनिन्छन्, लात दाताविरुद्ध यी एक हुन्छन् । अहिले सात दल एक भएका छन् । यो शाही लातको योगदान हो ।
असोजतन्त्रविरोधी आन्दोलनले शनैशनै गति लिँदै थियो, माउ काङ्ग्रेस र एमालेमा प्रधानमन्त्री पदको किचलो सुरु भयो । श्री माकुनेलाई निहुँ चाहिएको थियो, कार्यकर्ताका निश्छल आँखामा छारो हाल्न निजलाई भनेजस्तो निहुँ प्राप्त भयो । अनि माकुनेगण माउ काङ्ग्रेसको रिसले देउवाका दासतामुखी पाइला पछ्याउँदै शाही सपनाको भरिया बनेर सिंहदरबार छिर्?यो । बस्, माउ काङ्ग्रेस र एमालेको बोलचाल बन्द भो । उता दरबारमार्गी प्रजातान्त्रिक काङ्ग्रेस र रत्नपार्कमार्गी माउ काङ्ग्रेसबीच पानी बाराबार त यसै छँदैथियो । यत्तिकैमा माघ १९ को दाउ छोपेर मकरतन्त्र आयो । अनि कठोर शाही सत्ताले सकल दललाई घेरामा पार्?यो । कमसेकम सडकसम्म त दलको थियो, अब त्यो पनि हरण भयो । अनि शाही सरकारले शस्त्रबलले सारा दललाई घेरेर एउटै साँगुरो वृत्तभित्र प्याकिस गर्?यो । पेलिँदै जाँदा वृत्त झनझन् साँगुरो हुँदैगयो । अनि निर्मम पेलानको चेपमा परेका सात दलका नाक आपसमा ठोक्किन पुगे । अगाडि नाक ठोक्किए, पछाडि नितम्बमा प्रहार रोकिएन । त्यसपछि सात दलले घाइते नाक सुमसुम्याउँदै समवेत स्वरमा भने- नाक ठोक्किनेजति एक होऔँ, ठोक्नेलाई ठोक्न कम्मर कसौँ ! सात दलको बाध्यात्मक एकताको अन्तरकथा यही हो । रमिता भयो । एकछिन अघिसम्म नेमकिपा भन्दैथियो, एमाले र तान्त्रिक काङ्ग्रेसले हुकुमी शासनका खेताला भएर जनविरोधी अपराध गरेका छन् । यिनले कान समातेर माफी नमागुन्जेल म यिनका मुखै हेर्दिनँ । तर जब नाक ठोक्कियो, नेमकिपाको दाबीको दम पनि सकियो ।

लातपछिको एकता नै सही, लोकतन्त्रका साझा एजेन्डामा सात दल एक हुनु शुभारम्भ हो । तर काकाको विचारमा यो एकता प्राविधिक हो । यो बोक्रे एकतालाई विचार र भावनाको सूत्रमा उनेर जिउँदो एकताको रूप दिन गर्नुपर्ने धेरै छ । के हाल दलहरूका गजुरमा उभिएका कतिपय अनाकर्षक अनुहारहरूले यो कर्म गर्लान् ? एमाले दलका नम्बर एक गजुरबासी श्री माकुनेको आचरण देखेर कुन्साङ काकाको मनमा शङ्का जागेको छ । घरमा आगो लागेका बेला आगो निभाउने पानी खोज्न टाढाको सागर धाइँदैन, नजिकैको कुवातिर कुदिन्छ । तर माकुने भने सागरतिर कुदे । दक्षिण कोरियामा हुने एसियाली दलहरूको बैठक एउटा निहुँ बन्यो । अनि सोही निहुँको पुच्छर समातेर मिस्टर माकुने गगन विहारमा निस्के । यो निजको गैरजिम्मेवारीको हद हो । माकुनेको सनातन स्वभावलाई त यो कर्म शोभनीय नै होला, तर एमाले महासचिव पदको गरिमालाई भने यो लाजमर्नु कुरा हो ।


 
Posted on 05-31-05 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकतन्त्रको चल्लोमाथि चिलले झम्टा मारेको बेला इतिहासको रथ हाँक्ने जनपक्षीय सारथीको पलपलमा महत्त्व हुन्छ । सारथी विवेकवान भए रथ सही दिशातिर हुइँकिन्छ, नभए रथ कृष्णभीरतिर सोझिन्छ । लाग्छ, श्री माकुने कृष्णभीरमुखी सारथी हुन् । देशमा तत्काल नगरी नहुने कामको चाङ थियो । आप\mनो दलका सयौँ नेता-कार्यकर्ता खोरमा थिए । उचित भोजन, जल, वायु र स्वास्थ्योपचार नपाएर ती तड्पिरहेका थिए । पलपलको उपयोग गरी आफूले धमिल्याएको दलको छवि सङ्लो पार्नु थियो । गुटैगुटमा चिरिएको दललाई भावनात्मक एकताका सूत्रमा उन्नु थियो । सात दलको कोरा राजनीतिक कार्यक्रममा जनजनले बुझ्ने गरी तिनका विविध आकाङ्क्षा र सपनालाई समेट्नु थियो । स्वतन्त्र सञ्चारमाथि बजि्रन लागेको मकरतन्त्रको घातक बन्चरोलाई तर्काउनु थियो । तर श्री माकुनेलाई यी कुनै कुराको पनि चिन्ता भएन । चिन्ता भयो त केवल गगन विहारको आनन्दको । अनि चिन्ता भयो पाकेट खर्च बापत पाइने मुहुनीमय डलरको । पैसा र पद माकुने महोदयका सबैभन्दा पि्रय वस्तु हुन् भन्ने तथ्य त जग जाहेरै छ ।

ल्ाोकतन्त्रप्रति सहानुभूतिशील एसियाली बन्धुहरूसँग गुहार माग्न कोरिया जानु ठिकै होे । तर मुलुक विपतको सिमसारमा फँसेको बेला आखिर माकुने नै किन ? कोही महासचिवको वारिसे भएर गए पनि त हुँदो हो । धृष्टताका लागि क्षमा माग्दै काकाश्री यो तीतो सत्य कहन्छन्, एमालेमा माकुनेभन्दा योग्य पात्रहरू एक हैन, पचासौँ छन् । अपुतालीमा आइलागेको पद ओगटेर उनले आप\mनो बौद्धिक र नैतिक ल्याकतको दरिद्रता देखाउनु देखाइसके । विषय, भाषा, शैली, मुद्रा र स्वर सबै दृष्टिले माकुनेको प्रस्तुति सदैव रुँ-रुँ लाग्दो हुन्छ । यो कुन्साङ काकाको कष्टकर अनुभव हो ।

उता कोरियामा श्री माकुने मच्चिँदै भाषण गर्दैथिए । यता नेपालमा काकाले उनको भाषणबारे गम खाए । अतीतको अनुभवको ऐना हेरेर गम खाँदा उता उनले बोलेको यता काकालाई यसै कण्ठ भएझैँ लाग्यो । कोरियामा श्री माकुनेले भने- 'एसियाली प्रजातन्त्रवादी दलहरूलाई म के निवेदन गर्दछु भने, म के अनुरोध गर्दछु भने, म के अपिल गर्दछु भने, म के रिक्वेस्ट गर्दछु भने, म के आह्वान गर्दछु भने तपाईँहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्नुपर्दछ, मद्दत गर्नुपर्दछ, भरथेग गर्नुपर्दछ, सपोर्ट गर्नुपर्दछ, हेल्प गर्नुपर्दछ, हारगुहार गर्नुपर्दछ ।' भाषण अजीव छ । माकुनेजीको कथ्य पुनरावृत्तिको जालोमा जेलिएर भित्रभित्रै हराउँछ । ढङ्ग छ यस्तो, जगत हँसाउन आफैँ तम्सेर कोरिया नगई नहुने !


 
Posted on 05-31-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकथरी बौद्धिकहरू छन् जो अहिले दलका नेताहरूको आलोचना गर्नुहुँदैन भनी जिरह गर्छन् । गरे आन्दोलनलाई घाटा र मकरतन्त्रलाई फाइदा हुन्छ भन्ने तिनको तर्क छ । तर यो तर्कमा काकाको विमति छ । यसरी तर्क गर्नेहरूको मनसाय असलै होला । तर यो तर्कले आन्दोलनलाई ऊर्जा हैन, राजनीतिका खोटा पात्रहरूलाई पञ्चखत माफीमात्र प्रदान गर्छ । कुरा सप्रसङ्ग गरुँ । अस्तिताक सात दलको विरोध जुलुसमा काकाश्री पनि सामेल भएका थिए । जुलुस असनबाट छुट्यो र सानो वृत्तमा फेरो मारेर फेरि असनैमा आएर थान्को लाग्यो । जुलुसमा देउवा मन्त्रीमण्डलका कुर्सीच्यूत केही पात्रहरू थिए र जनताका आँखामा गन्हाएका अरू केही खलपात्रहरू पनि थिए । काकाले बुझे, यी अनुहारहरू विकर्षणका मुहान हुन् । जब जुलुसमा यी देखा पर्छन्, जुलुसकर्मी नरनारीहरूको जाँगर भित्रैदेखि मरेर आउँछ । नरनारीहरू मुख बिगार्छन्, पिच्च थुक्छन्, सडक किनारतिर लाग्छन् र त्यतै कतै बिलाउँछन् । काकाले प्रत्यक्ष देखे । त्यसैले जो आलोचना गरिन लायक छ, उसको आलोचना हुनैपर्छ । जसको अनुहार सडकमा देखिन लायक छैन, उसलाई सडकदेखि पर अलग्गै राख्नुपर्छ । होस गर्नुपर्छ, क्यामेराहरूले यस्ता अनुहारहरू देख्न नपाउन् । वितृष्णाकारी यी अनुहारहरू प्रकाशन र प्रसारणबाट हटक होउन् । भनिरहनु परोइन, देउवा मन्त्रिमण्डलका सबै मन्त्रीका अनुहार यस्तै हुन् । र यस्तो एउटा अनुहार श्री माकुनेको पनि हो । उनै माकुने जो माघ १८ गतेसम्म लोकतन्त्रको मलामीतुल्य मुद्रामा दरबारको गजुर हेरेर अनर्गल प्रलाप गरिरहेका थिए । उनै माकुने जो घर दन्दनी बलिरहेका बेला आप\mनो पदीय दायित्वको पर्वाहै नगरीकन मस्ती मुद्रामा देशदेशावरको सयरमा निस्कन उत्ताउलिएर खुट्टा उचाल्छन् । दलको आदर्श यिनको प्राथमिकता होइन । देश र जनताको हित पनि यिनको प्राथमिकता होइन । यिनको पहिलो र अन्तिम प्राथमिकता यिनी आफू, आफू र आफूमात्र हो । माकुने महोदयको ज्ञात इतिहास यसै भन्छ । त्यसैले काका करजोरी बिन्ती गर्छन्, माकुने वा सो सरहका पात्रहरू आन्दोलनको अग्रभागमा नदेखिनुमा नै आन्दोलनको भविष्य छ । जब ती देखिन्छन्, आन्दोलनको मुड अप\m भइहाल्छ । यो कुन्साङ काकाको एक्लो कथन होइन, यो लोकतन्त्रका सकल लडाकुहरूको न्यायोचित चाहना हो ।


 
Posted on 05-31-05 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is this Khagendra Sangraula related to Girija? He curses everyone except Girija. What a chuccho writing. He cannot calm down a raging fire, he can only turn it more volatile. If this is mahan piece then god bless u all. God bless nepal.And, shame on kantipur for making a hero out of him.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters