Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 49066 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 05-31-05 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PQ,

His literary career roamed around Bedana which was edited by Dil Bardan and Subash Shrestha; which later edited by Nepal's own literary Queen PARIJAT. He was mainly a story writter for a long time. A lame story teller by artisticity and style, over shadowed by Parijat, He wrote few outstanding stories such as Junga Bahadur.

He was very much untouchable to mainstream media till came the democracy. He is related to Chautho Mahadhibesan (Nirmal Lama group) and Indreni Saskritik Samuha as far as I know.

By party affiliation, he is Girija Koirala's Tallo Ghare and madhav Kumar Nepal's Sahila kaka.

Oh! and Yea! he was kusti partner of Puspa Kamal Dahal :)


 
Posted on 05-31-05 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HHe is useless idiot... he only complains... and he writes in ghumaruo para only few understands... and probably that's how he protects himself if someone attakcs his writing.. showing double meaning..

Why the hell can't he write plain nepali.. who cares about big big words in his writing.. even simple language can effectively send out the message.. such as Arun Sayami's writings....

Khagendra is sick writeer.
 
Posted on 05-31-05 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bedana all of us have bedana in our lives - ko hola jasko life ma bedanai chaina. Why can't he write ramro kura. kasari desh lai adadi badaune kura? Gali garna ta sab le sakhan.

What's the difference between Khagendra S. and Gyanendra's bhate papers like nispakshya? I see no difference.
 
Posted on 05-31-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Houston,
I can see that he is a big phalwan by looking at his lean face. of course, he is a literary phalwan for people like u and newuser :-00))
 
Posted on 05-31-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sangraula is known for his Gam Besi Ko Jharro Bhasa and clarity that is comprehendable to common man.

Big Big words!! Puskar Samarthak, you need to master small small words in Nepali first like - baba, kaka, mama, papa, chacha:) Then slowly move to big big words like - Raja, Baja, Khaja.

Like Arun Sayami !! Give me a break!!!

Arun Sayami ? Does he write anything other than how he was a friend of Babu Ram ? How he wrote a novel before his father. he lacks even the basic elements of writing. Mastery of language? thats - Door Daraj Ki Baat Hai. As of a literary writer, he fares top from the bottom :)
 
Posted on 05-31-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhasi Ki Ranee,

Bedana is magazine!!!!!
 
Posted on 05-31-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PQ,

If you are comparing Ram Prashad Khanal and Khagendra Sangraula, we have many miles to travel before we can sing in the same tune. And you have many more pages of history of progression of Nepalese writtings to go through.


 
Posted on 05-31-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Houstan, he lacks clarity; he is only good at abusing. let's not argue further as i have formed an opinion about him already, which is not going to change so soon.
 
Posted on 05-31-05 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PQ,

My closing remark, Khagendra Sangraula, nepali Cobra, is Maureen Dowd, republican alias - the Cobra, of Nepal. How is that :)
 
Posted on 06-01-05 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PQN 1 bro, why do you need to complain on my taste huh? Feel free to paste the works of your favourite writers/columnists. Dare not to show off at me.
 
Posted on 06-01-05 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo writer Khadendra Sangraula, Girija Koirala (Gidde) ko chamcha ho.....
he always writes anything against anyone but Gidde
 
Posted on 06-01-05 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

new user brother, kya show off garne ma jasto sanno manche le tapai jasto thulo writer sanga. Malai ta 4 line bhanda bahdi lekhna audaina ke garne.
Really, I don't dare to dare u.
 
Posted on 06-12-05 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/Nepal/afailaishodera.php

कुरो दरबारको, बोली सुलसुलेको

"रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन ।"

पाठकवृन्द, समकालीन राजनीतिक प्रवृत्तिका दृष्टिले माथि उद्धृत कथन कुन कित्ताका जिवात्को हुनसक्ला ? दरबारद्वारा पोषित शिवसेनाका बर्दीविहीन कुनै सैनिकको ? दरबारको आशीर्वादप्राप्त मुस्कान सेनाका कुनै सदस्यको ? राप्रपा लावती गुटको कुनै दरबारभक्त लडाकाको ? उग्र हिन्दूवादी भरतकेशर सिंहको ? शाही सरकारका अति अनुदार ताबेदार श्री टी गिरी वा टङ्क ढकालको ? वा कुनै शाही जरसाहेपको ? वास्तवमा यो यीमध्ये कसैको पनि कथन होइन । यो कथन हो श्री केपी शर्मा ओलीको । उनै ओलीको, जो आफू नेकपा एमालेका द्वितीय पुरुष भनिन रुचाउँछन् । उनै ओलीको, जो एमाले पङ्क्तिमा सुलसुले भनेर चिनिन्छन् ।

स्वार्थका दृष्टिले यो कथन दरबारको हो, बोल्ने मुख हो केपी शर्मा ओलीको । यहाँ बोल्ने पात्र र उसको अवस्थितिबीच चर्को विरोधाभास छ । बोलीका दृष्टिले अस्ति नै शिवसेना वा मुस्कान सेनामा भर्ती भइसक्नुपर्ने यी ओली कसरी एमालेमै रहिरहेका होलान् ? म जनवादी हुँ भन्ने एमालेले उनलाई यसरी बकबक गर्ने छुट दिएको देख्दा ताज्जुब लाग्छ । बास छ एमालेमा, नित्य चाकरी छ दरबारको । यो असम्भव कुरा एमालेमा कसरी सम्भव भएको होला ?

लोकतन्त्र फर्काउने आन्दोलनमा एमाले आपै?m रत्नपार्कमा हाजिर छ । यी ओली कहाँका को हुन्, जो एमालेको आन्दोलनको प्रासङ्गिकतामाथि नै प्रश्न उठाइरहेका छन् । र, सोको उपहास गरिरहेका छन् । शाही सत्ताले संवादका सबै द्वार बन्द गरेको छ । र, यो सत्ता बहुदलीय प्रणाली र पात्रको बीउधरी मास्ने हेतुले प्रतिशोधकारी क्रीडामा कटिबद्ध छ । कि दरबारका द्वारसामु लम्पसार परेर आत्मसमर्पण कि त एकताबद्ध र बृहत्तर जनआन्दोलन, लोकतन्त्रवादीहरूका लागि आस्थाको रक्षा र सम्वर्द्धन गर्ने यसबाहेक अर्को विकल्प छैन । श्री ओलीबाबुका लागि ? उनको थोत्रो कथन भन्छ, आन्दोलन त्यागौँ, चार पाउ टेकौँ र आत्मसमर्पणको झुत्रे झन्डा बोकौँ । यो ओलीबाबुको पुरानै पथ हो ।

निकट अतीतको इतिहासको स्मरण गरौँ । शाही असोजतन्त्र सुरु भयो । अनि लोकतन्त्रमाथि एकतन्त्रको तरबार बजि्रयो । दलहरू कन्दै र काखी कन्याउँदै भए पनि सुस्त गतिमा सडकमा ओर्लिए । तिनताक यी सुलसुले ओली के गर्दैथिए ? थाहा छ, यिनी महासामन्तको मुद्रामा आप\mनो पहिलो कैलाशकुट भवन बनाउन व्यस्त थिए । भवनको तेस्रो तलाको कौसीमा बसेर सुस्वादु काजु खाँदै यिनले ऊबेला पनि यसै भनेका थिए, "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन ।"

नवनिर्मित कैलाशकुट भवनका स्वामीलाई स्वतन्त्रतापे्रमी नागरिकको प्रश्न छ, श्रीमान्, उसोभए घुँडा टेकेर निकास निस्किन्छ त ? ओली महोदयलाई उत्तर दिन फुर्सद छैन । कौसीबाट दरबारको गजुर हेर्दै उनी भुटेका काजु कुटुकुटु खाई नै रहेका छन् ।

क्रमश:
 
Posted on 06-12-05 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभि सुवेदीले लेखेको सम्झन्छु, एमाले 'पि|m-साइज' का कम्युनिस्ट उत्पादन गर्ने कारखाना हो । जुन व्यवस्थामा पनि ती फिट हुन्छन् । हो, कमल चौलागाईं फिट भए । देवी ओझा फिट भए । आरके मैनाली फिट भए । केपी गुटकै सदस्यहरू भन्छन्, फिट हुनलाई अहिले यिनले खुट्टा उचालेका छन् । शाही सरकारमा तृतीय उपाध्यक्षको आसन र रासन पायो कि केपी ओली गए ।

ओलीको जीवनवृत्तका अनेक कुइनेटा छन् । बाल्यकालमा यिनी अनाथ र कङ्गाल थिए । पेट पाल्न यिनले अर्काका बाख्रा चराए । यिनले गतिलोसँग पढ्न पाएनन् । बाह्रखरी छिचोल्दै के थिए यिनी पक्राउ परे । ऊबेला उग्रवामपन्थमा बुर्जुवा पुस्तक पढे बुद्धि भुटिने भय थियो । भयमुक्त रहन जेलमा यिनले सके केही नै पढेनन् । फलतः यिनी मानसिक कुपोषणग्रस्त भए । पछि पहिचानविहीन ओलीको पहिचान तीन तत्त्वले बन्यो । गृहमन्त्री भए र यिनी पदले चिनिए । महाकाली सन्धिको पूर्वसन्ध्यामा यिनी 'एक खर्ब २० अर्ब' को प्रलापबाट चिनिए । म सम्झन्छु, त्यो प्रलाप भारतीय राजदूतावासको डि्रङ्क र डिनरको झुसिलो डकार हुनुपर्छ भनी कतिपयले ठीकै लख काटेका थिए ।

यिनलाई चिनाउने तेस्रो तत्त्व अप्ठ्यारो छ । एकपटक यिनलाई दलभित्रको अर्को गुटले 'मुतुवा कान्छो' भन्यो । त्यो कथन बाल्यकालमा लामो समयसम्म ओछ्यानमा मुत्ने क्रियासँग सम्बन्धित थियो । जुँगामुठे ओलीलाई 'मुतुवा कान्छो' भनेको मलाई मन परेन । त्यसमा मलाई अमर्यादा र अपमानको गन्ध आयो । मैले यिनको पक्षमा सानो प्रतिवाद पनि गरेँ । तर, यिनको मति र प्रवृत्ति हेर्दा अहिले त्यो अलङ्कार यिनलाई सुहाउँदिलै पो रहेछ कि भन्ने मलाई लागेको छ ।

एक खर्ब २० अर्बको प्रलापमा यिनको मुतुवा-प्रवृत्ति झल्केको थियो । त्यो राष्ट्रिय अस्मिताको शिरमा मुत्ने राष्ट्रद्रोही प्रवृत्तिको द्योतक हो । "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन" भन्ने यिनको कथन मुतुवा-प्रवृत्तिको अर्को सबुत हो । यो दरबारको भक्ति गर्दै एमालेको ओछ्यानमा मुत्ने क्रिया हो । कसैलाई 'मुतुवा कान्छो' भन्नु शिष्ट वचन कदापि होइन । तर, जसको व्यक्तित्व स्वयम् नै अशिष्टताको पुञ्ज भनिन लायकको छ, उसलाई 'मुतुवा कान्छो' भन्न लोक विवश छ ।

अहिलेका ओली पहिलेका ओली होइनन् । गृहमन्त्री भएपछि यसो-उसो गरेर यिनी कङ्गालबाट मिलिक्कै करोडपति बने । यिनलाई रत्नपार्कको आन्दोलनमा जान न चाख छ, न फुर्सद । म सुन्छु, यिनी अहिले दोस्रो कैलाशकुट भवन बनाउन व्यस्त छन् । यिनको धन र धाक, सोख र विलासको सुरक्षा यथास्थितिमा मात्र सम्भव छ । र, नै यिनी भन्छन्, "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन ।" यो ओलीभित्रको नव-धनाढ्य सामन्तको बोली हो । एमालेका सत्यनिष्ठ युवाहरूले हात बाँधेर यो बोली सुनेको देख्दा मलाई ताज्जुब लाग्छ । हाम्रो हिमाली भूगोलमा सिस्नुपानी भन्ने कुनै तत्त्वको अस्तित्व पनि त छ । त्यसको प्रयोग गर्ने उचित ठाउँ र सन्दर्भ के होला ?
 
Posted on 06-12-05 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

can somebody translate the whole thing in few lines preferebaly english or nepinglish..mero aankha kharaab bhayo..noodles nepali wrting le
 
Posted on 06-12-05 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hushpuppy,

Here is my very short summary from this article as per --- what I understood. Khagendra Sangraula (the writer) in this article is critical on "K P Sharma Oli" , who is said to be the second man in Unified Marxist and Leninist (UML) after Madhav Kumar Nepal. The writer criticizes him because Mr Oli:

1. is specking against the current collation formed by 7 political parties to oppose Feb 1 Royal move.
2. is speaking against is own party's policies, while staying in the same party.
3. had lied Nepalese during Mahakali Treaty with India.
4. is building his deluxe houses in Kathmandu by the amassed property when he was in power.
5. is speaking against "People" because he is waiting for the Royal green signal to go to the power.
6. is doing so because he requires some safety to save his property.

The writer also questions to other genuine UML cadres why Mr Oli is still at the top rank of their party. His suggestion is to through him (with Sisnu-pani) and run their party by clean and energetic faces.

Personally, I am not sure whether all points the writer mentioned are true but some of them are true (Examples: Oli's words on Mahakali Treaty and his current dual character after Feb 1).

There are many well-colored Nepalese words that make the readers more enjoyable while reading it.
-----
OK
 
Posted on 06-12-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hushpuppy,

Nepali ma translate gardiu?
 
Posted on 06-13-05 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

an somebody translate the whole thing in few lines preferebaly english or nepinglish..mero aankha kharaab bhayo..noodles nepali wrting le


??? ??? ???
भाइ, यसरी नबरबराउनुस् न।
आमा पनि चीन्न गाह्रो पर्ला है यस्तै हो भने।
 
Posted on 06-14-05 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42980
'स्वच्छ छवि? शिरोमणि तुलसी गिरी
बेलाको बोली
खगेन्द्र संग्रौला
असोज १८ को औँसीगामी कदमपछि शाही सत्ताले 'स्वच्छ छवि' को सुतीखेती सुरु गरेथ्यो । विवेक अन्नदाता ख्वामितका पावन चरणमा समर्पण गरी निज हजुरकै खटनबमोजिम खुरुखुरु शासन चलाइदिने 'स्वच्छ छवि' हरूको सुतीखेती । नम्बर एक 'स्वच्छ छवि' बन्ने औसर लोकेन्द्रबहादुर चन्दलाई प्राप्त भयो । छयालीस सालको कुरा हो । जाग्दो जतचेतनालाई दबाउने दरबारको लाठो मरिचमान सिंहका हातमा थियो । यी लाठेले सकेनन् । अनि राजा वीरेन्द्रले लाठो अर्का 'स्वच्छ छवि' का हातमा थमाइदिए । ती लाठे 'स्वच्छ छवि' यिनै चन्द बाबुसाहेब थिए ।
शाही 'स्वच्छ छवि' को कारखानाबाट दुई काँटका 'स्वच्छ छवि' प्रकट भएका छन् । सनातन 'स्वच्छ छवि' र नवीन 'स्वच्छ छवि' । पहिलो काँटका नम्बर दुई 'स्वच्छ छवि' वद्रीप्रसाद मण्डल मानिए । इतिहासको स्मरण गर्दै छापा भन्छ, श्री मण्डलको पहिलो 'स्वच्छ छवि' वीर अस्पतालकी स्वास्थ्य परिचारिकाको उन्नत वक्षमाथि अतिक्रमण गर्ने अभ्यासबाट बनेको हो । त्यो बेला उनी पञ्चायती मन्त्री थिए । असोजतन्त्रमा त्यो छविको नवीकरण भयो । नवीन 'स्वच्छ छवि' को रोल नम्बर एकमा कुवेर शर्मा परे । यी धनकुवेरले दासानुदास मुद्रामा घुँडासम्म ढाड दोब्रयाएर नमस्कार गरे । धनुषटङ्कार नमस्कार भनेर यो नमस्कारको न्वारान भयो । यो नमस्कार चाटुकारिताको इतिहासमा समस्त भूतलमा 'न भूतो न भविष्यति' भनिन लायकको ठहरियो । जब कुवेरजीको अनुपम धनुषटङ्कार नमस्कार सम्पन्न भयो, उनको नामै धनुष कुवेरमा फेरियो । 'स्वच्छ छवि' को इतिहासमा यो कहिल्यै नबिर्सिइने कीर्तिमान हो ।

नवीन 'स्वच्छ छवि' को रोल नम्बर दुई र तीन क्रमशः देवीप्रसाद ओझा र कमल चौलागाईँलाई प्राप्त भयो । यी दुई पात्र पहिले एमाले थिए । यिनलाई बल्खु मुख्यालयभन्दा नारायणहिटी दरबार बढी लाभदायक लाग्यो । मरिजाने एकबारको जुनी हो, प्रभुका पाउमा चुम्बन गरेरै भए पनि म केही पाइहालुँ, म केही खाइहालुँ । हो, यिनका चित्तमा यसरी तृष्णाको ताप पैदा भयो । अनि यिनले स्वेच्छाले चौपाया रूप धारण गरे । त्यसपछि यिनले आप\mनै हातले आप\mना घाँटीमा दाम्ला भिरे । ती निहित स्वार्थका दाम्ला थिए । अनि यिनले आप\mनै हातले आफूलाई डोर्?याउँदै दरबारमा लगेर झ्याम्ले तिब्बती च्याङ्ग्राको भाउमा बिक्री गरे । सुक्रिबिक्री जब सम्पन्न भयो, यिनका निधारमा 'स्वच्छ छवि' को लालमोहोर ठोकियो । त्यसपछि पालो आयो आरके मैनाली र हिरण्यलाल श्रेष्ठको । यी दुई एमाले श्री टी ढकालको राजनीतिक पाठशालामा लोअर केजीमा भर्ती भए । जब यिनले मिहेनतसाथ एकतन्त्रको वर्णमाला छिचोले, बक्सिस स्वरूप यिनलाई 'स्वच्छ छवि' को उपाधि प्राप्त भइहाल्यो । कालक्रममा नवीन 'स्वच्छ छवि' को लाममा भरतमोहन अधिकारी, ईश्वर पोखरेल र अशोक राई आदि दृष्टिगोचर भए । काकालाई यो कुरा भरतकृत संस्मरण पढेर थाहा भएको हो ।

अहिले यी मसिना र मझौला काँटीका 'स्वच्छ छवि' हरूको बीचबाट विशाल वटवृक्ष समान 'स्वच्छ छवि' को उदय भएको छ । यी 'स्वच्छ छवि' हुन् शाही सरकारका प्रथम उपाध्यक्ष डा. तुलसी गिरी । श्री गिरी लोकतन्त्रका नम्बर एक शत्रु र एकतन्त्रका नम्बर एक मित्रका रूपमा त सुपरिचित थिए नै, अहिले आएर यिनी नम्बर एक भ्रष्टाचारीका रूपमा पनि चिनिएका छन् । अर्थात् भ्रष्ट शिरोमणि नम्बर एक । भ्रष्ट शिरोमणि नम्बर एक हुनु भनेको स्वतः 'स्वच्छ छवि' शिरोमणि नम्बर एक हुनु पनि हो । डा. गिरी भए ।

कथा रोचक छ । जाग्दै गएका स्वतन्त्रताप्रेमी जनताको अदम्य शक्तिसामु जब पञ्चायत हल्लिन थाल्यो, आफूलाई पञ्चायतकी आमा भन्न रुचाउने तुलसी गिरीको चित्त चिराचिरा पर्?यो । उनी विरक्त भए । अनि उनी झिटिगुन्टा कसेर धुरुधुरु रुँदै मुङ्लान भास्सिए । यहाँसम्म कुरा ठीकै थियो । जाऊन् । नागरिक हकको जन्मजात शत्रु राजीखुशिले दसगजापारि पलायन गर्दा नागरिकका शिरको एउटा गरुङ्गो जाँतो पन्छिएको थियो । कुचाले बढानर्ुुपर्ने कसिङ्गारलाई हावाले उडाएर सीमापारि हुत्याइदियो । कुरो खास्सा थियो । तर यी गिरीबाबु चतुर चोरले झैँ लामा हात गरेर, राष्ट्रको एक रास रकम मुठ्याएर, आप\mना अगस्ती खल्ती भरेर लुसुक्क भागेका रहेछन् । चोरीको पोल बल्ल खुल्यो । यिनले नेपाल बैंकको रकम खल्तीकरण गरेछन् ।

नेपाल बैंकको रकम स-साना नागरिकका रगत र पसिनाका थोपा-थोपाबाट सञ्चित हुन्छ । तिनले खाई-नखाई किस्ताकिस्ता गरी रकम जम्मा गर्छन् । लालाबालालाई साउँ अक्षर चिनाउँला । अनिकालमा एक गाँस ढिँडो खाउँला । दुईचारवटा बाख्री वा सुँगर किनेर नुन-तेलको जोहो गरुँला । छोरीको बिहा गरुँला । मर्दा-पर्दा गर्जो टारुँला । त्यो रकममा तिनका स-साना सपना यसरी टाँसिएका हुन्छन् । हो, श्री टी गिरीले त्यही रकम झ्वाम पारेछन् । झ्वाम पारेको पनि थोरैतिनो होइन, एक करोड ७४ लाख रुपियाँ !

गिरीद्वारा राष्ट्रिय रकम हजम गरिएको प्रमाण अकाट्य छ । कर्जा सूचना शाखाको प्रमाण भन्छ, ०४२ साल फागुन ६ गते हिमालया प्लास्टिकको नाममा यिनले निजी जमानीमा रकम मुठ्याएका थिए । रकम मुठ्याए, र यिनी तत्कालै विदेशतिर कुलेलम ठोके । जन्मेर, धूलो खेलेर हुर्केको देशै बिर्सन सक्ने बैगुनीलाई खाएको ऋण बिर्सन के गाह्रो ! यिनले ढुक्कसँग बिर्से । यी महान् खाओवादीको नाम चार वर्षअघि बैंकको कालो सूचीमा चढेछ । त्यो अहिले सार्वजनिक भएको छ । भ्रष्टाचारीहरूको कालो सूचीमा गिरी महोदयको भ्रष्ट रोल नम्बर १६८० हो ।

भ्रष्टाचार उन्मूलन शाही सत्ताको अति पि्रय तोत्र हो । यो कर्म सम्पन्न गर्न शाही आयोग बनेको पनि छ । आयोगमा जो छन् ती शाही बुख्याँचाझैँ प्रतीत हुन्छन् । आयोगको अनुहार स्वेच्छाचारी प्रहरीको जस्तो छ । अभिप्राय र कार्यशैली पनि उस्तै-उस्तै । लाग्छ, भ्रष्टाचार उन्मूलन यसको देखाउने दाँत हो, लोकतन्त्रको बध गर्नु यसको खाने दाँत हो । मानौँ, आयोगको प्रयोजन भ्रष्टाचार उन्मूलन गर्नु नै रहेछ रे लौ । राजाका अति नजिकका, अति प्यारा र अति पत्यारिला तुलसी गिरीलाई राजाको आयोगले अब के गर्ला ? के भ्रष्टाचारको फायल लुकाएर यिनलाई पञ्चखत माफी देला ? काकाश्री भन्छन्, भ्रष्टाचारी भनेर सप्रमाण चिनिनु तैपनि पद छाडेर लुसुक्क श्रीलङ्कातिर नभाग्नु गिरीबाबुको हदै भ्रष्ट आचरण हो ।

डा. गिरी कुशल भक्षक हुन् । लोकतन्त्र, राष्ट्रियता र रैरकम तीनैथोकका कुसल भक्षक । लोकतन्त्रको भक्षण त यिनको सनातन धन्दा नै भइहाल्यो । अहिले राष्ट्रियताको भजन गाउँदै यिनले राष्ट्रियताकै भक्षण गर्ने धन्दा थालेका छन् । त्रासद् सबुत गुमेको हाम्रो कालापानी हो । शाही सत्तालाई आशीर्वाद प्राप्त गर्ने मनसुवाले होला परचक्रीलाई कालापानी कोसेली दिइयो । प्रतीकात्मक रूपले चिनियाँ ठुल्दाइ फड्के किनारमा साक्षी बसे । र भारतीय ठूल्दाइज्यूलाई सभक्ति लालपुर्जा टक््रयाइयो । अह्राउने मुख कसको हो कुन्साङ काकालाई थाहा छैन । टक््रयाउने हात प्रमुख शाही चौकिदार यिनै गिरीको हो । देखियो । शाही सत्ताको राष्ट्रवादको अस्सली रूप पनि देखियो ।

'पल्केको झिल्के घरिघरि मिल्के' भन्ने उखानको अर्थ विदेशवासी तुलसी गिरीलाई थाहा नहुनसक्छ । तर यो उखानलाई चरितार्थ गर्ने कर्म भने यिनलाई राम्रैसँग थाहा छ । यिनको चाल देखेर कुरो बुझियो । यतिखेर गिरी सत्ताको चुलोमा छन् । दूध चोर्न पल्केको ढाडेले चुलाको भएभरको दूध कुन बेला सुइँक्याउँछ, पत्तै हुँदैन । त्यसैले कुन्साङ काका मुलुकवासी सकल नागरिकलाई आह्वान गर्छन्, हामी सजग र सतर्क रहौँ । १ करोड ७४ लाख रुपियाँ निल्ने ढाडेले अरू धेरै करोड र धेरै लाख रुपियाँ निलेर पहिलेझैँ रातारात दसगजापारि सुइकुच्चा ठोक्नसक्छ । भ्रष्ट ढाडेलाई अबिलम्ब पक्राउ गरौँ । १ करोड ७४ लाख असुलउपर गराऔँ । र यसलाई शिघ्राति शिघ्र सीमा कटाऔँ । नत्र यस 'स्वच्छ छवि' शिरोमणिले गरिब नेपालीको दुर्लभ रकम सक्ने भो !


 
Posted on 06-14-05 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very interesting and ralated to Sangraula:

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42981

जेलबाट पठाउन नसकिएको पत्र

- खगेन्द्र संग्रौलाजी,
क्षेत्रीय प्रहरी एकाइ कार्यालय, राजविराजको बन्दी कोठाबाट तपाईंलाई 'खुल्लापत्र' लेख्दैछु । माघ १९ को राजाको अप्रजातान्त्रिक, असंवैधानिक र प्रतिगामी कदमसँगै बन्दी बनाइएकामध्ये केहीलाई पूर्व बेहोरा कै थुनुवा पुर्जी पुनः दिइएको सुनेको छु । मलाई पनि 'नजरबन्द छानबिन तथा अनुसन्धान समिति' को सिफारिसमा 'नजरबन्दमा थुनामा रहँदा आचरण तथा क्रियाकलापमा कुनै परिवर्तन नआएको' भनी थप ९० दिनको थुनुवा पुर्जी थमाइएको छ । ९० दिन त के, अधिनायकवादी शासनको आयु जति नै बन्दी बनाइए पनि आफ्नो आस्थाको उचाई घट्न नदिने मानसिकतामा छु । बाहिरी सम्पर्क प्रतिबन्धित गरिएकाले पत्र लेख्न ढिला भयो ।

०६१, १७ चैतको 'कान्तिपुर' र ०६२, ११ वैशाखको 'नेपाल' साप्ताहिकमा प्रकाशित तपाईंका लेख पढेपछि केही लेखौं भन्ने लागेको हो । दुवै लेखमा १९ माघमा म राजविराजमा गिरफ्तार भएपछिका घटना-विवरणमा भारतीय रेल्वे स्टेसनमा बिक्री हुने 'सनसनीखोज सत्यकथा' को नक्कल गर्दै केही उल्लेख गर्नु भएछ । मप्रति तथ्य विपरीतका तल्लोस्तरको विवरण सार्वजनिक गर्नुभएकाले प्रतिकूल परिस्थिति बीच ढिलै भए पनि केही लेख्न आवश्यक ठाने ।

संग्रौलाजी ! बन्दी कोठाभित्र आक्कल-झुक्कल आइपुग्ने पत्रपत्रिकामा तपाईंका लेख नबिराई हेर्छु । त्यसो त, सम्भवभएसम्म यहाँका रचना अध्ययन गर्ने पाठक पनि हुँ । व्यक्तिगत रूपमा खासै चिनापर्ची नभए पनि तिनै रचनामार्फत यहाँको व्यक्तित्व-बिम्ब मेरो दिमागमा छ । मनोविज्ञ नभए पनि तपाईंका लेखमा व्यक्त हुने ग्रन्थीलाई थोरबहुत अनुभूत गरेको छु । १९ माघमा म गिरफ्तार भइसकेपछि, गिरफ्तारी र बन्दी अवस्थाको विवरण तपाईंले जसरी सार्वजनिक गर्नुभएको छ, अहिले तिनैमा आधारित लेख्दैछु ।

१) म, तपाईंले लेख्नु भएजस्तो, आफ्नो पार्टीको पद र मन्त्री पदको 'फुईं' नलगाई कनै, एक वर्ष पहिले हत्या गरिएका निवर्तमान सांसद हेमनारायण यादवको स्मृतिमा एमाले सिराहा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी हुन १८ माघ राति राजविराज उत्रिएको थिएँ । १९ गते बिहान राजाको घोषणापछि यहीं सुरक्षा अधिकारीले नियन्त्रणमा

लिए । स्थानीय सुरक्षा अधिकारीले पदासीन अवस्थामा गिरफ्तार भएकाले केन्द्र पठाउने कि भनी एकदिन बाटो हेरें । पछि 'जस्जस्लाई जहाँ-जहाँ गिरफ्तार गरिएको छ- त्यहीं राख्ने' भन्ने 'माथि'को आदेशपछि 'सार्वजनिक सुरक्षा कानुन अन्तर्गत' तीन महिने थुनुवा पुर्जी दिए । मलाई राजविराज जेल पठाइयो । म गिरफ्तार हुँदाको प्रसंगलाई पनि शायद रोचकता दिन होला । सुरक्षा कर्मीले हुर्मत लिने तहमा व्यवहार गरेको दृष्य लेख्नु भएछ ।

जेलमा मप्रति आम बन्दीले गरेको व्यवहारबारे एक प्रतिशत पनि नभएको उल्लेख गर्नु भएछ । जेलभित्र पस्नासाथ बन्दीले खपिनसक्नु अपमान गरेको, कुटपिट गरेकोजस्ता झूठा र फतुरा कुरा आफ्नो आकर्षक लेखनीमार्फत पाठकसमक्ष पुर्?याउनु भएछ । त्यतिले नपुगेर बन्दीको व्यवहार सहन नसकी म झन्डै 'आत्महत्या' गर्न तम्सिएको तर अन्तमा केही नलागेपछि ज्यान बचाउने उद्देश्यले 'जेलरको शरण' परी हिरासतभित्र सुरक्षित आश्रयमा बसेको उल्लेख गर्नुभएछ । यो सबै 'शतप्रतिशत साँचो' पनि भन्नु भएछ । र 'नेपाल' साप्ताहिकमा समेत तिनै प्रसङ्गलाई 'हालसालै प्राप्त थप सूचना' भन्दै धित मार्ने हिसाबले लेख्नुभएछ । ज्ञान होस्, म पनि बाहिरी दुनियाँमा भएका धेरै घटना थाहा नपाउने अरू बन्दी मित्रहरू जस्तै हुँ । कसोकसो प्राप्त भएका कान्तिपुर र नेपालबाहेक अरू कतिमा तपाईंजस्ता 'लोकतन्त्रका हिमायती' द्वारा लोकतन्त्रको पक्षपोषणमा हामीविरुद्ध कति 'सत्य कथा' प्रचारित गरिएका छन् । थाहा हुन सकेको छैन । तर तपाईंले मेरो गिरफ्तारी र बन्दी विषयमा जे जस्ता घटनालाई 'सत्यकथा' भनी उल्लेख गर्नुभएको छ- म केमात्र अनुरोध गर्न चाहन्छु भने, यो सिंगो प्रकरणमा कुनै सुरक्षाकर्मी वा जेलका कर्मचारीद्वारा राजविराज जेलमा रहेका कुनै आस्थाका वा अन्य बन्दीमाथि गरिएको व्यवहार उक्त 'सनसनीपूर्ण सत्यकथा' सँग एक अंश पनि मेलखाए म तपाईंका लेखकीय खुबीको सार्वजनिक सम्मान र समर्थन गर्थें ।
क्रमश:

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters