Posted by: Ok June 12, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
अभि सुवेदीले लेखेको सम्झन्छु, एमाले 'पि|m-साइज' का कम्युनिस्ट उत्पादन गर्ने कारखाना हो । जुन व्यवस्थामा पनि ती फिट हुन्छन् । हो, कमल चौलागाईं फिट भए । देवी ओझा फिट भए । आरके मैनाली फिट भए । केपी गुटकै सदस्यहरू भन्छन्, फिट हुनलाई अहिले यिनले खुट्टा उचालेका छन् । शाही सरकारमा तृतीय उपाध्यक्षको आसन र रासन पायो कि केपी ओली गए । ओलीको जीवनवृत्तका अनेक कुइनेटा छन् । बाल्यकालमा यिनी अनाथ र कङ्गाल थिए । पेट पाल्न यिनले अर्काका बाख्रा चराए । यिनले गतिलोसँग पढ्न पाएनन् । बाह्रखरी छिचोल्दै के थिए यिनी पक्राउ परे । ऊबेला उग्रवामपन्थमा बुर्जुवा पुस्तक पढे बुद्धि भुटिने भय थियो । भयमुक्त रहन जेलमा यिनले सके केही नै पढेनन् । फलतः यिनी मानसिक कुपोषणग्रस्त भए । पछि पहिचानविहीन ओलीको पहिचान तीन तत्त्वले बन्यो । गृहमन्त्री भए र यिनी पदले चिनिए । महाकाली सन्धिको पूर्वसन्ध्यामा यिनी 'एक खर्ब २० अर्ब' को प्रलापबाट चिनिए । म सम्झन्छु, त्यो प्रलाप भारतीय राजदूतावासको डि्रङ्क र डिनरको झुसिलो डकार हुनुपर्छ भनी कतिपयले ठीकै लख काटेका थिए । यिनलाई चिनाउने तेस्रो तत्त्व अप्ठ्यारो छ । एकपटक यिनलाई दलभित्रको अर्को गुटले 'मुतुवा कान्छो' भन्यो । त्यो कथन बाल्यकालमा लामो समयसम्म ओछ्यानमा मुत्ने क्रियासँग सम्बन्धित थियो । जुँगामुठे ओलीलाई 'मुतुवा कान्छो' भनेको मलाई मन परेन । त्यसमा मलाई अमर्यादा र अपमानको गन्ध आयो । मैले यिनको पक्षमा सानो प्रतिवाद पनि गरेँ । तर, यिनको मति र प्रवृत्ति हेर्दा अहिले त्यो अलङ्कार यिनलाई सुहाउँदिलै पो रहेछ कि भन्ने मलाई लागेको छ । एक खर्ब २० अर्बको प्रलापमा यिनको मुतुवा-प्रवृत्ति झल्केको थियो । त्यो राष्ट्रिय अस्मिताको शिरमा मुत्ने राष्ट्रद्रोही प्रवृत्तिको द्योतक हो । "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन" भन्ने यिनको कथन मुतुवा-प्रवृत्तिको अर्को सबुत हो । यो दरबारको भक्ति गर्दै एमालेको ओछ्यानमा मुत्ने क्रिया हो । कसैलाई 'मुतुवा कान्छो' भन्नु शिष्ट वचन कदापि होइन । तर, जसको व्यक्तित्व स्वयम् नै अशिष्टताको पुञ्ज भनिन लायकको छ, उसलाई 'मुतुवा कान्छो' भन्न लोक विवश छ । अहिलेका ओली पहिलेका ओली होइनन् । गृहमन्त्री भएपछि यसो-उसो गरेर यिनी कङ्गालबाट मिलिक्कै करोडपति बने । यिनलाई रत्नपार्कको आन्दोलनमा जान न चाख छ, न फुर्सद । म सुन्छु, यिनी अहिले दोस्रो कैलाशकुट भवन बनाउन व्यस्त छन् । यिनको धन र धाक, सोख र विलासको सुरक्षा यथास्थितिमा मात्र सम्भव छ । र, नै यिनी भन्छन्, "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन ।" यो ओलीभित्रको नव-धनाढ्य सामन्तको बोली हो । एमालेका सत्यनिष्ठ युवाहरूले हात बाँधेर यो बोली सुनेको देख्दा मलाई ताज्जुब लाग्छ । हाम्रो हिमाली भूगोलमा सिस्नुपानी भन्ने कुनै तत्त्वको अस्तित्व पनि त छ । त्यसको प्रयोग गर्ने उचित ठाउँ र सन्दर्भ के होला ?
Read Full Discussion Thread for this article