Posted by: Ok June 14, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42980 'स्वच्छ छवि? शिरोमणि तुलसी गिरी बेलाको बोली खगेन्द्र संग्रौला असोज १८ को औँसीगामी कदमपछि शाही सत्ताले 'स्वच्छ छवि' को सुतीखेती सुरु गरेथ्यो । विवेक अन्नदाता ख्वामितका पावन चरणमा समर्पण गरी निज हजुरकै खटनबमोजिम खुरुखुरु शासन चलाइदिने 'स्वच्छ छवि' हरूको सुतीखेती । नम्बर एक 'स्वच्छ छवि' बन्ने औसर लोकेन्द्रबहादुर चन्दलाई प्राप्त भयो । छयालीस सालको कुरा हो । जाग्दो जतचेतनालाई दबाउने दरबारको लाठो मरिचमान सिंहका हातमा थियो । यी लाठेले सकेनन् । अनि राजा वीरेन्द्रले लाठो अर्का 'स्वच्छ छवि' का हातमा थमाइदिए । ती लाठे 'स्वच्छ छवि' यिनै चन्द बाबुसाहेब थिए । शाही 'स्वच्छ छवि' को कारखानाबाट दुई काँटका 'स्वच्छ छवि' प्रकट भएका छन् । सनातन 'स्वच्छ छवि' र नवीन 'स्वच्छ छवि' । पहिलो काँटका नम्बर दुई 'स्वच्छ छवि' वद्रीप्रसाद मण्डल मानिए । इतिहासको स्मरण गर्दै छापा भन्छ, श्री मण्डलको पहिलो 'स्वच्छ छवि' वीर अस्पतालकी स्वास्थ्य परिचारिकाको उन्नत वक्षमाथि अतिक्रमण गर्ने अभ्यासबाट बनेको हो । त्यो बेला उनी पञ्चायती मन्त्री थिए । असोजतन्त्रमा त्यो छविको नवीकरण भयो । नवीन 'स्वच्छ छवि' को रोल नम्बर एकमा कुवेर शर्मा परे । यी धनकुवेरले दासानुदास मुद्रामा घुँडासम्म ढाड दोब्रयाएर नमस्कार गरे । धनुषटङ्कार नमस्कार भनेर यो नमस्कारको न्वारान भयो । यो नमस्कार चाटुकारिताको इतिहासमा समस्त भूतलमा 'न भूतो न भविष्यति' भनिन लायकको ठहरियो । जब कुवेरजीको अनुपम धनुषटङ्कार नमस्कार सम्पन्न भयो, उनको नामै धनुष कुवेरमा फेरियो । 'स्वच्छ छवि' को इतिहासमा यो कहिल्यै नबिर्सिइने कीर्तिमान हो । नवीन 'स्वच्छ छवि' को रोल नम्बर दुई र तीन क्रमशः देवीप्रसाद ओझा र कमल चौलागाईँलाई प्राप्त भयो । यी दुई पात्र पहिले एमाले थिए । यिनलाई बल्खु मुख्यालयभन्दा नारायणहिटी दरबार बढी लाभदायक लाग्यो । मरिजाने एकबारको जुनी हो, प्रभुका पाउमा चुम्बन गरेरै भए पनि म केही पाइहालुँ, म केही खाइहालुँ । हो, यिनका चित्तमा यसरी तृष्णाको ताप पैदा भयो । अनि यिनले स्वेच्छाले चौपाया रूप धारण गरे । त्यसपछि यिनले आप\mनै हातले आप\mना घाँटीमा दाम्ला भिरे । ती निहित स्वार्थका दाम्ला थिए । अनि यिनले आप\mनै हातले आफूलाई डोर्?याउँदै दरबारमा लगेर झ्याम्ले तिब्बती च्याङ्ग्राको भाउमा बिक्री गरे । सुक्रिबिक्री जब सम्पन्न भयो, यिनका निधारमा 'स्वच्छ छवि' को लालमोहोर ठोकियो । त्यसपछि पालो आयो आरके मैनाली र हिरण्यलाल श्रेष्ठको । यी दुई एमाले श्री टी ढकालको राजनीतिक पाठशालामा लोअर केजीमा भर्ती भए । जब यिनले मिहेनतसाथ एकतन्त्रको वर्णमाला छिचोले, बक्सिस स्वरूप यिनलाई 'स्वच्छ छवि' को उपाधि प्राप्त भइहाल्यो । कालक्रममा नवीन 'स्वच्छ छवि' को लाममा भरतमोहन अधिकारी, ईश्वर पोखरेल र अशोक राई आदि दृष्टिगोचर भए । काकालाई यो कुरा भरतकृत संस्मरण पढेर थाहा भएको हो । अहिले यी मसिना र मझौला काँटीका 'स्वच्छ छवि' हरूको बीचबाट विशाल वटवृक्ष समान 'स्वच्छ छवि' को उदय भएको छ । यी 'स्वच्छ छवि' हुन् शाही सरकारका प्रथम उपाध्यक्ष डा. तुलसी गिरी । श्री गिरी लोकतन्त्रका नम्बर एक शत्रु र एकतन्त्रका नम्बर एक मित्रका रूपमा त सुपरिचित थिए नै, अहिले आएर यिनी नम्बर एक भ्रष्टाचारीका रूपमा पनि चिनिएका छन् । अर्थात् भ्रष्ट शिरोमणि नम्बर एक । भ्रष्ट शिरोमणि नम्बर एक हुनु भनेको स्वतः 'स्वच्छ छवि' शिरोमणि नम्बर एक हुनु पनि हो । डा. गिरी भए । कथा रोचक छ । जाग्दै गएका स्वतन्त्रताप्रेमी जनताको अदम्य शक्तिसामु जब पञ्चायत हल्लिन थाल्यो, आफूलाई पञ्चायतकी आमा भन्न रुचाउने तुलसी गिरीको चित्त चिराचिरा पर्?यो । उनी विरक्त भए । अनि उनी झिटिगुन्टा कसेर धुरुधुरु रुँदै मुङ्लान भास्सिए । यहाँसम्म कुरा ठीकै थियो । जाऊन् । नागरिक हकको जन्मजात शत्रु राजीखुशिले दसगजापारि पलायन गर्दा नागरिकका शिरको एउटा गरुङ्गो जाँतो पन्छिएको थियो । कुचाले बढानर्ुुपर्ने कसिङ्गारलाई हावाले उडाएर सीमापारि हुत्याइदियो । कुरो खास्सा थियो । तर यी गिरीबाबु चतुर चोरले झैँ लामा हात गरेर, राष्ट्रको एक रास रकम मुठ्याएर, आप\mना अगस्ती खल्ती भरेर लुसुक्क भागेका रहेछन् । चोरीको पोल बल्ल खुल्यो । यिनले नेपाल बैंकको रकम खल्तीकरण गरेछन् । नेपाल बैंकको रकम स-साना नागरिकका रगत र पसिनाका थोपा-थोपाबाट सञ्चित हुन्छ । तिनले खाई-नखाई किस्ताकिस्ता गरी रकम जम्मा गर्छन् । लालाबालालाई साउँ अक्षर चिनाउँला । अनिकालमा एक गाँस ढिँडो खाउँला । दुईचारवटा बाख्री वा सुँगर किनेर नुन-तेलको जोहो गरुँला । छोरीको बिहा गरुँला । मर्दा-पर्दा गर्जो टारुँला । त्यो रकममा तिनका स-साना सपना यसरी टाँसिएका हुन्छन् । हो, श्री टी गिरीले त्यही रकम झ्वाम पारेछन् । झ्वाम पारेको पनि थोरैतिनो होइन, एक करोड ७४ लाख रुपियाँ ! गिरीद्वारा राष्ट्रिय रकम हजम गरिएको प्रमाण अकाट्य छ । कर्जा सूचना शाखाको प्रमाण भन्छ, ०४२ साल फागुन ६ गते हिमालया प्लास्टिकको नाममा यिनले निजी जमानीमा रकम मुठ्याएका थिए । रकम मुठ्याए, र यिनी तत्कालै विदेशतिर कुलेलम ठोके । जन्मेर, धूलो खेलेर हुर्केको देशै बिर्सन सक्ने बैगुनीलाई खाएको ऋण बिर्सन के गाह्रो ! यिनले ढुक्कसँग बिर्से । यी महान् खाओवादीको नाम चार वर्षअघि बैंकको कालो सूचीमा चढेछ । त्यो अहिले सार्वजनिक भएको छ । भ्रष्टाचारीहरूको कालो सूचीमा गिरी महोदयको भ्रष्ट रोल नम्बर १६८० हो । भ्रष्टाचार उन्मूलन शाही सत्ताको अति पि्रय तोत्र हो । यो कर्म सम्पन्न गर्न शाही आयोग बनेको पनि छ । आयोगमा जो छन् ती शाही बुख्याँचाझैँ प्रतीत हुन्छन् । आयोगको अनुहार स्वेच्छाचारी प्रहरीको जस्तो छ । अभिप्राय र कार्यशैली पनि उस्तै-उस्तै । लाग्छ, भ्रष्टाचार उन्मूलन यसको देखाउने दाँत हो, लोकतन्त्रको बध गर्नु यसको खाने दाँत हो । मानौँ, आयोगको प्रयोजन भ्रष्टाचार उन्मूलन गर्नु नै रहेछ रे लौ । राजाका अति नजिकका, अति प्यारा र अति पत्यारिला तुलसी गिरीलाई राजाको आयोगले अब के गर्ला ? के भ्रष्टाचारको फायल लुकाएर यिनलाई पञ्चखत माफी देला ? काकाश्री भन्छन्, भ्रष्टाचारी भनेर सप्रमाण चिनिनु तैपनि पद छाडेर लुसुक्क श्रीलङ्कातिर नभाग्नु गिरीबाबुको हदै भ्रष्ट आचरण हो । डा. गिरी कुशल भक्षक हुन् । लोकतन्त्र, राष्ट्रियता र रैरकम तीनैथोकका कुसल भक्षक । लोकतन्त्रको भक्षण त यिनको सनातन धन्दा नै भइहाल्यो । अहिले राष्ट्रियताको भजन गाउँदै यिनले राष्ट्रियताकै भक्षण गर्ने धन्दा थालेका छन् । त्रासद् सबुत गुमेको हाम्रो कालापानी हो । शाही सत्तालाई आशीर्वाद प्राप्त गर्ने मनसुवाले होला परचक्रीलाई कालापानी कोसेली दिइयो । प्रतीकात्मक रूपले चिनियाँ ठुल्दाइ फड्के किनारमा साक्षी बसे । र भारतीय ठूल्दाइज्यूलाई सभक्ति लालपुर्जा टक््रयाइयो । अह्राउने मुख कसको हो कुन्साङ काकालाई थाहा छैन । टक््रयाउने हात प्रमुख शाही चौकिदार यिनै गिरीको हो । देखियो । शाही सत्ताको राष्ट्रवादको अस्सली रूप पनि देखियो । 'पल्केको झिल्के घरिघरि मिल्के' भन्ने उखानको अर्थ विदेशवासी तुलसी गिरीलाई थाहा नहुनसक्छ । तर यो उखानलाई चरितार्थ गर्ने कर्म भने यिनलाई राम्रैसँग थाहा छ । यिनको चाल देखेर कुरो बुझियो । यतिखेर गिरी सत्ताको चुलोमा छन् । दूध चोर्न पल्केको ढाडेले चुलाको भएभरको दूध कुन बेला सुइँक्याउँछ, पत्तै हुँदैन । त्यसैले कुन्साङ काका मुलुकवासी सकल नागरिकलाई आह्वान गर्छन्, हामी सजग र सतर्क रहौँ । १ करोड ७४ लाख रुपियाँ निल्ने ढाडेले अरू धेरै करोड र धेरै लाख रुपियाँ निलेर पहिलेझैँ रातारात दसगजापारि सुइकुच्चा ठोक्नसक्छ । भ्रष्ट ढाडेलाई अबिलम्ब पक्राउ गरौँ । १ करोड ७४ लाख असुलउपर गराऔँ । र यसलाई शिघ्राति शिघ्र सीमा कटाऔँ । नत्र यस 'स्वच्छ छवि' शिरोमणिले गरिब नेपालीको दुर्लभ रकम सक्ने भो !
Read Full Discussion Thread for this article