[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 49070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 04-20-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीबुढो ज्यू, निम्न चार शब्दार्थ पर्याप्त होला तपाईलाई श्लोकार्थ बुझ्न भन्ने ठान्दछु । उसो त श्लोकको सार भएको दोश्रो पंक्तिमा कुनै अपरिचित शब्दावली थिएनन्, बुझ्नु पक्कै भयो ।


सुर्खिया = headlines
खुलासा = full report
कातिब = writer
मकसद = purpose

***********

दीपज्यू, के सारो दिनुभएको, फुकाउन सक्या भे मरि जाम् ।

***********

रूईना बुईना, आदाब !

***********

 
Posted on 04-20-05 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्साङ काकाको यो महफिल जारी राख्ने हेतुले उनको अलिक पुरानो तर जारी रहेको हुनेहुनामीको अचुक भविष्यावाणी भएको यो लेख यहाँ . . . .

बेलाको बोली
मोहसिनको ध्वाँस र नत्रवादीहरूको इतिहास

Nov 16, 2004

खगेन्द्र संग्रौला

जब प्रधानमन्त्री देउवा बोल्छन्, सुन्नेहरू हाँस्छन् । कारण देउवा इतिहासका दोयम दर्जाका हास्यपात्र हुन् भन्ने कुरा जगत्लाई अवगत छ । जब उपप्रधानमन्त्री अधिकारी बोल्छन्, सुन्नेहरू मुख छोप्छन् । कारण यी अधिकारी सङ्कटकालीन इतिहासका अब्बल दर्जाका जोक्कर हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । तर जब सञ्चारमन्त्री मोहसिन बोल्छन्, मानिसहरू झस्किंदै सास रोकेर कान थाप्छन् । कारण खुलस्त छ । सरकारमा देउवा मानवरूपी बडा बुख्याँचा हुन् । उनको शरीरको रूपरेखा छ, तर त्यो शरीर चेतनाशून्य छ । सरकारमा अधिकारी छोटा बुख्याँचा हुन् । छनलाई शरीरको रूपरेखा उनको पनि छ, तर त्यो सामर्थ्यशून्य छ । तर मोहसिनको भने मुख पनि छ, र प्रतिगामी प्रकृतिको चेतना वा सामर्थ्य पनि छ । अकिञ्चन कुन्साङ काकालाई थाहा छ ( मोहसिनका मुखबाट शक्तिको भाषामा दरबारको सपना बोल्छ । त्यो सपना अर्थपूर्ण हुन्छ । मोहसिन दरबारका ध्वनि हुन् । देउवा र अधिकारी उक्त ध्वनिका प्रतिध्वनि हुन् । मोहसिन देह हुन्, देउवा र अधिकारी सो देहका निरीह छायाँ । जब मोहसिनका कुटिल ओठ खोल्छन्, उनको बोलीबाट राजनीतिक जगत्मा अर्ढाई रेक्टर स्केलको भुइँचालो जान्छ । भुइँचालाको झट्काले तान्त्रिक काङ्ग्रेस र एमाले वृत्त भयातुर भई हल्लिन्छ ।सरकारमा तान्त्रिक काङ्ग्रेस र एमाले माओवादी, रत्नपार्कवादी, सञ्चार र नागरिक समाजलाई तर्साएर दरबारको बाली जोगाउन राखिएका बुख्याँचा हुन् । जब एकतन्त्रको एक बाली पाक्छ, बाली उठाइन्छ र बुख्याँचालाई बारीमै त्यागिन्छ । एकतन्त्रको पहिलो बाली पाक्यो र चन्दरूपी बुख्याँचागणलाई परित्याग गरियो । दोस्रो बाली पाक्यो र थापारूपी बुख्याँचागणलाई परित्याग गरियो । अब तेस्रो बाली पाक्ने क्रममा छ । यो पाकेपछि तान्त्रिक काङ्ग्रेस र एमालेरूपी बुख्याँचालाई पनि परित्याग गरिनेछ । संसारैभरि बुख्याँचाको दुःखद् नियति यही नै हो । लक्षण हेर्दा तेस्रो बुख्याँचाको मिति पुग्न लागेको छनक पाइन्छ । मोहसिनको ध्वाँसपूर्ण उद्?घोष बाट बुझिने कुरा यही हो ।

 
Posted on 04-20-05 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरबारको गुप्त इसारामा मोहसिनले सञ्चारकर्मीहरूलाई कार्यालयमा डाकेर खतराको घण्ट बजाए । घण्ट दरबारको हो, घण्ट बजाउने रालो मोहसिनका हातको । घण्टले जोडले भन्यो ( यो सरकार असफल भए तानाशाही आउँछ । 'माथि'ले भनेको बेलामा चुनाव नभए र्सवसत्तावादी शासनले मुन्टो उठाउँछ । होसियार, त्यो शासन खपिनसक्नु हुनेछ ? आफ्ना मुखारविन्दबाट दरबारको टेप बजाउँदै जाूदा मोहसिन बाले यो पनि भने( यो सरकारले न शान्तिवार्ता गर्न सिन्को भाँच्यो, न चुनाव गराउन यसले केही लछारपाटो लायो । तर्सथ यो सरकार फयल भइसक्यो ?सरकारमा मोहसिन चाणक्यतुल्य कुशल सूत्रधार हुन् । र, सरकारका मेरुदण्ड पनि यिनै हुन् । देउवा सोकेसमा सजाइने दलीय प्रधानमन्त्री हुन्, मोहसिन हुन् पर्दापछाडि बसेर कर्म गर्ने निर्दलीय प्रधानमन्त्री । मोहसिन माउ हुन्, देउवा पाठा । र भरत बाजे हुन्( मै मिरिमिच्चे म्याँ-म्याँ बुरुक् । त्यसैले जब मोहसिनको बक् फुट्छ, त्यसबाट हावाको सानो झोंक्का निस्कन्छ । र, सोकेसका देउवालगायत बुख्याँचारूपी सकल मन्त्रीहरू हल्लिन थाल्छन् ।अघोषित प्रम मोहसिनले यो सरकारको आयु निख्रिएको सङ्केत गरे, र अहिले बुख्याँचाहरू हल्लिरहेका छन् । हल्लिनेहरूमा एमालेगण अग्र पङ्क्तिमा छ ।

मार्क्सवाद-लेनिनको प्रतिरोधी न्याय-चेतना पूजा कोठामा थन्क्याएर एमालले नत्रवादको ध्वजा उठाएको छ । ध्यानले सुन्नु( नत्रवादीहरू मोहसिनतर्फ छेस्काको औंलो ठड्याएर सुतुर्मुर्गे शैलीमा बोलिरहेका छन् । भरत बाजे भन्छन् ( जथाभावी बक्बक् गर्ने मोहसिन अराजक हुन् । सरकारमा हामी पनि छौं । यिनी आफू एक्लै सरकार हुँ भनेझैं गरी जगाभावी नबोलून् । नत्र...."नत्र के त कमरेड -"

"नत्र म बेतुक बक्बक् गरी नै रहनेछु ।"

 
Posted on 04-20-05 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वामदेव अघि र्सछन् र ढ्वाङे स्वरमा कुर्लिन्छन्( मोहसिन प्रजातन्त्र मास्ने कुरो नगरून् । नत्र....."नत्र के त कमरेड -"

"नत्र म दरबारमा टीका थाप्न जान्छु ।"

गरिब र्सवहारा के. पी. शर्मा ओली पाखुरा सुर्किन्छन् र सुरिलो भाकामा चुट्किला सुनाउन थाल्छन्( एमालेका मन्त्रीहरू गति छाडेर पानीमरुवा मति नदेखाऊन् । ती तरकमरक गरून् र छाडा मोहसिनलाई ख पारून् । नत्र..."नत्र क्यार्र्छौ त कमरेड -"

"नत्र म नवनिर्मित कैलाशकुट भवनको कौसीमा बसेर भुटेका काजु खाँदै अर्को कैलाशकुट भवन बनाउन थाल्छु ।"

त्यसपछि चिल्ला, चिप्ला र खाइलाग्दा कमरेड झलनाथ खनाल भाषण ठोक्छन्( मोहसिनलाई मैदान छाडिदिएर एमाले दरबारको गोटी नबनोस् । नत्र...."नत्रपछि के हुन्छ, कमरेड -"

"नत्र म अर्को जोर सुट सिलाउन जान्छु ।"

यसबीच खल्तीभर हार्ड क्यास बोकेर प्रसन्न मुद्रामा महासचिव माधव कमरेडको सानका साथ स्वदेश सवारी हुन्छ । कमरेड एयरपोर्टबाट सिंहदरबारतिर चक्षु प्रक्षेपण गर्छन् र चाल पाउँछन्( आफ्नो दलका मन्त्रीहरू तलब-भत्ता थाप्न र राज्यको कोष लुटेर पार्टी केटाहरूलाई बाँड्नमा मस्त छन् । राजाले अह्राएको चुनाव आँगनको पल्लो छेउमा आइसक्यो, द्वन्द्वको डढेलोमा एक घैंटो पानी खन्याइएको छैन । नेपाल ठुटे जुँगामा चट्ट ताउ लगाएर रत्नपार्कतिर हेर्छन् । धत्तेरिका ! दल, सञ्चार, नागरिक समाज, जनसाधारण सबै नै आफूलाई कुरीकुरी गरिरहेका छन् । माधवजी हत्केलाले नग्न देहको लाज ढाक्छन् । र, अर्द्ध-नारीस्वरमा भन्छन् ( यो सरकार आँट गरोस् र आजै युद्धविराम गरोस् । म भन्छु( शान्तिलाई एक नम्बरमा राखियोस् र चुनावलाई दूइ नम्बरमा । नत्र..."नत्र के गरिसिन्छ, कमरेड -"

"नत्र म झन् लामो विदेश भ्रमणमा जान्छु ।"

 
Posted on 04-20-05 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकालाई लाग्छ( नत्रवादीहरू शान्ति र लोकतन्त्रको बाटाका विघ्नकारी तगारा हुन् । लुसुक्क दरबार छिरे र यिनले एकतन्त्रलाई राजनीतिक वैधता प्रदान गरे । अहिले अकर्मण्य र अवसरवादी मुद्रामा मोहसिनको गर्जनमा भाका मिलाइरहेका छन्( यो अन्तिम नागरिक सरकार हुनसक्छ । तार्त्पर्य के भने सैनिक शासन आउन नदिन सारा जगत्ले यो बुख्याँचालाई काँध थाप्नुपर्छ, र यसका समस्त खाओवादी कृत्यहरूलाई पञ्चखत माफी दिनुपर्छ । यसको अर्थ हो( यो बुख्याँचा रहलपहल नागरिक अधिकार र नागरिक शासन दरबारका चरणमा नबुझाई कुर्सी नछाड्न कटिबद्ध छ । तान्त्रिक काङ्ग्रेसको मुखर दरबारभक्ति र एमालेको नत्रवादी ट्याउँट्याउँको गन्तव्य त्यही हो, र त्यहीमात्र हो ।दरबारका आकाङ्क्षा गुन्जिने मोहसिनको ध्वाँस ठट्टा होइन । यो ध्वाँसले साकार रूप लियो भने के हुन्छ - काका भन्छन्( भयानक उपध्रो हुन्छ, चारै दिशामा औंसीको घना अन्धकार र मासनघाटको सघन सन्नाटा व्याप्त हुन्छ । सबै सञ्चारमाध्यमहरू गोरखापत्रमा फेरिन्छन् । भिन्न मत बोल्ने सबै मुख बन्द हुन्छन् । सबै कलम भाँचिन्छन् । सयौं नेपाली टोराबोरा पर्वतहरूमाथि अमेरिकी शैलीमा बारुदको आगो बषिर्न्छ । सारा संरचनाहरू छियाछिया हुन्छन् । अनि के हुन्छ - मृत्युको सङ्ख्या लाखलाखमा गन्ती हुन्छ । अनि त्यसपछि - मुलुक लासको चाङमा परिणत हुन्छ । तर त्यत्रो उपध्रो भइसक्दा पनि मुलुकको समस्या भने जहाँको तँही रहन्छ । सुरक्षा फौज काँडे तारको बारभित्रको कैदमै सीमित हुन्छ । र, पाखा-भित्तामा माओवादीको मनपरी उस्तै रहन्छ । सुझबूझपूर्ण शान्तिवार्ताको बेला र्घर्किएपछि शक्ति-पिपासु शठहरूका सामु परचक्रीका चरण चुम्बन गर्ने धन्दामात्र बाँकी रहनेछ ।इतिहास, इतिहास बिगार्नेको पनि लेखिन्छ । तान्त्रिक काङ्ग्रेस र नत्रवादीहरूको इतिहास किस्ताकिस्ता गरी दरबारमा लगेर लोकतन्त्र बुझाउने पात्रका रूपमा लेखिनेछ । यिनलाई यति कुराको पनि हेक्का नभएको देख्दा कुन्साङ काकालाई लाज लाग्छ ।

**************
 
Posted on 04-26-05 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुवाछूत प्रथा, गहुँतस्थान र धर्म
बेलाको बोली
खगेन्द्र संग्रौला

- नेपाली इतिहासको यो अतीतमुखी कालमा सरकारी राजनीतिले कठोर जातवादी रङ्ग धारण गरेको छ । यसले नेपालीलाई थोक शैलीमा दुई कित्तामा बाँडेको छ । उचा जातका छूत र नीचा जातका अछूतमा । जो मकरतन्त्रलाई समर्थन गर्छ, ऊ उचा जातको छूत हो । जो गर्दैन, ऊ नीचा जातको अछूत
हो । जो छूत हो, ऊ अतीतमुखी निर्दलमार्गी

हो । जो अछूत हो, ऊ भविष्यमुखी बहुदलमार्गी हो । यो छूत पात्र एकलवादी निरङ्कुशपथको उपासक हो । र यो अछूत पात्र हो बहुलवादी उदारपथको अभियन्ता । लाग्छ, इतिहासको अँध्यारो गुफा खनेर निकालिएको यो छुवाछूत प्रथा उही मिति गुजि्रएको मनुस्मृतिको छुवाछूतवादी संहिताबाट निर्देशित छ । छूत-अछूतको यो राजनीति वास्तवमा आदिम मनु-नीतिकै प्रेत-औतार हो । यस प्रेतले यतिखेर लोकलाई सातो खाने गरी तर्साइरहेछ ।

सभ्य भइनसकेको नेपाली समाजमा दलित नामका अछूतहरू बयान गरिनसक्नु भेदभावको सिकार हुँदै आएका छन् । धारा-पानीमा छोइछिटोको भेदभाव, शिक्षालयमा छोइछिटोको भेदभाव, होटलमा छोइछिटोको भेदभाव, घर-घरानामा छोइछिटोको भेदभाव, मन्दिरमा छोइछिटोको भेदभाव, बिहाबारीमा छोइछिटोको भेदभाव- यस्ता चुत्था भेदभाव त कति हुन् कति ! तर अहिले यी सनातन अछूतमा अरू अगणित अछूत थपिएका छन् । विचार र राजनीतिका अछूतहरू । पुराना अछूतझैँ यी नयाँ अछूतहरू पनि नानावली छोइछिटोको भेदभावबाट पीडित छन् । यिनलाई आफूलाई मनपर्ने आस्था बुनिएको झण्डा बोकेर सडकमा जान छूट छैन । सडक बिटुलिन्छ । यिनलाई

विमानमा उड्न छूट छैन । आकाश बिटुलिन्छ । यिनलाई थानकोट काटेर बाहिर जान छूट छैन । भूमि बिटुलिन्छ । यिनलाई सरकारी सञ्चारमाध्यममा खुट्टा टेक्न छूट छैन । माध्यम बिटुलिन्छ । यिनलाई बहुदलीय राजनीति र मूल्य-प्रणालीको वकालत गर्न छूट छैन । निर्दलीय राजनीति र मूल्य-प्रणाली बिटुलिन्छ । यिनलाई मुखर रूपले मकरतन्त्रमाथि टिप्पणी गर्न छूट छैन । कथित राष्ट्र-राष्ट्रियता आदि बिटुलिन्छ । जताततै छुवाछूतमार्गी निरङ्कुशतन्त्रले उभ्याएका निषेधका यस्ता पर्खाल छन् । जताततै एकलवादी सङ्कीर्णताले बनाएका काँडेतारका बारहरू छन् ।

कि त विचार र संस्कारमा सरकारी गहुँत छर्केर अछूतबाट छूत होऊ कि अँध्यारो कारावासमा बास बस्न जाऊ । सरकारी छूत हात-हातमा दृश्यमान वा अदृश्य लौहअस्त्र बोकेर अछूतलाई ध्वाँसको भाकामा यसो भनिरहेका

छन् । विचार र राजनीतिका अछूतलाई छोइछिटो हालेर छूतमा फेर्ने आदिम दृश्य अनौठो

देखिन्छ । श्री टी. गिरी र टी. ढकालले निर्दलीय गहुँतका घ्याम्पा बोकेका छन् । भूपू एमाले आर. के. मैनालीका हातमा गहुँत छर्किने बाबियाको कुचो छ । र बृद्ध कीर्तिबाबु डालीमा कुसका

टुक्रा बोकेर पछिपछि सकिनसकी कन्दै हिँडिरहेका छन् ।

नरलोकमा छोटो स्वार्थका लागि शक्तिको भक्ति गर्नेको केही कमी छैन । कुन्साङ काका इतिहासको डिलमा बसेर गहुँते नाटक हेर्दैथिए । सर्वोच्च अदालतका प्रधान न्यायाधीश हरिप्रसाद शर्माको बिटुलो आङमा गहुँतको वृष्टि भयो । जब उनी चोखिएर अछूतबाट छूत भए, उनको बोलीको भाकै फेरियो । शर्माका पदचिन्ह पछ्याउँदै मानवअधिकार आयोगका अध्यक्ष नयनबहादुर खत्रीले आङ् थापे । आङ्मा गहुँत पर्छिइयो र खोटा खत्री चोखिए । अनि गहुँतस्नानबाट शुद्ध भएका खत्रीका मुखारविन्दबाट निर्दलकालीन स्वामीभक्त खत्री पटापट बोल्न थाले !

उसो त मनु बाजेको गहुँतले चोखिँदै मल्खुतिर ढल्किने चतुरे राजनीतिमा पनि नभएका होइनन् । अनुहार हेर्दा र बोली सुन्दा ढुण्डिराज शास्त्री तीव्र गतिमा चोखिँदै गएको छनक

पाइन्छ । जनपक्षीय सुलसुले भन्छ, चोखिने लाममा काङ्ग्रेसी शैलजा आचार्य र एमाले के. पी. शर्मा ओलीका नाम शीर्ष स्थानमा छन् । विस्मयको मुद्रामा कुन्साङ काका गम खान्छन्, के आचार्य र ओली निर्दलीय गहुँत सेवन गरी चोखिने धुनमा लागेकै हुन् त ? थाहा छैन । तै आचार्यलाई गहुँत छर्किमागेर अछूतबाट छूतमा फेरिन उनकोे जन्ड अहंले अनुमति नदेला कि ! तर ओलीबाबुमा भने त्यस्तो अहं-सहं केही

छैन । उनमा जे छ, सत्ताको चुचुरोनेर पुग्ने तीव्र तृष्णा छ । र उनमा त्यो तृष्णा तृप्त गर्ने उग्र लालसा छ । यो काकाले रचेको मनचिन्ते कथा होइन । हिजोसम्म ओली महोदयको वरिपरि झुम्मिने भजनमण्डलीजस्तो झुण्ड आफैँ

आज यसो भन्दै हिँडेको छ । अनुभव भन्छ, बिहानीको मौसमले दिनको लक्षणको सङ्केत

गर्छ । अतः हाम्रा काकाश्रीलाई यो कुरा नपत्याउन असम्भव छ ।

क्रमशः


 
Posted on 04-26-05 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो त अछूतलाई छूतमा ढलान गर्ने अर्को सरकारी पासो पनि छ । त्यो शाही आयोग हो । शाही आयोगले उहिलेको श्री ३ कालीन न्यायविधानको झझल्को दिन्छ । उजुरी बनाउने आफैँ, अभियोग लगाउने आफैँ र सजाय किट्ने पनि आफैँ । अराजक सनक श्री ३ हरूको न्यायविधानको विशेषता थियो । शाही आयोगले सोही विशेषताको सिको गरेको प्रतीत हुन्छ । छाँटले भ्रष्टाचार निर्मूल गर्ने नाटक गर्नु आयोगको देखाउने रूप हो । काका भन्छन्, पारदर्शी काइदाले राष्ट्रिय भ्रष्टका रोल नम्बर किटान नगरीकन साँचो अर्थमा भ्रष्टमाथि कारबाहीको थालनी हुँदैन । भ्रष्ट शिरोमणि माथि छन्, तलका झिना-मसिना वास्तविक वा कल्पित भ्रष्टलाई समातेर केही लछारपाटो

लाग्दैन । साँचो अर्थमा भ्रष्टमाथिको कारबाही त एउटा निहुँमात्र हो । आयोगको सक्कली अभीष्ट हो अछूतलाई फन्दामा पार्नु र छूतमा फेर्नु । लाग्छ, यो निकै प्रभावकारी जुक्ती हो । कि भ्रष्टको पगरी गुथेर कष्टपूर्ण खोरमा जाऊ कि मकरतन्त्रको जुवामुनि नारिन आऊ । आयोगको नभनिने तर बुझिने सन्देश यही हो । जसको चरित्र निम्छरो छ, सके ऊ आयोगले डाक्नु अगावै निजकहाँ गहुँत छर्किमागेर चोखिन गइसक्ला ।

लोभ, भय वा लाभको कारण मनुतन्त्रको जुवामुनि नारिन जो राजी हुनेछ, सके उसलाई पञ्चखत माफी दिइएला । लोकका नजरमा सर्वाङ्ग भ्रष्ट भनी गन्हाएका उच्च कोटीका ऐतिहासिक भ्रष्ट असनको साँढेझैँ डुक्रिँदै फुक्काफाल हिँडिरहेका छन् । काका लख काट्छन्, यिनको र उनको चोचोमोचो मिलिसकेको हुनसक्छ । मकरतन्त्रको नाटीकुटी नगर, स्वतन्त्रताका सपना नदेख, लोकतन्त्रका कुरा नगर, तिमीले गरेको यावत् भ्रष्टाचार क्षम्य हुनसक्छ । बस्, जुँगा चले कि कुरा यस्सै बुझिहालिन्छ ।

काकाजीको अनुमानमा काङ्ग्रेस र एमालेको चुचुरोमा बिलासवीरकोे सङ्ख्या ठूलै होला । ती रूपमा नायक सारमा खलनायक हुन् । दूरवर्ती लोकतन्त्रका लागि सपना देख्न र प्रतीक्षा गर्न, जोखिम उठाउन र कष्ट झेल्न यी बिलासजीवीलाई गाह्रोगाहै्र छ । त्यसैले यिनलाई सत्तामा पुग्ने छोटो, छिटो र सजिलो बाटै प्यारो लाग्ला । काकाका नजरमा एकथरी आडम्बरी पात्र त्यस्ता छन् जो चाहन्छन्, विदेशी दूतावासमा डिनर खाऊँ, त्यहाँबाट सिधै नारायणहिटी गएर, गहुँत खाएर टीका लाऊँ र त्यहाँबाट डन्डाको सुरक्षामा झन्डा हल्लाउँदै सिधै सिंहदरबार

भित्रिऊँ । भनिरहनु परोइन, यस्ताहरूलाई सुहाउने मार्ग भनेको गहुँतमार्गै हो ।

तर, जसका लागि अतीतमुखी सत्ताको आनन्दभन्दा आप\mनो भविष्यमुखी राजनीतिक आदर्श पि्रय छ, तिनका नाकमा गहुँतमार्ग अग्घोरै गन्हाउँछ । सुन्दर सपना बेचिखानु यिनका लागि अधर्म हो । जो लोकप्रति र आफैँप्रति इमान्दार छ, कस्तै अप्ठेरो आइलागे पनि उसले आप\mनो धर्म छाड्दैन । औँसी कालमा पूणिर्माका सपना कोरल्न नछाड्नेहरूको धर्म यही हो । सहिद गंगालालहरूले सपनामा भनेको कुन्साङ

काकाले सुनेका छन्, धर्महरूमध्ये अत्युत्तम धर्म यही नै हो ।

 
Posted on 04-27-05 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>भ्रष्ट शिरोमणि माथि छन्, तलका झिना-मसिना वास्तविक वा कल्पित भ्रष्टलाई समातेर केही लछारपाटो लाग्दैन ।
यो कुरा त यहिँ साझामा नेपेजीले कति पटक भन्नु भो हाम्लाई। कुन चाहीँ Originla ho? Nepe or KAKA?
>जो लोकप्रति र आफैँप्रति इमान्दार छ, कस्तै अप्ठेरो आइलागे पनि उसले आफ्नो धर्म छाड्दैन ।
काका त्यस्तो मान्छे नपाऽर त ह्याँ मरियो।
 
Posted on 04-27-05 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harka_Bahadur,
are you also kissing Sambhu Thapa's ass?
by the way how is it?
 
Posted on 05-01-05 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरबलिको खेल र नेपालको नाक
बैशाख १५ को समय साप्ताहिकको गातोबाहिर मालाधारी मनुवाको फोटो छ । त्यो गोलीको माला हो । ती जङ्गली जन्तुको हैन, मानिसको सिकार गर्ने गोली हुन् । लाल-लाल नेत्र भएका जुँगामुठे यी मनुवा देख्दैमा चर्का लाग्छन् । निजका हातमा बन्दुक छ । गोलीको घातक चरित्र र मालाधारीको अनुहारको भावमा सादृश्यको झल्को छ । त्यो देख्दा हिंसा र प्रतिहिंसाको होडमा मान्छे मारिएको सुन्न नरुचाउने हामी नागरिकहरूका संवेदन तन्तुहरूमा त्रासयुक्त कम्पन पैदा हुन्छ ।

मालाधारी यी मनुवा प्रतिकार अभियानका जन्ड लडाका हुन् । सम्झन्छु, प्रतिकारको यो लहर दैलेखबाट उठेथ्यो । अति भनेको अति नै हो । जब माओवादीको अपहरण, चन्दा र हिंसा अति भो, दैलेखवासीहरू त्यो खपिनसक्नु अतिविरुद्ध उठे । प्रतिकारको स्वतःस्फूर्त तरङ्ग थियो त्यो । तरङ्गमा धूप हाल्न तिनताकका तीन मन्त्री हान्निँदै दैलेख पुगे । ती थिए, एमालेका युवराज ज्ञवाली, प्रजातान्त्रिकका पूर्णबहादुर खड्का र राप्रपाका बालाराम घर्तीमगर । प्रतिकारकर्मीहरूलाई तिनले उत्ताउलिँदै स्याबासी दिए । तिमीहरू ज्ााइलाग, तिमीहरूलाई सुरक्षा दिने जिम्मा हाम्रो भो भनेर लाटासीधा जनतालाई तिनले उक्साए । तर, साटो फेर्ने खेलमा माओवादीबाट प्रतिकारकर्मीहरू भकाभक मारिँदा मन्त्री नामक यी त्रिमूर्ति आपनो बतासे वाचा बिर्सेर सिंहदरबारमा उङरिहेका थिए ।

दैलेखमा हिंसा र प्रतिहिंसाको होडमा थुप्रै ज्यान जखम भए, अनेकौँ घरहरू जले र बासउठ्ठा हुनेहरूको लाम लाग्यो । अहिले ती अभागीहरूको दुर्दसाको कथा सोध्न शासनको आसनमा बस्ने कसैलाई पनि फुर्सद छैन । अलिपछि उही कुरूप कथा कपिलवस्तुमा दोहोरियो । 'जनयुद्ध' का नाममा जब अतिको कीर्तिमान कायम भयो, त्यहाँ पनि भुक्तभोगीहरू प्रतिकारमा उठे । त्यो पनि जनप्रतिक्रियाको एउटा स्वतःस्फूर्त तरङ्ग थियो । तरङ्गमा धूप हाल्न तीन जना मन्त्री हान्निएर त्यहाँ पुगे । ती थिए, आरके मैनाली, टङ्क ढकाल र अर्का एक जवान । तिनले प्रतिकारकर्मीहरूलाई धाप मारे । तिमीहरू अघि बढ, परिआउँदा तिमीहरूका लागि माथि हामी छौँ । तर, साटो फेर्ने पाशविक खेलमा प्रतिकारकर्मीहरूको वध गर्न जब माओवादी तम्सियो, त्यसबेला यी धूपमार्गीहरू कहाँ थिए कसैलाई थाहा भएन ।

हिंसा र प्रतिहिंसाको होडमा कपिलवस्तुमा दर्जनाँै ज्यान गए, सयौँ घर खरानी भए र सयौँ परिवारको उठिबास भयो । 'इन्सेक' को रिपोर्टमा एउटा दारुण कथा छ । सरकारी शस्त्रबलले एउटा उदेकलाग्दो कर्म गरेछ । तीन माओवादी उसको पन्जामा परेका रहेछन् । उसले तिनलाई प्रतिकारकर्मीहरूका हातमा फिर्ता दिएछ । अनि ती तीन निहत्था मानव खेदिखेदी, छेकिछेकी, कुटीकुटी मारिएछन् । मार्ने काइदा उताकाको र यताकाको उस्तै छ । समात्छन् र निःसहाय अवस्थामा निःशस्त्र मानिसलाई अकथनीय पीडा दिएर मार्छन् । मानौँ, मारिएको अन्न खाने मुसालाई हो ।

लाग्छ, नवलपरासीको बगर्दहवामा आइपुग्दा हिंसा र प्रतिहिंसाको यस सङ्क्रामक व्याधिले विकराल रूपधारण गरेको छ । कथाभित्रका काला पत्रहरू यस्ता छन् । आशामुखी प्रतिकारकर्मीहरूलाई काम देखाउनु थियो । तिनले २२ माओवादीहरूलाई पक्राउ गरी प्रशासनमा लगेर बुझाए । उता माओवादी मानौँ 'जनयुद्ध' को नाउँमा जनमारा युद्धको सन्देश सञ्चार गर्न आतुर थियो । उसको पालो गाउँ घेरा हालेर १० जना निःशस्त्रहरूको निर्मम हत्या गर्?यो । विचलनकारी यी दुईथरीमाझ जब यो चुत्थो दोहोरी चल्यो, प्रतिकारको गुह्य सर्वाङ्ग उजागर भयो । कथाभित्रको हिंस्रक कथा सुन्दा मुटु काम्छ ।

माओवादीले हतियार उठाएपछि नागरिकका घरबाट सरकारले एकएक राइफल थुतेको जगत्लाई थाहा छ । तर, अहिले यी प्रतिकारकर्मीहरूसँग ६० थान राइफल छन् । तिनलाई ती राइफल दिएको कसले, कुन नियतले र कुन नियमले हो ? प्रतिकार समितिले बकाइदा १५ बुँदे नियमावली बनाएको छ । नियम नम्बर तीन भन्छ, समितिले इलाका र सैनिक क्याम्पको निर्देशनअनुसार काम गर्नेछ । माने के भने प्रतिकार समितिको हाइकमान्ड सुरक्षा निकाय स्वयं हो । अनि यसको जनक, प्रेरक र चालक ? लक्षणले यो अर्द्ध-सैनिक दस्तासरह दृष्टिगोचर हुन्छ । कुरा यसै हो भने यो आमनागरिक समाजमा शान्तिको आवादी गर्ने उपाय हैन, नरबलिको आवादी गर्ने उद्योग हो ।

थलैमा गएर सुनिजान्ने पत्रकारहरू भन्छन्, प्रतिकारमार्गी नायकहरूका चरित्र छाँट-छाँटका छन् । कोही गाउँमै उत्पात नाउँ गन्हाएका छन् । कोही भारतमा धुमधाम 'वान्टेड' छन् । जसले आपनै इज्जत र इमानको सुरक्षा गर्न सकेका छैनन्, तिनले गाउँलेहरूको सुरक्षा के गर्लान् ? यो ती निरीह गाउँलेहरूको मौन प्रश्न हो, जो सुरक्षाको नाममा झनै असुरिक्षत भएका छन् । उसो त प्रश्न अर्को पनि छ । खबर भन्छ, प्रतिकारपथका यी नायकहरू राजनीतिक दलहरूका नामसमेत सुन्न रुचाउँदैनन् । कसैको राजनीतिलाई घृणा गर्नु भनेको कसैको राजनीतिलाई माया गर्नु हो । कतैबाट राइफलप्राप्त यी नायकहरू कसको कुन राजनीतिका भरिया हुनन् ?

सुन्छु, यतिखेर बर्गदहवाका प्रतिकारकर्मीहरू कालभैरवको उन्मत्त मुद्रामा छन् । ती भन्दैछन्, भेटे माओवादीलाई मार्छौं, नभेटे तिनका शाखा-सन्तानलाई मास्छौँ । हातमा अच्चुक बन्दुक छन् । मनमा असीम घृणा छ । साथमा कतैको आशीर्वाद छ । यो विकराल अनिष्टको सूचक हो । २०५२ सालअघि राजनीतिक द्वन्द्वमा मर्ने नेपालीहरूको सङ्ख्या सयमा गनिन्थ्यो । त्यसपछि हजारमा गनिन थाल्यो । के हामी नरद्वेषी द्वन्द्वमा मर्नेहरूको सङ्ख्या लाखमा गनिने दिनको नजिक पुग्न लागेका हौँ ?

जेनेभामा मानवअधिकारको तुलोमा नेपालको नाम रोल नम्बर १९ मा परेको छ । यो बदनाम राष्ट्रलाई भिराइने रोल नम्बर हो । थाहा छ, प्रतिकारका यी कथाहरूले गर्ने योगदान झनै निकृष्ट हुनेछ । आगे साल जेनेभामा नेपालको नाम रोल नम्बर ९ मा लेखिन बेर छैन । त्यो अपराधी राज्यको रोल नम्बर हो । राष्ट्रको नाकमा कलङ्कको टीका लागेको देख्न नचाहने नेपालीहरूका लागि यो सुखद रोल नम्बर किमार्थ होइन । मकरतन्त्रका लागि ?

 
Posted on 05-01-05 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry, 'Khagendra Sangraula's name didnot appear in my posts. The story is from:

http://www.kantipuronline.com/Nepal/

------
OK

 
Posted on 05-01-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok,

Thanks for your postings here. Khagendra Sangraula is an incorruptible writer, and your tribute to him by posting his articles here is laudable.

TOday is monday, and I thought monday is the day for 'belaako boli' in Kantipur. I didn't see it today. Am I wrong?
 
Posted on 05-01-05 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KankaiRiver Jee,

"बेलाको बोली" is on Wednusday in कान्तिपुर. He writes "आफैंलाई सोधेर" in every two weeks in "नेपाल म्यागेजीन" ।

----
ओके


 
Posted on 05-03-05 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=39071
आयो घाम, गयो घाम, हे राम !
बेलाको बोली
खगेन्द्र संग्रौला

- जो आफ्नो रैथाने माटो टेकेर आफ्नै नाम, आफ्नै बुद्धि, आफ्नै पौरख र आफ्नै पिँडुलाका भरमा उभिने यत्न गर्दैन, कतैबाट आफ्नो भाग्यको घाम झुल्किने घडी पर्खिबस्नु त उसको लुते नियति नै हो । हाम्रोमा लुतेहरू दुई थरी देखिए । सरकारी लुते र गैरसरकारी लुते । केही दिनअघिको कुरा हो। सरकारी लुतेहरू दिल्लीबाट आफ्नो भाग्यको घाम झुल्किने भो भनेर उत्ताउलिँदै फुर्किए । कुरो हतियारको थियो । जकार्तामा राजा ज्ञानेन्द्रबाट विशालतम भारतीय लोकतन्त्रका प्रधानमन्त्री मनमोहन सिंहलाई दर्शनभेट बक्स भयो । दर्शनकालमा त्यहाँ अति गोप्य वार्ता सम्पन्न भयो । दर्शन र वार्ताबाट श्री सिंह प्रभावित भए । अनि उनले नेपाललाई दिन रोक्का गरेका हतियार फेरि दिन थाल्ने बाचा गरे । मकरतन्त्रका सरकारी सञ्चार माध्यमहरूमा यसै आशयका समाचार पढ्न पाइएका हुन् । जब यस्ता समाचारको ढोल पिटियो, मकरमार्गीहरूका भुइँमा खुट्टा भएनन् । तिनले धरातल छाडे र आप\mना राजनीतिक विपक्षीहरूलाई झन्डैजसो बाटबाटै हातपात गरुँलाझैं गरे ।

कुन्साङ काका भन्छन्, मकरमार्गीहरूको यो खुसी असामाजिक खुसी हो । मुलुकमा सामाजिक अन्यायको चाङबाट चौतर्फी द्वन्द्वको आगो दन्दनी बलिरहेको छ । विनाशकारी यो द्वन्द्वले विश्राम लिन संवाद र सहमति, लोकतन्त्र र अग्रगति, संयम र शान्तिको माग गरेको छ । तर मकरमार्गीहरूको मति भने विपरीत छ । हतियार भिख मागेर र तिनै हतियार चलाएर शान्तिको खेती गर्ने यिनको जिरह जब्बर छ । यो जिरहमा अझ चर्को द्वन्द्व, अझ धेरै हिंसा र अझ धेरै विनाशको चाहना लुकेको आभास हुन्छ । काका ठोकेर भन्छन्, यो यिनको विकराल बर्बादीको चाहना हो ।

जब दिल्लीबाट 'आयो घाम, आयो घाम' भयो, हाम्रा सरकारी लुतेहरूमा एक प्रकारको उन्माद छायो । एमालेको बल्खु कार्यालयमा दिवङ्गगत नेतृ साधना प्रधानलाई श्रद्धाञ्जलि दिइँदै थियो । वातावरण स्वभावतः शोकमग्न थियो । शाही सरकारले जवानहरूको भेषमा नकाब लगाएर त्यहाँ दिनदहाडै उद्दण्ड धावा बोल्यो । जबानहरूले डाँका शैलीमा ढोका फोरेे, चर्पी तोडे र जथाभाबी हातपात गरे । सरकारले त्यसपछि संस्कृत छात्रवासका शरणार्थी विद्यार्थीहरूलाई भेडा-च्याङ्ग्रालाई झैं बाहिर लखेट्यो । अनि त्यसपछि काङ्ग्रेस-एमालेका पाँच नेतालाई पक्राउ गर्?यो । अनि त्यसपछि पूर्व प्रधानमन्त्री देउवालाई मध्य रातमा उही उच्छृङ्खल र आक्रामक डाँका शैलीमा पोको पारियो । यो सब 'आयो घाम, आयो घाम' पछिको अराजक उन्मादको नतिजा थियो ।

तर यो उन्माद लगत्तै तुहियो । मनमोहन सिंहलाई उनको सरकारका सहयोगी वाम दलहरूले घेरेर केरकार गरे । सम्माननीय सिंहजी, के चाल हो यो ? नेपालमा अनुदार मकरतन्त्रको अराजनीतिक ज्यादती ज्युँकात्युँ छ । हिजो बोलेको बिर्सेर आजै थुक्या थुक खाने हो ? मनमोहनजीले दूरबिन लगाएर दिल्लीबाट शाही सरकारका पछिल्ला ज्यादतीहरू नियाले । उनलाई लाजमर्नु भयो । अनि त्यसपछि हतियार दिने कुरामा दिल्ली 'हउल्ट' भयो ।

फसाद पर्?यो । मकरतन्त्रको 'आयो घाम' तत्कालै 'गयो घाम, राम राम' भयो । त्यसपछि काइते नाटकको दोस्रो दृश्यको पर्दा उठ्यो । अकल्पनीय रूपले भनियो, सङ्कटकाल हट्यो । हट्यो त भनियो तर कतै, केही, कत्ति पनि हटेको देखिएन । बरु शाही सरकार झनै अनुदार, झनै कठोर, झनै असहिष्णु र झनै प्रतिशोधी भएको पो देखियो । आस्थाका बन्दीहरू छुट्नु त कता हो कता तिनलाई उल्टै थुनाको म्याद थपियो । त्यो पनि थोरै हैन, रामचन्द्र पौडेलहरूलाई त छ-छ महिना । बहुदलीय चेतना, बहुदलीय प्रणाली र बहुदलीय पात्रको नैतिक-बध गर्न जन्मेको शाही आयोग सही सलामत छ । सञ्चारगृहमाथि झुन्डिएको सेन्सरको तरबार उसैगरी झुन्डिरहेकै छ । सहिदमञ्च टुँडिखेल आम नागरिकहरूको खुला संसद् बस्ने डबली हो । त्यो डबलीमा प्रवेश निषेध गरिएको छ । लोकतन्त्रको आवाज लिएर विमति र विरोध प्रकट गर्ने राजधानीका सारा सडकहरू निषेधको लछुमन रेखाभित्र कैद गरिएका छन् । सडकमा सन्त्रास फैलाउने बन्दुकहरूको जुलुस झनै लामो भएको छ । निषेध, छेकथुन र दमनको यो प्रवृत्ति राजधानीमा मात्र सीमित छैन, मुलुकैभरि व्याप्त छ । आप\mनो सम्पादकीयमा 'द काठमाडौं पोस्ट' ले सटिक रूपले भनेझैँ हटाइएको भनिएको सङ्कटकालले सञ्चार गरेको कुटिल सन्देश यही हो- सङ्कटकाल हट्यो, सङ्कटकाल अमर रहोस् ! मकरतन्त्रमा जहाँ पनि, जहिले पनि र जे कुरामा पनि कथनी एउटा छ, करनी अर्कै छ । लाग्छ, ढाँट्नु मकरतन्त्रको परम् धर्म हो । कुन्साङ काकाका विचारमा सङ्कटकाल हटेको सूचना सञ्चार गर्दा एउटा ठूलो त्रुटि भएको छ । यो सूचना नेपाल र नेपालीका लागि थिएन । यो त केवल भारतीय प्रधानमन्त्री सिंह र संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानका लागि थियो । यी दुई महामहिमलाई सुटुक्क फोन गरेर सूचना दिएको भए दुनियाँलाई यो टाउको दुखाइ हुने नै थिएन ।

यथार्थको अर्को पाटोमा गैरसरकारी लुतेहरू छन् । जब दिल्लीले मकरतन्त्रलाई हतियार दिने कुरा आयो, हाम्रा कतिपय गैरसरकारी लुतेहरूका नूर गिरे, कान खसे र पिँडुला लल्याकलुलुक भए । तिनलाई 'गयो घाम, राम राम' भयो । लौ उत्पात हुने भो, बर्बाद हुने भो, अब सर्वनाश हुने भो ! यो दिल्लीको दबावमा नेपालमा लोकतन्त्रको घाम लाग्ला र मग्नसँग पार ताप्न पाइएला भनी चिताउने लुतेहरूको करुण कथा हो । कुन्साङ काका भन्छन्, लुतेहरूको यो सपना मिथ्या हो । लोकतन्त्र बाहिर कतैबाट निर्यात गरिने चीज होइन । यो रैथाने माटोमा रैथाने चेतना, रैथाने एकता र रैथाने सङ्घर्षबाट पैदा हुने चीज हो । बाहिरको सहानुभूति र समभाव, शुभेच्छा र दबाव सहायकसम्म त हुनसक्ला नै । त्यो निणर्ायक भने कदापि हुँदैन । कुन्साङ काकालाई थाहा छ, अफगानी लोकतन्त्रको साँचो पेन्टागनमा छ । इराकी लोकतन्त्रको थोक कमान बुस प्रशासनमा छ । रनै काका विश्वस्त छन्, दिल्लीबाट नेपाली लोकतन्त्रको घाम झुल्किनेवाला छैन ।

कटु अनुभव भन्छ, दिल्ली कहिल्यै पनि नेपाली लोकतन्त्रको हितकारी साथी भएन । मोहन शमशेरलाई फकाएर दिल्लीले सन् ५० को सन्धि गर्?यो, र नेपाली लोकतन्त्रका घाँटीमा पहिल्यै सुर्काने कस्यो । सन्धिमा ल्याप्चे लगाएको गुनको पैँचो तिर्न उसले सात सालमा उनै मोहन शमशेरलाई प्रजातन्त्रको पनि प्रधानमन्त्री बनाइदियो र प्रजातन्त्रका महासेनानी बीपी कोइरालालाई दुई नम्बरमा झार्?यो । सत्र साले फौजी काण्डपछि उसले राजा महेन्द्रलाई काखा र बीपीलाई पाखा पार्?यो । पञ्चायतको तीस वर्षे हुकुमी शासनलाई लिटो र ल्याक्टोजिन खुवाएर बचाएको पनि उसैले हो । छ्यालीस सालको आन्दोलनमा पनि उसले नेपाललाई साथीलाई जस्तो साथ दिएको किमार्थ होइन । त्यो आडम्बरी लोकाचारको क्रीडामात्र हो । अनि अहिले ६१ सालमा ? केही भन्न सकिँदैन ।

थाहा छ, दिल्लीको सनातन स्वभाव अजीव छ । उसलाई नेपालको जल, थल र बजारमा खूब चाख छ, नेपालको लोकतन्त्रमा होइन । नेपालको जुन शासनमा आप\mनो हित सिद्ध हुन्छ, उसलाई त्यही शासन अति पि्रय लाग्छ । त्यसैले बिस्तारै-बिस्तारै उसलाई मकरतन्त्र पि्रय लाग्न थालेमा हामीले आश्चर्य मान्नुपर्ने कुरा केही हुनेछैन । तर समय भने यो अलि अप्ठ्यारो छ । अब तिमी नेपालको एकतन्त्रको पक्षमा कि नेपालको लोकतन्त्रको पक्षमा ? सभ्य विश्वलाई साक्षी राखेर इतिहासले दिल्लीलाई यसपाला कठिन परीक्षामा राखेको छ । परीक्षामा यो पास हुनसक्छ वा पहिले-पहिलेझैँ फयलै हुन पनि सक्छ । ठीक छ, हामी पनि हेरौँला ।


 
Posted on 05-04-05 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like Sangraula -- personally and professionally.
I know him and have often talked with him about this and that.

BUT my attitude toward Sangraula is somewhat similar to what -- to use a scientific analogy -- evolutionary biologists have toward late Stephen Jay Gould . . . that is to say, though Gould got evolution wrong through his punctuated equilibrium theory, at
least he was loudly against the enemies: the creationists!

And for genetics-influenced evolutionary biologists (the folks I like), as long as Gould was against the creationists, it was easy to see him as a partner and brush aside his lucidly written but wrong evolutionary theories.

Likewise, it's possible to appreciate Sangraula's writings without casting an eye toward his PUBLIC anti-democratic stances. Especially when he SEEMS to be fighting for everyone's rights at the moment!!

BUT is he?

Consider these:

EXHIBIT A: In late 2000, during the Rhitik Roshan Kanda, Sangraula fanned the flame
of murderous riots by publicly praising the vandals who had tried to burn down Gopi Krishna Cinema Hall (two Nepalis died in the scuffle). He called the vandals "patriots", and denounced the hall-owner Uddhav Poudyal as an Indian stooge.

QUESTION: For a democrat, when was it acceptable to publicly cheer on the destruction of other people's private property?

EXHIBIT B: In the summer of 2001, exercising his imaginative gifts and with no basis of any verifiable fact, Sangraula publicly absolved Deependra (who he called "bhatiz" or nephew) of murdering his parents and siblings.

It was one thing to say, as Manjushree Thapa does in her latest book, that we do not know what really happened on that June night at the palace. It's irresponsible, as Sangraula did, to prey on people's sense of uncertainty by reinforcing the canard that Deependra was innocent.

QUESTION: Since whan is it acceptable for a democrat to use utter falsehoods to propagate his brand of "the truth"? [If you don't believe me, read the book that Sangraula published based on his writings about the royal massacre. It's quite imaginative, allegorical and wrong.]

EXHIBIT C: Last year, Sangraula decided that he had to oppose the Dabur Batika Miss Nepal Beauty Contest. Nothing wrong with that per se.

But he went on to write nasty things in Kantipur about the contest, calling the young Nepali women contestants future-mistresses of businessmen. These young women were, mind you, over the age of 18, and no one had forced them to take part in the contest. In other words, they were freely exercising their right to take part in a legal private activity.

But Sangraula was not satisfied that they exercised their right to take part in such a contest. He started a julus, and when the julus turned violent on the day of the contest, he blamed his followers in an article in Kantipur.

And let me not even talk about the suicide of a young actress Shreesa Karki about two years ago . . . a suicide that was caused by repeated blackmails of a Leftist journalist who, for years had been demanding money and sexual favors from the acress and threatened to publish her nude pictures.

The response from Sangraula and other Leftist democrats?
Utter silence, because one of their Leftist friends (the journalist) was involved.

The POINT here is that while PRAISING Sangraula of his supposed bravery in a rather one-sided way, let us also -- in the interest of fairness -- keep track of some of his remarkable PUBLIC failures that sit oddly with his democratic credentials.

oohi
ashu

 
Chip_of_the_OldBlock
Posted on 05-04-05 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashu,

I feel like I'm watching some primetime legal drama like Law and Order or Boston Legal when I read your above piece. Ever think about attending law school ? I think you've got the knack to put forth your arguments in a clear and resolute manner.

I think the left-wing "democrat" is going to go ballistic and barrage you with unfounded innuendoes and accusations of being an oppugnant of democracy.

Brace yourself!!! :)
 
Posted on 05-04-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Janata ko aawaj ra gunaso lai black & white ma lyaune autai patrakar hun khagendra sangraula. Sadhubad cha sangraula lai.keep on posting his article guys.thanks
 
Posted on 05-04-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashu,
"evolutionary biologists have toward late Stephen Jay Gould . . . that is to say, though Gould got evolution wrong through his punctuated equilibrium theory"

Have some questions for u:
1) Who is/was Stephen J. Gould?
2) Why was his "putuated evolutionay theory" wrong?
3) Has it been verified beyond doubt that Gould's theory was wrong as u assert above?
4) Are you Darwin ko avatar?
5) Aren't any other types of evolutionary proccess not valid like- like neutral drift, sympatric, allopatric speciation etc., etc?
6) Are u throwing his name becos you have some Harvard commonality with Gould?
 
Posted on 05-04-05 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashu Jee,

Nice to hear that you are a journalist. I never knew that before your advertisement in this thread, simply because I have not seen your writings that are of interests to me, that are of interests to most of us and that are of prime interests to our nation. Neither Khagendra Sangraula is my relative nor I have met him physically as you did (or are doing), but I know him because he writes about my interests, he writes about our interests, he writes about our nation's interests, he writes against any autocrats either it be against Gyanendra or Prachanda or Girija or whoever else, he writes against the imperialism either it be against India, China or America. So he does not need any advertisements, he does not need any blessings of powers, to be popular among us. He is the journalist of people, awarded by the people.

While the majority of journalists (I am not sure whether you fall in this group or not) are just the puppets of the establishments who shy to go outside of KTM valley, write to satisfy their bosses to receive some medals and rewards, Kaka shows his courage and commitments to write against the autocratic establishments, to write against any wrong-doers but writes in favor of general people including me. This is because he does not have any greediness either to be an appointed information minister or to be rewarded from any prizes. He visited many parts of Nepal even during very unfavorable circumstances and writes about the voices of general people.

Congratulations to your hard-workings on Khagendra Sangraula to find his few weak points. I am very happy to see that you found three weak points in the course of 5 years. In the same vain with other Nepali writers, you also follow the same path, the path of "खुट्टा तान्ने प्रबृति" . I do not mean that Khagendra Sangraula's articles are 100% correct. He is also a man and has many limitations. He occasionally vomits his emotional feelings in his articles at the extreme level, which may not be good in general. I did not read his writings about "Rithik Roshan kanda" and "Royal Massacre" but I went through all his articles about "Beauty Contest". In my view point, there was nothing wrong to oppose such contest in the case of Nepal but his writings after the contest was somewhat absurd. I agree on this point. But I believe "few mistakes are always better than all mistakes".

Another reason I like Kunsang Kaka is because of his Nepali writings. While you are showing your superiority by using difficult and rarely used English words, which majority of us do not understand, he writes in such a good Nepali words that we fully understand and enjoy from the beautiful language. I do not think that he is not good as you in English, but I categorize him as one of the dedicated person to upgrade and to strengthen Nepali Language.

Neither I am a writer nor I am fluent in English Language. I have neither any political connections nor I am journalism major. If you want to write some healthy discussions, use simple and easily understandable English words or, even write in Nepali. I do not think that you do write in Nepali because you are a English crazy man. I am not going to argue with you. This is not my job and this post is not intended to do so. After seeing your post in another thread where you called others as "third graders" showing your smartness in English, I feel that to argue and to discuss with you is just a waste of time. I always believe in fruitful discussions that result good conclusions which are of interests to majority of us, if not all of us.

Lastly, I appreciate your analysis about him. He needs such comments from so-called journalists like you to improve himself. Did you talk with him about all these when you met him? If YES, you are the great and if NO, I do not have any words suitable to designate you.
------
OK
 
Posted on 05-04-05 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK,

a CORRECTION

I am NOT a journalist.

I have NEVER studied journalism. I do NOT make my living as a journalist, though, in
a spirit of public service (if you kindly will), I do enjoy writing publicly -- taking risks with ideas, commenting on Nepal-related situations/events, challenging -- if foolishly some popel's and sharing my thoughts with others, knowing fully well are readers are always FREE to disagree with me with their own reasons, and that's the way things go.

*******

If you take my criticisms of Sangraula, a public writer, in a spirit of
"because we respect him so much we demand much more from him",

then,

then these criticisms may serve a purpose as a way of giving some feedbacks on Sangraula's COLLECTIVE writings.

After all, any reasonable person can see that Sangraula's OVERALL strengths far outweigh his weaknesses, and that it's al good to applaud him for his strengths
while making a note fo his PUBLIC failings that "sit oddly with his democratic
credentials"

BUT

If you take my criticisms of Sangraula, a public writer, in a spirit of

"we have to uncritically worship Sangraula forever because he writes what resonates well with my political ideology and let's sit around a campfire and sing his bhajan",

then, think:

How different is any one of us really from the monarchists or the Maoists, either of whom have made the art of worshipping their respective leaders uncritically in a hagiographic manner?

oohi
ashu

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters