Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 49079 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 06-14-05 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२) गिरफ्तार हुँदा र बन्दी बनाइँदाबारे यथार्थ उल्लेख गर्नाको कारण के भने तपाईंजस्ता लेखकले बजारमा बिक्री हुने दुई पैसे सनसनीपूर्ण 'सत्यकथा' कथ्नु नपरोस् । लेखकका कलमबाट यस्तो भए केहीले त स्वाद मान्लान् तर तथ्य सत्यका गवाहहरूले दुत्कार्ने छन् ।

३) असोज १८ मा राजाको कदमविरुद्ध सञ्चालित आन्दोलन एउटा विन्दुमा पुगेपछि एमालेले संस्थागतरूपले एउटा विश्लेषण अघि सार्?यो । त्यसैअनुरूप प्रधानमन्त्रीमा शेरबहादुर देउवाको चयन र उनी नेतृत्वको 'सर्वदलीय सरकार' मा एमाले सहभागी भएको हो । एमालेको यो संस्थागत निर्णयबारे प्रजातान्त्रिक आन्दोलन र स्वयं एमालेभित्रै पनि बहस, विवाद वा आलोचना हुनसक्छ । सर्वदलीय सरकारबाट भएका कतिपय विवादित र अलोकपि्रय निर्णय जसरी सार्वजनिक भएका छन्- ती गम्भीर आलोचनाका विषय पनि बन्न सक्छन् । एमाले राजनीतिक मूल्याङ्कनको कठघरामा पनि उभिनु पर्ने हुनसक्छ । त्यसक्रममा तपाईंका तर्फबाट प्रकट हुने दृष्टिकोणले यथोचित सम्मान पाउनै पर्छ । त्यो बहसमा तपाईंबाट आउने विचारलाई सधैं स्वागत गर्छु । बन्दी प्रकरणलाई गलत, भ्रमक र व्यक्तिगत रूपमा लाछित गरी लेखिएका विषयलाई भने अत्यन्त गम्भीर रूपमा लिएको छु । प्रतिगमनको कालो छायाले मुलुक निल्ने दुस्प्रयास गरेको, सबै सुविधाबाट वञ्चित गरी बन्दी बनाइएको अवस्थामा पनि व्यक्तिगत रूपमा बदनाम गरिएकोमा दुःखित छु ।

४) सबैले बुझेका छन्- तपाईं 'लोकतन्त्र' को पक्षपोषणमा कुनै न कुनै रूपले एमाले वा एमाले नेताविरुद्ध केन्दि्रत हुनुहुन्छ । एमालेको 'संशोधनवाद तथा अवसरवादलाई पराजित गरेर' मात्र 'प्रतिक्रियावादलाई पराजित गर्न सकिन्छ' भन्ने माओवादीको अधिभूतवादी-उग्रवामपन्थी दृष्टिकोणलको दोषी चस्मा तपाईंका नजरमा सधैँ देखिन्छ । अन्तरविरोध चिहि्नत गर्ने, तिनको प्रकृति निर्धारण गर्ने र तिनको समाधान सम्बन्धमा पृथक्-पृथक् प्रक्रिया अपनाइनुपर्छ भन्ने वैज्ञानिक र द्वन्द्ववादी दृष्टिकोणको अभाव तपाईंका लेखनीमा देखिन्छ । आग्रहप्रेरित निष्कर्षलाई तपाईं आफ्नो परिष्त्रिmत लेखनीमार्फत प्रस्तुत गर्नुहुन्छ र त्यही दृष्टिकोण विषाक्त किसिमले प्रस्तुत हुन्छ । जहाँसम्म एमालेको प्रसङ्ग छ, पोखरीको डिलमा बसेर पोखरीमा पौडिन सिकिरहेका वा पौडिरहेकाहरूलाई 'यो भएन' 'त्यो भएन' 'यता-उता' भनेर बक्बक् गरिरहने सिल्पटहरूको कुराभन्दा पनि आफ्नै सत्तिसालजस्तो निष्ठाको निरन्तरतामा विश्वास छ । हामीले

-एमालेले) आफ्ना प्रारम्भिक दिनका ती सबै क्षण सम्झेका छौं । जतिबेला हामीहरू निस्पट्ट अँध्यारो रातमा, घनघोर जंगलका बीचमा, आँधीहुरीसँग जुझ्दै, हातमा बोकेको बत्ती निभ्लाकि भनी डराउँदै बाटो खोज्दै थियौं र त्यहीबेला आरामको घरमा बसेर केही सिल्पट भने हामीलाई अनेक फत्तुर लगाइरहेका थिए । त्यसबेला तपाईं के गर्दै हुनुहुन्थ्यो ।

५) संग्रौलाजी, कसैका विश्लेषण, निष्कर्ष र निर्णयप्रति विमति जनाउन, विरोध गर्न अनि आफूलाई लागेका सटीक र सुन्दर प्रस्थापना प्रस्तुत गर्न सकिन्छ । यस्तै प्रजातान्त्रिक प्रक्रियाबाट विचार र मान्यता संवृद्ध बन्छन्, स्थापित हुन्छन् । व्यक्तिगत रूपमा कसैलाई बदनाम गर्ने, तेजोबध गर्ने हिसाबले लान्छनाको तहमा ओर्लेर शतप्रतिशत झूटा घटना-विवरण प्रस्तुत गर्नु भने अपराध हो । अविवेकी र सनकी तरबारबाजले गलत जानकारी वा आफ्नै सनकका भरमा विरोधी वा कथित शत्रुको 'टाउका गिँड्न' तरबार चलाएजस्तो छ ती लेखमा मबारे लेखिएका तपाईंका विवरणहरू । स्वेच्छाचारी र अधिनायकवादी प्रहारसँगै तपाईंको कलमबाट पनि सनक प्रहार भएको छ । तरबार बोक्नेले त्यसलाई चलाउन विवेक र वृद्धि अनिवार्य लगाउनै पर्छ । कलम बोक्नेले चाहिँ त्यसो गर्नु पर्दैन ? भन्नुस् संग्रौलाजी, लेखनीको आसनमा बस्नुपूर्व कस्ता

सनकी वा 'अर्ध सिल्ली' तथ्यलाई सूचना स्रोत बनाउनुभयो ? म आदरसाथ अनुरोध गर्छु- तपाईंजस्तो लेखकले कृपया नकारात्मक, तथ्यविपरीत अग्रह, व्यक्ति विरोध, कहिले- कहिलेदेखि गुप्तरूपमा जब्बर भएर बसिरहेको कुण्ठा र परपीडक रोगबाट छुटकारा पाउने कि ? अरू केही नभए पनि, आफ्ना लेख रचनामा 'पित पत्रकारिता' लाई 'आपराधिक पत्रकारिता' को तहमा पुर्?याउने तत्त्वहरूले गरेजस्तो व्यक्तिकेन्दि्रत गलत, भ्रामक, कपोलकल्पित र आपत्तिजनक सूचना विवरणको उल्लेख नगर्ने कि ?

संग्रौलाजी, मलाई त तपाईंले दिएका विवरण पढेपछि तपाईंप्रति दया लाग्यो । तर माघ १९ पछिको राजाको प्रत्यक्ष शासनले सिर्जना गरेको आतंकपूर्ण परिस्थितिमा, तपाईंको त्यो गलत र आपराधिक सूचनाका कारण धेरै ठाउँका मेरा मित्र, आफन्तजन तथा परिवारका सदस्यले अत्यासलाग्दो पीडा सहनुपर्?यो । यसलाई तपाईंको लेखनीबाट भएको 'अपराध' नभनेर के भनौं ?

६) माघ १९ मा राजाको स्वेच्छाचारी, अप्रजातान्त्रिक कदमलगत्तै बहुदलवादी राजनीतिक दल र नेताहरूलाई बदनाम गर्न कम्मर कसेर लागेका दरबारिया जूटो पुरोमा बाँचेका 'जनधारणा' र 'जनभावना' हरू मेरो घरमा 'पानी ट्याङ्कीमा लुकाइएको तीन करोड सुरक्षाकर्मीले फेला पारेको,' मैले 'बूढानीलकण्ठ र टोखातिर बीसौं रोपनी जमिन खरिद गरेको,' आदि समाचार छाप्दै थिए 'जनमञ्च' हरू । राजाको कदमको विरोध गर्ने बदमास भनेर हाम्रो उछित्तो काढ्दै थिए । जमिम शाहका टेलिभिजनले तिनै समाचार पढेर सबै ठाउँमा पुर्?याउँदै थिए । सँगसँगै तपाईंको 'प्रगतिशील' कलम, हामीलाई व्यक्तिगत रूपमा बदनाम गर्ने र चरित्र हत्या गर्ने किसिमले शतप्रतिशत झूटो विवरण प्रचार गरिरहेको थियो । यस काममा तपाईंले भन्दै आउनुभएका 'मकरतन्त्र' का पक्षधरसित तपाइर्ंका स्वर-साउती कसरी मिल्न पुगेको हो ? तिनीहरूसँग तपाइर्ंको 'अघोषित कार्यगत एकता' हो कि ? राजाका सबै भक्तबहादुर, मेरो बदनाम गर्ने हिसाबले लेख्ने सबैलाई -र तपाईंलाई पनि) के चुनौती दिन्छु भने- मेरो कहीँ स्रोत नखुलेको सम्पत्ति, अपारदर्शी कारोबार, अन्य कुनै पनि किसिमका अवैध धन्धाबारे कुनै औपचारिक र आधिकारिक निकायबाट कहीँ कतै प्रसङ्ग उठेका भए वा प्रत्यक्ष/परोक्ष संलग्नता रहेको दसी प्रमाण आउन् । म सार्वजनिक रूपले नै जनताले दिने सजाय भोग्न तयार रहेको यही पत्रमार्फत सार्वजनिक गर्न चाहन्छु । झूटो, बदनियतपूर्ण र भ्राम छापी/छपाई सार्वजनिक गर्ने अनि त्यही आधारमा जनताको धारणाको हवाला दिने जस्तो नीच काम नगर्न मेरो आग्रह छ ।

संग्रौलाजी, विचार, नीति र निर्णयका विषयलाई लिएर गरिएको विरोध त स्वागतयोग्य छ । यस्तालाई सहन गर्ने मात्र होइन, सम्मान पनि गर्न सकिन्छ । 'तर मकरतन्त्र' का पक्षधरकै बोलीमा लोली मिलाउँदै यहाँबाट भएको व्यक्तिगत कुप्रचारबारे तपाईंलेचाहिँ केही गर्नु पर्छ कि पर्दैन ? व्यक्तिगत चरित्र हत्या गर्ने हिसाबले तपाईंले म, मेरा मित्र र आफन्तमाथि जुन पीडा पुर्?याउनुभयो, त्यसका लागि तपाईंलेचाहिँ केही गर्नुपर्ने कर्तव्य बन्छ कि बन्दैन ? यस्ता 'अपराध' को केही उपचार हुन्छ की हुन्न ? सदा तपाईंको भलो चाहने नियमित पाठक ।
- ईश्वर पोखरेल
क्षेत्रीय प्रहरी इकाइ कार्यालयको बन्दी कोठा
राजविराज, सप्तरी, २२ वैशाख, ०६२
 
Posted on 06-14-05 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kuro Gahiro chha..... Aba ta Saungraula ta Raja ko chamcha ho ki kya ho?

Sanka ta lagchha malai pani
 
Posted on 06-14-05 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pre-MuJi,

Kuro Tyo Bhanda Gahiro Chha.
 
Posted on 06-14-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tara je hos tyo Sangruala myachinke chhucho chai ho hai. Don't feel hurt hai, it's not necessary that the person you liek should be palatable to me as well.
 
Posted on 06-15-05 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I love reading Sangraula, tara he twists facts to make it interesting, he did the same thing with Manjushree as well. He is more of a tabloid type, but I don't mind, I ask him to keep on writing the same style.
 
Posted on 06-15-05 4:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संग्रौलाजी पीडित कम्युनिष्ट वुद्धजिवी हुन्। यिनको राजनीतिक टिकाटिप्पणी गर्ने कलम बडा प्रभावशाली छ तर यिनले बेलाबेलामा आफ्नो गजवको लेखनशैलीको दुरुपयोग गरेर व्यक्तिगत पीडा ओकल्ने दुस्साहस गर्छन र कहिले काहिं तेश्रो व्यक्तिले अनाहकमा लांछना खेप्नुपर्छ। यद्यपी इश्वर पोख्रेल प्रकरणमा संग्रौलाले लगाएका धेरै आरोपहरु नाजायज थिएनन।

बहुदल पछि बुढा प्राज्ञिक क्षेत्रमा टेक्न पाइने आशामा थिए, एकाध पुरस्कार पाउने लोभ गर्थे तर कसैले यिनको इच्छा पूरा गरिदिएन ।फलस्वरुप यिनी अलि विचलित भए। खेमा परिवर्तन गर्दै कहिले एमाले, कहिले मालेमा हिंडे। एकताका त संग्रौलाले माओवादीको पनि खुब प्रसंशा गरेका थिए। यिनले सँधै एकनासले आलोचना गर्ने व्यक्ति यिनका आफ्नै बाउ हुन। अरुका हकमा यिनी कतिबेला कसलाई झटारो हान्नेहुन लख काट्न गाह्रो हुन्छ।आफूले कुनै साहित्यिक पुरस्कार नपाएपछि यिनले पुरस्कार प्रचलनको पनि तिब्र आलोचना गरेका थिए।

जे भएपनि बुढा प्रखर लोकतन्त्रवादी हुन। यसमा कसैले शंका गर्नु व्यर्थ छ। एमालेसंग यिनी धेरै आशावादी थिए। जव एमाले देउबासंग मिलेर सरकारमा गयो यिनको एमालेसंगको आशा जति सप्पै टुकुचामा बगेर गयो। त्यसपछि यिनले आफ्नो लेखनकला जति माधव नेपाल उतरका एमाले नेतालाई सराप्नमा उपयोग गरेका छन्।खैर धेरै हदसम्म यिनका भनाइमा नमिठो सत्यता झल्किन्छ। त्यहि हो शव्दहरु बटारेर अतिरंजना गर्न सिपालु छन बुढा।

खगेन्द्र संग्रौलाका बिचार भन्दा पनि उनको शैलि आकर्षक लाग्छ उनका पाठकलाई। खाँटी मनोरंजक हुन्छन उनका शव्दवाँणहरु। त्यसैले सम्भवतः इश्वर बल्लभका भन्दा यिनका पाठक बढि होलान नेपालमा। लेखनको गाम्भीर्यका हिसाबले चाहिं कहाँ बल्लभ, कहाँ संग्रौला।

समग्रमा केहि अतिशयोक्तिलाई पन्छाएर हेर्ने हो भने खगेन्द्र संग्रौलाका टिप्पणीहरु रोचक , घोचक र पठनिय नै हुन्छन। कसैले खगेन्द्र संग्रौलाको लेखनी मन परायो भन्दैमा उसले उनका सप्पै बिचारलाई नै अनुमोदन ग-यो भन्नु युक्तिसंगत हुँदैन।

PS माथीका टिप्पणी हामी खगेन्द्र संग्रौलाका फ्यानहरुलाई व्यङ्ग्य गर्ने साझावासी मित्रहरुलाई।
 
Posted on 06-15-05 5:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sangraula is a wonderful writer, and a lovely human being.

BUT

It's just that some of us who know him personally and have followed his writings over a five-year period have long known -- and I have brought this up on Sajha several times with BOTH evidence and puzzlement -- that his sense of intellectual honesty (at least,
in the way that phrase is defined on Western college/campuses) leaves much to be desired.

Sangraula misquotes people, interprets events in a one-sided manner to serve his own political agenda, and then attacks his critics by calling them names.

I call this sort of behaviour an entrenched hangover from Sangraula's days as "an underground communist" during the Panchayat days. (And, I might testily add, I see
this sort of behaviour in Nepe too -- his charm and scientific credentials
notwithstanding!)

But Sangraula has displayed this sort of behaviour again and again in these
relatively open times when his facts and his versions of the stories can be checked
and re-checked. Those of us who actually RESPECT him wonder whether he thinks of his readers are idiots who are unable to exercise their brains.

Still, his saving grace is that: he writes lucidly, in mitho, mitho, naram, ramro, chamro
Nepali which can very seductively lull readers into believing what he is saying is
the truth, when the REAL truth might be uncomfortably complicated.

After all, as any good columist knows: The moment you play footsie with facts and
the truth to trumpet your righteous-sounding views, your readers have less of a
reason to believe you.

oohi
ashu
 
Posted on 06-15-05 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमालेको 'संशोधनवाद तथा अवसरवादलाई पराजित गरेर' मात्र 'प्रतिक्रियावादलाई पराजित गर्न सकिन्छ' भन्ने माओवादीको अधिभूतवादी-उग्रवामपन्थी दृष्टिकोणलको दोषी चस्मा तपाईंका नजरमा सधैँ देखिन्छ ।

newuser,

He always writes in party line of MASHAL's or MASAL's Comrade Prakash Group.
 
Posted on 06-15-05 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He has been one of the leading 'intellectuals' of old 'CHAU.MA.' party (now the Prakash faction within MASHAL, as Houston pointed out), since his old days as a teacher in Chitwan. So, it is not surprising to find his seemingly 'ambivalent' political remarks that fit him neither in the Maoists nor UML camp. So, I don't see any point in assembling 'evidence' or 'patterns of behavior' to prove that he is in fact a left 'intellectual' with some political (and sometimes personal) biases-he writings speak for themselves. No one is perfect.

To me, his writings always reflect the true political ideology he has believed in all these years. As one of my colleagues loves to say 'if you know the writer's (political) ideology, you know the true meaning/message(s) embedded inside the writing.' I think this 'fact' is true of everyone who writes on the issues that have certain political and ideological significance-no matter how 'apolitical' or 'objective' you claim to be, you are certainly closer to one side or the others. This should explains why he speaks the same language of Shyam Shrestha (Mulankan editor), Sharad Battarai, Ninu Chapagain, Malla K. Sundar or Ghanashyam Paudel.

As a writer, he can be passionate and yet, very shrewd about certain issues, depending on how his political beliefs allow him to see the particular issue in question. The down side of it, however, is that he does make some sweeping statements that he thinks are the right thing to do, which I think is very common among Nepali writers.

As a columnist, I would like to see his columns; I may or may not agree what he has to say, though.
 
Posted on 06-15-05 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ONE REQUEST to ASHU DAI,

Could you please compare the articles in Kantipur by Khagendra Sangraula about Iswor Pokharel and Iswor Pokharel's reply to Sangraula?

I think the article by Khagendra Sangraula about the Rajbiraj Jail was too exaggerated to attack Iswor Pokharel. What I have heard about Iswor Pokharel is that he is the top documenter of UML policies, even more that Madhav Nepal.

It is CLEAR that the public writer Khagendra Sangraula is a left-skewed frustrated writer. However, he has very clear ideology to attack Feudal Autocracy and has very strong support to Democratic Republic. Some of his fan even interprete his writings critical to UML leaders as being good suggestions to improve them, not to discourage and weaken them.

Anyway, I like his way of writings more than the contents.
-----------
OK
 
Posted on 06-15-05 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK,

>>It is CLEAR that the public writer Khagendra Sangraula is a left-skewed frustrated writer.

Where do you come up with this? Is it a figment of your own imagination? He is the MOST READ writer of nepali Press now. One become frustrated because he is the well read. Nice Logic !!!
 
Posted on 06-15-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Houston,

I wrote FRUSTRATED merely in the sense that Sangraula, like most of us, was too much hopeful after 2046's people's revolution, but was not satisfied with the performance of the democratic institutions--- as we do--- especially the political leaders. This is the reason why he attacks the leaders. This does not mean that he is against leaders but he wants good leaders--- to have a good change.

However, I fully AGREE that he is a MOST READ writer due to his strong stand against Feudal Autocracy, especially after ASOJ 18. I am a fan of his writing since then.

---
OK
 
Posted on 06-15-05 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Exactly what Ashu has said, in my opinion. Furthermore, I try to enjoy what he presents in his writings vis-a-vis what he expresses of himself in those writings. However, probably I am not an intellectual myself, I seldom find him claiming to be an intellectual and his readers as some naive beings and thus dont see any point in intellectual honesties etc. I try to read him as far as possible and have, most of the times, found his writings to be like some chautarima gariney bhalakursari. He is more of a Lok-Lekhak to me than a philosopher but thats what I love about a writer. Its true, he sometimes does not just vomit the truth, but, in fact, shits it.

 
Posted on 06-16-05 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK,

I have NO problem with people enjoying Khagendra Sangraula's writings.
That's fine. He writes extremely well.

It's just that -- as a reader and as a minor columnist in a newspaper -- I have a
MAJOR problem when Nepali columnists/journalists:

a) misquote people,
b) twist facts,
c) do not give credit where credit's due, and
c) exaggerate certain things to serve their own agenda.

My attitude is this: Unless you are writing fiction (which allows you to take all sort of liberties with facts), writing newspaper columns on contemporary events is a SERIOUS responsibility and is act of great trust, which should NOT be violated.

Sure, the readers might forgive occasional honest mistakes so long as those get corrected in the "corrections" section. But the moment your reader sees you as a provable deliberate liar -- and it does not matter whether you are a righteous liar fighting for all the "right causes" -- then, your authority as a columnist (as an arbiter
of what issues are worth discussing in public) is FINISHED.

In Sangraula's case, what genuinely PUZZLES me is that he is such a respected writer (not to mention, a great human being) that he need NOT lie or exaggerate or repeatedly misquote his way to readers' hearts.

Tetto ho.

oohi
ashu





 
Posted on 06-16-05 4:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bela Ko Boli, isn't this column a satire writing rather than a journalist reporting?
 
Posted on 06-16-05 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Username:
How nicely you said:

"Its true, he sometimes does not just vomit the truth, but, in fact, shits it. "

Good one.


 
Posted on 06-18-05 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्कृष्ट विद्यार्थी सम्मानित


कास

काठमाडौं, असार ४ - एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाईर् कोलम्बस उच्च माध्यमिक विद्यायल तथा कलेजले शुक्रबार सम्मान गरेको छ । सम्मानित हुनेमा

बोर्ड प्रथम समीर श्रेष्ठ, उत्कृष्ट दसभित्र परेका नारायण अधिकारीलगायतका ४५ जना छन् ।
लेखक खगेन्द्र संग्रौलाले माला पहिर्?याई सम्मान गर्नुभएकोे थियो । उत्कृष्ट हुने विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा हासिल गरी अवसर पाउन नसकेकालाई अवसर दिलाउने प्रयत्न

गर्नर् उहाँले आग्रह गर्नुभयो ।

 
Posted on 06-27-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/Nepal/afailaishodera.php

युगल टुटुल्काको रोचक कथा
खगेन्द्र सङ्ग्रौला

एकतन्त्रको अधिराज्यमा विरोध जुलुसको याम थियो । जुलुस उच्च आवेगको लयमा सडकै-सडक बगिरहेको थियो । अगाडि राज्यका लाठेहरू थिए, पछाडि राज्यका लाठेहरू थिए, बीच-बीचमा राज्यका सुलसुलेहरू थिए । अनायास एउटा उल्का घटित भयो । एक जुलुसकर्मी रहस्यमय ढङ्गले कुटियो । जो कुटियो ऊ ब्यानरको छेवैमा नेताको स्थानमा थियो । ऊ ढल्यो र जुलुस जाम भयो ।

ढलुवा धूलो टक्टक्याउँदै उठ्यो । उसका निधारमा पसिनाको टहक थियो, आँखामा आँसु । उसका दुवै चल्लीमा टुटुल्का उठेका थिए । प्रश्न उठ्यो, कुटेको कसले हो ? टुटुल्केले भन्यो, "कुटेको सरकारी सुलसुलेले हो ।" तर, उत्तर निर्विवाद मानिएन । अचेल कुट्नेहरू अनेकथरी छन् । कुटेको अरूले नै पनि हुनसक्छ । तत्क्षण त्यो 'अरू' को चिनारी रहस्यको पर्दाभित्रै रह्यो ।

कुटिने पात्रका चिनारी दुईवटा थिए । पहिले ऊ त्यागवीर मानिन्थ्यो, पछि ऊ सञ्चयवीर भनिन थाल्यो । दुई चिनारीको बीचमा एउटा दृश्यमान लछुमन-रेखा थियो । त्यस रेखाबाट अर्को प्रश्न उठ्यो, कुटिएको को हो- त्यागवीर कि सञ्चयवीर ? कुटित पात्रले दाबी गर्?यो, कुटिएको म त्यागवीरै हुँ । तर, उत्तर फेरि पनि विवादमुक्त मानिएन । त्यागवीर भूत हो, सञ्चयवीर वर्तमान । वर्तमानमा वर्तमान नै कुटिएको हुनुपर्छ भनी बागी विचार हुनेहरूले तर्क गरे । कुटिनेका आप\mनै चम्चे, द्वारे र हुक्केहरू थिए । स्वामीभक्त मुद्रामा समवेत स्वरमा तिनले जिरह गरे, कुटिएको खसोखास त्यागवीर हो । कुट्ने सरकारी सुलसुल्यै हो ।

भीडबीच कतैबाट वाणी प्रसार भयो । वाणीले भन्यो, कुटिएको मल-मन्त्री हो, शाही टाट्नामा घाँस खान गएको 'स्वच्छ छवि' । वाणी सुनेर कुटित पात्रको चित्तमा कम्पन पैदा भयो । उसका नजर लत्रिए । उसका ओठ सुके । उसको जीउ लुलियो । अनि दुई हत्केलाले दुई टुटुल्का छोपेर ऊ धूलामा थ्याच्च बस्यो ।

अदृश्य कुनाबाट वाणी प्रसार भई नै रह्यो । वाणीमा हिजोको कथा कहियो, मन्त्री छँदाताक कुटित पात्रले मलको मोल बढायो र माल खायो । लुकेर खायो अनि सुनिने गरी डकार्दै भन्यो, मलको मोल बढाउनु एक पुनीत पराक्रम हो । त्यो सुनेर कतिले उसलाई सरापे । कतिले उसलाई थुके । तर, ऊ हल्लिएन । खल्तीमा मलको माल छाम्दै उसले निर्लज्जता ओकल्यो, म फेरि पनि मलको मोल बढाउँछु । हिँ, हिँ !

सडकमा मत फेरि जुधे । वाक्युद्ध प्रहारको कौशलमाथि केन्दि्रत भयो । कुटित पात्रको चम्चागणले भन्यो, दुई मुक्का एकैचोटि चल्नु र दुई चल्लीमा एकैचोटि प्रहार हुनु ठट्टा होइन । यसमा पेसेवर सुलसुलेको कौशल छ । अर्को पक्षले मत बझायो, मुक्काका माध्यमले पीडा पोखिँदा ताकेको निसाना हम्मेसी चुक्दैन । अतः मुक्काको पृष्ठभूमिमा पीडाको भूमिका नहोला भन्न सकिन्न ।

बात नमिलीकन विवाद ढिसमिस भयो ।

कुटित पात्रले यसो छाम्यो, दुवै चल्लीमा टुटुल्काका स-साना चुचुरा छन् । उसलाई फोटो पत्रकार हौँ भन्ने जीवात्हरूको झल्याँस्स याद आयो । हे भगवान् ! कतिले क्यामराभित्र युगल टुटुल्का कैद गरिसके हुनन् । हल्लाखोरको जात हो, यिनले अब देश-देशावरमा टुटुल्काको सन्देश फिँजाउलान् । म अभागी डुब्ने भएँ !

क्रमश:
 
Posted on 06-27-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्चटका जुम्ल्याहा टुटुल्का टनटन टन्किरहेका छन् । मनमा सघन सन्तापको चक्रवात् उठेको छ । के सोचेर हो कुन्नि, टुटुल्के फोटो पत्रकारको दर्शन गर्न बाटो लाग्यो । विचलित मनमा ऐठनकारी औडाहा लिएर ऊ सोझै सञ्चारगृहमा पुग्यो । र, चाकरीमय स्वरमा उसले आफू आउनाको अभिप्राय खुलायो, "मित्र ! यसो एक्कैछिन कतै एकान्तमा बात मारौँ कि भनेर ...।" फोटो पत्रकार जन्ड परेछ । ऊ मानेन । भन्यो, मेरो धर्म एकान्तको अन्तरकुन्तरमा दबाइएको सत्य सार्वजनिक गर्नु हो । एकान्तमा म किन जाऊँ ?

टुटुल्केले कारुणिक मुद्रामा अनुनय गर्?यो, विनय गर्?यो । उसले ङ्याङ्-ङ्याङ् गर्?यो, इँ-इँ गर्?यो । उसले उसका हात मुसार्?यो र उसका पाउ स्पर्श गर्?यो । आगन्तुकका उच्च टुटुल्का देखेर फोटो पत्रकारको कोमल चित्तमा त्यसैत्यसै करुणा पग्लिएर आयो । अनि, आप\mनो धर्मविपरीत ऊसँग ऊ एकान्तमा गयो । आखिर मालप्रेमी भूपू मल-मन्त्री न हो, चाप्लुसीको कलामा ऊ पारङ्गत थियो । उसले करजोरी बिन्ती गर्?यो, "संवेदनशील मित्र ! मेरा यी जोडा टुटुल्का छापामा नदेखिऊन् । नत्र मैले कत्रा दुःखले आज्र्याको त्यागवीरको छवि भूस हुनेछ ।" फोटो पत्रकारले मुसुमुसु हाँस्दै एकचित्तले सुन्यो । तर, उसले हाँ पनि भनेन, ना पनि भनेन । टुटुल्के हौसियो । उसले गम खायो, मौनतामा सम्मति बोलिरहेछ । कृतज्ञताको भावमा फोटो पत्रकारलाई धनुषटङ्कार नमस्कार गरेर ऊ बिदा भयो ।

टुटुल्के डाक्टर शर्माकहाँ पुग्यो । र, निजमाथि अनुकूल प्रभाव पार्ने हेतुले भन्यो, "डाक्टसा'प ! म भूपू मल-मन्त्री सञ्चयकुमार हुँ । यी जोडा टुटुल्का मलाई घाँडो भए । कुनै उपायले यिनलाई सनक्कै मेट्न सकिँदो हो कि !" डाक्टर मुसुमुसु हाँस्यो । र, भन्यो, "मन्त्रीज्यू ! समय लाग्छ । यी आपै?m मेटिन्छन् ।" सुनेर टुटुल्के भित्रभित्रै रोयो । ऊ कल्प्यो, आन्दोलनले भोलि, भोलि नभए पर्सि सत्ता त जित्छ नै । जितेपछि मल-मन्त्रीको आसन पुनः खाली हुनेछ । आसन, मल, माल ...। सुखद पूर्वस्मृति र सुन्दर भावी सम्भावनाले उसको तृष्णायुक्त जिब्रो रसायो । तर, तृषित आत्माको मर्म नबुझ्ने डाक्टर मूले भन्दैछ ...। टुटुल्के रुँदै नवनिर्मित हबेलीतर्फ उन्मुख भयो ।

विवाद तुर्न भोलिपल्ट दलको बैठक बस्यो । बैठकमा एउटा अजीव जीव कतै शून्यबाट उपस्थित भयो । र, भन्यो, "म गरिब किसान हुँ । किसानमारालाई कुटेको मैले हो ।" प्रश्न सोधियो, "अन्नदाता ! आखिर कुटियो किन ?" उत्तर प्राप्त भयो, "यो दलको आन्तरिक लोकतान्त्रीकरणको जनपक्षीय अभ्यास हो ।"

सञ्चयकुमार सेन्टिफ्ल्याट भयो ।

यो भोलिको कथा हो ।
 
Posted on 06-27-05 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry,

The second part has been posted at first. I am surprised how it happened !!
-----
OK
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters