Posted by: Ok June 14, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
२) गिरफ्तार हुँदा र बन्दी बनाइँदाबारे यथार्थ उल्लेख गर्नाको कारण के भने तपाईंजस्ता लेखकले बजारमा बिक्री हुने दुई पैसे सनसनीपूर्ण 'सत्यकथा' कथ्नु नपरोस् । लेखकका कलमबाट यस्तो भए केहीले त स्वाद मान्लान् तर तथ्य सत्यका गवाहहरूले दुत्कार्ने छन् । ३) असोज १८ मा राजाको कदमविरुद्ध सञ्चालित आन्दोलन एउटा विन्दुमा पुगेपछि एमालेले संस्थागतरूपले एउटा विश्लेषण अघि सार्?यो । त्यसैअनुरूप प्रधानमन्त्रीमा शेरबहादुर देउवाको चयन र उनी नेतृत्वको 'सर्वदलीय सरकार' मा एमाले सहभागी भएको हो । एमालेको यो संस्थागत निर्णयबारे प्रजातान्त्रिक आन्दोलन र स्वयं एमालेभित्रै पनि बहस, विवाद वा आलोचना हुनसक्छ । सर्वदलीय सरकारबाट भएका कतिपय विवादित र अलोकपि्रय निर्णय जसरी सार्वजनिक भएका छन्- ती गम्भीर आलोचनाका विषय पनि बन्न सक्छन् । एमाले राजनीतिक मूल्याङ्कनको कठघरामा पनि उभिनु पर्ने हुनसक्छ । त्यसक्रममा तपाईंका तर्फबाट प्रकट हुने दृष्टिकोणले यथोचित सम्मान पाउनै पर्छ । त्यो बहसमा तपाईंबाट आउने विचारलाई सधैं स्वागत गर्छु । बन्दी प्रकरणलाई गलत, भ्रमक र व्यक्तिगत रूपमा लाछित गरी लेखिएका विषयलाई भने अत्यन्त गम्भीर रूपमा लिएको छु । प्रतिगमनको कालो छायाले मुलुक निल्ने दुस्प्रयास गरेको, सबै सुविधाबाट वञ्चित गरी बन्दी बनाइएको अवस्थामा पनि व्यक्तिगत रूपमा बदनाम गरिएकोमा दुःखित छु । ४) सबैले बुझेका छन्- तपाईं 'लोकतन्त्र' को पक्षपोषणमा कुनै न कुनै रूपले एमाले वा एमाले नेताविरुद्ध केन्दि्रत हुनुहुन्छ । एमालेको 'संशोधनवाद तथा अवसरवादलाई पराजित गरेर' मात्र 'प्रतिक्रियावादलाई पराजित गर्न सकिन्छ' भन्ने माओवादीको अधिभूतवादी-उग्रवामपन्थी दृष्टिकोणलको दोषी चस्मा तपाईंका नजरमा सधैँ देखिन्छ । अन्तरविरोध चिहि्नत गर्ने, तिनको प्रकृति निर्धारण गर्ने र तिनको समाधान सम्बन्धमा पृथक्-पृथक् प्रक्रिया अपनाइनुपर्छ भन्ने वैज्ञानिक र द्वन्द्ववादी दृष्टिकोणको अभाव तपाईंका लेखनीमा देखिन्छ । आग्रहप्रेरित निष्कर्षलाई तपाईं आफ्नो परिष्त्रिmत लेखनीमार्फत प्रस्तुत गर्नुहुन्छ र त्यही दृष्टिकोण विषाक्त किसिमले प्रस्तुत हुन्छ । जहाँसम्म एमालेको प्रसङ्ग छ, पोखरीको डिलमा बसेर पोखरीमा पौडिन सिकिरहेका वा पौडिरहेकाहरूलाई 'यो भएन' 'त्यो भएन' 'यता-उता' भनेर बक्बक् गरिरहने सिल्पटहरूको कुराभन्दा पनि आफ्नै सत्तिसालजस्तो निष्ठाको निरन्तरतामा विश्वास छ । हामीले -एमालेले) आफ्ना प्रारम्भिक दिनका ती सबै क्षण सम्झेका छौं । जतिबेला हामीहरू निस्पट्ट अँध्यारो रातमा, घनघोर जंगलका बीचमा, आँधीहुरीसँग जुझ्दै, हातमा बोकेको बत्ती निभ्लाकि भनी डराउँदै बाटो खोज्दै थियौं र त्यहीबेला आरामको घरमा बसेर केही सिल्पट भने हामीलाई अनेक फत्तुर लगाइरहेका थिए । त्यसबेला तपाईं के गर्दै हुनुहुन्थ्यो । ५) संग्रौलाजी, कसैका विश्लेषण, निष्कर्ष र निर्णयप्रति विमति जनाउन, विरोध गर्न अनि आफूलाई लागेका सटीक र सुन्दर प्रस्थापना प्रस्तुत गर्न सकिन्छ । यस्तै प्रजातान्त्रिक प्रक्रियाबाट विचार र मान्यता संवृद्ध बन्छन्, स्थापित हुन्छन् । व्यक्तिगत रूपमा कसैलाई बदनाम गर्ने, तेजोबध गर्ने हिसाबले लान्छनाको तहमा ओर्लेर शतप्रतिशत झूटा घटना-विवरण प्रस्तुत गर्नु भने अपराध हो । अविवेकी र सनकी तरबारबाजले गलत जानकारी वा आफ्नै सनकका भरमा विरोधी वा कथित शत्रुको 'टाउका गिँड्न' तरबार चलाएजस्तो छ ती लेखमा मबारे लेखिएका तपाईंका विवरणहरू । स्वेच्छाचारी र अधिनायकवादी प्रहारसँगै तपाईंको कलमबाट पनि सनक प्रहार भएको छ । तरबार बोक्नेले त्यसलाई चलाउन विवेक र वृद्धि अनिवार्य लगाउनै पर्छ । कलम बोक्नेले चाहिँ त्यसो गर्नु पर्दैन ? भन्नुस् संग्रौलाजी, लेखनीको आसनमा बस्नुपूर्व कस्ता सनकी वा 'अर्ध सिल्ली' तथ्यलाई सूचना स्रोत बनाउनुभयो ? म आदरसाथ अनुरोध गर्छु- तपाईंजस्तो लेखकले कृपया नकारात्मक, तथ्यविपरीत अग्रह, व्यक्ति विरोध, कहिले- कहिलेदेखि गुप्तरूपमा जब्बर भएर बसिरहेको कुण्ठा र परपीडक रोगबाट छुटकारा पाउने कि ? अरू केही नभए पनि, आफ्ना लेख रचनामा 'पित पत्रकारिता' लाई 'आपराधिक पत्रकारिता' को तहमा पुर्?याउने तत्त्वहरूले गरेजस्तो व्यक्तिकेन्दि्रत गलत, भ्रामक, कपोलकल्पित र आपत्तिजनक सूचना विवरणको उल्लेख नगर्ने कि ? संग्रौलाजी, मलाई त तपाईंले दिएका विवरण पढेपछि तपाईंप्रति दया लाग्यो । तर माघ १९ पछिको राजाको प्रत्यक्ष शासनले सिर्जना गरेको आतंकपूर्ण परिस्थितिमा, तपाईंको त्यो गलत र आपराधिक सूचनाका कारण धेरै ठाउँका मेरा मित्र, आफन्तजन तथा परिवारका सदस्यले अत्यासलाग्दो पीडा सहनुपर्?यो । यसलाई तपाईंको लेखनीबाट भएको 'अपराध' नभनेर के भनौं ? ६) माघ १९ मा राजाको स्वेच्छाचारी, अप्रजातान्त्रिक कदमलगत्तै बहुदलवादी राजनीतिक दल र नेताहरूलाई बदनाम गर्न कम्मर कसेर लागेका दरबारिया जूटो पुरोमा बाँचेका 'जनधारणा' र 'जनभावना' हरू मेरो घरमा 'पानी ट्याङ्कीमा लुकाइएको तीन करोड सुरक्षाकर्मीले फेला पारेको,' मैले 'बूढानीलकण्ठ र टोखातिर बीसौं रोपनी जमिन खरिद गरेको,' आदि समाचार छाप्दै थिए 'जनमञ्च' हरू । राजाको कदमको विरोध गर्ने बदमास भनेर हाम्रो उछित्तो काढ्दै थिए । जमिम शाहका टेलिभिजनले तिनै समाचार पढेर सबै ठाउँमा पुर्?याउँदै थिए । सँगसँगै तपाईंको 'प्रगतिशील' कलम, हामीलाई व्यक्तिगत रूपमा बदनाम गर्ने र चरित्र हत्या गर्ने किसिमले शतप्रतिशत झूटो विवरण प्रचार गरिरहेको थियो । यस काममा तपाईंले भन्दै आउनुभएका 'मकरतन्त्र' का पक्षधरसित तपाइर्ंका स्वर-साउती कसरी मिल्न पुगेको हो ? तिनीहरूसँग तपाइर्ंको 'अघोषित कार्यगत एकता' हो कि ? राजाका सबै भक्तबहादुर, मेरो बदनाम गर्ने हिसाबले लेख्ने सबैलाई -र तपाईंलाई पनि) के चुनौती दिन्छु भने- मेरो कहीँ स्रोत नखुलेको सम्पत्ति, अपारदर्शी कारोबार, अन्य कुनै पनि किसिमका अवैध धन्धाबारे कुनै औपचारिक र आधिकारिक निकायबाट कहीँ कतै प्रसङ्ग उठेका भए वा प्रत्यक्ष/परोक्ष संलग्नता रहेको दसी प्रमाण आउन् । म सार्वजनिक रूपले नै जनताले दिने सजाय भोग्न तयार रहेको यही पत्रमार्फत सार्वजनिक गर्न चाहन्छु । झूटो, बदनियतपूर्ण र भ्राम छापी/छपाई सार्वजनिक गर्ने अनि त्यही आधारमा जनताको धारणाको हवाला दिने जस्तो नीच काम नगर्न मेरो आग्रह छ । संग्रौलाजी, विचार, नीति र निर्णयका विषयलाई लिएर गरिएको विरोध त स्वागतयोग्य छ । यस्तालाई सहन गर्ने मात्र होइन, सम्मान पनि गर्न सकिन्छ । 'तर मकरतन्त्र' का पक्षधरकै बोलीमा लोली मिलाउँदै यहाँबाट भएको व्यक्तिगत कुप्रचारबारे तपाईंलेचाहिँ केही गर्नु पर्छ कि पर्दैन ? व्यक्तिगत चरित्र हत्या गर्ने हिसाबले तपाईंले म, मेरा मित्र र आफन्तमाथि जुन पीडा पुर्?याउनुभयो, त्यसका लागि तपाईंलेचाहिँ केही गर्नुपर्ने कर्तव्य बन्छ कि बन्दैन ? यस्ता 'अपराध' को केही उपचार हुन्छ की हुन्न ? सदा तपाईंको भलो चाहने नियमित पाठक । - ईश्वर पोखरेल क्षेत्रीय प्रहरी इकाइ कार्यालयको बन्दी कोठा राजविराज, सप्तरी, २२ वैशाख, ०६२
Read Full Discussion Thread for this article