Posted by: newuser June 15, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
संग्रौलाजी पीडित कम्युनिष्ट वुद्धजिवी हुन्। यिनको राजनीतिक टिकाटिप्पणी गर्ने कलम बडा प्रभावशाली छ तर यिनले बेलाबेलामा आफ्नो गजवको लेखनशैलीको दुरुपयोग गरेर व्यक्तिगत पीडा ओकल्ने दुस्साहस गर्छन र कहिले काहिं तेश्रो व्यक्तिले अनाहकमा लांछना खेप्नुपर्छ। यद्यपी इश्वर पोख्रेल प्रकरणमा संग्रौलाले लगाएका धेरै आरोपहरु नाजायज थिएनन। बहुदल पछि बुढा प्राज्ञिक क्षेत्रमा टेक्न पाइने आशामा थिए, एकाध पुरस्कार पाउने लोभ गर्थे तर कसैले यिनको इच्छा पूरा गरिदिएन ।फलस्वरुप यिनी अलि विचलित भए। खेमा परिवर्तन गर्दै कहिले एमाले, कहिले मालेमा हिंडे। एकताका त संग्रौलाले माओवादीको पनि खुब प्रसंशा गरेका थिए। यिनले सँधै एकनासले आलोचना गर्ने व्यक्ति यिनका आफ्नै बाउ हुन। अरुका हकमा यिनी कतिबेला कसलाई झटारो हान्नेहुन लख काट्न गाह्रो हुन्छ।आफूले कुनै साहित्यिक पुरस्कार नपाएपछि यिनले पुरस्कार प्रचलनको पनि तिब्र आलोचना गरेका थिए। जे भएपनि बुढा प्रखर लोकतन्त्रवादी हुन। यसमा कसैले शंका गर्नु व्यर्थ छ। एमालेसंग यिनी धेरै आशावादी थिए। जव एमाले देउबासंग मिलेर सरकारमा गयो यिनको एमालेसंगको आशा जति सप्पै टुकुचामा बगेर गयो। त्यसपछि यिनले आफ्नो लेखनकला जति माधव नेपाल उतरका एमाले नेतालाई सराप्नमा उपयोग गरेका छन्।खैर धेरै हदसम्म यिनका भनाइमा नमिठो सत्यता झल्किन्छ। त्यहि हो शव्दहरु बटारेर अतिरंजना गर्न सिपालु छन बुढा। खगेन्द्र संग्रौलाका बिचार भन्दा पनि उनको शैलि आकर्षक लाग्छ उनका पाठकलाई। खाँटी मनोरंजक हुन्छन उनका शव्दवाँणहरु। त्यसैले सम्भवतः इश्वर बल्लभका भन्दा यिनका पाठक बढि होलान नेपालमा। लेखनको गाम्भीर्यका हिसाबले चाहिं कहाँ बल्लभ, कहाँ संग्रौला। समग्रमा केहि अतिशयोक्तिलाई पन्छाएर हेर्ने हो भने खगेन्द्र संग्रौलाका टिप्पणीहरु रोचक , घोचक र पठनिय नै हुन्छन। कसैले खगेन्द्र संग्रौलाको लेखनी मन परायो भन्दैमा उसले उनका सप्पै बिचारलाई नै अनुमोदन ग-यो भन्नु युक्तिसंगत हुँदैन। PS माथीका टिप्पणी हामी खगेन्द्र संग्रौलाका फ्यानहरुलाई व्यङ्ग्य गर्ने साझावासी मित्रहरुलाई।
Read Full Discussion Thread for this article