Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 49076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 04-04-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झन्छु, म पूर्वबाट काठमाडौँ आउँदा कीर्तिबाबु पञ्चायती एकतन्त्रका उच्चस्तरका चौकीदार हुनुहुन्थ्यो । नाडीमा सुनौलो घडी थियो, चढ्नलाई मर्सिडिज गाडी थियो, खानलाई राजसी रासन थियो र बस्नलाई सुविधायुक्त सरकारी हबेली थियो । लामो चौकीदारी कालमा सोझो र बाङ्गो बाटोबाट अकूत दौलतको सञ्चय त भयो नै होला । सबै महापञ्चको हुँदा आखिर कीर्तिबाबुको मात्रै किन नहुनु ? जसले जीवनमा अभाव र दुःखको अनुभव नै कहिल्यै गरेको छैन, अहिले ऊ राष्ट्रवादको नाउँमा हामीलाई जङ्गलमा पसेर गिट्ठा-भ्याकुर खाने अर्ति दिइरहेछ । सुन्दा हाँसो उठ्छ । यो अघाएको मुखले भोकाएका मुखहरूलाईर् म 'राष्ट्रवाद' भन्छु, तिमीहरू 'जिन्दावाद' भन भनेजस्तै हो । यो तेस्रो काँटको पाखण्ड हो ।

राष्ट्रवादको फेरी लाउने शासकहरू अमितहरूजस्ता साना नागरिकका सत्य वचन सुन्दैनन् । कारण अमितहरूमा यिनलाई पैसा, बन्दुक र आशीर्वाद दिने औकात छैन । तर, शासकहरू रिमोट कन्ट्रोलको ध्वनि भने सुन्छन् । उदाहरण मानवअधिकार आयोगका सदस्य सुशील प्याकुरेल हुन् । पहिले यिनलाई त्रिभुवन विमानघाटमा छेकिएको थियो । जब अमेरिकी सिनेटरहरूले छडी हल्लाए, शासकहरूले नाकका चालले प्याकुरेललाई अमेरिका जान बाटो छाडिदिए । यो स्वदेशी नागरिकलाई हेप्ने र विदेशीको खटनसामु लम्पसार पर्ने दास मनोवृत्तिको द्योतक हो । शासकहरूले आज प्रतिष्ठित प्राध्यापकत्रय लोकराज बराल, कृष्ण खनाल र कृष्ण हाछेथुलाई भारत जान नदिई त्रिभुवन विमानघाटमा छेकेका छन् । भोलि विदेशमा कतै शक्तिशाली छडी हल्लियो भने यिनले गलित नख दन्त भएर छेक्न छाड्ने छन् । राष्ट्रवादका गफ गर्नु, राष्ट्रका नागरिकहरूको हुर्मत लिनु र रिमोट कन्ट्रोलसामु लल्याकलुलुक गल्नु त तोरीलाहुरे शासकहरूको सनातन स्वभावै हो ।

हाम्रो देशमा राष्ट्रियताको नाराको हदैसम्म दुरुपयोग भएको छ । यस नारालाई शासकहरूको सत्तालिप्सा, धनलिप्सा वा अहङ्कारको रक्षाकवचका रूपमा प्रयोग गरिएका उदाहरणहरू कति छन् कति ! शासकहरू आफूलाई कबिला युगका सरदार र नागरिकहरूलाई बेठबेगरका खेताला ठान्छन् । राष्ट्रियताको सुन्दर आवरणभित्र छोपिने कुरूप स्वार्थहरू पूरा गर्न नागरिकहरूले यिनको आह्वानमा नाङ्गै बसिदिनुपर्छ, भोकै मरिदिनुपर्छ । अनि, इतिहासमा यिनका नामहरू महान् राष्ट्रवादीका रूपमा लेखिदिनु पनि पर्छ ।

तर, समयको रङ अब फेरिएको छ । कुनै कबिला सरदारले भन्दैमा राष्ट्रवादका नाउँमा नाङ्गै बस्न, भोकै मर्न र इतिहासमा सम्मानका अक्षरले उसको नाम लेखिदिन नागरिकलाई अब मन्जुर छैन । नागरिक चनाखा आँखाले अतीतलाई नियाल्छ । इतिहासमा दबाइएका सत्यहरूको उत्खनन गर्छ । ती सत्यहरूको तराजुमा कथित राष्ट्रवादीको हैसियतलाई तौलिएर हेर्छ । अनि, के गर्ने र के नगर्ने हो, आपनो भूमिकाको निधो उसले आफैँ गर्छ ।

सरकारका तृतीय पुरुष कीर्तिबाबु र द्वितीय पुरुष टी गिरीको राष्ट्रवादको बान्की नागरिकलाई अब राम्रै थाहा छ । कालापानीका कुरा गरौँ । नेपालको कालापानी परचक्रीका पाउमा सुटुक्क सुम्पिइँदा कीर्तिबाबु र टी गिरी हुनुहुन्थ्यो पत्यारिला ताबेदार । स्वामी र सेवकहरू मिले, कालापानी दिल्लीका चरणमा चढाइदिए । कालापानीको कालो कथाको रचना राष्ट्रघातको इतिहासमा एक सर्वोच्च कीर्तिमान हो, जसमा कीर्तिबाबुको पनि उच्च योगदान छ । धन्न प्रजातन्त्रको खुला परिवेशमा राष्ट्रिय अपराधको यो कुरूप कथा उजागर भयो र नागरिकहरूले हाम्रा 'राष्ट्रवादीहरू' का अनुहार चिन्न पाए ।

उनै 'राष्ट्रवादीहरू' अहिले राष्ट्रवादको कमलपित्ते नाटक गर्नमा तल्लीन छन् । र, विश्वभरिका हाम्रा सहयोगी र शुभचिन्तकहरूलाई चिढ्याउँदै हामीलाई गिट्ठा-भ्याकुरको राष्ट्रवादको प्रवचन दिइरहेछन् । सचेत नागरिकहरूको ऐक्यबद्ध चेष्टाद्वारा यो बालबत् प्रवचनमा ब्रेक नलगाइने हो भने यिनले अमित ढकालले भनेझैँ हामीलाई मानव बस्तीबाट जङ्गलतिर डोर्?याउने छन् । जो चिन्तनमा अतिवादी र संस्कारमा अतीतमुखी छ, समाजलाई उसले डोर्?याउने आदिम जङ्गलतिरै हो ।

सुन्दैमा दिगमिग लाग्छ, अमेरिकामा केही भूतपूर्व नेपालीहरूले कीर्तिबाबुको 'राष्ट्रवाद' को झन्डा फहराएछन् । र, तिनले शाही कदमको दीर्घायुको कामना गर्दै हर्षोल्लासका साथ भक्तिभजन पनि गाएछन् । अचम्म छ, यतिका दिन अमेरिकामा बसेर पनि नागरिक हक र अस्मिताबारे तिनले केही सिकेनछन् । यता कथित राष्ट्रवादको ध्वजामुनि सिङ्गो नेपाल एक विशाल कारागारजस्तो भएको छ । उता अमेरिकामा भूतपूर्व नेपालीहरू यो राष्ट्रिय कारागारको प्रशंसा गर्नमा मग्न छन् । सुन्दा लाज लाग्छ । अमेरिकाबासी निर्दलवादी भूपू नेपालीहरू जेसुकै भनून्, नेपालबासी नेपालीहरू कीर्तिबाबुको उत्तेजना र श्री टी गिरीको सनकलाई इन्कार गर्छन् । यी दुई 'उपा' हरूलाई बालबत् उत्तेजना र विनाशकारी सनकद्वारा दुःखी नेपालीहरूलाई दुःखको अझ ठूलो आहालमा डुबाउने हक छैन ।

 
Posted on 04-04-05 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is another one, not published anywhere in print media. You know why....

सन्नाटाको गीत

चुपचाप हि?ड
छेउ लागेर
आज जरसाहेबको मूड खराब छ ।
००० ०००
स्थिर होउ सालिकझै?
र सास बन्द गर
अहिले जरसाहेबको भाषण हु?दैछ ।
००० ०००
भोलि बिहान
राष्ट्रिय पोशाक लगाऊ
र हाजिर होउ जङ्गी पटाङ्गिनीमा
उर्दी जारी छ
आज्ञाकारिताको सम्मानमा
भोलि बिहान
जरसाहेबबाट पुरस्कार वितरण हु?दैछ ।

-कुन्साङ काका(खग्रेन्द्र संग्रौला)
साभार: माइला दाइको चिया पसल
 
Posted on 04-04-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wa WA kya batt hai surendras...
subhan alla..
 
Posted on 04-05-05 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्थाका बन्दी र मृत्युको खेती
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=36366

खगेन्द्र संग्राैला

- असोज १८ पछिको शासनलाई नीलाम्बर आचार्यले असोजतन्त्रको नाम दिनुभएको थियो । त्यो नाम खुबै चल्यो । श्री आचार्यको सिको गर्दै माघ १९ पछिको शासनलाई मकरतन्त्र भन्नु मनासिब हुनेछ । प्रवृत्तिका दृष्टिले यो पछिल्लो तन्त्र उही अघिल्लो तन्त्रकै विकसित रूप हो । अघिल्लो तन्त्रको देहमा सिङ-जुरो पलायो र यो पछिल्लो तन्त्रले जन्म लियो । अभिप्राय र चरित्र उही हो । उक्त अभिप्राय र चरित्रको चुरो कठोर भएको मात्र हो ।

स्वतन्त्र चिन्तन र स्वतन्त्र प्रेसप्रति मकरतन्त्रको अतिशय अरुची छ । जब यो तन्त्रको जन्म भयो, प्रेसमा सरकारी लौहअस्त्रको लस्कर हाँजिर भयो । लौहअस्त्रको ध्येय प्रेसमा तेर्सिएर प्रेस स्वतन्त्रताको सातो लिनु थियो । लियो र त्यो केही पाइला पछिल्तिर पन्छियो । अनि प्रेसको मुहानै सुकाउने उपायको थालनी भयो ।

प्रेसको मुहान भनेको विचारशील र वागी स्वभाव भएको स्वप्नशील मस्तिष्क हो । त्यो विचारक र लेखकका शिरमा हुन्छ । रामचन्द्र पौडेल र नरहरि आचार्यका शिरमा त्यो छ । लीलामणि पोख्रेल र कृष्ण पहाडीका शिरमा त्यो छ । त्यसैले यतिखेर यी शिरहरू मकरतन्त्रको कोपभाजन भएका छन् । दिनदिनै अशुभ समाचार भन्छ, पौडेल र आचार्य एवं पोख्रेल र पहाडीहरूलाई यातना र अपमानको सिकार तुल्याइएको छ । ती बिरामी छन् । तर तिनलाई मकरतन्त्रद्वारा न बेलैमा उचित उपचारको प्रबन्ध मिलाइएको छ, न तिनलाई आफैँ उपचार गर्न पाउने छुट । मानौँ हालको नजरबन्दीखाना बहुलवादी नागरिकको भौतिक जीवनै मासिदिने बधशाला हो । लाग्छ, यो राजनीतिक प्रतिद्वन्दीलाई नारकीय खोरमा थुनेर बाह्र वर्षे इबीको साटो फेर्ने नियोजित उद्योग हो । आजको सभ्य संसारमा यो अमानवीय प्रवृत्तिको नग्न अभिव्यक्ति हो ।

अखबारले आएर रुँदै कुन्साङ काकालाई भन्यो, ढाड दुखेर रामचन्द्र पौडेल आलसतालस भएका छन् । र लीलामणि पोख्रेल मृगौलाको बेथाले थलिएका छन् । सुरुङजस्तो एउटा साँगुरो कोठा छ, जहाँ नरहरि आचार्यसमेत नौजनलाई गुन्द्रुक खाँदेझैँ गरी खाँदेर थुनिएको छ । एउटा खाटमा अर्को खाट, अर्को खाटमा अझ अर्को खाट गरी खाटहरू लहरै जोडिएका छन् । खाट र खाटको बीचमा हावा खेल्ने एउटा झिनो चरसम्म पनि छैन । नौजनालाई चर्पी जम्मा एउटा छ । विषाक्त खानेपानी छ पहेँलै तर लागेको । उता कृष्ण पहाडीलाई न अखबार सुँघ्न दिइएको छ, न आफन्त र पि्रयजनहरूलाई भेट्न अनुमति छ । आचार्य र पहाडी कतिवटा रोगबाट पीडित भइसके प्रेसलाई नै पनि त्यसको अत्तोपत्तो छैन । सुन्दा बुझिन्छ, नागरिकलाई नजरबन्दमा राखिने खोरको हालत बाली खाने पशुलाई थुन्ने कान्जीहाउसको भन्दा पनि तुच्छ छ । बरु कान्जीहाउसको थुनुवा पशुलाई निजको हैसियतबमोजिम उचित घाँस-पानी दिइँदो हो । तर मुलुकका प्रबुद्ध र प्रतिष्ठित आस्थाका यी बन्दीलाई भने न सफा पानी, न शुद्ध हावा, न चैनले सास फेर्ने ठाउँ, न समय बियाँल्नलाई पढ्ने सामग्री, न दबाइमूलोको चाँजोपाँजो, न न्यास्रो मेट्नलाई भेटघाटको प्रबन्ध, केही छैन । छ त केवल यातना, अपमान, अत्यास र मृत्युको मन्दविष । यो विचारक र लेखकहरूलाई शारीरिक रूपमै रुग्ण तुल्याएर स्वतन्त्र प्रेसको प्राणवायुको मुहान नै मास्ने व्यूहरचना हो । सोध्नुपर्नेहरूलाई कुन्साङ काका सोध्छन्, के मकरतन्त्रको चरित्रको वास्तविक चिनारी कान्जीहाउसभन्दा पनि चुत्थो यही यातानाशाला हो ?

मुलुकमा मानवअधिकारको दुर्गति यस्तो थियो । ठीक त्यही बेला हाँडीगाउँमा पनि नहुने जात्रा राष्ट्रिय मानवअधिकार आयोगमा देखियो । आयोगका अध्यक्ष नयनबहादुर खत्रीले विदेशी राजदूतहरूलाई डाकेर भने, महामहिम महोदय, नेपालमा मानव अधिकारको अवस्था सुधि्रएको छ । खत्रीवाणी सुनेर काकाश्रीलाई उदेक लाग्यो । सके खत्रीजीका मुखारविन्दबाट खत्री स्वयं होइन, माथि कतैको टेप बोलिरहेको थियो । खत्री बन्धुको नाम भने नयनबहादुर छ, तर लाग्छ, निजसँग नागरिकहरूका मानवीय पीडा देख्ने संवेदनशील नयन अर्थात् आँखै छैनन् । के लीलामणि पोख्रेलका क्षयीकरण भइरहेका मृगौला सुधि्रएको मानवअधिकारका प्रमाण हुन् ? के रामचन्द्र पौडेलको मर्ने गरी दुःखिरहेको ढाड सुधि्रएको मानव अधिकारको दसी हो ? के नरहरि आचार्यलाई थुनिएको खोरको उग्र दुर्दशा सुधि्रएको मानवअधिकारको निशानी हो ? के कृष्ण पहाडीमाथि थोपरिएको अवर्णनीय हुर्मत सुधि्रएको मानवअधिकारको सूचक हो ? काका सविनय सोधनी गर्छन्, नयनजीका नयनले कसको मानवअधिकारको दशा सुधि्रएको देखेका हुन् ?


 
Posted on 04-05-05 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नयनजीका वृद्ध नयनमा जडान गरिएका ती कुटिल नयन कसका हुन् ?

उता जेनेभामा राष्ट्रसङ्घको बैठक चलिरहेको थियो । बैठकमा अनेक मुखबाट नेपालको मानवअधिकारको अकथनीय दुर्दशाको चित्रण हुँदैथियो । र दुर्दशाको गतिमा ब्रेक लगाउने मनशायले नजिकैबाट नेपालको मानवअधिकारको चियो गर्न राष्ट्रसङ्घीय प्रतिवेदकको माग चर्किंदै थियो । ठीक त्यही बेला दुनियाँका आँखामा छारो हाल्न यता नयनबहादुरजी तम्सिए । अथवा भनौँ निजभित्रको लोभ, भय वा भ्रम के हो कुन्नि त्यो तम्सियो । जसको जागिरै सत्य बोल्नु हो उसैले ढाँट्यो । नाङ्गा आँखाले सहजै देखिने सत्यबारे राजदूतहरूलाई डाकेर ढाँट्नु राष्ट्रकै बेइज्यती हो । पहिले पञ्चायती इजलासमा बसेर बीपी कोइरालालाई मृत्युदण्डको सजाय सुनाउने नयनजीले अहिले मानवअधिकारको उच्च आसनमा बसेर राष्ट्रकै हुर्मत लिए । जिम्मेवार रक्षक स्वयं तुच्छ भक्षकको भेषमा प्रस्तुत हुनु सम्मानजनक कुरा किमार्थ होइन । नयनजीलाई कुन्साङ काकाको निवेदन छ- नयन सर, पदीय दायित्वको हेक्का राखेर कमसेकम अलिकता लाज मान्न त सिकौँ !

रामचन्द्र पौडेल, नरहरि आचार्य, लीलामणि पोख्रेल र कृष्ण पहाडीका नामहरूमा खबर बन्नसक्ने दम छ । र नै तिनका नाम खबर भएर खोरहरूका साँगुरा छिद्रहरू छिचोल्दै बाहिर आए । देशभरि लोकतन्त्रको ध्वजा उठाउने हजारौँ अनाम नागरिकहरू मकरतन्त्रको खोरमा छन् । तिनका नाम खबर बन्दैनन् । त्यसैले तिनको मानवअधिकारको बेहालबारे जगत् एकदमै अनभिज्ञ छ । यता नयनबहादुरजीहरू राजधानीमा बसेर, खुट्टा हल्लाएर, तलब-भत्ता कुम्ल्याएर मुलुकको मानवअधिकार सुधि्रएका कपोलकल्पित किस्साहरू कोरलिरहेका छन् । अगुवा नै भगुवा भइदिँदा पीडित नागरिकहरूको हाल झनै बेहाल हुने भो' ।

कुन्साङ काकाको विचारमा स्वदेशीले दिएको दुःख हेरिदिन विदेशीलाई गुहार्नु गौरवको विषय कदापि होइन । तथापि नागरिकलाई दुःख दिने स्वदेशी नजिकको र दुःख दिन पाइँदैन भनी औँलो ठड्याउने विदेशी टाढाको हुँदैन । उद्भव, भाषा वा वेशभूषा जस्तोसुकै होस्, जसले दुःख दिन्छ त्यो परचक्री हो, र जसले दुःख हर्ने यत्न गर्छ त्यो आफन्त हो । त्यसैले जनी गरेर राष्ट्रसङ्घीय विशेष प्रतिवेदक नेपाल आइदिए हुन्थ्यो । नाकै अगाडि आँगनमा गोरो छाला देखेर मकरतन्त्रका सारथीहरू नागरिकलाई अन्धाधुन्ध सताउने नकाममा थोरै भए पनि हच्किँदा हुन् कि !

कानुन, मर्यादा र सदाचार थिचिएका छन् । र पीडामय यो घडीमा कुन्साङ काकाको रक्तरञ्जित गद्य नागरिकको रोष र चित्कारको असीम पीडा प्रकट गर्न असमर्थ छ । भन्न खोजेको कुरो भन्न नसक्दा काकालाई के गरूँ र कसो गरूँ भएको थियो, अभिव्यक्तिको सङ्कटमा सहारा दिन एक युवा कवि काकाको सम्झनामा झल्याँस्स उदाएः

यो मान्यता

यो विश्वास

यो नियम-कानुन

जसले मसमेतको हुर्मत लियो

जसले मसमेतलाई विरोधी बनायो

उही पुरानै टाँगिएको त्यो विज्ञापन

एकदम नियतवश टाँगिएको धार्मिक उपदेश !

जसै, जीवनको सङ्गीत बारम्बार रोकिन्छ

र त्यस मन्दिरको भित्रबाट

विधुवा घन्ट बज्न थाल्छ

यो ज्ञानको निस्पृहता

यो कठिन पर्खाइ, म च्यात्छु ।

? राजन मुकारुङ

 
Posted on 04-12-05 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साग खाने बार


खगेन्द्र संग्राैला

- 'सहरको अनुहार कस्तो छ, भाइ ?'
'सहराँ त दाइ, मान्छेभन्दा पुलिस धेरै छन् ।'

'तैपनि टेम्पो त चलेकै छ, कसो ?'

'खै के भन्ने, दाइ ? खपिनसक्नु हैरानी छ । यता नचला, उता नघुमा । ह्याँ रोक्, त्याँ नरोक् । नियम क्यै छैन । ट्राफिकको सनकमा जे आयो त्यै नियम भो । छिसिक्क क्यै निहुँ पायो कि खल्ती निचोरिहाल्छ । नियाँ माग्न जाने ठाँवै छैन । यस मुलुकमा गरिबलाई गरिखान कठिन भो ।'

यो यही चैत २६ गतेको संवाद हो । कुन्साङ काका टेम्पो चढेर सहरको सङ्कटकालीन अनुहार हेर्न जाँदैथिए । सम्झनाको ऐनामा छ्यालीस साल चैत २६ गतेका झाँकीहरू लहरमाथि लहर उठेर नाचिरहेका थिए । हो, चैत २६ गते ! काकाको जीवनमा त्यो एउटा रङ्गीन, अपूर्व, अर्थपूर्ण र अविस्मरणीय दिन थियो । त्यतिका मानिस एउटै उद्देश्यको सूत्रमा उनिएर, एकै दिशातिर फर्केर, एकै लय र तालमा, प्रचण्ड उत्साह र उमङ्गसाथ त्यसरी हिँडेको त्यो दृश्य अहिले सम्भिmँदा काकालाई एक असम्भव रुमानी सपनाजस्तो लाग्छ । तर, त्यो निख्खर विपना थियो । निरङ्कुश पञ्चायत ढलेको थियो । मानिसहरूका थुनिएका मुख खुलेका थिए । आउने दिनहरूमा जीवन अलि जिउन लायकको होला भन्ने आशाले मानिसहरू हर्षविभोर थिए । तर, राजनीतिलाई यसका कर्ताहरूले सत्तामा उक्लिने र लोकलाई बिर्सिदिने साधन बनाउँदा लोकका लागि चिताएजस्तो लोकतन्त्र आएन । र, नै धूलिसात् भएको एकतन्त्रले शनैशनै बौरिएर उठ्ने चानस पायो ।

काका सहरी केन्द्रमा पुगे । र, देखे, एकसट्ठी सालको चैत २६ गते विकराल छ । ठाउँ-ठाउँमा, नजिक-नजिकै सडकका पेटीमा सडकतिर सोझ्याइएका बन्दुकहरू छन् । अज्ञात अनिष्टको आशङ्काले आफैंभित्र खुम्चिएर नागरिकहरू आफ्नै छायाँ सरह हिँडिरहेका छन् । नागरिकहरूका मुख थुनिएका छन् । भयका अदृश्य सिक्रीहरूले तिनका चेतन-तन्तुहरू बाँधिएका छन् । वातावरणमा सबैतिर सघन सन्नाटा व्याप्त छ । मकरतन्त्र यो भयावह सन्नाटालाई शान्ति भन्छ । सुन्दा अचम्म लाग्छ !

छ्यालीस साल चैत २६ गते पञ्च र मण्डलेहरू, धार्मिक अतिवादी र बाह्रमासे अवसरवादीहरू ज्ाागेका जनताको डरले दूला-दूलामा लुकेका थिए । यो साल चैत २६ गते गर्धन फुलाउँदै ती सब बाहिर निस्केका छन् । तल सडकमा डाँको तिनैको ठूलो छ । माथि सत्तामा ढलिमली तिनैको छ । नागरिक चेतना र नागरिक हकमाथि तिनकै लगाम लागेको छ । काका हेर्छन्, एकतन्त्रको जग्जगी भएको यो घडीमा सहरले नागरिक अनुहार नै गुमाएको छ । र, बन्दुकको अत्यासलाग्दो छायाँमुनि सहर मूच्छिर्त छ । मकरतन्त्रका सेवकहरू यो निसासलाग्दो सन्नाटालाई अमनचैन भनिरहेका छन् । तर, सत्य जे हो त्यो भन्न भने नागरिकहरूलाई छूट हुँदैन । अहिले त्यस्तै छ ।

उसो त नागरिक अनुहार गुमाएको सहरले मात्र होइन । लोकतन्त्रका यावत् अङ्ग-अवयवहरूले नागरिक अनुहार गुमाएका छन् । निजामती अड्डाहरूमा जङ्गी जवान उपस्थित हुँदा निजामती अड्डाले आप\mनो नागरिक अनुहार गुमाएको छ । नागरिक प्रशासनका काँधमा जङ्गीको जुवा नारिँदा नागरिक प्रशासनले आप\mनो नागरिक अनुहार गुमाएको छ । हुँदा-हुँदा अब त न्यायिक निकायहरू समेत पनि नागरिक अनुहारविहीन भइरहेका छन् । ताजा उदाहरण सर्वोच्च अदालत हो जसका प्रधान न्यायाधीश हरिप्रसाद शर्मा स्वयं जङ्गदिै जङ्गीको बोली बोल्न सिकिरहेका छन् ।

सर्वोच्च अदालत प्रहरी प्रधान कार्यालय वा शाही जङ्गी अड्डा होइन । र, प्रधान न्यायाधीश शर्मा प्रहरी प्रमुख वा जङ्गी प्रमुख होइनन् । तर, निजको मुद्रा, अभिप्राय र बोली सुन्दा काकालाई हुन्-हुन् कि जस्तो लाग्न थालेको छ । जब शर्माले अस्ट्रेलियामा गएर दलहरूको उग्र विरोध र शाही कदमको अखण्ड समर्थन गरे, काकाश्रीलाई बाघछापे बर्दीबिनाको कुनै जङ्गी पात्र बोलेको आभास भयो । न्यायपालिकाले राजनीति गर्दैन, न्याय गर्छ । तर, शर्माजी भने आप\mनो धरातल बिर्सेर मकरतन्त्रीय राजनीति गर्न कस्सिएका छन् । कानुनी विधिले नागरिकहरूको जीवन र मान-मर्यादाको रक्षा गर्ने आसनमा विराजमान हुनु र आप\mनै पदको समेत मान-मर्यादा राख्न चुक्नु चुकुवा पात्रको हद हो ।

सङ्कट मोचन गर्ने निहुँमा अहिले अर्काको ढाडमाथि सवार हुने होड चलेको छ । न्यायपालिकामाथि कार्यपालिका सवार भएको छ । र, कार्यपालिकामाथि जङ्गी निकाय सवार भएको छ । शक्ति पृथकीकरण, कानुनी राज र न्यायालयको स्वायत्तता आदि सभ्य समाजका सबै मान्यताहरूलाई अंश-अंश गरी चूरचूर बनाउने अभियान तीव्र छ । र, न्यायालयको स्वतन्त्रता र स्वायत्तता, मर्यादा र गरिमाको तेजोबध गर्ने जिम्मा प्रधान न्यायाधीश स्वयंले काँध थापेका छन् । देखियो । उसो त लक्षण सुरुमै अशुभ थियो । शर्मा जब पदासीन भए, उनले आप\mनो चिनारी दिन थालिहाले । संसद्को पुनःस्थापना र निलम्बन नगरिएका मौलिक हकको उपचार गर्ने प्रश्नलाई उनले 'राजनीतिक मुद्दा' भनेर पन्छाए । अनि दमित नागरिकहरूले न्यायिक उपचार माग्दा उनले घरिघरि आलटाल, ढिलढाल र आनाकानीको सहारा लिए । जब उनी अस्ट्रेलिया पुगे, सर्वाङ्ग चिनिए । माने के भने शर्माजीको बोल्ने मुख छ, सोच्ने, तर्क गर्ने, सही-गलत छुट्याउने, आप\mनो पद, दायित्व र मर्यादाको चेत पाउने तर सोहीअनुसार आचरण गर्ने विवेक छैन । जुन प्रश्न कुन्साङ काकालाई अति अपि्रय लाग्छ त्यही प्रश्न सोध्न आज उनी विवश छन् । के सम्माननीय शर्मा महोदयको विवेक कतै बन्धकमा छ ?

सर्वोच्च अदालत संविधानको संरक्षक हो, र नागरिक अधिकारको रक्षक पनि । अनि त्यसका प्रथम नायक हुन् प्रधान न्यायाधीश । अदालत आम नागरिकको सङ्कटको साथी हो । यो वा त्यो निहुँमा, यो वा त्यो निहित स्वार्थ साँध्न जब राज्य नागरिक हक र स्वतन्त्रता अपहरण गर्न थाल्छ त्यो बेला नागरिकले न्यायको गुहार माग्ने निकाय अदालत हो । अदालतका सर्वोच्च नायक स्वयं राज्यका अरौटे औजार बने भने नागरिकले न्याय माग्न जाने ठाउँ कहाँ बाँकी रहन्छ ? अनि त्यो बेला कानुनी राजको गफ गर्नुको के अर्थ हुन्छ ? यी प्रश्नहरूको उत्तर दिने सबैभन्दा जिम्मेवार पात्र जो हो ऊ आफैँ माथि कतैको निरीह छाया भइरहेछ । र, ऊ आफैं स्वतन्त्र न्यायपालिकाको हुर्मत लिन लिट्टी कसेर लागिपरेको छ । हातमा विनाशकारी राँको छ । र, ऊ आप\mनै पदीय अस्मिता र मर्यादालाई समेत राँको झोस्दै लाजमर्नु दृश्यको रचना गरिरहेछ ।

वरिपरि लगाइने बारको काम बारभित्रको सागको रक्षा गर्नु हो । बार आफैँ निहुरिएर चुरुम्चुरुम् साग खान थाल्यो । नेपाली न्यायपालिकाको इतिहासमा यो लाज्जाजनक अनर्थ हो ।

बार आफैंले साग खानु गलत हो भनेर नागरिकहरू समवेत स्वरमा गिज्याइरहेका छन् । तथापि साग खाने बारलाई लेसमात्र पनि पश्चाताप, ग्लानी वा पीडा अनुभव भएको छनक पाइएको छैन ।

यो देखेर मानवीय लाज स्वयं नै लज्जित भएको छ ।


 
Posted on 04-13-05 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He is an asshole.
 
Posted on 04-13-05 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prem_dai - Thukka tero somat...
 
Posted on 04-13-05 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम दाई,

सक्छम् भने संग्रौला जी का बुँदाहरुको खण्डन् गरम् ? आफ्नै बुद्धिमान, स्पष्ट, एवम् उच्चरात्मक विपरित बुँदाहरु थपेर। हैन भने, आफैंलाई निच् तथा धृणात्मक् टुक्रे उस्ताद तुल्याउने टिप्पणी प्रदर्शनीको आश्रय चाईं पच्न अलि गाह्रो भो।

 
Posted on 04-19-05 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bichaaaaaaraa prem dai (runa mann laagyo)
khagendra sangraula ko article pahilo choti padhe jasto chha ani kasari bujhnu ta hoina??

 
Posted on 04-19-05 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्तिमार्ग र कन्चटको टुटुल्को
खगेन्द्र सङ्ग्रौला

वैकल्पिक रोजगारी मानिसको बल हो । जोसँग त्यो बल छ ऊ चित्तको कुरो खोलेर बोल्छ । श्री टी गिरीसँग त्यो बल छ । यता नेपालमा टी गिरीको नाममा उनको उपाध्यक्ष पद छ । उता श्रीलङ्कामा पिटर गिरीको नाममा उनको क्रिस्तान धर्मको रोजगारी छ । मिति पुगेर यताको रोजगारी गए उताको कतैै नजा । त्यसैले टी गिरी कमसेकम आफूलाई ढाँट्दैनन् । हालै उनले भनेछन्, "म प्रजातन्त्रमा विश्वास गर्दिनँ ।" भनाइको अर्थ हो, म हुकुमीतन्त्रमा विश्वास गर्छु ।

टी गिरी शाही सरकारका 'थिङ्क ट्याङ्क' हुन् । उनी नीति र कार्यक्रम बनाउँछन् । उनी चाल रच्छन् र जाल बुन्छन् । बाँकी मन्त्रीहरू गिरीको प्राचीन गणित खुरुखुरु लागू गर्छन् । यी सबै चाल र जालहरू प्रजातन्त्रलाई ताकिने तीरहरू हुन् । श्री टी गिरी धन्य हुन् । उनको आत्म-स्वीकृति सुनेर लोकलाई मकरतन्त्रको चरित्र बुझ्न र आपनो बाटो रोज्न सजिलो भएको छ ।

जसको वैकल्पिक रोजगारी छैन, ऊ चपाएर कुरा गर्छ । मन्त्री आरके मैनाली र टङ्क ढकालहरू यसै महलका पात्र हुन् । यी एक मुखले दलहरूलाई गाली गर्छन्, अर्को मुखले प्रजातन्त्रको जप गर्छन् । तर, हामी हुकुमीतन्त्रका लडाका हौँ भनेर गिरीबाबुले भै?m हाकाहाकी भन्न आँट गर्दैनन् । अतः यी बाबुहरू ढाँट हुन् ।

जसको उभिने धरती निम्छरो छ, ढाँट्नु उसको विवशता हो । मैनाली, ढकालादिहरूका पछिल्तिर न बौद्धिक बल छ, न नैतिक बल छ, न जनबल छ, न त छ लोकपि्रयता नै । यी जनताले चिनेर र चुनेर पत्याएका पात्र होइनन् । यी भक्तिमार्गमा टुप्पी समातेर टपक्क टिपिएकाहरू हुन् । प्रजातन्त्र जति कमजोर भयो, सत्तामा आपनो आयु त्यति नै लम्बिने छ भन्ने यिनलाई थाहा छ ।

दल, प्रेस र प्रबुद्ध नागरिक समाज प्रजातन्त्रका तीन खम्बा हुन् । दलले जनआकाङ्क्षा बोक्छ, प्रेसले स्वतन्त्र जनमत बनाउँछ, आलोचनाशील नागरिक समाजले प्रेसलाई ऊर्जा दिन्छ र दललाई खबरदारी गर्छ । यी तीन खम्बालाई ढाल्न सके भक्तिमार्गमा प्रसादी सेवन गर्न पाइरहिन्छ । भक्तहरूलाई यो थाहा छ । त्यसैले मैनाली, ढकालादिहरू प्रजातन्त्रका खम्बाहरू हल्लाउन तल्लीन छन् । मुर्दा शान्तिका साधक ढकालले भनेछन्, "आन्दोलन गर्नु भनेको आतङ्ककारीको मनोबल बढाउनु हो ।" माने के भने आन्दोलन छाडेर तिमीहरू मेरो पछिपछि भक्तिमार्गमा प्रवृत्त होओ । ढकालले सरकारी विज्ञापनजति सरकारी भजनमण्डलीलाई समर्पित गरी आपनो बुताले भ्याएसम्म स्वतन्त्र प्रेसलाई मारेरै छाड्ने उद्योग पनि थालेछन् । यसो हेर्नु, भक्तिपथमा विशारद प्राप्त ढकालको औँलो समातेर मैनाली नवभक्तिपथमा टुकुटुकु हिँडिरहेका देखिन्छन् ।

 
Posted on 04-19-05 2:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिल्लो बाट क्रमशः

भक्तिपथका यी पथिकहरूले आपना दाजुहरूको दुःख देखेर केही सिकेनन् । आज आरके मैनाली र टङ्क ढकाल जे साधनामा तल्लीन छन्, अस्ति कमल चौलागाईं र देवी ओझा त्यही साधनामा लिप्त थिए । ती स्वामीलाई रिझाउन दौराका फेर हल्लाउँदै दललाई गाली गर्थे, प्रेसलाई भत्र्सना गर्थे र नागरिक समाजलाई सराप्थे । यसो गर्दा आपनो राजसी दानापानीको आयु बढ्ला भन्ने तिनको आशा थियो । दुर्भाग्यवश तिनको आशाले धूलो चाट्यो । भक्तिमार्गमा जब तिनको उपयोगिता निखि्रयो, तिनलाई महमा टाँसिएका माखालाई झैँ पखेटा उखेलेर इतिहासको रछ्यानमा मिल्काइयो । आज दृश्यमा ती कतै छैनन् । हिजो तिनले आपनो व्यक्तित्व बनाइदिने विचार र दललाई समेत बेचिखाए । आज ती इतिहासको कुनै अँध्यारो गल्लीमा श्वानसरह हल्लिरहेका होलान् । हिँडेको बाटो, पानी खाएको इनार, थकाइ मारेको चौतारी र डुङ्गा तारिदिने माझीलाई बिर्सनेहरूको नियति यस्तै हुन्छ ।

सिक्नलाई शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि असल पाठ हुन् । यी प्रतिगमनविरोधी आन्दोलनमा रत्नपार्कमा विचरण गर्दैथिए । यिनलाई मुक्तिमार्गभन्दा भक्तिमार्ग सजिलो लाग्यो । अनि यी दुई भाइ लोकले पत्तै नपाईकन प्रतिगमनको सेवामा भक्तिमार्गमा ख्याँस्स भर्ती भए । अनि यिनले चारवटा नकाम गरे । आवेगको उत्ताल तरङ्ग उठ्न-उठ्न लागेको आन्दोलनमा यिनले ठन्डा पानी खन्याए । दलहरूमाझको नातामा यिनले तिक्तता पैदा गरे । यिनले आपनै दलका कार्यकर्ता र आमजनताका चित्तमा गहिरा चोट लगाए । र, यिनले आ-आपना दललाई जीउभरि लुतो निस्किएको बूढो गोरुझैँ विरूप बनाए । आखिर भक्तिको अन्तिम फल यिनलाई के मिल्यो ? स्वामीका कृपाले यी दुई परम् स्वामीभक्त आ-आपनै घरका कोठामा कैदी बनाइए ।

अभिजात वर्गीय राजनीतिमा कृतज्ञताको भावना लेस मात्र पनि हुँदैन । जब भक्तको उपयोग-मूल्य सकिन्छ, त्यसलाई चुसिएको उखुको कोयोझैँ मिल्काइन्छ । छिमल-छिमलमा देखियो । लोकेन्द्रबहादुर चन्द मिल्किए । सूर्यबहादुर थापा मिल्किए । शेबदे र माकुने मिल्किए । मोहम्मद मोहसिन र भरतमोहन अधिकारी मिल्किए । होमनाथ दाहाल र ईश्वर पोखरेल मिल्किए । जो-जो मिल्किए, यी कोही पनि जनताका प्रतिनिधि थिएनन् । यिनलाई जनताले सत्तामा उकालेको पनि होइन, सत्ताबाट यिनलाई जनताले खसालेको पनि होइन । जसले उकाल्यो, घोर अपमानसाथ उसैले खसाल्यो । भक्तहरूको पतनको यो शृङ्खलाबद्ध कथा आरके मैनाली र टङ्क ढकालहरूका लागि एउटा पठनीय पाठ हो ।

अर्को झनै मूल्यवान् पाठ पनि छ । त्यस पाठका रचनाकार ईश्वर पोखरेल हुन् । उनै पोखरेल जसले इन्धनको मूल्य बढाउने आपनो कृत्यलाई उत्कृष्ट कीर्तिका रूपमा चित्रण गरेका थिए । भक्तिमार्गका अटल पथिक पोखरेलले जब राजविराज कारागारमा पदार्पण गरे, यी दुखियाको दह्रो रामधुलाइ भयो । पछिल्लो खबर भन्छ, बन्दी र कैदीहरूले यिनलाई घरप्प घेरे । अनि 'लकडीको भाउ बढाउने तैँ चोर होइनस् !' भनेर यिनका ललाटमै पर्ने गरी सशक्त मुक्का प्रदान गरे । भनिन्छ, भक्तका कन्चटमा मुक्काको चापले उठेको टुटुल्को अझै बसिसकेको छैन । आरके मैनाली, टङ्क ढकालादि मकरतन्त्रका कटिबद्ध भक्तहरूका लागि उक्त टुटुल्को स्मरणीय छ ।

 
Posted on 04-19-05 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शम्भु सिद्धान्तमा जनताको जित
खगेन्द्र संग्राैला

- एकोहोरो विचारहरूको आँधी बहँदा
कस्तरी ढलिनछु
यही नै तिम्रा लागि
खतरा सावित भएको छ ।

- चन्द्रवीर तुम्बापो

बहुल विचारविरुद्ध विचारमा एकोहोरोपना र शासनमा एकतन्त्र, कुन्साङ काकाको विचारमा, अत्याचारका जुम्ल्याहा सन्तान हुन् । जसले यी मूल्याहा जुम्ल्याहासँग आँखा जुधाउँछ, जीवनको आक्रामक आँधीमा पनि ऊ ढल्दैन । उसले आँट गर्छ, ऊ उभ्भिन्छ, ऊ जुध्छ, ऊ खतरा बन्छ र परन्तु उसले जीवनको बाजी जितेरै छाड्छ । यो जनताको जित हो । काव्यको भाषामा चन्द्रवीर तुम्बापो यही सत्य भन्न खोजिरहेका छन् । र, शम्भु सिद्धान्तले पनि यसै भन्छ ।

शम्भु सिद्धान्तको कथा रोचक छ । अघिल्लो दिन मकरतन्त्रले गिरिजाप्रसाद कोइरालालाई गृह नजरबन्दबाट फुकुवा गरिदिएको थियो । के यो 'सकारात्मक संकेत' हो ? कुर्सीको भिख माग्न निहुरिएर हात थाप्नेहरू, फगत मालिकको कृपामा आप\mनो भाग्य अजमाउन खोज्नेहरू र कसैका चरणमा शिर नराखी अस्तित्वबोध गर्न नसक्नेहरूमा आशाको एउटा मिथ्या तरंग उठेको थियो । काका बौद्धिकहरूको एउटा सानो जमघटमा थिए । आशाको त्यो लुते तरंग त्यहाँ पनि दृष्टिगोचर भयो । छलफलमा एउटा विषय उठ्यो । मकरतन्त्रको छायाँमुनि आस्थाका बन्दीहरू उपचार नपाई मुलुकैभरि औडाहासाथ ऐय्या-आत्था गरिरहेका छन् । निर्मम निर्दलवादले रचना गरेको यो करुण कथा जगत्ले सुन्ने गरी सुनाउने कसरी हो ? र रोगपीडित बन्दीहरूको उपचार गराउन कुन आवाजले प्रभावकारी दबावको सिर्जना गर्ने हो ? असल मनसाय भएका एकजना बौद्धिकका चित्तमा 'सकारात्मक सन्देश' को भ्रान्तिकारी जूनकीरी पिल्पिल्-पिल्पिल् गरिरहेको रहेछ । माथिको कृपाको कल्पना गर्दै आशालु स्वरमा उनले भने, 'बूढा कोइराला छुटे । तै तै अब अरूहरूको उपचार पनि भइहाल्ला कि ?'

जमघटमा शम्भु थापा पनि उपस्थित थिए । वीर भनिन लायकका उनै शम्भु थापा जसले व्यक्तिगत हैसियतमा पनि र सहकर्मी साथीभाइहरूसँग मतो गेरेर संस्थागत हैसियतमा पनि मकरतन्त्रसँग आँखा जुधाउने आँट गरेका थिए । वातावरणमा औँसीको अन्धकार र मसानघाटको सन्नाटा व्याप्त थियो । संकटकालीन निषेधविरुद्ध मुख खोल्नुको नतिजा पक्राउ पर्नु, चुटिनु, बेपत्ता पारिनु वा मारिनु जे पनि हुनसक्थ्यो । तर कानुनका नौ सिङ कण्ठ भएको नेपाल बार एसोसिएसनले शम्भु थापाको नायकत्वमा कानुनकै लौरो टेकेर मुख खोल्यो । जब बारले बिरालाका घाँटीमा घण्टी झुण्ड्यायो, पत्रकार महासंघले अघि सरेर मारी त्यो घण्टी बजायो । आपतकालमा अन्यायी निषेधाज्ञाको अवज्ञा गर्न जोखिम उठाउँदै विवेक र शौर्यको बत्ती बालेर जो अघि सर्छ, ऊ समाजको नायक हो । शम्भु एक नायक हुन् । यो काकाश्रीले मित्रका नाममा कथेको चिप्लो कथा होइन, शम्भु स्वयंले आप\mना कर्मद्वारा रचना गरेको सुन्दर कीर्तिमान हो । त्यस्ता शम्भुश्रीलाई कथित 'सकारात्मक सन्देश' को भिक्षामार्ग एकदमै मन परेनछ । त्यसैले रमरम रोष भरिएको स्वरमा उनले भने, 'सकारात्मक सन्देश' को कुरो भिखारीपथको कुरो हो । गिरिजाबाबुको फुकुवा अरू केही होइन, त्यो जनताको जित हो । यता दमनविरुद्ध स्वदेशी जनआवाज मुखरित भयो । उता विदेशी आवाजले त्यसमा चाप थपिदियो । र नव-पञ्चतन्त्र कोइरालालाई छाड्न विवश भयो ।'

यहाँनेर थापाजीले शब्द-शब्दमा झोँक्का दिँदै लोहारको घनको चोटजस्तो ठोस स्वरमा भने, 'यो जनताको जित हो । आँट गरेर बोल्नुपर्छ, नडराइकन लेख्नुपर्छ, हुल बाँधेर सडकमा ओर्लिनुपर्छ, जनताको जित हुन्छ-हुन्छ । पत्रकारहरूको एकताबद्ध जुलुसलाई मकरतन्त्रले छुन सकेन । यो जनताको जित हो । सञ्चारको डबली बिस्तारै-बिस्तारै फराकिलो हुँदैछ । यो जनताको जित हो । सत्ताका चाल र जालहरूको छिटोछिटो पोल खुल्दैछ । यो जनताको जित हो । सत्य के हो र झुट के हो, को जनताको आप\mनो हो र को परचक्री हो, जनता शनैशनै बुझ्दैछन् । यो पनि जनताकै जित हो । बल एकता हो, माध्यम शान्तिपूर्ण संघर्ष हो । संघर्षको वृक्षमा लाग्ने फल भनेको जनताको जित हो ।'

शम्भु थापाको कुरो कुन्साङ काकालाई औधी घत पर्?यो । र आफूलाई जनताको कटुवाल भन्न रुचाउने काकाजी शम्भु सिद्धान्तको ध्वजा बोकेर प्रचार-अभियानमा घुम्न थाले । घुम्दै जाँदा काका सहिदगेटमा पुगे । साथमा साथी एउटा जिज्ञासु किशोर थियो । किशोर केटाले काकासँग सहिद भनेको के हो भनेर सोध्यो । काकाले भने, 'बाँच्नेहरूको भलो होस् भनेर जसले जानीजानी आप\mनो ज्यान दिन्छ ऊ सहिद हो ।' कुरो सुनेर केटो गम्भीर भयो । अनि त्यहाँ कुरैकुरामा संवादको एउटा पोयो बाटियो ।

'काका, तलका चार सहिदलाई मारेको कसले हो ?'

'म श्री ३ हुँ भन्ने जुद्ध शमशेरले ।'

'किन मारेको, काका ?'

'यिनले अँध्यारामा उज्यालो खोजे भनेर ।'

'चार सहिदका शिरमाथि त्यो को किन बसेको हो, काका ?'

काकाश्रीलाई संवाद जारी राख्न गाह्रो पर्?यो । त्यसैले उनले कुरो अर्कातिर रड्काए । उनले भने, 'बाबु उख्खुमै गर्मी भो । बरफजल खान जाऔँ ।'

सहिदगेटको सम्झना काकाका चित्तका भित्तामा टाँसिइनै रह्यो । र गंगालाल, शुक्रराज, दशरथचन्द र धर्मभक्तका सुनामहरूले स्वतन्त्रताका प्रेरक प्रकाशपुञ्ज भएर काकाको चेतनामा आशा र प्रकाश फिँजाइरहे । अनि यी सहिदहरूको पवित्र सम्झनामा शिर झुकाइरहँदा काकाजीलाई पुनः शम्भु सिद्धान्तको याद आयो । सात सालको जहानियातन्त्रविरोधी हुलचालका प्रेरक र चालक अरू कोही होइन, जनता हुन् । र सात सालको जित अरू कसैको शौर्य, त्याग र पराक्रमको फल होइन, फगत जनगणको शौर्य, त्याग र पराक्रमको फल हो । त्यो जनताको जित हो । उसो त इतिहासमा जे जति सत्कर्म भएका छन् ती सबै जनताका, जनताका र केवल जनताका मात्र कीर्ति हुन् । शम्भु सिद्धान्तका दृष्टिमा ती सबै जनताका जित हुन् । छत्तीस सालको हुकुमीतन्त्रविरोधी हुरीको कथा जनताको जितको कथा हो । छ्यालीस सालको आँधीले ल्याएको परिवर्तनको कथा जनताको जितको कथा हो । त्यो कुनै ख्वामित्को कृपा, करुणा वा उदारताको कथा होइन । शम्भु सिद्धान्त यसै भन्छ । जे भन्छ, यो गजप भन्छ !

यतिखेर हाम्रो कुपोषित प्रजातन्त्रमा खग्रास ग्रहण लागेको छ । ग्रहणसँग जुधेर शुष्क प्रजातन्त्रलाई सबल लोकतन्त्रमा फेर्ने उपाय के हो ? शम्भु सिद्धान्त भन्छ, त्यो संघर्ष हो । माग्नेहरू मालिक मुखेन्जी झुक्छन् । माग्नेहरू स्वामीका चरणमा मुन्टा टेक्छन् । माग्नेहरू जुम्रा मार्दै र हाई काड्दै 'सकारात्मक संकेत' को बाटो हेर्छन् । तसर्थ माग्नेहरू मकरतन्त्रको दास बन्न लायक छन् । तर, शिर ठाडो पारेर हक दाबी गर्नेहरू जुध्छन् । न्यायका लागि जो जुध्छन्, भोलि वा पर्सि तिनले जित्छन् । यो जगत् जनताको हो । शम्भु सिद्धान्त भन्छ, आप\mनो जगत् जित्नु जनताको अकाट्य नियति हो ।



 
Posted on 04-20-05 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is disagreement is a curse in our domain, I wonder often. We rarely like to touch those ideas which tend to differ from what we harbor with respect. It appears we are more into who the speaker is than what is said. For example, if we hear "Democracy is in danger in Nepal", we first want to know who is making this mahabani. If the mahabani comes from one of our idols, we chant "jindabad---jindabad", otherwise, we either say "murdabad--- murdabad" or just ignore.

We must realize by worshipping Ram, we can certainly be hanumans but not Ram himself.
 
Posted on 04-20-05 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"It appears we are more into who the speaker is than what is said."


सुर्खिया से खुलासा, मकसद कातिब से जान लेते है हम
बात ये है कि अपना शहर है और जाना पहचाना है

 
Posted on 04-20-05 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah

sir,
in jest:)

 
Posted on 04-20-05 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khagendra Sangraila kissing Shambhu Thapa's ass. May be he pocketed donations from Shambhu Thapa.
 
Posted on 04-20-05 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe babu - Wah Wah kya mara, kuchh nahi samjha.
 
Posted on 04-20-05 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"सुर्खिया से खुलासा, मकसद कातिब से जान लेते है हम
बात ये है कि अपना शहर है और जाना पहचाना है "


Baazi pe ootar mat aayiyega huzoor
Hawamei chhupi hui surkhiya hai
aur katl-e-maksad pe sabaar katib
Bas saher hi raha gaya hai apna
log to kabke begane ho gaye.



surkhiya surkhiya hai khulasa nahi

Jab saher apna ho aur log paraye
pahechana pehechana sa lagta to jaroor hoga


"सुर्खिया से खुलासा, मकसद कातिब से जान लेते है हम
बात ये है कि अपना शहर है और जाना पहचाना है "

"सुर्खिया से खुलासा, मकसद कातिब से जान लेते है हम "
Kahi khulasa mein bandish na ho
Saher apna hai man le te hai

Bandish-e-khulasa ka raj hai
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters