Posted by: Ok April 12, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
साग खाने बार खगेन्द्र संग्राैला - 'सहरको अनुहार कस्तो छ, भाइ ?' 'सहराँ त दाइ, मान्छेभन्दा पुलिस धेरै छन् ।' 'तैपनि टेम्पो त चलेकै छ, कसो ?' 'खै के भन्ने, दाइ ? खपिनसक्नु हैरानी छ । यता नचला, उता नघुमा । ह्याँ रोक्, त्याँ नरोक् । नियम क्यै छैन । ट्राफिकको सनकमा जे आयो त्यै नियम भो । छिसिक्क क्यै निहुँ पायो कि खल्ती निचोरिहाल्छ । नियाँ माग्न जाने ठाँवै छैन । यस मुलुकमा गरिबलाई गरिखान कठिन भो ।' यो यही चैत २६ गतेको संवाद हो । कुन्साङ काका टेम्पो चढेर सहरको सङ्कटकालीन अनुहार हेर्न जाँदैथिए । सम्झनाको ऐनामा छ्यालीस साल चैत २६ गतेका झाँकीहरू लहरमाथि लहर उठेर नाचिरहेका थिए । हो, चैत २६ गते ! काकाको जीवनमा त्यो एउटा रङ्गीन, अपूर्व, अर्थपूर्ण र अविस्मरणीय दिन थियो । त्यतिका मानिस एउटै उद्देश्यको सूत्रमा उनिएर, एकै दिशातिर फर्केर, एकै लय र तालमा, प्रचण्ड उत्साह र उमङ्गसाथ त्यसरी हिँडेको त्यो दृश्य अहिले सम्भिmँदा काकालाई एक असम्भव रुमानी सपनाजस्तो लाग्छ । तर, त्यो निख्खर विपना थियो । निरङ्कुश पञ्चायत ढलेको थियो । मानिसहरूका थुनिएका मुख खुलेका थिए । आउने दिनहरूमा जीवन अलि जिउन लायकको होला भन्ने आशाले मानिसहरू हर्षविभोर थिए । तर, राजनीतिलाई यसका कर्ताहरूले सत्तामा उक्लिने र लोकलाई बिर्सिदिने साधन बनाउँदा लोकका लागि चिताएजस्तो लोकतन्त्र आएन । र, नै धूलिसात् भएको एकतन्त्रले शनैशनै बौरिएर उठ्ने चानस पायो । काका सहरी केन्द्रमा पुगे । र, देखे, एकसट्ठी सालको चैत २६ गते विकराल छ । ठाउँ-ठाउँमा, नजिक-नजिकै सडकका पेटीमा सडकतिर सोझ्याइएका बन्दुकहरू छन् । अज्ञात अनिष्टको आशङ्काले आफैंभित्र खुम्चिएर नागरिकहरू आफ्नै छायाँ सरह हिँडिरहेका छन् । नागरिकहरूका मुख थुनिएका छन् । भयका अदृश्य सिक्रीहरूले तिनका चेतन-तन्तुहरू बाँधिएका छन् । वातावरणमा सबैतिर सघन सन्नाटा व्याप्त छ । मकरतन्त्र यो भयावह सन्नाटालाई शान्ति भन्छ । सुन्दा अचम्म लाग्छ ! छ्यालीस साल चैत २६ गते पञ्च र मण्डलेहरू, धार्मिक अतिवादी र बाह्रमासे अवसरवादीहरू ज्ाागेका जनताको डरले दूला-दूलामा लुकेका थिए । यो साल चैत २६ गते गर्धन फुलाउँदै ती सब बाहिर निस्केका छन् । तल सडकमा डाँको तिनैको ठूलो छ । माथि सत्तामा ढलिमली तिनैको छ । नागरिक चेतना र नागरिक हकमाथि तिनकै लगाम लागेको छ । काका हेर्छन्, एकतन्त्रको जग्जगी भएको यो घडीमा सहरले नागरिक अनुहार नै गुमाएको छ । र, बन्दुकको अत्यासलाग्दो छायाँमुनि सहर मूच्छिर्त छ । मकरतन्त्रका सेवकहरू यो निसासलाग्दो सन्नाटालाई अमनचैन भनिरहेका छन् । तर, सत्य जे हो त्यो भन्न भने नागरिकहरूलाई छूट हुँदैन । अहिले त्यस्तै छ । उसो त नागरिक अनुहार गुमाएको सहरले मात्र होइन । लोकतन्त्रका यावत् अङ्ग-अवयवहरूले नागरिक अनुहार गुमाएका छन् । निजामती अड्डाहरूमा जङ्गी जवान उपस्थित हुँदा निजामती अड्डाले आप\mनो नागरिक अनुहार गुमाएको छ । नागरिक प्रशासनका काँधमा जङ्गीको जुवा नारिँदा नागरिक प्रशासनले आप\mनो नागरिक अनुहार गुमाएको छ । हुँदा-हुँदा अब त न्यायिक निकायहरू समेत पनि नागरिक अनुहारविहीन भइरहेका छन् । ताजा उदाहरण सर्वोच्च अदालत हो जसका प्रधान न्यायाधीश हरिप्रसाद शर्मा स्वयं जङ्गदिै जङ्गीको बोली बोल्न सिकिरहेका छन् । सर्वोच्च अदालत प्रहरी प्रधान कार्यालय वा शाही जङ्गी अड्डा होइन । र, प्रधान न्यायाधीश शर्मा प्रहरी प्रमुख वा जङ्गी प्रमुख होइनन् । तर, निजको मुद्रा, अभिप्राय र बोली सुन्दा काकालाई हुन्-हुन् कि जस्तो लाग्न थालेको छ । जब शर्माले अस्ट्रेलियामा गएर दलहरूको उग्र विरोध र शाही कदमको अखण्ड समर्थन गरे, काकाश्रीलाई बाघछापे बर्दीबिनाको कुनै जङ्गी पात्र बोलेको आभास भयो । न्यायपालिकाले राजनीति गर्दैन, न्याय गर्छ । तर, शर्माजी भने आप\mनो धरातल बिर्सेर मकरतन्त्रीय राजनीति गर्न कस्सिएका छन् । कानुनी विधिले नागरिकहरूको जीवन र मान-मर्यादाको रक्षा गर्ने आसनमा विराजमान हुनु र आप\mनै पदको समेत मान-मर्यादा राख्न चुक्नु चुकुवा पात्रको हद हो । सङ्कट मोचन गर्ने निहुँमा अहिले अर्काको ढाडमाथि सवार हुने होड चलेको छ । न्यायपालिकामाथि कार्यपालिका सवार भएको छ । र, कार्यपालिकामाथि जङ्गी निकाय सवार भएको छ । शक्ति पृथकीकरण, कानुनी राज र न्यायालयको स्वायत्तता आदि सभ्य समाजका सबै मान्यताहरूलाई अंश-अंश गरी चूरचूर बनाउने अभियान तीव्र छ । र, न्यायालयको स्वतन्त्रता र स्वायत्तता, मर्यादा र गरिमाको तेजोबध गर्ने जिम्मा प्रधान न्यायाधीश स्वयंले काँध थापेका छन् । देखियो । उसो त लक्षण सुरुमै अशुभ थियो । शर्मा जब पदासीन भए, उनले आप\mनो चिनारी दिन थालिहाले । संसद्को पुनःस्थापना र निलम्बन नगरिएका मौलिक हकको उपचार गर्ने प्रश्नलाई उनले 'राजनीतिक मुद्दा' भनेर पन्छाए । अनि दमित नागरिकहरूले न्यायिक उपचार माग्दा उनले घरिघरि आलटाल, ढिलढाल र आनाकानीको सहारा लिए । जब उनी अस्ट्रेलिया पुगे, सर्वाङ्ग चिनिए । माने के भने शर्माजीको बोल्ने मुख छ, सोच्ने, तर्क गर्ने, सही-गलत छुट्याउने, आप\mनो पद, दायित्व र मर्यादाको चेत पाउने तर सोहीअनुसार आचरण गर्ने विवेक छैन । जुन प्रश्न कुन्साङ काकालाई अति अपि्रय लाग्छ त्यही प्रश्न सोध्न आज उनी विवश छन् । के सम्माननीय शर्मा महोदयको विवेक कतै बन्धकमा छ ? सर्वोच्च अदालत संविधानको संरक्षक हो, र नागरिक अधिकारको रक्षक पनि । अनि त्यसका प्रथम नायक हुन् प्रधान न्यायाधीश । अदालत आम नागरिकको सङ्कटको साथी हो । यो वा त्यो निहुँमा, यो वा त्यो निहित स्वार्थ साँध्न जब राज्य नागरिक हक र स्वतन्त्रता अपहरण गर्न थाल्छ त्यो बेला नागरिकले न्यायको गुहार माग्ने निकाय अदालत हो । अदालतका सर्वोच्च नायक स्वयं राज्यका अरौटे औजार बने भने नागरिकले न्याय माग्न जाने ठाउँ कहाँ बाँकी रहन्छ ? अनि त्यो बेला कानुनी राजको गफ गर्नुको के अर्थ हुन्छ ? यी प्रश्नहरूको उत्तर दिने सबैभन्दा जिम्मेवार पात्र जो हो ऊ आफैँ माथि कतैको निरीह छाया भइरहेछ । र, ऊ आफैं स्वतन्त्र न्यायपालिकाको हुर्मत लिन लिट्टी कसेर लागिपरेको छ । हातमा विनाशकारी राँको छ । र, ऊ आप\mनै पदीय अस्मिता र मर्यादालाई समेत राँको झोस्दै लाजमर्नु दृश्यको रचना गरिरहेछ । वरिपरि लगाइने बारको काम बारभित्रको सागको रक्षा गर्नु हो । बार आफैँ निहुरिएर चुरुम्चुरुम् साग खान थाल्यो । नेपाली न्यायपालिकाको इतिहासमा यो लाज्जाजनक अनर्थ हो । बार आफैंले साग खानु गलत हो भनेर नागरिकहरू समवेत स्वरमा गिज्याइरहेका छन् । तथापि साग खाने बारलाई लेसमात्र पनि पश्चाताप, ग्लानी वा पीडा अनुभव भएको छनक पाइएको छैन । यो देखेर मानवीय लाज स्वयं नै लज्जित भएको छ ।
Read Full Discussion Thread for this article