Posted by: Ok April 19, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
भक्तिमार्ग र कन्चटको टुटुल्को खगेन्द्र सङ्ग्रौला वैकल्पिक रोजगारी मानिसको बल हो । जोसँग त्यो बल छ ऊ चित्तको कुरो खोलेर बोल्छ । श्री टी गिरीसँग त्यो बल छ । यता नेपालमा टी गिरीको नाममा उनको उपाध्यक्ष पद छ । उता श्रीलङ्कामा पिटर गिरीको नाममा उनको क्रिस्तान धर्मको रोजगारी छ । मिति पुगेर यताको रोजगारी गए उताको कतैै नजा । त्यसैले टी गिरी कमसेकम आफूलाई ढाँट्दैनन् । हालै उनले भनेछन्, "म प्रजातन्त्रमा विश्वास गर्दिनँ ।" भनाइको अर्थ हो, म हुकुमीतन्त्रमा विश्वास गर्छु । टी गिरी शाही सरकारका 'थिङ्क ट्याङ्क' हुन् । उनी नीति र कार्यक्रम बनाउँछन् । उनी चाल रच्छन् र जाल बुन्छन् । बाँकी मन्त्रीहरू गिरीको प्राचीन गणित खुरुखुरु लागू गर्छन् । यी सबै चाल र जालहरू प्रजातन्त्रलाई ताकिने तीरहरू हुन् । श्री टी गिरी धन्य हुन् । उनको आत्म-स्वीकृति सुनेर लोकलाई मकरतन्त्रको चरित्र बुझ्न र आपनो बाटो रोज्न सजिलो भएको छ । जसको वैकल्पिक रोजगारी छैन, ऊ चपाएर कुरा गर्छ । मन्त्री आरके मैनाली र टङ्क ढकालहरू यसै महलका पात्र हुन् । यी एक मुखले दलहरूलाई गाली गर्छन्, अर्को मुखले प्रजातन्त्रको जप गर्छन् । तर, हामी हुकुमीतन्त्रका लडाका हौँ भनेर गिरीबाबुले भै?m हाकाहाकी भन्न आँट गर्दैनन् । अतः यी बाबुहरू ढाँट हुन् । जसको उभिने धरती निम्छरो छ, ढाँट्नु उसको विवशता हो । मैनाली, ढकालादिहरूका पछिल्तिर न बौद्धिक बल छ, न नैतिक बल छ, न जनबल छ, न त छ लोकपि्रयता नै । यी जनताले चिनेर र चुनेर पत्याएका पात्र होइनन् । यी भक्तिमार्गमा टुप्पी समातेर टपक्क टिपिएकाहरू हुन् । प्रजातन्त्र जति कमजोर भयो, सत्तामा आपनो आयु त्यति नै लम्बिने छ भन्ने यिनलाई थाहा छ । दल, प्रेस र प्रबुद्ध नागरिक समाज प्रजातन्त्रका तीन खम्बा हुन् । दलले जनआकाङ्क्षा बोक्छ, प्रेसले स्वतन्त्र जनमत बनाउँछ, आलोचनाशील नागरिक समाजले प्रेसलाई ऊर्जा दिन्छ र दललाई खबरदारी गर्छ । यी तीन खम्बालाई ढाल्न सके भक्तिमार्गमा प्रसादी सेवन गर्न पाइरहिन्छ । भक्तहरूलाई यो थाहा छ । त्यसैले मैनाली, ढकालादिहरू प्रजातन्त्रका खम्बाहरू हल्लाउन तल्लीन छन् । मुर्दा शान्तिका साधक ढकालले भनेछन्, "आन्दोलन गर्नु भनेको आतङ्ककारीको मनोबल बढाउनु हो ।" माने के भने आन्दोलन छाडेर तिमीहरू मेरो पछिपछि भक्तिमार्गमा प्रवृत्त होओ । ढकालले सरकारी विज्ञापनजति सरकारी भजनमण्डलीलाई समर्पित गरी आपनो बुताले भ्याएसम्म स्वतन्त्र प्रेसलाई मारेरै छाड्ने उद्योग पनि थालेछन् । यसो हेर्नु, भक्तिपथमा विशारद प्राप्त ढकालको औँलो समातेर मैनाली नवभक्तिपथमा टुकुटुकु हिँडिरहेका देखिन्छन् ।
Read Full Discussion Thread for this article