Posted by: Ok June 27, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
कन्चटका जुम्ल्याहा टुटुल्का टनटन टन्किरहेका छन् । मनमा सघन सन्तापको चक्रवात् उठेको छ । के सोचेर हो कुन्नि, टुटुल्के फोटो पत्रकारको दर्शन गर्न बाटो लाग्यो । विचलित मनमा ऐठनकारी औडाहा लिएर ऊ सोझै सञ्चारगृहमा पुग्यो । र, चाकरीमय स्वरमा उसले आफू आउनाको अभिप्राय खुलायो, "मित्र ! यसो एक्कैछिन कतै एकान्तमा बात मारौँ कि भनेर ...।" फोटो पत्रकार जन्ड परेछ । ऊ मानेन । भन्यो, मेरो धर्म एकान्तको अन्तरकुन्तरमा दबाइएको सत्य सार्वजनिक गर्नु हो । एकान्तमा म किन जाऊँ ? टुटुल्केले कारुणिक मुद्रामा अनुनय गर्?यो, विनय गर्?यो । उसले ङ्याङ्-ङ्याङ् गर्?यो, इँ-इँ गर्?यो । उसले उसका हात मुसार्?यो र उसका पाउ स्पर्श गर्?यो । आगन्तुकका उच्च टुटुल्का देखेर फोटो पत्रकारको कोमल चित्तमा त्यसैत्यसै करुणा पग्लिएर आयो । अनि, आप\mनो धर्मविपरीत ऊसँग ऊ एकान्तमा गयो । आखिर मालप्रेमी भूपू मल-मन्त्री न हो, चाप्लुसीको कलामा ऊ पारङ्गत थियो । उसले करजोरी बिन्ती गर्?यो, "संवेदनशील मित्र ! मेरा यी जोडा टुटुल्का छापामा नदेखिऊन् । नत्र मैले कत्रा दुःखले आज्र्याको त्यागवीरको छवि भूस हुनेछ ।" फोटो पत्रकारले मुसुमुसु हाँस्दै एकचित्तले सुन्यो । तर, उसले हाँ पनि भनेन, ना पनि भनेन । टुटुल्के हौसियो । उसले गम खायो, मौनतामा सम्मति बोलिरहेछ । कृतज्ञताको भावमा फोटो पत्रकारलाई धनुषटङ्कार नमस्कार गरेर ऊ बिदा भयो । टुटुल्के डाक्टर शर्माकहाँ पुग्यो । र, निजमाथि अनुकूल प्रभाव पार्ने हेतुले भन्यो, "डाक्टसा'प ! म भूपू मल-मन्त्री सञ्चयकुमार हुँ । यी जोडा टुटुल्का मलाई घाँडो भए । कुनै उपायले यिनलाई सनक्कै मेट्न सकिँदो हो कि !" डाक्टर मुसुमुसु हाँस्यो । र, भन्यो, "मन्त्रीज्यू ! समय लाग्छ । यी आपै?m मेटिन्छन् ।" सुनेर टुटुल्के भित्रभित्रै रोयो । ऊ कल्प्यो, आन्दोलनले भोलि, भोलि नभए पर्सि सत्ता त जित्छ नै । जितेपछि मल-मन्त्रीको आसन पुनः खाली हुनेछ । आसन, मल, माल ...। सुखद पूर्वस्मृति र सुन्दर भावी सम्भावनाले उसको तृष्णायुक्त जिब्रो रसायो । तर, तृषित आत्माको मर्म नबुझ्ने डाक्टर मूले भन्दैछ ...। टुटुल्के रुँदै नवनिर्मित हबेलीतर्फ उन्मुख भयो । विवाद तुर्न भोलिपल्ट दलको बैठक बस्यो । बैठकमा एउटा अजीव जीव कतै शून्यबाट उपस्थित भयो । र, भन्यो, "म गरिब किसान हुँ । किसानमारालाई कुटेको मैले हो ।" प्रश्न सोधियो, "अन्नदाता ! आखिर कुटियो किन ?" उत्तर प्राप्त भयो, "यो दलको आन्तरिक लोकतान्त्रीकरणको जनपक्षीय अभ्यास हो ।" सञ्चयकुमार सेन्टिफ्ल्याट भयो । यो भोलिको कथा हो ।
Read Full Discussion Thread for this article