Posted by: Nepe April 20, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
दरबारको गुप्त इसारामा मोहसिनले सञ्चारकर्मीहरूलाई कार्यालयमा डाकेर खतराको घण्ट बजाए । घण्ट दरबारको हो, घण्ट बजाउने रालो मोहसिनका हातको । घण्टले जोडले भन्यो ( यो सरकार असफल भए तानाशाही आउँछ । 'माथि'ले भनेको बेलामा चुनाव नभए र्सवसत्तावादी शासनले मुन्टो उठाउँछ । होसियार, त्यो शासन खपिनसक्नु हुनेछ ? आफ्ना मुखारविन्दबाट दरबारको टेप बजाउँदै जाूदा मोहसिन बाले यो पनि भने( यो सरकारले न शान्तिवार्ता गर्न सिन्को भाँच्यो, न चुनाव गराउन यसले केही लछारपाटो लायो । तर्सथ यो सरकार फयल भइसक्यो ?सरकारमा मोहसिन चाणक्यतुल्य कुशल सूत्रधार हुन् । र, सरकारका मेरुदण्ड पनि यिनै हुन् । देउवा सोकेसमा सजाइने दलीय प्रधानमन्त्री हुन्, मोहसिन हुन् पर्दापछाडि बसेर कर्म गर्ने निर्दलीय प्रधानमन्त्री । मोहसिन माउ हुन्, देउवा पाठा । र भरत बाजे हुन्( मै मिरिमिच्चे म्याँ-म्याँ बुरुक् । त्यसैले जब मोहसिनको बक् फुट्छ, त्यसबाट हावाको सानो झोंक्का निस्कन्छ । र, सोकेसका देउवालगायत बुख्याँचारूपी सकल मन्त्रीहरू हल्लिन थाल्छन् ।अघोषित प्रम मोहसिनले यो सरकारको आयु निख्रिएको सङ्केत गरे, र अहिले बुख्याँचाहरू हल्लिरहेका छन् । हल्लिनेहरूमा एमालेगण अग्र पङ्क्तिमा छ । मार्क्सवाद-लेनिनको प्रतिरोधी न्याय-चेतना पूजा कोठामा थन्क्याएर एमालले नत्रवादको ध्वजा उठाएको छ । ध्यानले सुन्नु( नत्रवादीहरू मोहसिनतर्फ छेस्काको औंलो ठड्याएर सुतुर्मुर्गे शैलीमा बोलिरहेका छन् । भरत बाजे भन्छन् ( जथाभावी बक्बक् गर्ने मोहसिन अराजक हुन् । सरकारमा हामी पनि छौं । यिनी आफू एक्लै सरकार हुँ भनेझैं गरी जगाभावी नबोलून् । नत्र...."नत्र के त कमरेड -" "नत्र म बेतुक बक्बक् गरी नै रहनेछु ।"
Read Full Discussion Thread for this article