Posted by: Nepe April 20, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
वामदेव अघि र्सछन् र ढ्वाङे स्वरमा कुर्लिन्छन्( मोहसिन प्रजातन्त्र मास्ने कुरो नगरून् । नत्र....."नत्र के त कमरेड -" "नत्र म दरबारमा टीका थाप्न जान्छु ।" गरिब र्सवहारा के. पी. शर्मा ओली पाखुरा सुर्किन्छन् र सुरिलो भाकामा चुट्किला सुनाउन थाल्छन्( एमालेका मन्त्रीहरू गति छाडेर पानीमरुवा मति नदेखाऊन् । ती तरकमरक गरून् र छाडा मोहसिनलाई ख पारून् । नत्र..."नत्र क्यार्र्छौ त कमरेड -" "नत्र म नवनिर्मित कैलाशकुट भवनको कौसीमा बसेर भुटेका काजु खाँदै अर्को कैलाशकुट भवन बनाउन थाल्छु ।" त्यसपछि चिल्ला, चिप्ला र खाइलाग्दा कमरेड झलनाथ खनाल भाषण ठोक्छन्( मोहसिनलाई मैदान छाडिदिएर एमाले दरबारको गोटी नबनोस् । नत्र...."नत्रपछि के हुन्छ, कमरेड -" "नत्र म अर्को जोर सुट सिलाउन जान्छु ।" यसबीच खल्तीभर हार्ड क्यास बोकेर प्रसन्न मुद्रामा महासचिव माधव कमरेडको सानका साथ स्वदेश सवारी हुन्छ । कमरेड एयरपोर्टबाट सिंहदरबारतिर चक्षु प्रक्षेपण गर्छन् र चाल पाउँछन्( आफ्नो दलका मन्त्रीहरू तलब-भत्ता थाप्न र राज्यको कोष लुटेर पार्टी केटाहरूलाई बाँड्नमा मस्त छन् । राजाले अह्राएको चुनाव आँगनको पल्लो छेउमा आइसक्यो, द्वन्द्वको डढेलोमा एक घैंटो पानी खन्याइएको छैन । नेपाल ठुटे जुँगामा चट्ट ताउ लगाएर रत्नपार्कतिर हेर्छन् । धत्तेरिका ! दल, सञ्चार, नागरिक समाज, जनसाधारण सबै नै आफूलाई कुरीकुरी गरिरहेका छन् । माधवजी हत्केलाले नग्न देहको लाज ढाक्छन् । र, अर्द्ध-नारीस्वरमा भन्छन् ( यो सरकार आँट गरोस् र आजै युद्धविराम गरोस् । म भन्छु( शान्तिलाई एक नम्बरमा राखियोस् र चुनावलाई दूइ नम्बरमा । नत्र..."नत्र के गरिसिन्छ, कमरेड -" "नत्र म झन् लामो विदेश भ्रमणमा जान्छु ।"
Read Full Discussion Thread for this article