Posted by: Ok April 26, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
उसो त अछूतलाई छूतमा ढलान गर्ने अर्को सरकारी पासो पनि छ । त्यो शाही आयोग हो । शाही आयोगले उहिलेको श्री ३ कालीन न्यायविधानको झझल्को दिन्छ । उजुरी बनाउने आफैँ, अभियोग लगाउने आफैँ र सजाय किट्ने पनि आफैँ । अराजक सनक श्री ३ हरूको न्यायविधानको विशेषता थियो । शाही आयोगले सोही विशेषताको सिको गरेको प्रतीत हुन्छ । छाँटले भ्रष्टाचार निर्मूल गर्ने नाटक गर्नु आयोगको देखाउने रूप हो । काका भन्छन्, पारदर्शी काइदाले राष्ट्रिय भ्रष्टका रोल नम्बर किटान नगरीकन साँचो अर्थमा भ्रष्टमाथि कारबाहीको थालनी हुँदैन । भ्रष्ट शिरोमणि माथि छन्, तलका झिना-मसिना वास्तविक वा कल्पित भ्रष्टलाई समातेर केही लछारपाटो लाग्दैन । साँचो अर्थमा भ्रष्टमाथिको कारबाही त एउटा निहुँमात्र हो । आयोगको सक्कली अभीष्ट हो अछूतलाई फन्दामा पार्नु र छूतमा फेर्नु । लाग्छ, यो निकै प्रभावकारी जुक्ती हो । कि भ्रष्टको पगरी गुथेर कष्टपूर्ण खोरमा जाऊ कि मकरतन्त्रको जुवामुनि नारिन आऊ । आयोगको नभनिने तर बुझिने सन्देश यही हो । जसको चरित्र निम्छरो छ, सके ऊ आयोगले डाक्नु अगावै निजकहाँ गहुँत छर्किमागेर चोखिन गइसक्ला । लोभ, भय वा लाभको कारण मनुतन्त्रको जुवामुनि नारिन जो राजी हुनेछ, सके उसलाई पञ्चखत माफी दिइएला । लोकका नजरमा सर्वाङ्ग भ्रष्ट भनी गन्हाएका उच्च कोटीका ऐतिहासिक भ्रष्ट असनको साँढेझैँ डुक्रिँदै फुक्काफाल हिँडिरहेका छन् । काका लख काट्छन्, यिनको र उनको चोचोमोचो मिलिसकेको हुनसक्छ । मकरतन्त्रको नाटीकुटी नगर, स्वतन्त्रताका सपना नदेख, लोकतन्त्रका कुरा नगर, तिमीले गरेको यावत् भ्रष्टाचार क्षम्य हुनसक्छ । बस्, जुँगा चले कि कुरा यस्सै बुझिहालिन्छ । काकाजीको अनुमानमा काङ्ग्रेस र एमालेको चुचुरोमा बिलासवीरकोे सङ्ख्या ठूलै होला । ती रूपमा नायक सारमा खलनायक हुन् । दूरवर्ती लोकतन्त्रका लागि सपना देख्न र प्रतीक्षा गर्न, जोखिम उठाउन र कष्ट झेल्न यी बिलासजीवीलाई गाह्रोगाहै्र छ । त्यसैले यिनलाई सत्तामा पुग्ने छोटो, छिटो र सजिलो बाटै प्यारो लाग्ला । काकाका नजरमा एकथरी आडम्बरी पात्र त्यस्ता छन् जो चाहन्छन्, विदेशी दूतावासमा डिनर खाऊँ, त्यहाँबाट सिधै नारायणहिटी गएर, गहुँत खाएर टीका लाऊँ र त्यहाँबाट डन्डाको सुरक्षामा झन्डा हल्लाउँदै सिधै सिंहदरबार भित्रिऊँ । भनिरहनु परोइन, यस्ताहरूलाई सुहाउने मार्ग भनेको गहुँतमार्गै हो । तर, जसका लागि अतीतमुखी सत्ताको आनन्दभन्दा आप\mनो भविष्यमुखी राजनीतिक आदर्श पि्रय छ, तिनका नाकमा गहुँतमार्ग अग्घोरै गन्हाउँछ । सुन्दर सपना बेचिखानु यिनका लागि अधर्म हो । जो लोकप्रति र आफैँप्रति इमान्दार छ, कस्तै अप्ठेरो आइलागे पनि उसले आप\mनो धर्म छाड्दैन । औँसी कालमा पूणिर्माका सपना कोरल्न नछाड्नेहरूको धर्म यही हो । सहिद गंगालालहरूले सपनामा भनेको कुन्साङ काकाले सुनेका छन्, धर्महरूमध्ये अत्युत्तम धर्म यही नै हो ।
Read Full Discussion Thread for this article