Posted by: Nepe April 20, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
काकालाई लाग्छ( नत्रवादीहरू शान्ति र लोकतन्त्रको बाटाका विघ्नकारी तगारा हुन् । लुसुक्क दरबार छिरे र यिनले एकतन्त्रलाई राजनीतिक वैधता प्रदान गरे । अहिले अकर्मण्य र अवसरवादी मुद्रामा मोहसिनको गर्जनमा भाका मिलाइरहेका छन्( यो अन्तिम नागरिक सरकार हुनसक्छ । तार्त्पर्य के भने सैनिक शासन आउन नदिन सारा जगत्ले यो बुख्याँचालाई काँध थाप्नुपर्छ, र यसका समस्त खाओवादी कृत्यहरूलाई पञ्चखत माफी दिनुपर्छ । यसको अर्थ हो( यो बुख्याँचा रहलपहल नागरिक अधिकार र नागरिक शासन दरबारका चरणमा नबुझाई कुर्सी नछाड्न कटिबद्ध छ । तान्त्रिक काङ्ग्रेसको मुखर दरबारभक्ति र एमालेको नत्रवादी ट्याउँट्याउँको गन्तव्य त्यही हो, र त्यहीमात्र हो ।दरबारका आकाङ्क्षा गुन्जिने मोहसिनको ध्वाँस ठट्टा होइन । यो ध्वाँसले साकार रूप लियो भने के हुन्छ - काका भन्छन्( भयानक उपध्रो हुन्छ, चारै दिशामा औंसीको घना अन्धकार र मासनघाटको सघन सन्नाटा व्याप्त हुन्छ । सबै सञ्चारमाध्यमहरू गोरखापत्रमा फेरिन्छन् । भिन्न मत बोल्ने सबै मुख बन्द हुन्छन् । सबै कलम भाँचिन्छन् । सयौं नेपाली टोराबोरा पर्वतहरूमाथि अमेरिकी शैलीमा बारुदको आगो बषिर्न्छ । सारा संरचनाहरू छियाछिया हुन्छन् । अनि के हुन्छ - मृत्युको सङ्ख्या लाखलाखमा गन्ती हुन्छ । अनि त्यसपछि - मुलुक लासको चाङमा परिणत हुन्छ । तर त्यत्रो उपध्रो भइसक्दा पनि मुलुकको समस्या भने जहाँको तँही रहन्छ । सुरक्षा फौज काँडे तारको बारभित्रको कैदमै सीमित हुन्छ । र, पाखा-भित्तामा माओवादीको मनपरी उस्तै रहन्छ । सुझबूझपूर्ण शान्तिवार्ताको बेला र्घर्किएपछि शक्ति-पिपासु शठहरूका सामु परचक्रीका चरण चुम्बन गर्ने धन्दामात्र बाँकी रहनेछ ।इतिहास, इतिहास बिगार्नेको पनि लेखिन्छ । तान्त्रिक काङ्ग्रेस र नत्रवादीहरूको इतिहास किस्ताकिस्ता गरी दरबारमा लगेर लोकतन्त्र बुझाउने पात्रका रूपमा लेखिनेछ । यिनलाई यति कुराको पनि हेक्का नभएको देख्दा कुन्साङ काकालाई लाज लाग्छ । **************
Read Full Discussion Thread for this article