Posted by: Ok May 3, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=39071 आयो घाम, गयो घाम, हे राम ! बेलाको बोली खगेन्द्र संग्रौला - जो आफ्नो रैथाने माटो टेकेर आफ्नै नाम, आफ्नै बुद्धि, आफ्नै पौरख र आफ्नै पिँडुलाका भरमा उभिने यत्न गर्दैन, कतैबाट आफ्नो भाग्यको घाम झुल्किने घडी पर्खिबस्नु त उसको लुते नियति नै हो । हाम्रोमा लुतेहरू दुई थरी देखिए । सरकारी लुते र गैरसरकारी लुते । केही दिनअघिको कुरा हो। सरकारी लुतेहरू दिल्लीबाट आफ्नो भाग्यको घाम झुल्किने भो भनेर उत्ताउलिँदै फुर्किए । कुरो हतियारको थियो । जकार्तामा राजा ज्ञानेन्द्रबाट विशालतम भारतीय लोकतन्त्रका प्रधानमन्त्री मनमोहन सिंहलाई दर्शनभेट बक्स भयो । दर्शनकालमा त्यहाँ अति गोप्य वार्ता सम्पन्न भयो । दर्शन र वार्ताबाट श्री सिंह प्रभावित भए । अनि उनले नेपाललाई दिन रोक्का गरेका हतियार फेरि दिन थाल्ने बाचा गरे । मकरतन्त्रका सरकारी सञ्चार माध्यमहरूमा यसै आशयका समाचार पढ्न पाइएका हुन् । जब यस्ता समाचारको ढोल पिटियो, मकरमार्गीहरूका भुइँमा खुट्टा भएनन् । तिनले धरातल छाडे र आप\mना राजनीतिक विपक्षीहरूलाई झन्डैजसो बाटबाटै हातपात गरुँलाझैं गरे । कुन्साङ काका भन्छन्, मकरमार्गीहरूको यो खुसी असामाजिक खुसी हो । मुलुकमा सामाजिक अन्यायको चाङबाट चौतर्फी द्वन्द्वको आगो दन्दनी बलिरहेको छ । विनाशकारी यो द्वन्द्वले विश्राम लिन संवाद र सहमति, लोकतन्त्र र अग्रगति, संयम र शान्तिको माग गरेको छ । तर मकरमार्गीहरूको मति भने विपरीत छ । हतियार भिख मागेर र तिनै हतियार चलाएर शान्तिको खेती गर्ने यिनको जिरह जब्बर छ । यो जिरहमा अझ चर्को द्वन्द्व, अझ धेरै हिंसा र अझ धेरै विनाशको चाहना लुकेको आभास हुन्छ । काका ठोकेर भन्छन्, यो यिनको विकराल बर्बादीको चाहना हो । जब दिल्लीबाट 'आयो घाम, आयो घाम' भयो, हाम्रा सरकारी लुतेहरूमा एक प्रकारको उन्माद छायो । एमालेको बल्खु कार्यालयमा दिवङ्गगत नेतृ साधना प्रधानलाई श्रद्धाञ्जलि दिइँदै थियो । वातावरण स्वभावतः शोकमग्न थियो । शाही सरकारले जवानहरूको भेषमा नकाब लगाएर त्यहाँ दिनदहाडै उद्दण्ड धावा बोल्यो । जबानहरूले डाँका शैलीमा ढोका फोरेे, चर्पी तोडे र जथाभाबी हातपात गरे । सरकारले त्यसपछि संस्कृत छात्रवासका शरणार्थी विद्यार्थीहरूलाई भेडा-च्याङ्ग्रालाई झैं बाहिर लखेट्यो । अनि त्यसपछि काङ्ग्रेस-एमालेका पाँच नेतालाई पक्राउ गर्?यो । अनि त्यसपछि पूर्व प्रधानमन्त्री देउवालाई मध्य रातमा उही उच्छृङ्खल र आक्रामक डाँका शैलीमा पोको पारियो । यो सब 'आयो घाम, आयो घाम' पछिको अराजक उन्मादको नतिजा थियो । तर यो उन्माद लगत्तै तुहियो । मनमोहन सिंहलाई उनको सरकारका सहयोगी वाम दलहरूले घेरेर केरकार गरे । सम्माननीय सिंहजी, के चाल हो यो ? नेपालमा अनुदार मकरतन्त्रको अराजनीतिक ज्यादती ज्युँकात्युँ छ । हिजो बोलेको बिर्सेर आजै थुक्या थुक खाने हो ? मनमोहनजीले दूरबिन लगाएर दिल्लीबाट शाही सरकारका पछिल्ला ज्यादतीहरू नियाले । उनलाई लाजमर्नु भयो । अनि त्यसपछि हतियार दिने कुरामा दिल्ली 'हउल्ट' भयो । फसाद पर्?यो । मकरतन्त्रको 'आयो घाम' तत्कालै 'गयो घाम, राम राम' भयो । त्यसपछि काइते नाटकको दोस्रो दृश्यको पर्दा उठ्यो । अकल्पनीय रूपले भनियो, सङ्कटकाल हट्यो । हट्यो त भनियो तर कतै, केही, कत्ति पनि हटेको देखिएन । बरु शाही सरकार झनै अनुदार, झनै कठोर, झनै असहिष्णु र झनै प्रतिशोधी भएको पो देखियो । आस्थाका बन्दीहरू छुट्नु त कता हो कता तिनलाई उल्टै थुनाको म्याद थपियो । त्यो पनि थोरै हैन, रामचन्द्र पौडेलहरूलाई त छ-छ महिना । बहुदलीय चेतना, बहुदलीय प्रणाली र बहुदलीय पात्रको नैतिक-बध गर्न जन्मेको शाही आयोग सही सलामत छ । सञ्चारगृहमाथि झुन्डिएको सेन्सरको तरबार उसैगरी झुन्डिरहेकै छ । सहिदमञ्च टुँडिखेल आम नागरिकहरूको खुला संसद् बस्ने डबली हो । त्यो डबलीमा प्रवेश निषेध गरिएको छ । लोकतन्त्रको आवाज लिएर विमति र विरोध प्रकट गर्ने राजधानीका सारा सडकहरू निषेधको लछुमन रेखाभित्र कैद गरिएका छन् । सडकमा सन्त्रास फैलाउने बन्दुकहरूको जुलुस झनै लामो भएको छ । निषेध, छेकथुन र दमनको यो प्रवृत्ति राजधानीमा मात्र सीमित छैन, मुलुकैभरि व्याप्त छ । आप\mनो सम्पादकीयमा 'द काठमाडौं पोस्ट' ले सटिक रूपले भनेझैँ हटाइएको भनिएको सङ्कटकालले सञ्चार गरेको कुटिल सन्देश यही हो- सङ्कटकाल हट्यो, सङ्कटकाल अमर रहोस् ! मकरतन्त्रमा जहाँ पनि, जहिले पनि र जे कुरामा पनि कथनी एउटा छ, करनी अर्कै छ । लाग्छ, ढाँट्नु मकरतन्त्रको परम् धर्म हो । कुन्साङ काकाका विचारमा सङ्कटकाल हटेको सूचना सञ्चार गर्दा एउटा ठूलो त्रुटि भएको छ । यो सूचना नेपाल र नेपालीका लागि थिएन । यो त केवल भारतीय प्रधानमन्त्री सिंह र संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानका लागि थियो । यी दुई महामहिमलाई सुटुक्क फोन गरेर सूचना दिएको भए दुनियाँलाई यो टाउको दुखाइ हुने नै थिएन । यथार्थको अर्को पाटोमा गैरसरकारी लुतेहरू छन् । जब दिल्लीले मकरतन्त्रलाई हतियार दिने कुरा आयो, हाम्रा कतिपय गैरसरकारी लुतेहरूका नूर गिरे, कान खसे र पिँडुला लल्याकलुलुक भए । तिनलाई 'गयो घाम, राम राम' भयो । लौ उत्पात हुने भो, बर्बाद हुने भो, अब सर्वनाश हुने भो ! यो दिल्लीको दबावमा नेपालमा लोकतन्त्रको घाम लाग्ला र मग्नसँग पार ताप्न पाइएला भनी चिताउने लुतेहरूको करुण कथा हो । कुन्साङ काका भन्छन्, लुतेहरूको यो सपना मिथ्या हो । लोकतन्त्र बाहिर कतैबाट निर्यात गरिने चीज होइन । यो रैथाने माटोमा रैथाने चेतना, रैथाने एकता र रैथाने सङ्घर्षबाट पैदा हुने चीज हो । बाहिरको सहानुभूति र समभाव, शुभेच्छा र दबाव सहायकसम्म त हुनसक्ला नै । त्यो निणर्ायक भने कदापि हुँदैन । कुन्साङ काकालाई थाहा छ, अफगानी लोकतन्त्रको साँचो पेन्टागनमा छ । इराकी लोकतन्त्रको थोक कमान बुस प्रशासनमा छ । रनै काका विश्वस्त छन्, दिल्लीबाट नेपाली लोकतन्त्रको घाम झुल्किनेवाला छैन । कटु अनुभव भन्छ, दिल्ली कहिल्यै पनि नेपाली लोकतन्त्रको हितकारी साथी भएन । मोहन शमशेरलाई फकाएर दिल्लीले सन् ५० को सन्धि गर्?यो, र नेपाली लोकतन्त्रका घाँटीमा पहिल्यै सुर्काने कस्यो । सन्धिमा ल्याप्चे लगाएको गुनको पैँचो तिर्न उसले सात सालमा उनै मोहन शमशेरलाई प्रजातन्त्रको पनि प्रधानमन्त्री बनाइदियो र प्रजातन्त्रका महासेनानी बीपी कोइरालालाई दुई नम्बरमा झार्?यो । सत्र साले फौजी काण्डपछि उसले राजा महेन्द्रलाई काखा र बीपीलाई पाखा पार्?यो । पञ्चायतको तीस वर्षे हुकुमी शासनलाई लिटो र ल्याक्टोजिन खुवाएर बचाएको पनि उसैले हो । छ्यालीस सालको आन्दोलनमा पनि उसले नेपाललाई साथीलाई जस्तो साथ दिएको किमार्थ होइन । त्यो आडम्बरी लोकाचारको क्रीडामात्र हो । अनि अहिले ६१ सालमा ? केही भन्न सकिँदैन । थाहा छ, दिल्लीको सनातन स्वभाव अजीव छ । उसलाई नेपालको जल, थल र बजारमा खूब चाख छ, नेपालको लोकतन्त्रमा होइन । नेपालको जुन शासनमा आप\mनो हित सिद्ध हुन्छ, उसलाई त्यही शासन अति पि्रय लाग्छ । त्यसैले बिस्तारै-बिस्तारै उसलाई मकरतन्त्र पि्रय लाग्न थालेमा हामीले आश्चर्य मान्नुपर्ने कुरा केही हुनेछैन । तर समय भने यो अलि अप्ठ्यारो छ । अब तिमी नेपालको एकतन्त्रको पक्षमा कि नेपालको लोकतन्त्रको पक्षमा ? सभ्य विश्वलाई साक्षी राखेर इतिहासले दिल्लीलाई यसपाला कठिन परीक्षामा राखेको छ । परीक्षामा यो पास हुनसक्छ वा पहिले-पहिलेझैँ फयलै हुन पनि सक्छ । ठीक छ, हामी पनि हेरौँला ।
Read Full Discussion Thread for this article