Posted by: newuser May 31, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
नागरिक दृष्टिमा माकुनेको स्थान खगेन्द्र संग्राैला - भनेरमात्र हुँदैन, ती हेर्नका हुन्छन् । आदर्श र आचरणले दलहरू उत्तम, मध्यम वा अधम हुन्छन् । समयको धड्कन र नागरिकका सपना बुझेर चल्ने दूरदर्शी र त्यागी दल उत्तम हो । लातको प्रतीक्षा गर्दै लातकै आघातले चेत पाएरमात्र चल्ने दल मध्यम हो । छाँटले हाम्रा दलहरू मध्यम काँटका रहेछन् । जब लातको आघातले रन्थनिन्छन्, लात दाताविरुद्ध यी एक हुन्छन् । अहिले सात दल एक भएका छन् । यो शाही लातको योगदान हो । असोजतन्त्रविरोधी आन्दोलनले शनैशनै गति लिँदै थियो, माउ काङ्ग्रेस र एमालेमा प्रधानमन्त्री पदको किचलो सुरु भयो । श्री माकुनेलाई निहुँ चाहिएको थियो, कार्यकर्ताका निश्छल आँखामा छारो हाल्न निजलाई भनेजस्तो निहुँ प्राप्त भयो । अनि माकुनेगण माउ काङ्ग्रेसको रिसले देउवाका दासतामुखी पाइला पछ्याउँदै शाही सपनाको भरिया बनेर सिंहदरबार छिर्?यो । बस्, माउ काङ्ग्रेस र एमालेको बोलचाल बन्द भो । उता दरबारमार्गी प्रजातान्त्रिक काङ्ग्रेस र रत्नपार्कमार्गी माउ काङ्ग्रेसबीच पानी बाराबार त यसै छँदैथियो । यत्तिकैमा माघ १९ को दाउ छोपेर मकरतन्त्र आयो । अनि कठोर शाही सत्ताले सकल दललाई घेरामा पार्?यो । कमसेकम सडकसम्म त दलको थियो, अब त्यो पनि हरण भयो । अनि शाही सरकारले शस्त्रबलले सारा दललाई घेरेर एउटै साँगुरो वृत्तभित्र प्याकिस गर्?यो । पेलिँदै जाँदा वृत्त झनझन् साँगुरो हुँदैगयो । अनि निर्मम पेलानको चेपमा परेका सात दलका नाक आपसमा ठोक्किन पुगे । अगाडि नाक ठोक्किए, पछाडि नितम्बमा प्रहार रोकिएन । त्यसपछि सात दलले घाइते नाक सुमसुम्याउँदै समवेत स्वरमा भने- नाक ठोक्किनेजति एक होऔँ, ठोक्नेलाई ठोक्न कम्मर कसौँ ! सात दलको बाध्यात्मक एकताको अन्तरकथा यही हो । रमिता भयो । एकछिन अघिसम्म नेमकिपा भन्दैथियो, एमाले र तान्त्रिक काङ्ग्रेसले हुकुमी शासनका खेताला भएर जनविरोधी अपराध गरेका छन् । यिनले कान समातेर माफी नमागुन्जेल म यिनका मुखै हेर्दिनँ । तर जब नाक ठोक्कियो, नेमकिपाको दाबीको दम पनि सकियो । लातपछिको एकता नै सही, लोकतन्त्रका साझा एजेन्डामा सात दल एक हुनु शुभारम्भ हो । तर काकाको विचारमा यो एकता प्राविधिक हो । यो बोक्रे एकतालाई विचार र भावनाको सूत्रमा उनेर जिउँदो एकताको रूप दिन गर्नुपर्ने धेरै छ । के हाल दलहरूका गजुरमा उभिएका कतिपय अनाकर्षक अनुहारहरूले यो कर्म गर्लान् ? एमाले दलका नम्बर एक गजुरबासी श्री माकुनेको आचरण देखेर कुन्साङ काकाको मनमा शङ्का जागेको छ । घरमा आगो लागेका बेला आगो निभाउने पानी खोज्न टाढाको सागर धाइँदैन, नजिकैको कुवातिर कुदिन्छ । तर माकुने भने सागरतिर कुदे । दक्षिण कोरियामा हुने एसियाली दलहरूको बैठक एउटा निहुँ बन्यो । अनि सोही निहुँको पुच्छर समातेर मिस्टर माकुने गगन विहारमा निस्के । यो निजको गैरजिम्मेवारीको हद हो । माकुनेको सनातन स्वभावलाई त यो कर्म शोभनीय नै होला, तर एमाले महासचिव पदको गरिमालाई भने यो लाजमर्नु कुरा हो ।
Read Full Discussion Thread for this article