Posted by: Ok August 10, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
चरित्र हेरी नागरिक समाजको अन्तिम नेतालाई मौसमी नेता भन्नु मुनासिब होला भन्ने काकाको सानो विचार छ । सम्झना छ, कुनै बेला, सत्ताको ताडनाको प्रत्यक्ष खतरा नहुँदाताक नागरिक नेताहरू भदौ मासका छिछिमिरा झैँ सहरभरि स्याउँस्याउँती प्रकट भएका थिए । शान्तिको सुतीखेती तिनको पि्रय धन्दा थियो । तिनको नित्य चुरिफुरी र आपसी होडबाजी देख्दा लाग्थ्यो, सके शान्तिको पक्षमा यिनले कुनै दिन शहादत नै पो प्राप्त गर्लान् कि ! घरानियाँका यो लाममा किसिम- किसिमका नाम थिए । लाममा नागरिक नवनेता सुन्दरमणि दीक्षित र हिमालय शमशेर राणा थिए । लाममा कृष्णजंग रायमाझी र सुदीप पाठक थिए । लाममा कमाउमुखी निजी विद्यालय प्याप्सन र एन प्याप्सनका नेताका बगालै थिए । उसो त लाममा साप नेपालका भयंकर नागरिक नेता रोहित नेपाली पनि थिए । राजाको हुकुमी शासनसँगै यिनका सजिला दिए सकिए । अनि यी विशाल-विशाल नागरिक नेता आप\mनै मनको एकलासे कुनामा कतै लुसुक्क भूमिगत भए । देखिजान्ने दुनियाँले गम खायो, फुर्सदको आनन्ददायी बसिबियाँलो, सजिलो काम र उच्च नामनै यिनको अप्रकट अभीष्ट रहेछ । न प्रतिबद्धतामा गम्भीरता, न बाचामा अडान, न प्रयत्नमा निरन्तरता, न एकतन्त्र-पीडित सहनागरिकको आपत्- विपत्प्रति हार्दिक समभाव, छाँटले यी नागरिक नेता इतिहासको क्षणिक प्रहसनका खलनायकमात्र रहेछन् । सहजकालमा यी आए, असहजकालमा यी गए । यहाँनेर कुन्साङ काकालाई ब्वाइलर कुखुराको याद आयो । ब्वाइलरको बगाल कहिलेकाहीँ आकाश सहस्र चिरा पर्ने गरी अति कर्कश आवाजमा कराउँछ । अनि एकाएक शान्त हुन्छ, अनि खुब खान्छ, अनि खुब निदाउँछ । विचरा अल्पायु ब्वाइलरको अस्तित्व अतिशय लुलो हुन्छ । चट्याङका त के कुरा असिनाकै आवाजले पनि हृदयाघात भई ब्वाइलरको जीवन शेष हुनसक्छ । यसो गमेर ल्याउँदा नागरिक समाजका यी सम्भ्रान्त नेताहरू ब्वाइलर टाइपका रहेछन् । कहिले थामिनसक्नु क्षणिक चरिफुरी, कहिले लामो न लामो मौन समाधि । काका भन्छन्, यो यिनको वर्ग चरित्र हो । यिनको मौसमी मौनतामा निरंकुश शासनप्रतिको यिनको मौन समर्थनको गुन्जन मधुरै भए पनि सुन्न सकिन्छ । लोकतन्त्रको सच्चा साथी सहज कालमा हैन, संकटकालमा चिनिन्छ । चिनियो । यो नागरिक समाजभित्रको सफेदपोसी कुलीन रोग हो । लोकतन्त्रको झन्डा गाड्ने नागरिक आन्दोलन शक्ति र गौरवका साथ उठिरहेछ । तर समस्या छ, आन्दोलनभित्रका नानावली रजौटे रोगको उचित उपचार गर्ने कसरी हो ? कुन्साङ काकाको रायमा यी रोगका रोगीका नाम लोतन्त्रको भित्तोमा परैबाट देखिने गरी लेखिनुपर्छ । रोगीले पढून्, आफूलाई चिनून्, भित्तामा आप\mनो अशोभनीय रूप देखेर पछुतो मानून् र आफूलाई आडम्बरी रजौटाबाट सादा नागरिकमा फेर्न यत्न गरून् । सके यी फेरिऊन्, नसके आन्दोलनबाट स्वेच्छाले यी पन्छिऊन् । जहाँ गुलाफको वरिवरि वनमारा झार हुन्छ, त्यसले गुलाफलाई गाँजेर कालान्तरमा मारिछाड्छ । अतः नागरिक आन्दोलनका सक्कली नेताहरूले बेलैदेखि होस पुर्?याउनु राम्रो हुनेछ । नत्र अतीतमा झैँ गुलाफ फुलाउने तिनको रहर वनमारा झारले ढाकिएर निस्सारतामा समाप्त हुने खतरा छ ।
Read Full Discussion Thread for this article