Posted by: Ok July 5, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44915 ँरचनात्मक? शासनको मौलिक रचना खगेन्द्र संग्राैला - त्यो अनिष्ट समाचार जेमराजका पल्टनहरू पछि लगाएर एकाबिहानै कुन्साङ काकाका दैलामा आइपुग्यो । समाचारले भन्यो, सुरक्षाकर्मीको गोलीले महिलाको ज्यान गयो । महिलाको बसोबास थलो टाघनडुब्बा, जिल्ला झापा । मारिने महिलाको नाम रमा अधिकारी, उमेर ३८ वर्ष । समाचार पढेर काका झस्के । मारिने निहत्था नागरिकहरूको अन्तहीन लाममा त्यो रमा कतै काकाकी आप\mनै बहिनी त परिन ? बेचैनीको आतुर मुद्रामा काकाले यताउता साधेखोज सुरु गरे । र थाहा पाए, त्यो रमा खसोखास काकाकी बहिनी रहिछ । झलमल्ल घाम लागिरहेको थियो । तर काकाको समस्त ब्रह्माण्ड घना अन्धकारमुनि छोपियो । चेतन-ग्रन्थीहरू लाटा भए । संवेदनाका तारमा असह्य पीडादायी कम्पन उठ्यो । हतप्रभ र अवाक् काकाका आँखा आँसुले टम्म भरिए । के यो हुन सम्भव छ ? दुःखजिलो गरी लालाबालालाई पाल्ने काशीको गंगाजस्ती शान्त त्यो रमा नागरिकको भौतिक र नैतिक अस्मिताको सुरक्षा गर्ने जिम्मा लिएको राज्यद्वारा यसरी मारिन सम्भव छ ? प्रत्युत्तरमा मौन आकाशले मूक भाषामा भन्यो, काका ! मकरतन्त्रमा जे पनि सम्भव छ । काकाका मनका आँखामा पुराना बिर्सिसकेका सम्झनाहरूका लहरहरू एकाएक जागृत भए । 'हा, हा, नानी लै' को भाकामा लोली गाउँदै कलिली रमालाई कोक्रामा हल्लाएको, कोक्राबाट झिकेर पाखुरीमा जतनले झुलाएको, झिना हात समातेर टुकुटुकु हिँडाएको, आमाले चौबन्दी चोलीका तुना फुकाएर दूध चुसाएको टुलुटुलु हेरेको, भुटेका मकै चपाएर मुखैले मुखमा हालिदिएको, स-साना कथा-कुथुङ्ग्रीहरू सुनाएर कहिले आनन्दित, कहिले चकित तुल्याएकोे आदि इत्यादि कति-कति दृश्यहरू काकाको स्मृतिको पर्दामा तरंगित भए । यी दृश्यहरूको हाराहारी केही अनुहारहरूका खोटा छविहरू उपस्थित भए । ती राजाका मन्त्रीहरू थिए । तुलसी गिरी र कीर्तिनिधि विष्ट, रमेशनाथ पाण्डे र टंक ढकाल, मधुकर शमशेर राणा र आरके मैनाली आदि । काकाले देखे, यी सबै अनुहारमा रगतका छिटा लागेका छन् । त्यो काकाकी हत्या गरिएकी बहिनी रमाको आलो रगत थियो । क्लेशकारक ऐठनले गाँजेको अर्द्ध-विक्षिप्त मुद्रामा काकाले आप\mनो पुरानो डायरीमा आँसुको मसीले लेखे, 'यो महाराज ज्ञानेन्द्रको 'रचनात्मक' शासनकालमा भएको अविस्मरणीय रचना हो । अकिञ्चन रमा अधिकारीको मृत्युको रचना !' आप\mनी प्यारी बहिनी रमाको भन्नै नसकिने र सुन्नै नसकिने हत्याको यो आपराधिक कथा भन्न कुन्साङ काका श्रापित छन् । कलमधारी काकाले गर्नसक्ने योबाहेक आखिर के नै पो छ र ? विद्रूप कथा यस्तो छ । कसैले सरकारी पल्टनलाई सुराकी दिएछ, रमाको घरमा माओवादीको जग्जगी छ । सूचना भन्छ, सुनेर सौ-सवा सौ पल्टन ग्वाग्र्वार्ती गाउँ पुग्यो । रमाको घरलाई केन्द्रमा पारेर गाउँ घेरियो । र बिहानीपख केही सादा पोसाकधारी बन्दुके रमाको घर-आँगनमा पुगे । अघिल्लो साँझ पाँच-सातजना माओवादी आएका रहेछन् । आए, बन्दुक देखाए, भात खाए र तिनले आप\mनो बाटो तताए । उता तातो भात खाएर ती बन्दुकेहरू हिँडे, तिनलाई भात ख्वाएको आरोपमा यता सरकारी बन्दुकेहरूले रमालाई ताता गोली खुवाए । खुल्लमखुला आएर भात खाँदा ती संवेदनाहीन, करुणाहीन र जनप्रेमहीन पात्रहरूलाई आफूलाई भात खुवाउने नागरिकमाथि के विपत्ति आइलाग्न सक्छ भन्ने चिन्ता लेसमात्र पनि भएन । तिनका लागि नागरिकको ज्यानभन्दा भात-भान्सा ठूलो कुरा भयो । राज्यका बन्दुकेहरूलाई निहत्था नागरिकले करकापमा परी भात खुवाएको कटु यथार्थबारे गम खानु जरुरी भएन । ती आए । आतंकले गाँजेर रमालाई बलात् बाहिर निकाले । र बलेसीँमुनि आँगनमा, आप\mना जीवनसङ्गी देवीप्रसाद अधिकारी र तीन नाबालक छोराछोरीका आँखै अगाडि ड्याङ गोली दागेर भुतुक्कै पारे । यो कल्पनालोकको एकादेशको कथा होइन । यो जंगली कानुनको रजगज राज भएको यसै आपराधिक राज्यमा रचिएको वीभत्स कथा हो । सभ्यता र मर्यादाको थोरैमात्र पनि चेत र दायित्वबोध हुने राज्यले कुनै पनि बहानामा निहत्था मानवको हत्या कदापि गर्दैन । निहत्था मानव डाँकाको सरदार होस्, राज्यका दृष्टिमा आतंककारी होस् वा कुख्यात राष्ट्रिय अपराधी- त्यो किमार्थ मारिँदैन । उसलाई समातिन्छ । उसलाई न्यायको कठघरामा उभ्याइन्छ । पारदर्शी कानुनी विधि र प्रक्रियाद्वारा उसलाई यथोचित रूपले दण्डित गरिन्छ । तर असभ्य र मर्यादाहीन मकरतन्त्रले कुन्साङ काकाकी निहत्था, निरीह र अकिञ्चन बहिनीलाई समातेर आप\mनै आँगनमा मार्?यो । विवेकहीन आवेशको क्षणमा रमालाई जब मारियो, जेमदूतहरूलाई आप\mनो अपराध लुकाउने निहुँ चाहियो । तिनले बन्दुक सोझ्याएर रमाका जीवनसंगीलाई एउटा किर्ते लिखतमा जबर्जस्ती सहीछाप गराउन खोजे । तर उनले गरेनन् । अनि तिनले उनलाई निर्घात पिटे । तिनले मझेरीमा खाडल खनेर रमाको शव गाड्ने नृशंश उद्योग सुरु गरे । जब आँगनमा आक्रोशित छिमेकीहरूको कुँडुलो लाग्यो, राज्यको छत्रछायाँका जेमदूतहरू अताल्लिए । अनि रमाकहाँ एउटा बन्दुक फेला पर्?यो भन्ने काइते कागतमा तिनले गाउँलेहरूको सही गराउने यत्न गरे । तर त्यो आपराधिक चाल पनि सफल भएन । आखिरमा तिनले नजिकै कतै लगेर रमाको शवमा अधकल्चो आगलागी गरे, र अनुपम पराक्रम गरेको दिग्विजयी मुद्रामा बुट ठोक्दै ती बाटो लागे । एकथरी भात खाएर गए, अर्का थरी ज्यानै खाएर गए । यो विवेकशून्य बन्दुकहरूको दोहोरीबाट रचिएको एउटा राक्षसी कथा हो । यो कुन्साङ काकाकी निर्दोष बहिनीको आप\mनै कथा हो । क्रमश:
Read Full Discussion Thread for this article