Posted by: Ok June 29, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
एमालेमा अब के होला ? हुने जे हो त्यसको हाम्रा काकालाई रमरम पूर्वाभाष छ । सर्पको खुट्टो सर्पैले देख्छ । भ्रष्टको अन्तरकथा भ्रष्टैलाई थाहा हुन्छ । अब एमालेमा भ्रष्ट शिरोमणिहरू आ-आप\mना पदमा कायम रहने मनसुवाले गोप्य सम्झौता गर्लान् । तिनले भन्लान्, हिजो जे भो त्यसलाई बिर्सिदिऊँ । हिजो जो जहाँ थियौँ, त्यहीँ अकण्टक रहिरहौँ । यो नाटकमा फोहोरमैला सोहोर्छौँ भन्ने लुते एमालेहरूको भूमिका के होला ? काकाको विचारमा मठ्ठु-सुदाम केही हुनेवाला छैन । ती मरेको मुख लाएर एमालेको पेटीमा अकर्मण्य मुद्रामा तालुमा हात राखेर बस्लान् । र नेतृत्वमा पुनः उनै भ्रष्ट जिम्दारहरू सदर भएका देखेर ती पिलपिल रोलान् । यी रुञ्चेहरूलाई काकाको एउटा सानो सल्लाह छ । दलको नेतृत्वमा उनै भ्रष्ट जिम्दारहरूको हालीमुहाली कायम रहन दिने हो भने दलको नाम नेदपा -खा) राखे कति राम्रो हुँदो हो ! विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा नेदपा -खा) माने नेपाल दक्षिणपन्थी पार्टी -खाओवादी) हो । जस्ता पात्र उस्तै नाम ! क्रान्तिकारी वचनवाणको छलकारी आवरणभित्र आप\mनो भ्रष्ट अतीतलाई छिपाउन खोज्नु औसरवादीहरूको सनातन धर्म हो । यो धर्मको पालनामा सबैभन्दा अगाडि माधवकुमार नेपाल छन् । सम्झना छ, यी माधव हिजो असोजतन्त्रका घनघोर मतियार थिए । लाग्छ, यिनको यो क्रान्ति-गर्जन एक भयातुर पात्रको असङ्गत बर्बराहट हो । यो दलको चुचुरोबाट सत्ताच्यूत भइएला कि भन्ने भयको अभिव्यक्ति हो । तर लुतेहरूको शुष्क मति र सुस्त गतिका कारण यी जिम्दार साहेब सत्ताच्यूत नहुने भए । अयोग्यता नै माधवबाबुको पहिलो र अन्तिम योग्यता हो । यिनको महासचिब्याइँ हेरेर बुझियो । यीसँग जे थियो त्यसको हदैसम्म प्रदर्शन गरिसके । प्रदर्शन गर्नलाई अब त यीसँग अयोग्यता पनि बाँकी रहेन । तैपनि महासचिवको गद्दीमा यिनैको ढलिमली कायम हुने रे । जिम्दारतुल्य भ्रष्ट शिरोमणिहरूलाई दलको शिरमा राखिछाड्नु अनि लोकतन्त्र, अझ गणतन्त्रका गफ गर्नु एमालेका लुतेहरूको निरर्थक धन्दा हो । यो धन्दा छाडेर बरु निजी सुतीखेतीमा लागे तिनको कल्याण हुँदो हो । जनवाद जपेर सामन्तवादलाई बित्थामा किन बोकिहिँड्नु ? थाहा छ, यो पढेर एमालेका असल मनसाय भएका सकल लुतेहरू कुन्साङ काकासँग रिसले चुर हुनेछन् । आहान भन्छ, रिस खा आफू बुद्धि खा अर्को । बुद्धि र हुती भए श्री लुतेहरू काकाका यी अनुमानहरूलाई मिथ्या साबित गरिदिऊन् । काका किञ्चित पनि बेखुस हुने छैनन् ।
Read Full Discussion Thread for this article