Posted by: Ok June 29, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44288 बेलाको बोली भ्रष्ट, भक्त र श्री लुतेहरू खगेन्द्र संग्राैला - राजनीतिमा प्रत्येक भ्रष्टका आप\mनै भक्त छन् । भक्त दुईथरी छन् । स्वैच्छिक भक्त र ज्यालादारी भक्त । स्वैच्छिक भक्त आप\mनो भ्रष्ट स्वामीलाई परम् पूज्य इष्टदेव ठान्छ, र बिना ज्याला प्रभुको सेवामा समर्पित हुन्छ । ख्यामित्का तिघ्रामा छाँद नहालीकन ऊ अस्तित्वबोध गर्न सक्दैन । उसका नजरमा ख्वामित्ले गरेको भ्रष्टाचार क्षम्य हुन्छ, दुराचार दिव्य हुन्छ । ज्यालादारी भक्त भने स्वार्थको तुलोमा ज्याला जोखेर भक्ति अर्पण गर्छ । थाहा छ, यो भक्तिमार्गमा कतिपय लम्पटमति प्राडाहरूसमेत पनि प्रवृत्त छन् । कुन्साङ काका यतिखेर राजनीतिका भ्रष्ट र भक्तका चर्तिकलाहरू देखेर आजित छन् । राजनीतिको भीमकाय भ्रष्ट दलभित्रको निरंकुश जिम्दारझैँ प्रतीत हुन्छ । ऊ दललाई आप\mनो एकछत्र मौजा र कार्यकर्ताहरूलाई आप\mना करिया ठान्छ । आप\mना नजरमा यो भ्रष्ट राजाझैँ नियम र कानुनभन्दा माथि छ, आलोचनाभन्दा माथि छ । यसो सुन्नु, अचम्म लाग्छ । जब कतैबाट भ्रष्टको छिसिक्क आलोचना हुन्छ, ऊ उन्मत्त घोडाझैँ हिनहिनाउन थालिहाल्छ । ऊ अन्धभक्तहरू बटुल्छ । तिनलाई आशीर्वाद र ज्याला वितरण गर्छ । ऊ आप\mनो नाउँमा भक्तिभजनहरू लेखाउँछ । र भ्रष्टाचारको फल मग्नसँग भोग गर्दै ऊ शानले जुँगा मुसार्छ । राजनीतिको भ्रष्ट चतुर छ । जब कसैले उसलाई कुरीकुरी गर्छ, आप\mनो बचाउ गर्न ऊ कुटिल तर्कको तारतम्य मिलाउँछ । भन्छ, यो मेरो दललाई बद्नाम गर्ने दाउ हो । मानौँ, प्रत्येक भ्रष्ट आफू एक्लै दल हो । मानौँ, प्रत्येक भ्रष्ट आफैँ दलको पर्याय हो । यो भ्रष्ट आफूतिर ताकिएको तीरलाई तर्काउन अनेक रणनीति रच्छ । भन्छ, मलाई मात्र किन ? ऊ पनि त छ । यसरी काङ्ग्रेसको भ्रष्ट एमालेतिर हेर्छ, एमालेको भ्रष्ट काङ्ग्रेतिर फर्किन्छ । यो भ्रष्ट छिमेकी भ्रष्टका निधारको दाग देखाएर आफू आहालमाथि ओभानो देखिन जिद्दी गर्छ । अनि ख्वामित्को आज्ञा वा ज्यालाको इसारामा निजको भक्त प्रतिवादको मोर्चामा कटिबद्ध हुन्छ । अगाध स्वामीभक्ति प्रदर्शन गर्दै ऊ रुन्छ, हे राम ! मेरा इष्टदेवको चरित्रहत्या भयो । भक्तको यो रोइलो सुनेर काकालाई हाँसो उठ्छ । जोसँग जे छँदैछैन, त्यसको हत्या हुँदैन । तर भ्रमित भक्त भन्छ, भयो । यो भक्तलाई आप\mनै दृष्टिदोषबाट प्राप्त दुःखको कष्टकर उपहार हो । उपहार झरल छ । उसो त भ्रष्टका भक्तको भ्रष्ट तर्क अर्को पनि छ । ऊ भन्छ, दरबारले कुम्ल्याएको अथाह करोडसामु जनताका छोराले खाएको जाबो एक-दुई लाख के हो ? भक्तको यो तर्कसँग कुन्साङ काकाको लाख असहमति छ । कारण पितापुर्खाले अनुभवबाट रचेको उखान भन्छ, आज सियो चोर्नेले भोलि फाली चोर्छ, भोलि फाली चोर्नेले पर्सि घरै फोर्छ । काकाको रायमा दलको ख्याउटे भ्रष्ट उत्तम र दरबारको भुँडे भ्रष्ट अधम कदापि हुँदैन । दरबारको होस् कि घरबारको होस्, भ्रष्ट भनेको भ्रष्टै हो । क्रमश:
Read Full Discussion Thread for this article