Posted by: Ok August 4, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
रामराम, यस्तो राम्रो झण्डै छुटेछ। http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=47617 देशैभरि गगन थापाहरू - खगेन्द्र संग्रौला - शाही शासनले नागरिकलाई रोज्न तीनवटा विकल्प दिएको छ । कि दरबार पस, कि वन पस, कि खोरमा बस । एक्काइसौँ शताब्दीमा शाही शासनका करिया बन्न राजी नहुनेहरूले दरबार पस्न अस्वीकार गरेका छन् । उसो त नागरिकहरूको विवेक र आवाजको तागतमाथि पत्यार गर्नेहरू बन्दुक बोकेर वन पस्न पनि मन्जुर छैनन् । बाँकी रह्यो, शाही शासनको अँध्यारो खोर । जो सामन्ती दासतालाई नकार्छन्, विश्वभरि नै राज्यको खोर त तिनको निवासै हो । त्यही खोर हो जहाँ स्वतन्त्रता र मुक्तिका सपनाहरू कोरलिन्छन्, र जहाँ अन्यायी शासनका दिनहरू गनिन्छन् । बागी युवाहरू औँला गनिरहेछन् । गन्नेहरूमा ठाकुर गैरे र प्रदीप पौडेल छन्, सरोज थापा र पुष्पकुमार शाही छन्, नारायण भारती र बीपी रेग्मी छन् । अदम्य र अजेय औँला भाँच्दै लोकतन्त्रप्रेमी विश्वभरि नै ठूलो समाचारको ठूलो शीर्षक बनेर गगन थापा पनि गनिरहेकै छन् । सूचना र ज्ञान नागरिकको शक्तिका अजस्र मुहान हुन् । तिनमा प्रकाश हुन्छ, तिनमा तेज हुन्छ, तिनमा स्पन्दन हुन्छ, तिनमा गति हुन्छ र तिनमा बागी चेतनाको बीज हुन्छ । त्यो बीजबाट गगन थापा जन्मिन्छ । शाही शासनलाई थाहा छ । र नै ऊ नागरिकहरूलाई सूचना र ज्ञानबाट विमुख तुल्याई तिनलाई शासनको प्रकाशविहीन, निस्तेज, निस्पन्द र दासवत् गोटी बनाउन आतुर छ । सूचना र ज्ञान सञ्चार गर्ने मुद्रणमाध्यम त मकरतन्त्रको उन्मादपूर्ण आक्रमणको तारो भएको थियो नै, दूरसञ्चार र एफएमहरू पनि अछूतो रहेनन् । दूरसञ्चारभित्रको निकट कथा अतीव पीडामय छ । जब मकरतन्त्रले आप\mनो अगस्ती मुख बायो, यसले दूरसञ्चारको २ अरब रकम क्वाप्पै खायो । कुन्साङ काका जब सडक पेटीमा उभिन्छन्, दूरसञ्चारका कर्मचारीहरूको रुवाबासी सुनिनसक्नु हुन्छ । ती भन्छन्, दुःख गरेर हामीले कमायौँ, शाही सरकारले हाम्रो २ अरब कमाइ खोसेर गोला-बारुद किन्न र मुलुकमा विनाश र मृत्युको आवादी बढाउनलाई लग्यो । मकरमार्गी मनपरीको अन्तिम कथा यो होइन । मोबाइल फोनको कथा झनै भयावह छ । शाही सरकारले मोबाइल फोनमाथि कप्\mर्यु जारी गर्?यो र राष्ट्रलाई करौडौँ घाटाको कोसेली टक्रयायो । न मोबाइलमा लागेको नागरिकको रकम फिर्ता गरियो, न त नागरिकसँग माफी नै मागियो । मानौँ सरकार भनेको अतीतकालीन असनको साँढे हो जसले जे गरे पनि हुन्छ । कुरा सुन्दैमा अचम्म लाग्छ । विशाल उदारता देखाउँदै शाही सरकाले अहिले पि्र-पेड मोबाइलमा आगमन कललाई निःशुल्क गरेको छ । पि्र-पेड मारिएको छ, र मृत पि्र-पेडको आगमन कल शुल्कमुक्त छ । यो मरेको मानिसलाई अक्सिजन दिए जस्तै हो । शाही सरकार दिएको दियै छ । उसो त हुकुमी शासनको पराक्रमको कथा अर्को पनि छ । सीडीएमए नामक असल जातका १० लाख टेलिफोन बाँड्ने तयारी टाकटुक्कै पूरा भएको थियो । 'रचनात्मक' शासनले बन्दुक देखाएर बाँड्न दिएन । यसको रहस्य गहिरो छ । दरबारका एकजना निकट नातेदार रहेछन्, राजबहादुर सिंह । फोनको नयाँ ठेक्कापट्टा तिनले पाए । समय, श्रम, सीप र प्रविधि खन्याएर गरिसकेको त्यत्रो तयारीलाई डुबाएर अब 'मेरो मोबाइल' को नाउँमा दूरसञ्चारमा मिस्टर सिंहको मालामाल ब्यापार सुरु हुँदैछ । आँखिर चलनचल्तीको भाषामा राजा भूपति हुँदै हुन् । मौकामा राजाका नातागोताका जनहरू दूरसञ्चारपति किन नहोऊन् ? क्रमश:
Read Full Discussion Thread for this article