Posted by: Ok July 5, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
रमा जब मारिँदै थिई त्यो बेलासम्म कृष्ण पहाडी एकतन्त्रको खोरमै थिए । न्यायपरायण शब्दका माध्यमले नागरिकहरूको हक र अस्मिताको पक्षमा अग्निवषर्ा गर्ने यी जोधाहालाई यस्ता अपराधहरूको पोल खोल्न नपाओस् भनेर एकलासमा थुनिएको थियो । विषादको मुद्रामा काका गम खान्छन्, पहाडी बाहिर भएका भए सके तिनका अथक र अविरल मानवीय गर्जनहरूले बहिनी रमाहरूको ज्यान बचाउन सक्दा हुन् कि ! रमा जब गोलीले ढल्दै थिई त्यो घडीसम्म नरहरि आचार्य खोरमै थिए । शोकमग्न मुद्रामा काका कल्पना गर्छन्, अटल सत्यनिष्ठा, अदम्य साहस र अर्थपूर्ण शब्दहरूका सहाराले आतंककारी राज्यलाई उदार र लोकोपकारी राज्यमा फेर्न घनघोर बौद्धिक विमर्श गर्ने आचार्य बाहिर भएका भए सके तिनका सशक्त शब्दहरूको तेजले बहिनी रमाहरूको एकबारको जुनी अकालमै नसकिँदो हो कि ! थाहा छैन तर काकाको मर्माहत चित्तमा भने थकथकीको उदास भावना व्याप्त छ । निहत्था रमाको अशक्त ज्यानमाथि जब सशस्त्र धावा बोलिँदै थियो, त्यो बेला हरिहर भवनबासी राष्ट्रिय मानवअधिकार आयोग के गर्दै थियो ? काकालाई सम्झना छ, त्यो बेला यो झुण्ड निरंकुशतन्त्रको वैधताका पक्षमा भक्तिभजन गाउनमा लिप्त थियो र स्वतन्त्र सञ्चारमाध्यमहरूलाई संकुचित वृत्तमा कैद गर्ने कुरूप सपना कोरल्दै थियो । त्यो बेला सूचना र विचार तथा हस्तक्षेप र खबर्दारीका माध्यमले रमाहरूको लोकतान्त्रिक हक र मानवीय गरिमाका पक्षमा बहस-पैरवी गर्ने कान्तिपुर प्रतिष्ठानमाथि प्रतिगमनको कुनै अँध्यारो दूलोबाट धम्की जारी हुँदैथियो । यी सबै कुटिल चाल र चेष्टाहरू शान्तिको सुतीखेतीको नाउँमा निहत्था रमाहरूलाई मार्दै जाने र मारेको सूचना थलैमा गुपचुप पारेर दण्डहीनताको हकभोग गर्ने महादूरभिसन्धिहरू थिए । बहिनी रमा सुकुम्बासी थिई । तराईको त्यत्रो फराकिलो फाँटमा उसका साना पैतालाले ढाकिनेजति जमिन पनि उसको थिएन । ऊ अर्काको जमिन खोस्रेर खान्थी र आप\mना चिचिला चल्लाहरूलाई दुःखम्-सुखम् खुवाउँथी । स्वर सुमधुर थियो । ऊ भाका हालेर र भावुकतामा डुबेर भजन-कीर्तन गाउँथी । पोलियो थोपोजस्ता लोकहितकारी अभियानहरूमा ऊ उमंगले हात बढाउँथी । उसले कसैको केही बिगारेकी थिइन । तर अराजक मकरतन्त्रले आप\mनो कुरूप चरित्र प्रदर्शन गर्दैै गोली दागेर उसको प्राण हरण गर्?यो । सके भोलि स्वदेशमा र विदेशमा अनेकौँ वृत्त र कोणहरूबाट रमाको हत्याको भत्र्सना होला । अनि असुरक्षाको पर्यायतुल्य बनेको सुरक्षा निकायले सिरानीमुनिबाट वक्तव्यका पुराना कार्बनकपीहरू झिक्ला र आप\mनो नाक जोगाउने मनसुवाले लोकलाई सुनाउला- रमाको मृत्यु दोहोरो मुठभेडमा भएको हो । अथवा भन्ला- सकेटबम हानेर भाग्न खोज्दा आत्मरक्षाका लागि उसको बध गरिएको हो । अथवा आफूमाथि निन्दा र भत्र्सनाको भारी आँधी खनियो भने फनक्कै भाका फेरेर उसले भन्ला- ज्यादती गर्ने कर्तामाथि कोर्टमार्सल ठेलियो र निजलाई छ महिने थुनामा चलान गरियो । सर्वत्र र सदैव देखिएको र भोगिएको अनुभव भन्छ, यो यावत अपारदर्शी नाटक केवल लोकका आँखा छल्ने क्रिडामात्र हो । अराजकता र दण्डहीनता मकरतन्त्रको संहिता र संस्कार दुवै हो । कामिरहेका शुष्क औँलाले यी हरफहरू लेखिरहँदा कुन्साङ काकाका कल्पनाका आँखामा हत्यास्थलको एउटा शब्दातीत तस्बिर नाचिरहेछ । गोलीले छियाछिया भएको रमाको चेष्टाहीन देह उसको आप\mनै आँगनमा उसको आप\mनै रगतमा डुबेको छ । हारगुहारका लागि उठेको उसका अतिशय आतंकित जीवनसंगीको चित्कारले आकाश आतंकित भएर हल्लिरहेको छ । र भित्र टुहुरा-टुहुरी बनाइएका दस, बाह्र र पन्ध्र वर्षका स-साना तीन मानव डरले सातो उडेर कुनै कुनामा मूच्छिर्त भएका छन् । रमा ! यो जीवनमा दानवीय शासनद्वारा सिर्जित यो दारुण दृश्यको कल्पना गर्नुपर्ला भन्ने तिम्रो दाइलाई कहिल्यै लागेको थिएन । आप\mना शब्दहरूको शक्तिले तिम्रो निम्छरो जीवनको रक्षा गर्न नसकेकोमा रमा, तिम्रो दाइ यो कुन्साङ काकालाई आप\mना शब्दहरूको असमर्थताप्रति भारी खेद छ । कुनै दिन इतिहासको अर्को कालखण्डमा, तिमी र तिमीजस्ताको हत्या गर्न आदेश जारी गर्ने माथिकाहरूलाई इतिहासले घिसारेर अन्तर्राष्ट्रिय फौजदारी न्यायालय, हेगमा पुर्?याउने नै छ । अहिलेलाई रमा नानी ! तिम्रो यो अशक्त दाजुलाई क्षमा गर ।
Read Full Discussion Thread for this article